सुनको मूल्य ६ सयले घट्यो, प्रतितोला ७० हजार ७ सयमा कारोबार

<p>काठमाडौं । बिहीबार सुन प्रतितोला ६ सय रुपैयाँ घटेर ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार अर्थात भदौ महिनाको पहिलो दिन प्रतितोला ७१ हजार ३ सयमा कारोबार भएको सुनको महिनाको दास्रो दिन एक्कासी ६ सय रुपैयाँले घटेको छ । त्यस्तै बुधबार तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार [&hellip;]</p>

काठमाडौं । बिहीबार सुन प्रतितोला ६ सय रुपैयाँ घटेर ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार अर्थात भदौ महिनाको पहिलो दिन प्रतितोला ७१ हजार ३ सयमा कारोबार भएको सुनको महिनाको दास्रो दिन एक्कासी ६ सय रुपैयाँले घटेको छ ।

त्यस्तै बुधबार तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार प्रतितोला ७० हजार ४ सय रुपैयाँमा बिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ८५५ रुपैयाँमा कारोबार भइरहेको छ भने बुधबार चाँदी प्रतितोला ८७० रुपैयाँमा बिक्री भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

Share News