प्राध्यापकहरू गत साउनदेखि तलब विहिन

<p>काठमाडौं । सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसका प्राध्यापक तथा कर्मचारी तलब पाएका छैनन् । गत साउनदेखि १४ आङ्गिक क्याम्पसका ३३४ प्राध्यापक तथा कर्मचारीले तलब नपाएको विश्वविद्यालय आङ्गिक क्याम्पस समायोजन सङ्घर्ष समितिका संयोजक मानबहादुर चन्दले जानकारी दिएका छन् । विश्वविद्यालयका पदाधिकारीको गैरजिम्मेवारीका कारण प्राध्यापक कर्मचारीले अहिलेसम्म तलब नपाउँदा समस्या भएको प्राध्यापक कर्मचारीले बताएका छन् । [&hellip;]</p>

काठमाडौं । सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसका प्राध्यापक तथा कर्मचारी तलब पाएका छैनन् ।

गत साउनदेखि १४ आङ्गिक क्याम्पसका ३३४ प्राध्यापक तथा कर्मचारीले तलब नपाएको विश्वविद्यालय आङ्गिक क्याम्पस समायोजन सङ्घर्ष समितिका संयोजक मानबहादुर चन्दले जानकारी दिएका छन् ।

विश्वविद्यालयका पदाधिकारीको गैरजिम्मेवारीका कारण प्राध्यापक कर्मचारीले अहिलेसम्म तलब नपाउँदा समस्या भएको प्राध्यापक कर्मचारीले बताएका छन् ।

२०७४ असोज २ गते नेपाल सरकारले सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसकका दरबन्दी स्वीकृत गरेको थियो । १४ क्याम्पसमा कार्यरत ३३४ प्राध्यापक तथा कर्मचारीले तलब पाउन नसकेको चन्दले बताएका छन्।

विश्वविद्यालय सभाबाट बजेट पारित नहुँदा प्राध्यापक कर्मचारी मारमा परेका छन् । क्याम्पसलाई सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन गर्दा पहिलेको र विश्वविद्यालयमा गाभिएपछि तलब नपाएको जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीलेको भनाई रहेको छ ।

प्राध्यापक तथा कर्मचारीले छ महीनासम्म पनि तलब नपाउँदा विश्वविद्यालयले कुनै चासो दिएको छैनन् । सुदूर पश्चिम प्रदेशका जगन्नाथ बहुमुखी क्याम्पस (गोठलापानी बैतडी), पाटन बहुमुखी क्याम्पस (बैतडी), मणिलेक क्याम्पस (मेलौली बैतडी), दार्चुला बहुमुखी क्याम्पस (दार्चुला), गोकुलेश्वर बहुमुखी क्याम्पस (दार्चुला)मा कार्यरत प्राध्यापक तथा कर्मचारीले तलब पाएका छैनन् ।

यस्तै जयपृथ्वी बहुमुखी क्याम्पस (बझाङ), बाजुरा क्याम्पस (बाजुरा), बडिमालिका क्याम्पस (बाजुरा), त्रिवेणी जनता बहुमुखी क्याम्पस (बयलपाटा अछाम), बहुमुखी क्याम्पस (जोगबुढा डडेल्धुरा), सीताराम बहुमुखी क्याम्पस (उच्चाकोट डोटी), सेतीमहाकाली बहुमुखी क्याम्पस (घण्टेश्वर डोटी), दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस (अत्तरीया कैलाली) र टीकापुर बहुमुखी क्याम्पस (टीकापुर कैलाली)मा कार्यरत प्राध्यापक तथा कर्मचारीले पनि तलब नपाएका हुन् ।

प्राध्यापक तथा कर्मचारीले विश्वविद्यालयमा समायोजन गर्दा ल्याइएको विभेद्कारी नियमावली समेत सच्याउन आग्रह गरेका छन् । सुदूर पश्चिमाञ्चल विश्वविद्यालय आन्तरिक विवादमै रुमल्लिरहेको अवस्थामा आङ्गिक क्याम्पसमा दिनुपर्ने रकम निकासा गर्न सकेको छैन । रासस

Share News