साधना र आर्थिक समृद्धी लघुवित्तको दुई दिने बजेट तर्जुमा गोष्ठी सम्पन्न

<p>काठमाडौँ । साधना लघुवित्तले चालु आव २०७५/०७६ को समीक्षा तथा आगामी आव २०७६/०७७ को बजेट तर्जुमा गर्ने उद्देश्यले योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । उक्त कार्यक्रममा संचालक समितिका अध्यक्ष कृष्णबहादुर थापाले ग्राहक सेवाको गुणस्तरमा अभिबृद्धि, नयां प्रडक्ट, कर्मचारी उत्पादकत्व अभिबृद्धि, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, वित्तीय अनुशासन, कम्प्लायन्स, जस्ता महत्वपूर्ण विषयमा केन्द्रित रही बजेट निर्माणमा [&hellip;]</p>


काठमाडौँ । साधना लघुवित्तले चालु आव २०७५/०७६ को समीक्षा तथा आगामी आव २०७६/०७७ को बजेट तर्जुमा गर्ने उद्देश्यले योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा संचालक समितिका अध्यक्ष कृष्णबहादुर थापाले ग्राहक सेवाको गुणस्तरमा अभिबृद्धि, नयां प्रडक्ट, कर्मचारी उत्पादकत्व अभिबृद्धि, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, वित्तीय अनुशासन, कम्प्लायन्स, जस्ता महत्वपूर्ण विषयमा केन्द्रित रही बजेट निर्माणमा सहभागी हुन सहभागीहरुलाई दिशा निर्देश गरेका थिए ।

त्यस्तै आर्थिक समृद्धी लघुवित्त वित्तीय संस्थाको संचालक तथा लघुवित्त क्षेत्रका विज्ञ डा. नरहरी ढकालले नेपालमा लघुवित्त क्षेत्रको बर्तमान अवस्था, चुनौती र अवसरको बारेमा जानकारी गराउँदै बार्षिक योजना निमार्ण गर्दा ध्यान दिनै पर्ने पक्षहरुको बारेमा सहभागीहरु लाई विस्तृत जानकारी गराएका थिए ।

सो अवसरमा आर्थिक समृद्धी लघुवित्त वित्तीयसंस्थाका संचालक समिती अध्यक्ष डा. एक नारायण चापागाईँले दुबै संस्थाको चाँडै नै एकिकृत कारोबार संचालन गर्न लागेकोले कार्यक्रमको गुणस्तर बृद्धीको साथै सम्पुर्ण कर्मचारी एक ढिक्का भएर प्रतिष्पर्धी वातावरणमा दिगो एवं गुणात्मक विकास निम्ति अझै लामो र कठिन बाटो हिंड्नु पर्ने आवश्यकता रहेको बताउँदै जस्तोसुकै कठिन अवस्थामा पनि लघुवित्त बैंकिङ अभ्यासवाट रतिभर विचलित नभई वित्तीय संस्था अघि बढ्ने शुभकामना प्रकट गरे ।

त्यस्तै, साधना लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले वित्तीय संस्थाको सबै सरोकारवालाको अपेक्षा पुरा गर्ने एकमात्र उपाय उत्पादकत्व अभिबृद्घि रहेको वस्तुसत्यलाई हृदयंगम गरी यस वित्तीय संस्थालाई उत्कृष्ट लघुवित्त वित्तीय संस्था बनाउने सोच र सपनालाई सामुहिक रुपमा अंगिकार गर्दै त्यस दिशामा समन्वयात्मक ढंगले अघि बढ्न सहभागीलाई निर्देशन गरे ।

दुबै संस्थाको गरी ४० जना शाखा प्रमुखहरु उपस्थिती रहेको उक्त कार्यक्रममा बित्तीय संस्थाका सम्पूर्ण बिभागीय प्रमुख र अनुगमन अधिकृतहरुको उपस्थिती रहेको थियो । साधना लघुवित्त र आर्थिक समृद्धी लघुवित्तले गत जेष्ठ २५ गते बिशेष साधारण सभा मार्फत प्राप्तीको प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकमा अन्तिम स्वीकृतीको लागि निबेदन पेश गरेको जनाइएको छ ।

Share News