ईक्यानले मनायो आफ्नो २३ औं वार्षिकोत्सव, निधन भएका पूर्वकर्मचारीको परिवारलाई ९ लाख प्रदान

<p>काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले २३ औं वार्षिकउत्सव (इक्यान डे) विभिन्न कार्यक्रम गरेर मनाएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका सफल विशिष्ट व्यक्तिहरु टुटल नेपालका फाउन्डर शिक्षित भट्ट, बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्मराज भुषाल, मोटिभेसन स्पिकर रन्जीत आचार्य, वेलनेस एक्स्पर्ट प्रेरणा शाह, कलाकार सन्दीप क्षेत्रीले आफ्नो सफलताको अनुभव इक्यानका सदस्यहरु बीच प्रस्तुत गरेका [&hellip;]</p>

काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले २३ औं वार्षिकउत्सव (इक्यान डे) विभिन्न कार्यक्रम गरेर मनाएको छ।

काठमाडौँमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका सफल विशिष्ट व्यक्तिहरु टुटल नेपालका फाउन्डर शिक्षित भट्ट, बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्मराज भुषाल, मोटिभेसन स्पिकर रन्जीत आचार्य, वेलनेस एक्स्पर्ट प्रेरणा शाह, कलाकार सन्दीप क्षेत्रीले आफ्नो सफलताको अनुभव इक्यानका सदस्यहरु बीच प्रस्तुत गरेका थिए ।

इक्यान कार्यसमितिले विशेष पहल गर्दै पछिल्ला बर्षहरुमा समाजका विभिन्न क्षेत्रका सफल व्यक्तिहरुलाई इक्यान डेका अवसरमा बोलाएर उनीहरुका अनुभव आफ्ना सदस्यहरुलाई साझा गर्ने गर्दै आएको छ । कार्यक्रममा इक्यानले केहि समय अघि अप्रत्याशित निधन भएका आफ्ना पूर्वकर्मचारी विवस प्रसाईको परिवारलाई ९ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको थियो ।

शैक्षिक परामर्श क्षेत्रलाई ब्यवस्थित र मर्यादीत बनाउने सवालमा इक्यानले काम गरिरहेको इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले बताए । यसका लागि इक्यानले विभिन्न ब्यवसायीक तालिम सँगै सकारात्मक कृयाकलाप र सामाजिक काम गर्दै आइरहेको छ ।इक्यानका महासचिव शेषराज भट्टराईले संचालन गरेको सो कार्यक्रममा इक्यानका कार्यसमितिका पदाधिकारी सहित साधारण सदस्य र शैक्षिक परामर्श ब्यवसायीहरुको सहभागिता रहेको थियो ।

Share News