काठमाडौँ । एशियन डेभलपमेन्ट बैंक (एडीबी) को ट्रेड फाइनान्स प्रोग्राम (टीएफपी) तथा लक्ष्मी बैंक लिमिटेडबीच कर्जा तथा टे«ड सहयोग सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा हस्ताक्षरपछि लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले “एडीबीकोसँग साझेदारी गर्न पाउँदा लक्ष्मी बैंक गौरवान्वित भएको बताए ।
लक्ष्मी बैंकले साना तथा मझौला व्यवसाय, कर्पोरेट, इन्स्टिच्युसनल तथा इन्फ्रास्टक्चर प्रोजेक्टहरुमा ट्रेड फाइनान्स सेवा प्रदान गर्दै आइरहेको र यसबाट अन्तर्राष्ट्रिय बजारमा ग्राहकहरुले फाइदा लिन सक्ने जनाएको छ ।
नेपालका लागि एडीबी इन्भेष्टमेन्ट स्पेसलिस्ट एण्ड रिलेसनसिप म्यानेजर ज्यानेट हाइडले लक्ष्मी बैंकसँग गरिएको ट्रेड फाइनान्स प्रोग्रामले नेपालको वर्तमान आर्थिक वृद्धिमा विशेष सहयोग पुग्ने बताए ।