फोरम र नयाँ शक्ति एकीकरण, समाजवादी पार्टी गठन

<p>काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण भएको छ । उपेन्द्र यादव नेतृत्वको फोरम र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकीकरण भई नयाँ ‘समाजवादी पार्टी नेपाल’ घोषणा गरिएको छ । अध्यक्ष यादव र डा भट्टराईले सोमबार आयोजित एक कार्यक्रममा पार्टी एकीकरण गर्ने समझदारीपत्र पढेर सुनाएका थिए । अध्यक्षमण्डलमा [&hellip;]</p>


काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण भएको छ । उपेन्द्र यादव नेतृत्वको फोरम र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकीकरण भई नयाँ ‘समाजवादी पार्टी नेपाल’ घोषणा गरिएको छ ।

अध्यक्ष यादव र डा भट्टराईले सोमबार आयोजित एक कार्यक्रममा पार्टी एकीकरण गर्ने समझदारीपत्र पढेर सुनाएका थिए । अध्यक्षमण्डलमा दुई जना रहने पार्टीको संरचनाबमोजिम समाजवादी पार्टीका अध्यक्षसहित २६ जनाको पदाधिकारी रहने जनाइएको छ । पार्टी केन्द्रीय समिति अध्यक्षमा यादव र सङ्घीय परिषद्का अध्यक्ष डा भट्टराईले जिम्मेवारी पाएका छन् ।

सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, वरिष्ठ नेता अशोक राई, उपाध्यक्षहरुमा नवराज सुवेदी, लालबाबु राउत, हिसिला यमि, रेणुकुमारी यादव, रकम चेम्जोङ, परसुराम खापुङ, युवराज कार्की चयन भएका छन् । महासचिवमा गङ्गानारायण श्रेष्ठ, रामशाह यादव, रणध्वज कन्दङ्वा रहेका छन् भने उपमहासचिवमा डम्बर खतिवडा, दानबहादुर बिश्वकर्मा, प्रकाश अधिकारी चयन भएका छन् । सचिवमा मोहमद इस्तियाक राई, दुर्गा सोव, परशुराम, बस्नेत प्रसान्त सिङ र कोषाध्यक्षमा बिजयकुमार यादवलाई चयन गरिएको छ ।

पार्टी एकीकरण घोषणापछि नेताद्वय यादव र डा भट्टराईले समाजवादी आन्दोलनको नयाँ युगको प्रारम्भ भएको र यसले सबैखाले उत्पीडनमा परेका जाति र समुदायको हकहितका लागि हिमाल, पहाडदेखि तराईसम्म एकीकृत ढङ्गले अघि बढ्ने प्रतिबद्धता जनाए ।

समाजवादी पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमानता, विभेद तथा शोषणको अन्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ ।

Share News