सीआईबीले सरकारी वकिलको कार्यालयमा पेश गर्यो प्रतिवेदन, पूर्ब बैंकर श्रेष्ठ सहित ११ पक्राउ, ५ जना अझै फरार

<p>काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) महाराजगञ्ज काठमाडौँले बैंकिङ कसुर ऐन २०५४ बमोजिम हदैसम्मको सजायँ माग दाबी गरी १६ जना बिरुद्ध मंगलबार प्रहरी प्रतिवेदन सहित विशेष सरकारी वकिलको कार्यालयमा पेश गरेको छ । बैंक अफ काठमाडौँ लिमिटेडका तर्फबाट अख्तियारमा कमलपोखरी शाखा कार्यालय प्रमुख प्रतीक श्रेष्ठको जाहेरीले ऋणी स्वर्णिम एण्ड श्रीजन कम्पनी प्रालिका संस्थापक एवम् सञ्चालक सुरेन्द्र [&hellip;]</p>

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) महाराजगञ्ज काठमाडौँले बैंकिङ कसुर ऐन २०५४ बमोजिम हदैसम्मको सजायँ माग दाबी गरी १६ जना बिरुद्ध मंगलबार प्रहरी प्रतिवेदन सहित विशेष सरकारी वकिलको कार्यालयमा पेश गरेको छ ।

बैंक अफ काठमाडौँ लिमिटेडका तर्फबाट अख्तियारमा कमलपोखरी शाखा कार्यालय प्रमुख प्रतीक श्रेष्ठको जाहेरीले ऋणी स्वर्णिम एण्ड श्रीजन कम्पनी प्रालिका संस्थापक एवम् सञ्चालक सुरेन्द्र श्रेष्ठ सहित १६ जना बिरुद्ध बैंकिङ कसुर ऐन २०६४ बमोजिम हदैसम्मको सजायँ माग गर्दै विशेष सरकारी वकिल कार्यालय काठमाडौँमा पेश गरिएको हो ।

सञ्चालक श्रेष्ठको नाममा झापाको कित्ता नम्बर ३५९६ र ३२७१ को ४ कठ्ठा १० धुर जग्गा झक्याई झुठा विवरण लिखत र नापी, नक्सा मिलाई बैंकमा पेश गरी एक ठाउँको जग्गा देखाई अन्य ठाउँको जग्गा धितो राखेको र २ करोड ५० लाख १२ हजार ९७ रुपैयाँ बराबरको हानी नोक्सानी पुर्याएको पाइएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जनाएका छन् ।

उक्त घटनाका अभियुक्तहरु मध्ये विभिन्न मिति र स्थानबाट बैंक अफ काठमाडौँका तत्कालीन प्रमुख कार्यकारी अधिकृत(सीईओ) अजय श्रेष्ठ सहित ११ जना पक्राउ परेका छन् भने ५ जना अझै फरार रहेको सीआईबीले जनाएको छ ।

Share News