दोस्रो एका अस्ट्रेलियन एजुकेसन फेयर हुँदै

<p>काठमाडौं। विदेशमा उच्च शिक्षा हाँसिल गर्न चाहने नेपाली विद्यार्थीहरुको लागि अस्ट्रेलिया एउटा आकर्षक र उपयुक्त शैक्षिक गन्तब्यका रुपमा स्थापित भईसकेको छ। अस्ट्रेलिया अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरुको संख्या पनि दिनानुदिन बृदि भैरहेको छ। उच्च शिक्षाको लागि आकर्षक गन्तब्य बनिरहेको अस्ट्रेलिया अध्ययन गर्न जाने सोचमा रहनुभएका विद्यार्थीहरुको हितलाई मध्यनजर गर्दै अस्ट्रेलियामा रहेका शैक्षिक परामर्स केन्द्रहरुको साझा [&hellip;]</p>

काठमाडौं। विदेशमा उच्च शिक्षा हाँसिल गर्न चाहने नेपाली विद्यार्थीहरुको लागि अस्ट्रेलिया एउटा आकर्षक र उपयुक्त शैक्षिक गन्तब्यका रुपमा स्थापित भईसकेको छ। अस्ट्रेलिया अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरुको संख्या पनि दिनानुदिन बृदि भैरहेको छ।

उच्च शिक्षाको लागि आकर्षक गन्तब्य बनिरहेको अस्ट्रेलिया अध्ययन गर्न जाने सोचमा रहनुभएका विद्यार्थीहरुको हितलाई मध्यनजर गर्दै अस्ट्रेलियामा रहेका शैक्षिक परामर्स केन्द्रहरुको साझा छाता संगठन अस्ट्रेलिया एजुकेसन कन्सल्ट्यान्ट् एलाईन्स (एका) ले अगस्ट २४ र २५ (भाद्र ८ र ९ गते) दोस्रो अस्ट्रेलिया शैक्षिक मेलाको आयोजना गर्दैछ।

प्लस टु सकेर अस्ट्रेलिया उच्च शिक्षाको अध्ययनको लागि जाने क्रम बढीरहँदा विद्यार्थीसंगै अभिभावकहरुको समेत उत्तिकै जिम्मेवारी रहेकोले मेलामा एकाको नारा ” विद्यार्थीसंगै अभिभावक” रहेको छ।

होटल अन्नपूर्णमा आयोजना हुने शैक्षिक मेलामा अस्ट्रेलियाका सात वटा कालेज तथा २२ वटा शैक्षिक परामर्सदाताहरुको प्रत्यक्ष सहभागी रहने उनिहरुले जनाएको छ।

दुई दिन सम्म चल्ने शैक्षिक मेलामा अस्ट्रेलियाको शैक्षिक अवस्था, विद्यार्थी तथा अभीभावकको जिम्मेवारी, पढाई खर्च र पढ्ने बिषय, कलेज तथा बिस्वोबिद्यालयका बारेमा बिशेष जानकारी उपलब्ध गराउने जानकारी समेत् दिए।

Share News