काठमाडौँ । एनसेलका ग्राहकहरुले अब आफ्नै धुन रेकर्ड गरी आफ्नो प्ले ब्याक रिङ्ग टोन (पिआरबिटी) को रुपमा राख्न र अरुलाई सो धुन प्रयोग गर्न आव्हान गर्न सक्ने भएका छन् । साथै धुन बनाउने ग्राहकले आफ्नो धुनलाई विभिन्न सामाजिक सञ्जालमार्फत प्रचार गरी प्रत्येक हप्ताआकर्षक पुरस्कार जित्न सक्ने छन् ।
एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि लोकप्रिय सेवा ‘पिआरबिटी आफ्नै धुन’को नयाँभर्सन ल्याएको हो । यस भर्सन अन्तर्गत अब ग्राहकले आफ्नै धुनबनाउन, त्यसलाई सामाजिक सञ्जालहरुमा प्रचार गर्न, धुनको प्रत्येक एक्टिभेसनमाबोनस ब्यालेन्स प्राप्तगर्न र प्रत्येक हप्तानगद पुरस्कार जित्न सक्ने एनसेलले जानएको छ ।
यो योजना सोमबारबाट संचालनमा शुरु भएको छ । प्रत्येक हप्ता सबैभन्दा धेरै एक्टिभेट गरिएको धुनको ग्राहकले नगद रु ३०,००० प्राप्त गर्नेछ । त्यसैगरी एक्टिभेसनका आधारमा दोस्रो हुने धुनको ग्राहकले नगद रु २०,००० पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । विजेताहरुको नाम प्रत्येक हप्ता सोमबार सार्वजनिक हुनेछ ।
धुनबनाउने ग्राहकले धुनको पहिलो एक्टिभेसनअर्थात धुन सुचारु बापत रु ३ बोनस ब्यालेन्स प्राप्त गर्ने छन् । त्यस पश्चात प्रत्येक १० एक्टिभेसनका हिसाबले रु ३० बोनस पाउनेछन् । यसरी प्राप्तहुने बोनस ३० दिनका लागि मान्य हुनेछ र यसबाट एनसेल नेटवर्कभित्रकल, एसएमएस गर्न र इन्टरनेट चलाउनप्रयोग गर्न सकिनेछ ।
प्रिपेडग्राहकले यस योजनामा भाग लिनका लागि पहिला १७११७ डायल गरी पिआरबिटी आफ्नै धुनसेवा सुचारु गर्नु पर्दछ । त्यस पश्चात बढीमा २९ सेकेण्डको आफ्नो धुन रेकर्ड गर्नु पर्दछ । यस पिआरबिटी सेवाका लागि प्रत्येक महिनाको शुल्क रु १० (कर सहित रु १२.७७) रहेको छ ।
यस योजनामा भाग लिई आफ्नै धुन रेकर्ड गर्ने प्रत्येक ग्राहकहरुले आफ्नो धुनको आईडेन्टिटी कोड र एउटा लिङ्क एसएमएसमा प्राप्त गर्ने छन् । लिङ्कलाई सजिलै कपि गरी फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरुमा राखीप्रचार गर्दै अरुलाई आफ्नो धुन पिआरबिटीका रुपमा प्रयोगका लागि आव्हान गर्न सकिन्छ ।
यो योजनालागु भएको आजदेखि १२ हप्ता सम्म संचालनमा रहने एनसेलले जनाएको छ ।