असोज ९ गतेदेखि भृकुटीमण्डपमा फेस्टिवल मार्केट आयोजना हुने, ७५ प्रतिशतसम्म छुट

<p>काठमाडौँ । दशैं, तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षितगर्दै असोज ९ गतेदेखि राजधानीको भृकुटीण्डपमा फेस्टिवल शपिङ मार्केट संचालन हुने भएको छ । चाड पर्वका बेलाआवश्यक पर्ने सबैप्रकारका सामाग्री एकै छानामुनी सहज र सुपथ मूल्यमा उपलब्ध गराउन इभेण्ट सोलुसन प्रालिले फेस्टिवल मार्केट सञ्चालन गर्ने भएको हो । ‘अफरै अफरको ब्यापारिक भेला, शपिङ गर्ने यही हो बेला’ भन्ने [&hellip;]</p>

काठमाडौँ । दशैं, तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षितगर्दै असोज ९ गतेदेखि राजधानीको भृकुटीण्डपमा फेस्टिवल शपिङ मार्केट संचालन हुने भएको छ । चाड पर्वका बेलाआवश्यक पर्ने सबैप्रकारका सामाग्री एकै छानामुनी सहज र सुपथ मूल्यमा उपलब्ध गराउन इभेण्ट सोलुसन प्रालिले फेस्टिवल मार्केट सञ्चालन गर्ने भएको हो ।

‘अफरै अफरको ब्यापारिक भेला, शपिङ गर्ने यही हो बेला’ भन्ने नाराका साथ सञ्चालनहुने फेस्टिवल मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकार तथाउत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहने आयोजकसंस्थाइभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले बताए ।

फेस्टिवल मार्केटमा जुत्ता तथा चप्पल उद्यमी समुह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको विशेष सहभागिता रहनेछ । बिएफ डियर हिल, रन सुज, शिखर सुज र शु ल्याण्डका १ हजारभन्दा बढी मोडलका जुत्ता तथा चप्पलहरु १५ देखि ७५ प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने व्यवस्थामिलाइएकोबिएफ डियर हिलका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए । रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेका अनुसार जुत्ता मेला फूलपातीसम्म निरन्तर चल्नेछ । जुक्ता मेलामा स्पोर्टस, क्याजुअल तथा पार्टी सुजका साथै छालाका पेटीहरु सुपथ मूल्यमाउपलब्ध गराइने बताइएको छ ।

राजधानीकाबासिन्दातथा चाडपर्व मनाउन उपत्यकाबाहिर जाने व्यक्तिहरुलाई लक्षित गर्दै एकै ठाउँमा सहज रुपमा आवश्यक सामाग्री खरिद गर्न पाउने अवसर प्रदान गर्न फेस्टिवल शपिङ मार्केट संचालन गरिएको इभेन्ट सोलुसन प्रालिका अध्यक्ष सुनिल भण्डारीले बताए ।

एक्सपोको प्रवद्र्धन नेपाल नेपाल चेम्बर अफकमर्शले गर्नेछ । त्यस्तै ललिपुर चेम्बर अफकर्मश र भक्तपुर चेम्बर अफकमर्शले पनिएक्स्पोको प्रवद्धन गर्नेछन् । असोज ९ गतेदेखि संचालन हुने फेस्टिवल सपिङ मार्केट असोज १३ गतेसम्म संचालन हुनेछ ।

Share News