बागलुङका १६ विद्यार्थीलाई कर्मभूमि फाउण्डेसनद्वारा छात्रवृत्ति वितरण

<p>बागलुङ। ढोरपाटनमा नगरपालिकामा रहेको कर्मभूमि फाउण्डेसनले १६ जना विद्यार्थीलाई शुक्रबार बिभिन्न विधामा छात्रवृत्ति वितरण गरेको छ। फाउण्डेसनले निसिखोला गाउँपालिकाको वडा नम्बर १ हर्पेमा रहेको अन्नपुर्ण आधारभुत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो। फाउन्डेसनले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई विद्यालय पोषाक तथा स्टेसनरी सामान वितरण गरेको कार्यक्रमका फाउण्डेसनका अध्यक्ष कमल भुषालले बताए। उक्त संस्थाले ढोरपाटन नगरपालिकाका विभिन्न [&hellip;]</p>

बागलुङ। ढोरपाटनमा नगरपालिकामा रहेको कर्मभूमि फाउण्डेसनले १६ जना विद्यार्थीलाई शुक्रबार बिभिन्न विधामा छात्रवृत्ति वितरण गरेको छ। फाउण्डेसनले निसिखोला गाउँपालिकाको वडा नम्बर १ हर्पेमा रहेको अन्नपुर्ण आधारभुत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो। फाउन्डेसनले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई विद्यालय पोषाक तथा स्टेसनरी सामान वितरण गरेको कार्यक्रमका फाउण्डेसनका अध्यक्ष कमल भुषालले बताए।

उक्त संस्थाले ढोरपाटन नगरपालिकाका विभिन्न विद्यालयको गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति वितरण गर्दाइ आईरहेको फाउण्डेसनका सदस्य सारदुल धिमिरेले जानकारी दिए।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष देव बहादुर बुढाको अध्यक्षता वडा नम्बर १ का वडाध्यक्ष इन्द्र बहादुर मल्लको प्रमूख आतिथ्यता र विद्यालयका प्रधानाध्यापक दिनु राम्जालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share News