काठमाडौँ । देवः विकास बैंकको १२ औं वार्षिक साधारण सभा असार १२ गते हुने भएको छ । महेन्द्र पुलिस क्लब भृकुटी मण्डपमा साधारण सभा हुने कम्पनी सचिव सागर ताम्राकारले जनाएका छन् ।
सञ्चालक समितिले साधारण सभामा आव २०७४/०७५ को नाफाबाट चुक्तापूँजी २ अर्ब ५३ करोड, ३६ लाख ८० हजार ३ सय ४८ रुपैयाँको ५.५ प्रतिशत अर्थात १३ करोड ९३ लाख ५२ हजार ४ सय २२ रुपैयाँ बराबरको बोनस शेयर वितरण सम्बन्धी प्रस्ताव पारित प्रस्तुत गर्नेछ ।
साथै, वेस्टर्न डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ती गर्न स्वीकृत प्रदान गर्ने प्रस्तावपछि साधारण सभामा राखिनछ । देवः विकास बैंकले वेष्टर्नको १ कित्ता शेयर बराबर देवःको १ कित्ता शेयर दिने गरी शेयर आदानप्रदान अनुपाप कायम गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गर्नेछ ।
यता, देवः विकास बैंक लिमिटेडसँग मर्जमा जान लागेको वेष्टर्न डेभलपमेन्ट बैंकको पनि असार १२ गते १३औँ वार्षिक साधारणसभा बस्ने भएको छ । उक्त सभा सो दिन बिहान ११ बजे दाङ स्थित होटल सिटी प्लाजाको सभाहलमा बस्न लागेको हो ।
सभाले वेष्टर्न डेभलपमेन्ट बैंकलाई देवः विकास बैंकले प्राप्ति गर्ने सञ्चालक समितिको विशेष प्रस्तावलाई स्वीकृति दिने भएको छ । साथै, दुई संस्था गाभिएपश्चात डीडीए रिपोर्ट(दायित्व मुल्यांकन प्रतिवेदन)का आधारमा सेयर स्वाप रेसियो १ः१ अनुपात कायम गर्ने प्रस्तावलाई पारित गर्ने छ । साथै, संस्थाको प्रस्तावित १४.७४ प्रतिशत नगद लाभांशलाई सभाले पारित गर्ने भएको छ ।