एससीडब्लुईसीमा नयाँ नेतृत्व चयन

<p>काठमाडौँ । सार्क चेम्बर महिला उद्यमी परिषद (एससीडब्लुईसी) मा नयाँ कार्य समिति चयन गरेको छ । मंगलवार राजधानीमा आयोजित कार्यक्रममा नयाँ कार्य समिति चयन गरिएको हो । सरोजनी शेरचनको नेतृत्वमा १० सदस्यीय कार्यसमिति गठन भएको छ । उक्त समितिमा रेनु बज्राचार्य, अलिशा श्रेष्ठ, बसन्ती मिश्र प्रधान, हेमकुमारी अधिकारी, जुलिया चित्रकार, लुना श्रेष्ठ ठाकुर, निता पौडेल [&hellip;]</p>


काठमाडौँ । सार्क चेम्बर महिला उद्यमी परिषद (एससीडब्लुईसी) मा नयाँ कार्य समिति चयन गरेको छ । मंगलवार राजधानीमा आयोजित कार्यक्रममा नयाँ कार्य समिति चयन गरिएको हो ।

सरोजनी शेरचनको नेतृत्वमा १० सदस्यीय कार्यसमिति गठन भएको छ । उक्त समितिमा रेनु बज्राचार्य, अलिशा श्रेष्ठ, बसन्ती मिश्र प्रधान, हेमकुमारी अधिकारी, जुलिया चित्रकार, लुना श्रेष्ठ ठाकुर, निता पौडेल अधिकारी, सोनी जोशी र सुनिता बैध श्रेष्ठ समाबेश छन् ।

उक्त कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले दक्षिण एसियाका महिला उद्यमीले संयुक्त रुपमा प्राकृतिक फाईवर जस्ता श्रोतहरुको प्रयोग गरी बिभिन्न बस्तुको उत्पादन गरी त्यसलाई आन्तरिक क्षेत्रमा बजारिकरण गर्नु पर्नेमा जोड दिइन् ।

Share News