अब चीलले चल्ला लैजाँदैन : ओली

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनैपनि प्रकारको चिलले विकासरुपी चल्लालाई हरण गर्न नसक्ने बताएका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको ४६ औं बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले ठेकेदारहरुले विभिन्न नाममा आयोजना निर्माणमा ढिलाई गर्ने गरेर विकासरुपी चल्ला हरण गर्ने गरेको बताउँदै अब त्यसो गर्न माउले छेक्ने बताए । ‘अब चिलले [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनैपनि प्रकारको चिलले विकासरुपी चल्लालाई हरण गर्न नसक्ने बताएका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको ४६ औं बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले ठेकेदारहरुले विभिन्न नाममा आयोजना निर्माणमा ढिलाई गर्ने गरेर विकासरुपी चल्ला हरण गर्ने गरेको बताउँदै अब त्यसो गर्न माउले छेक्ने बताए । ‘अब चिलले चल्ला लैजान सक्दैन माउले छेक्छ’ उनले भने ।

ओलीले समयमा काम नगर्ने ठेकेदारलाई ब्ल्याक लिष्टमा नभएर डार्क लिष्टमा राख्ने उद्घोष समेत गरे । ठेकेदारले १ वर्ष काम नगरिदिँदा यसको आर्थिक, सामाजिक प्रभाव कति पर्छ ? त्यस्ता ठेकेदारहरुलाई लागत थप्ने कुरै छैल अब कालो सूची हैन, कहिलै ठेक्का गर्न नपाउनेगरी डार्क लिष्टमा राख्ने हो उनले भने ।

Share News