काठमाडौं। सांसद शान्ता चौधरी काठमाडौंको रत्नराज्य विद्यालयमा कक्षा ११ मा भर्ना भएकी छिन्। चौधरी मानविकी संकायमा समाजशास्त्रको विद्यार्थीको रुपमा भर्ना भएकी हुन्।
यसै बर्ष एसईई परिक्षामा चौधरीले २.६५ जिपिए ल्याएर पास भएकी हुन्। उनले यस वर्ष दाङको महेन्द्र मावि तुलसीपुरबाट एसईई दिएकी थिइन्।
चौधरीले सामुदायिक विद्यालयहरु प्रति मानिसहरुलाई मानिसको विश्वास गर्नको लागि आफु रत्नराज्यमा भर्ना भएको बताईन्।