
काठमाडौँ । ह्वावे कन्ज्युमर बिजनेस ग्रुप (सीबीजी) ले नयाँ स्मार्टफोन ह्वावे नोभा फाइभ टी आइतबार नेपाली बजारमा सार्वजनिक गरेको छ ।
नेपालभर उपलब्ध रहेको नोभा फाइभ टीले ग्राहकहरूलाई सहज रूपमा मोबाइल फोन प्रयोगको प्रिमियम अनुभव प्रदान गर्दछ । आकर्षक र फ्युचरिस्टिक डिजाइन र पाँचवटा फाइभ एआई क्यामराहरू भएको नोभा फाइभ टी फेसनमा चाख राख्ने सामाजिक सञ्जालका प्रयोगकर्ताहरूका लागि सर्वोत्तम स्मार्ट फोन हो ।
ह्वावे नोभा फाइभ टी नेपालमा असोज ५ देखि उपलब्ध हुनेछ र यसको मूल्य ५३,९०० रुपैयाँ तोकिएको छ । ह्वावे नोभा फाइभ टी का प्रयोगकर्ताहरू प्रिमियम मोबाइल फोटो र भिडियो क्यामराहरूबाट लाभान्वित हुन्छन् साथै रमाइलापलहरू कैद गर्नका लागि सहज बनाउँछ ।
नोभाफाइभ टीमा भएको २२.५ ह्वावे सुपरचार्ज प्रविधिले फोन चाँडै चार्ज हुन्छ । ६.२६ इन्च ह्वावे पन्च फूल भ्यू डिस्प्ले भएको नोभाफाइभ टी को तौल मात्र १७४ ग्राम रहेको छ । तीन वटा आकर्षक रंगहरूनीलो (क्रस ब्ल), कालो र बैजनी (मिडसमर पर्पल)मा उपलब्ध रहेको छन् ।