
काठमाडौँ । बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वडा न. ५ मा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय बिस्तार भएको छ ।
बैंकको शाखा कार्यालयहरुको संख्या २२१ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बताए ।