बैंक अफ काठमाण्डूका सेयरधनीले १७ प्रतिशत लाभांश पाउने

<p>काठमाडौँ । बैंक अफ काठमाण्डूले सेयरधनीहरुलाई १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले आव २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर वितरणका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुने कम्पनी [&hellip;]</p>


काठमाडौँ । बैंक अफ काठमाण्डूले सेयरधनीहरुलाई १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले आव २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर वितरणका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुने कम्पनी सचिव दीपक गौतमले जनाएका छन् ।

Share News