राजश्व अनुसन्धान विभागले सुन कारोबारीमाथि दर्ता गर्यो १ अर्ब ६६ करोडको मुद्दा

<p>काठमाडौं । १५६ किलोभन्दा बढी सुनको अवैध कारोबार गरेको आरोपमा दुई जना विरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । उनीहरु बिरुद्ध १ अर्ब ६६ करोड रुपैयाँभन्दा बढिको विगो दावी गरिएको छ । विभागका अनुसार रौतहट जिल्लाको गौर नगरपालिकाका अनुकेश साह र विजयकुमार साहले उक्त परिमाणको सुन चोरीपैठारी गरी ल्याएको विभागको भनाई छ । [&hellip;]</p>

काठमाडौं । १५६ किलोभन्दा बढी सुनको अवैध कारोबार गरेको आरोपमा दुई जना विरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । उनीहरु बिरुद्ध १ अर्ब ६६ करोड रुपैयाँभन्दा बढिको विगो दावी गरिएको छ ।

विभागका अनुसार रौतहट जिल्लाको गौर नगरपालिकाका अनुकेश साह र विजयकुमार साहले उक्त परिमाणको सुन चोरीपैठारी गरी ल्याएको विभागको भनाई छ । विभागले अनुकेशको साथबाट ९९९ ग्राम, ८२० मिलिग्राम सुन बरामद गरेको जनाएको छ ।

विभागले कारोबार भएको र बरामद सुनको मूल्य ८३ करोड १० लाख ४७ हजार ७ सय २० रुपैयाँ कायम गरी ८३ करोड १० लाख ४७ हजार ७ सय २० रुपैयाँको राजश्व चुहावट भएको ठहर गरेको छ । यस्तै, ८३ करोड १० लाख ४७ हजार ७ सय २० रुपैयाँको विदेशी विनिमय अपचलनको आरोपमा कूल १ अर्ब ६६ करोड २० लाख ९५ हजार रुपैयाँ विगो दावी गरिएको जनाइएको छ । उनीहरुविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता गरेको गरिएको हो ।

Share News