
काठमाडौं। अब देखि त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षा सम्बन्धि सूचना टेलिफोन मार्फत नै प्राप्त गर्न सकिने भएको छ । त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराएको दुईवटा नम्बरमा विद्यार्थीले परीक्षा सम्बन्धि जानकारी लिन पाउने छन् । यसअघी फोन गरेर बुझ्ने प्रावधान परीक्षा नियन्त्रण कार्यालयमा थिएन। हरेक कामको बारेमा बुझ्नको लागि कार्यलयमै पुग्नुपर्ने, त्यसमाथि पनि सहि सूचना सम्प्रेषण नभएको कारणले पनि धेरैले दु:ख पाएका थिए।
त्यसैले विद्यार्थीलाई सहि सूचना सम्प्रेषण गर्ने उद्देश्यले यस सेवा उपलब्ध गराइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । विद्यार्थीले टेलिफोन नं ४६७२६३२ अथवा ४२८४१६९ मा संपर्क गरेर सुचना प्राप्त गर्नसक्ने छन्।
