कावासोतीमा एनआइसीको शाखारहित बैंकिङ सेवा सञ्चालन

<p>काठमाडौँ । एनआईसी एशिया बैंकले नवलपरासी जिल्लाको कावासोती नगरपालिका वडा नं. ६, विष्णुनगरमा २९ औं शाखारहित बैंकिङ सेवा जेठ १७ गतेबाट सञ्चालनमा ल्याइएको छ । बैंकले सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको कावासोती नगरपालिका उप–मेयर प्रेमशंकर मर्दानियाले उद्घाटन गरे । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा घ्याब्रे इन्टरप्राईजेज (प्रोप्राइटर विकाश गुरुङ) लाई नियुक्त गरिएको बैंकले जनाएको [&hellip;]</p>


काठमाडौँ । एनआईसी एशिया बैंकले नवलपरासी जिल्लाको कावासोती नगरपालिका वडा नं. ६, विष्णुनगरमा २९ औं शाखारहित बैंकिङ सेवा जेठ १७ गतेबाट सञ्चालनमा ल्याइएको छ ।

बैंकले सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको कावासोती नगरपालिका उप–मेयर प्रेमशंकर मर्दानियाले उद्घाटन गरे । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा घ्याब्रे इन्टरप्राईजेज (प्रोप्राइटर विकाश गुरुङ) लाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।

Share News