सानिमा बैंकको एजीएम असोज २९ गते, ‘मर्जर वा प्राप्ति सम्बन्धी अधिकार सञ्चालक समितिलाई दिन प्रस्ताव’

<p>काठमाडौँ । सानिमा बैंक लिमिटेडको १५ औँ वार्षिक साधारण सभा(एजीएम) असोज २९ गते हुने भएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले नक्साल ब्याङ्केट नारायणचौर काठमाडौँमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको ११.०५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर [&hellip;]</p>


काठमाडौँ । सानिमा बैंक लिमिटेडको १५ औँ वार्षिक साधारण सभा(एजीएम) असोज २९ गते हुने भएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले नक्साल ब्याङ्केट नारायणचौर काठमाडौँमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको ११.०५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर स्वीकृत गर्ने जनाइएको छ । बोनस सेयर बितरणपछि हाल कायम चुक्ता पूँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँबाट बृद्धि भई ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रुपैयाँ पुग्नेछ ।

साथै साधारण सभाले कुनै बैंक तथा वित्तीय संस्थाहरु प्राप्ती वा मर्जर गर्न आवश्यक सहमति/सम्झौता गर्ने लगायत सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाइएको छ ।

वार्षिक साधारण सभा प्रयोजनको लागि असोज १३ गते १ दिन बैंकको सेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) गर्ने निर्णय गरिएको कम्पनी सचिव रुद्रप्रसाद बञ्जाराले जनाएका छन् ।

Share News