सिद्धार्थ बैंकको १६०औँ शाखा धापासीमा

<p>काठमाडौं ।  सिद्धार्थ बैंकले आफ्ना शाखाहरु विस्तार गर्ने क्रममा यही बुधबारदेखि काठमाडाैंको धापासीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट [&hellip;]</p>

काठमाडौं ।  सिद्धार्थ बैंकले आफ्ना शाखाहरु विस्तार गर्ने क्रममा यही बुधबारदेखि काठमाडाैंको धापासीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो ।

बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

हालै सञ्चालनमा आएको शाखा सहित यस बैंकले देशभर १६० वटा शाखा (४ एक्स्टेन्सन काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १७३ एटिएम र १,३०० भन्दा बढी पिओएस मेसिन मार्फत्  बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Share News