एनआईसी एशियाको एजीएम असोज १० गते, बुक क्लोज कहिले ?

<p>काठमाडौँ । एनआईसी एशिया बैंकको बाइसौँ वार्षिक साधारण सभा(एजीएम) असोज १० गते हुने भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले बिहान ९ बजे आर्मी अफिसर्स क्लब भद्रकालीमा साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनका लागि भदौ २९ गतेदेखि असोज १० गतेसम्म सेयर दाखिल खारेज बन्द(बुक क्लोज)हुने कम्पनी सचिव दिपेन कार्कीले जनाएका [&hellip;]</p>


काठमाडौँ । एनआईसी एशिया बैंकको बाइसौँ वार्षिक साधारण सभा(एजीएम) असोज १० गते हुने भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले बिहान ९ बजे आर्मी अफिसर्स क्लब भद्रकालीमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभा प्रयोजनका लागि भदौ २९ गतेदेखि असोज १० गतेसम्म सेयर दाखिल खारेज बन्द(बुक क्लोज)हुने कम्पनी सचिव दिपेन कार्कीले जनाएका छन् ।

बैंक सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले पारित गरी आव २०७५/७६ को आर्थिक विवरण तथा चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर तथा ११.०५ प्रतिशत नगद लाभांश स्वीकृतिको लागि राष्ट्र बैंक समक्ष पठाइएकोमा भदौ १७ गते स्वीकृति प्राप्त भएको कम्पनी सचिव कार्कीले जनाएका छन् ।

Share News