अण्डाको मूल्य बढाइयो, अब प्रतिगोटा १२ रुपैयाँ

<p>काठमाडौँ । नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घ केन्द्रीय समितिले अण्डाको नयाँ मूल्य कायम गरेको छ । सङ्घले आज काठमाडौँमा आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रममा किसान र व्यवसायी बीचको सहमतीपछि नयाँ मुल्य कायम गरिएको हो । नयाँ मूल्य अनुसार अबदेखि उपभोक्ताले प्रतिगोटा १२ रुपैयाँमा अण्डा पाउनेछन् । आज कायम भएको नयाँ मुल्य अनुसार बिक्रिवितरण नगर्नेलाई [&hellip;]</p>


काठमाडौँ । नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घ केन्द्रीय समितिले अण्डाको नयाँ मूल्य कायम गरेको छ । सङ्घले आज काठमाडौँमा आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रममा किसान र व्यवसायी बीचको सहमतीपछि नयाँ मुल्य कायम गरिएको हो । नयाँ मूल्य अनुसार अबदेखि उपभोक्ताले प्रतिगोटा १२ रुपैयाँमा अण्डा पाउनेछन् ।

आज कायम भएको नयाँ मुल्य अनुसार बिक्रिवितरण नगर्नेलाई कार्वाही गर्ने संघले जनाएको छ । आजै मुल्य लागु गर्न व्यवसायीको तर्फबाट सूर्यमान शाक्य र किसानको तर्फबाट पिताम्बर सञ्जेलको संयोजकत्वमा अलग अलग ७÷७ सदस्यीय समिति गठन गरिएको छ ।

किसानहरु धेरै समयदेखि अण्डको रेट नपाएर व्यवसायी धरासीय भएको अवस्थामा नेपाल दाना, अण्डा, कुखुरा वितरक संघले काठमाडौँमा आम उत्पादक, सप्लार्यसहरु भेला गरेको संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए ।

नेपाल दाना, अण्डा, कुखुरा वितरक संघकै पहलमा भएको मूल्य वृद्धिले किसानले वास्तविक मूल्य पाउनेमा कुनै शंका नरहेको संघका अध्यक्ष पाण्डेले बताए । यसअघि भदौ ३१ गते सोही संघले चितवनमा देशव्यापी रुपमा उत्पादक, सप्लार्यस, वितरकहरुको भेला राखी घट्दै २२० रुपैयाँ पुगेको अण्डाको क्रेट रेटलाई वृद्धि गरि २५० किसान रेट कायम गरेका थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष रविन पुरीले सबै मिलेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिँदै संघको कार्यक्रमको प्रशंसा गरे ।

Share News