
काठमाडौँ । नेपालमा लगानीको पाँच वर्ष पूरा गरेको उपलक्ष्यमा डोल्मा ग्रुपले एक कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा डोल्मा कन्सलटिङ्ग तथा डिएफआइडिद्घारा समर्थित डोल्मा हिमालयन इनर्जीको पनि शुरुवात भएको छ ।
पाँच वर्ष पूरा गरेका डोल्मा इम्प्याक्ट फण्ड नेपालको एकमात्र अन्तर्राष्ट्रिय प्राइभेट इक्विटी फण्ड हो । डोल्मा इम्प्याक्ट फण्डले दुईवटा हाइड्रोपावर परियोजना, दुईवटा सोलरपावर परियोजना, तीनवटा टेक्ननोलोजी कम्पनी तथा दुईवटा स्वास्थसेवा संग सम्बन्धित कम्पनीमा लगानी गरेको छ ।
जसले पाँच हजार भन्दा बढी रोजगारी सिर्जना भएको छ । डोल्मा इम्प्याक्ट फण्ड, प्रोफेसर टिम गोचरद्घारा स्थापित डोल्मा ग्रुपको एक शाखाको रुपमा रहेको छ ।
डोल्मा ग्रुप अन्तर्गत डोल्मा इम्प्याक्ट फण्ड, डोल्मा हिमालयन इनर्र्जी, डोल्मा कन्सलटिङ्ग तथा डोल्मा फाउण्डेशन रहेका छन् ।