ग्लोबल आइएमईले ३ दिन मै घर कर्जा दिने, ब्याज दर ९.९९ प्रतिशत

<p>काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ९.९९ प्रतिशतब्याज दरमा घर कर्जा योजना ल्याएको छ । घर कर्जा आवेदन प्रकृया पूरा भएको ३ कार्य दिनभित्रकर्जा प्रवाहगरिने बैंकले जनाएको छ । सस्तो तथा सरल किस्ताबन्दीमा घर बनाउने,खरीद गर्ने तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि ग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको [&hellip;]</p>

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ९.९९ प्रतिशतब्याज दरमा घर कर्जा योजना ल्याएको छ । घर कर्जा आवेदन प्रकृया पूरा भएको ३ कार्य दिनभित्रकर्जा प्रवाहगरिने बैंकले जनाएको छ ।

सस्तो तथा सरल किस्ताबन्दीमा घर बनाउने,खरीद गर्ने तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि ग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो ।

यो योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउने छन् । यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ ।

Share News