काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो नयाँ बचत खाता ‘कुमारी परिवार सुरक्षा बचत खाता’ शुरु गरेको छ । नेपालमै पहिलो पटक प्रस्तुत गरिएको यो खाताबाट परिवारका एक सदस्य (बुवा अथवा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार सदस्य, आमा वा बुवा आफैँ, तथा दुई सन्तान)को स्वतः बीमा हुने प्रावधान छ ।
यो बचत खातामा न्यूनतम रू. १०,००० मौज्दात हुनु पर्नेछ । वार्षिक ६.५० प्रतिशत ब्याजदर लागू हुने यो खातामा निम्न विशेष सुविधाहरू रहेका छन् । यस खातामा रु २६ लाखसम्मको परिवारको बीमा गरिएको छ । जसमा दम्पत्तिको आकस्मिक दुर्घटना बिमा, पूर्ण शारीरिक अशक्तता बीमा, परिवारको सदस्यका लागि १० घातक रोगहरुका लागि बीमा, परिवारको औषधोपचारको बीमा सुविधा पनि उपलब्ध गरेको छ ।
यस खातामा इन्टरनेट बैंकिङ्ग निःशुल्क, मोबाइल बैंकिङ्ग, पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क र साथै भिजा डेबिट कार्ड(पहिलो वर्ष निःशुल्क) र दोस्रो वर्षदेखि न्यूनतम शुल्क लागू हुनेछ । कुमारी बैंक लिमिटेडले हरेक वर्गका ग्राहकका लागि उच्च सुविधायुक्त सेवाहरू प्रदान गर्दै आइरहेको छ ।