‘एनएमबी ५०’को आवेदन भोलिदेखि खुला, अघिल्ला म्युचुअल फण्डको लाभांश १५ प्रतिशतसम्म

<p>काठमाडौँ । एनएमबी म्युचुअल फण्ड अन्तरगतको तेश्रो म्युचुअल फण्ड योजना ‘एनएमबी ५०’ को इकाई बिक्री साउन १३ गतेदेखि खुला हुने भएको छ । आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा एनएमबी ५० को इकाई बिक्री साउन १३ गतेदेखि खुला हुने जानकारी दिइएको हो । एनएमबी क्यापिटल सञ्चालक समितिका अध्यक्ष पशुपति मुरारकाले एमएमबी बैंक कोष प्रबर्द्धक तथा एनएमबी [&hellip;]</p>

काठमाडौँ । एनएमबी म्युचुअल फण्ड अन्तरगतको तेश्रो म्युचुअल फण्ड योजना ‘एनएमबी ५०’ को इकाई बिक्री साउन १३ गतेदेखि खुला हुने भएको छ । आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा एनएमबी ५० को इकाई बिक्री साउन १३ गतेदेखि खुला हुने जानकारी दिइएको हो ।

एनएमबी क्यापिटल सञ्चालक समितिका अध्यक्ष पशुपति मुरारकाले एमएमबी बैंक कोष प्रबर्द्धक तथा एनएमबी क्यापिटल लिमिटेड कोष व्यवस्थापक रही सञ्चालक हुन लागेको एनएमबी ५० इकाई बिक्री साउन १३ गतेदेखि खुला हुने घोषणा गरेका हुन् । एनएमबी ५० को इकाई बिक्री छिटोमा साउन १६ गते र ढिलोमा भदौ १० गते बन्द हुने एनएमबी क्यापिटलले जनाएको छ ।

यो म्युचुअल फन्डको प्रतिइकाई मूल्य रु.१० अंकित १२ करोड इकाइ बिक्री खुला हुन लागेको हो । जसमध्ये न्यूनतम १ करोड ८० लाख इकाइ वा कुल बिक्री भएको इकाई संख्याको १४ प्रतिशत इकाई कोष प्रवद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई योजना व्यवस्थापक कम्पनी एनएमबि क्यापिटल लिमिटेडका लागि सुरक्षित राखिएको छ । बाँकी न्यूनतम १० करोड बीस लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिने छ ।

एनएमबी ५० को घोषणा गर्दै एनएमबी क्यापिटल सञ्चालक समितिका अध्यक्ष पशुपति मुरारकाले २ वटा फण्ड सफलताका साथ अघि बढेको भएको र नयाँ सोच र योजना सहित आएको तेश्रो फण्डपनि सफल हुने विश्वास व्यक्त गरे ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल केसीले बजार अहिले अप्ठ्यारो अवस्थामा रहेपनि एनएमबी ५० संभावना लिएर आएका बताए । उनले भने–‘हामी समृद्धिका लागि लगानी गरौँ भन्ने सोच सहित अघि बढेका छौँ, पक्कैपनि एनएमबी ५० समृद्धिको सहयात्रामा कोशेढुंगा साबित हुनेछ ।’

‘एनएमबी बैंकलाई जसरी आम सर्वसाधारणहरुले माया गरेका छन्, एनएमबी म्युचुअल फण्ड अन्तरगतको तश्रो म्युचुअल फण्ड योजना एनएमबी ५० लाईपनि माया गर्नु हुनेछ’–सिईओ केसीले भने ।

त्यसैगरी, एनएमबी क्यापिटलका सिईओ श्रीजेश घिमिरेले नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनी मध्ये ५० वटा सर्वश्रेष्ठ प्रदर्शन गर्ने कम्पनीहरुमा लगानी गर्ने भएकाले उच्च प्रतिफल हासिल हुने बताए । कम्पनीले यसअघि जारी गरेकाे म्युचुअल फण्डकाे प्रतिफल १५ प्रतिशतसम्म रहेकाे समेत जानकारी दिएकाे छ ।

एनएमबी सुलभ र हाइब्रिड फण्डका इकाईधनीले १५ र १० प्रतिशतका दरले प्रतिफल पाउने

Share News