काठमाडौँ । एनएमबी बैंकको विशेष साधारण सभा साउन २८ गते हुने भएको छ ।
साउन ९ गते बसेको बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान(स्टाफ कलेज) हल जावलाखेलमा बिहान १०ः३० बजे साधारण सभा गर्ने निर्णय गरेको हो ।
एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन पारित गर्ने तथा दुई वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा भएका सम्झौता तथा निर्णयहरुलाई अनुमोदन गर्ने र एक आपसमा गाभ्न/गाभिनका लागि अन्तिम स्वीकृति प्रदान गर्न विशेष साधारण सभा आयोजना गरिएको हो ।