एशियन लाईफको १३ करोड ४२ लाख रुपैयाँ बोनस र ५० प्रतिशत हकप्रद सेयर पारित
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको मुनाफाबाट १३ करोड ४२ लाख ६५ हजार ५४० रुपैयाँ बोनस दिने प्रस्ताव पारित भएको छ । कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई बिहीबार सम्पन्न कम्पनीको आठौँ तथा नवौँ साधारणसभाले पारित गरेको हो । साथै, सभाले कम्पनीको चुक्ता पूँजीको ५० प्रतिशत (२ बराबर १ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त हकप्रद बोनस सेयर वितरण पश्चात निष्कासन गर्ने कम्पनीले जनाएको छ । बोनस सेयर पश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड ५५ लाख ९२ हजार ४०० रुपैयाँ हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार हकप्रद सेयर पश्चात कम्पनीको चुक्तापूँजी एक अर्ब २० करोड ८३ लाख ८८ हजार ६ सय रुपैयाँ पुग्ने छ । साथै, सभाले संस्थापक सेयरधनी समूह ‘क’ वर्गबाट बिजय कुमार सरावगी, दिनेशलाल श्रेष्ठ, सुशान्त चाचान, दीपक कुमार श्रेष्ठ र सुरेन्द्र गोयललाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै, सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट रबी कुमार गुप्ता र सौरभ रुगंटालाई आगामी चार वर्षको लागि संचालक पदमा निर्वाचित भएका छन् ।
बिहीबार १ अर्ब ४८ करोडको सेयर कारोबार, नेप्सेमा सामान्य गिरावट
काठमाडौं । बिहीबार सेयर बजारमा १ अर्ब ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त रकम बुधबारको तुलनामा एक अर्ब ६ करोड रुपैयाँ घटी हो । बिहीबार १४० कम्पनीको २७ लाख २३ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी सानिमा बैंकको २२ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ५७४ रुपैयाँ रहेको छ । त्यस्तै, लक्ष्मी बैंकको ११ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक पनि सामान्य अंकले ओरालो लागेको छ । परिसूचक शून्य दशमलब ६५ अंकले घटेर १५८७ दशमलब ६४ अंकमा झरेको छ । सो दिन बीमा, फाइनान्स, होटल र अन्य समूहको परिसूचक क्रमशः ६९, ८, ५ र २ अंकले उकालो लागेका छन् । त्यस्तै, हाइड्रो, उत्पादमूलक, विकास बैंक र बैंकिङ् समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् ।
गुराँस लाइफ इन्स्योरेन्सले ८ प्रतिशत बोनस दिने, पूँजी ५९ करोड ४० लाख रुपैयाँ नाघ्ने
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस दिने निर्णय गरेको छ । साथै, कम्पनीले शून्य दशमलब ४२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई कम्पनीको आगामी साधारणसभाले स्वीकृत गरेपछि सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको पूँजी ५९ करोड ४० लाख रुपैयाँ नाघ्ने छ । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ८५८ रुपैयाँमा कारोबार भइरहेको छ ।
लक्ष्मी बैंकको ३ करोड कित्ता हकप्रद सेयर निष्कासन, वैशाख ३ गतेदेखि आवेदन खुला
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले ३ करोड १५ लाख ९० हजार ३०३ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । एक सय रुपैयाँ अंकित शत् प्रतिशत हकप्रद सेयर निष्कासनका लागि आगामी बैशाख ३ गतेदेखि जेठ ७ गतेसम्म आवदेन दिन पाइने उल्लेख छ । यो बैकले ३ अर्ब १५ करोड ९० लाख ३० हजार ३ सय रुपैयाँको चुक्ता पुँजीमा तीन अर्ब १५ करोड रुपैयाँ बढाउन १ सेयर बराबर एक (१ः१) अनुपातमा अर्थात शत् प्रतिशतका दरले हकप्रद निष्कासन गरेको हो । यो बैंकको हकप्रद सेयरका लागि आवेदन दिन यही चैत्र १७ गतेसम्म सेयर खरिद गरेका सेयरधनीले पाउने भएका छन् । यो बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो । यसको हकप्रद सयेरको चाहनेले लक्ष्मी बैंक लिमिटेड र यसका सम्पूर्ण शाखा, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडमार्फत आवेदन दिन सकिने उल्लेख छ । १ सय रुपैयाँमा अावेदन दिन पाइने याे बैककाे प्रतिसेयर हाल ७७७ रुपैयाँमा काराेबार भइरहेकाे छ ।
सरकारी ढुकुटीमा एनसेलको १७९ अर्ब योगदान, ५ वर्षमा प्रत्यक्ष कर ६९ अर्ब, अप्रत्यक्ष कर ५५ अर्ब
काठमाडौं । विदेशी लगानीमा सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई विविध शुल्क, रोयल्टी र करअन्तर्गत हालसम्म १ खर्ब ७९ अर्ब रुपैया योगदान गरेको देखिएको छ। ठूला करदाता कार्यालयका अनुसार विगत पाँच वर्षमा राजस्वमा प्रत्यक्ष करतर्फ ६९ अर्ब, अप्रत्यक्ष करतर्फ ५५ अर्ब र अन्य थप योगदान ५५ अर्ब गरी जम्मा १ खर्ब ७९ अर्ब योगदान गरेको छ। एनसेल नेपालको सबभन्दा ठूलो करदाता हो। आर्थिक वर्ष २०६९/७० र २०७०/७१ का लागि एनसेलले सरकारबाट उत्कृष्ट करदाताको सम्मान पनि पाएको छ। तर, टेलियाले लाभकर नतिरेपछि पछिल्लो समय यति धेरै राजस्व बुझाउने एनसेल विवादमा परेको छ। पुँजीगत लाभकरको विषयलाई लिएर एनसेलले कर तिरेन भनेर प्रचारित पनि भइरहेको छ। यस विषयलाई विज्ञहरू भने आपत्ति जनाउँछन्। अर्थ राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी बर्सेनि उत्कृष्ट करदाताको उपाधि राज्यबाट पाउने एनसेलले कर तिरेन भनेर प्रचारित गर्नुले विभिन्न आशंकाहरू उत्पन्न भएको बताउँछन्। पुँजीगत लाभकरको विषयमा राज्यले कानुनतः स्पष्ट दृष्टिकोण अघि सार्न नसक्दा यस्तो स्थिति उत्पन्न भएको उनको भनाइ छ। ‘मैले बुझेअनुसार पूँजीगत लाभकर कानुनतः विक्रेताले तिनुपर्छ, एनसेलको सेयर स्विडेनको टेलियासोनेराले मलेसियाको आजियाटालाई विक्री गरेको हो। यसअनुसार पुँजीगत लाभकर विक्रेता टेलियाले नतिरेको हो,’ केसीले भने, ‘टेलियाले नतिरेको लाभकर एनसेलले तिरेन भन्नु जायज होइन। सरकारले लाभकर टेलियासँग उठाउन सक्नुपर्छ, यसको बहानामा नेपालमै रहेको एनसेललाई सिध्याउनु सर्वथा जायज देखिँदैन। एनसेल नेपालको सम्पत्ति हो, यो सधैं नेपालमै रहन्छ। नेपालमा विदेशी लगानी र पुँजी निर्माणको उदाहरणका रूपमा एनसेलमाथि किन यसरी कुप्रचार भइरहेको छ, मैले बुझ्न सकेको छैन।’ पूर्वसचिव सूर्य सिलवाल पनि लाभकर तिर्न‘पर्ने दायित्व विक्रेताकै भएकाले विक्रेतासँगै कर असुल गर्न सरकारले आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गर्न‘पर्ने बताउँछन्। ‘लाभकर भनेको जसले लाभ गर्छ, उसले तिर्ने हो। लाभ जहिले पनि खरिदकर्ताले नभई बिक्रीकर्ताले गर्छ। र, बिक्रीकर्ताले आफूले गरेको लगानीको अनुपातमा बिक्री गर्दा हुने फरकमा जति लाभ हुन्छ, त्यसबापतको कर लाभकरका रूपमा तिर्ने हो,’ उनले भने, ‘यति स्पष्ट विषय हुँदाहँुदै सरकार स्पष्ट हुन नसक्नु विडम्बना नै भन्नुपर्छ।’ सरकारले आफूले पाउने लाभकर जति हो, त्यो एक पैसा पनि छोड्न नहुने र तिर्ने दायित्व जसको हो, उसैबाट असुल गर्न‘पर्ने उनको सुझाव छ। ‘राज्यले पाउने करको एक पैसा पनि गुम्नुहुँदैन, तर गुम्न नदिने नाममा तिर्ने दायित्व नभएकोलाई प्रताडित गर्न‘ पनि भएन,’ उनले भने। टेलियाले लाभकर नतिरेको विषयमा एनसेलको सम्पूर्ण कारोबार र व्यावसायिक विस्तारको योजना रोक्नु गलत भएको उनको ठहर छ। ‘तिर्न‘पर्ने दायित्व भएको विक्रेतासँग लाभकर असुल नगर्ने अनि एनसेलका करोडौं ग्राहकहरूलाई मर्कामा पार्ने गरी फोरजी सञ्चालनलगायत उसका व्यावसायिक योजनाहरू रोक्का गर्न‘ सरासर अन्याय हो,’ पूर्वसञ्चार सचिवसमेत रहेको सिलवालले भने। एनसेलको करको विषय सरकारले चाँडो टुंग्याउनुपर्ने उनको सुझाव छ। ‘एकातिर विदेशी लगानी भियाउने नीति लिने, अर्कोतिर भइरहेको अर्बौको लगानीको संरक्षण नगर्ने, यस्तो रवैयाले विदेशी लगानी कसरी आउँछ रु’ उनी भन्छन्, ‘सरकारले चाह्यो लाभकर उठाउन सक्छ। सरकारको पहुँच मुलुकभन्दा बाहिर पनि हुन्छ। टेलियालाई पत्राचार गरेर, कूटनीतिक संयन्त्र प्रयोग गरेर हुन्छ कि के गरेर हुन्छ लाभकर असुल गर्न सक्छ। तर, यसको बहानामा देशभित्र रहेको, अर्बौं राजस्व तिर्ने एनसेललाई हतोत्साही पार्न‘ हुँदैन।’ यस्तै डा। केसी पनि हजारौंलाई रोजगारी दिइरहेको एनसेललाई कर्पोरेट बारको सिकार बन्न दिन नहुने भन्दै यसमा सचेत नागरिक जागरुक हुनुपर्ने सुझाव दिन्छन् ‘एकातिर पुँजी निर्माण हुन नसक्दा दिनप्रतिदिन मुलुकमा गरिबी बढ्दो छ, अर्कोतिर सरकारले भएको पुँजीलाई पनि जगेर्ना गर्न नसक्नु भनेको असफल राष्ट्रको लक्षण हो,’ उनले भने। हाल एनसेलको नेटवर्क कभरेजले जनसंख्याका करिब ९२ प्रतिशतलाई समेटेको छ भने १ करोड ३० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । राजधानी दैनिकबाट ।
गोरखा सहकारीद्वारा ऋणीको करोडौं ठगी, किर्ते कागज बनाएर जग्गा जफत
काठमाडौ । ललितपुरको गोरखा सेभिङ एन्ड क्रेडिट सहकारीले किर्ते कागजात बनाएर एक दम्पतीको ऋणभन्दा पाँच गुणा बढी मूल्यको जग्गा जफत गरेको स्वयं नियामक निकाय सहकारी डिभिजन कार्यालय ललितपुरले जानकारी दिएको छ । राई दम्पती नारायणप्रसाद र शोभाको ऋण असुल्ने नाममा जग्गा लिलामी गर्ने क्रममा गोरखा सहकारीले डिभिजन कार्यालयमा पेस गरेको डकुमेन्टमै त्रुटि देखिएको प्राप्त कागजातले देखाएको छ । कार्यालयका अनुसार संस्था डकुमेन्टेसनमा चुकेको छ । ऋणी राई दम्पतीको जग्गाको मूल्यांकनअघि नै कागजात तयार पारिएको, सेवा शुल्क बढी लिएको, डकुमेन्टमा ठाउँठाउँमा केरमेट गरी सच्याइएकोलगायत त्रुटि देखिएको कार्यालयको ठहर छ । सरकारलाई छल्नकै लागि सहकारीले सक्कल कागजात पेस गर्नुपर्ने अन्य निकायमा समेत कार्बनकपी प्रयोग भएको डकुमेन्ट पेस गरेको देखिएको छ ्र अन्नपूर्ण पोस्टबाट ।
सेयर बजारमा उतारचढाव, नेप्से २२ अंकले घट्दा २ अर्ब ५४ करोडको सेयर कारोबार
काठमाडौं । सेयर बजारमा उतारचढाव भएको छ । मंगलबार उच्च अंकले उकालो लागेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले ओरालो लागेको छ । बुधबार परिसूचक २२ दशमलब ३३ अंकले ओरालो लागेर १५८८ अंकमा झरेको छ । बजार खुलेको केही समयमै बढेर १६४३ अंकमा पुगेको परिसूचक करिब एक घण्टामै घटेर १५९५ अंकमा झरेको थियो । त्यस्तै, करिब साढे १२ बजेतिर बढेर १६३५ अंकमा पुगेको परिसूचक त्यसपछिको कारोबारमा भने निरन्तर ओरालो लागेर १५८८ अंकमा अडेको छ । बजारमा नेप्से परिसूचकमा गिरावट आएता पनि सेयर कारोबारमा भने सुधार नै भएको छ । सो दिन २ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन मंगलबारको तुलनामा १ अर्ब १६ करोड ७१ लाख रुपैयाँले बढी हो । मंगलबार एक अर्ब ३८ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको थियो । बुधबार १४९ कम्पनीको ५० लाख ३३ करोड कित्ता सेयर किनबेच भएको छ । दोहोरो अंकले ओरालो लागेको बजारमा ७ वटा समूहको परिसूचक ओरालो लागेका छन् भने ट्रेडिङ समूहको परिसूचक सामान्य अंकले उकालो लागेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक १५२ अंकले ओरालो लागेको छ । त्यस्तै, हाइड्रोपावर, होटल, बैंकिङ् र विकास बैंक समूहको परिसूचक क्रमशः ७३, ६६, २० रु १६ अंकले ओरालो लागेका छन् ।
वेष्टर्न डेभलपमेन्ट बैंकले ३ करोड ३० लाख रुपैयाँ लाभांश दिने, चुक्ता पूँजी ३४ करोड नाघ्ने
काठमाडौं । वेष्टर्न डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३ करोड ३० लाख ४४ हजार २१० रुपैयाँ बराबरको लाभांश दिने भएको छ । बैंकले सेयरधनीलाई ३ करोड १३ लाख ९२ हजार रुपैयाँ बराबरको बोनस र १६ लाख ५२ हजार २१० रुपैयाँ बराबरको नगद गरि सो मात्राको लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय चैत १३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्र बैंकका सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पूँजी ३१ करोड ३९ लाख २० हजार रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी ३४ करोड ५३ लाख रुपैयाँ नाघ्ने छ । बुधबार बैंकको सेयर मूल्य प्रतिकित्ता ३२४ रुपैयाँ रहको छ ।
मोटोपन घटाउन चिनी कर लागू हुँदै, यस्ता छन् धेरै चिनीले लग्ने राेगहरू
काठमाडाैं । बेलायती सरकारले बढ्दो मोटोपन कम गर्न सन् २0१८ देखि लागू हुने गरी गुलियोयुक्त पेयमा चिनी करको घोषणा गरेको छ । बढ्दो मोटोपन, खासगरी बालबालिकाहरूलाई यस्तो पेय पिउन कम गर्नका लागि चिनी कर प्रत्येक एक लिटरमा २४ पेन्स (पैसा) हुने भएको छ । मोटोपन यही रूपमा वृद्धि हुँदै गएमा बेलायती स्वास्थ्य सेवा नै टाट पल्टने कुराको चेतावनी विज्ञहरूले पहिले नै दिएका छन् । चिनी करबाट बेलायतमा वार्षिक ५0 करोड पाउन्डभन्दा बढी राजस्व उठ्ने अनुमान गरिएको छ । जुन रकम स्कुलको खेलकुदमा खर्च गरी बालबालिकाहरूको क्रियाशीलतालाई अरू बढाउने योजना बनाइएको छ । यसरी मोटोपन कम गर्ने लक्ष्य राखिएको छ । चिनी कर लगाउने पहिलो देश मेक्सिकोमा यसपछि चिनीयुक्त पेयको उपभोग १२ प्रतिशत कम हुनुको साथै पेय तथा अन्य खाना बनाउँदा पनि चिनीको कम प्रयोग गरिएको एक तथ्यांकले जनाएको छ । यसको सीधा असर मानिसको स्वास्थ्यसँग जोडिएको छ । धेरै चिनी मौन घातक एक तीन सय ३0 मिलिलिटरको क्यान कोलामा करिब ३५ ग्राम चिनी (७ टेबल चम्चा ) हुन्छ । एउटा मार्सबार चकलेटमा ३३ ग्राम चिनी हुन्छ । यी दुवै एक महिलाले एक दिनमा खान सुझाव दिइएको चिनीभन्दा बढी हुन आउँछ । एक पुरुषलाई एक दिनमा ३७.५ ग्राम (नौ टेबल चम्चा ) र महिलालाई २५ ग्राम (६ टेबल चम्चा) भन्दा बढी नखानु भन्ने विज्ञहरूको सुझाव छ । चाहिनेभन्दा बढी चिनी खानु स्वास्थ्यका लागि उपयुक्त नभएको कुरा अनेक अनुसन्धानले प्रमाणित गरेको छ ।नुन र उच्च रक्तचाप सँगसँगै चिनी मौन घातकको रूपमा आएको छ । सन् २00८ मा गरिएको अध्ययनमा बढी फ्राकटोज (फलफूल र वनस्पतिबाट पाइने गुलियो जुन पचाउँदा सीधा रक्त कोषिकामा जान्छ) खानाले लेप्टिन प्रतिरोधको अवस्थासँग जोडिएको छ । लेप्टिन भनेको एउटा हार्मोन हो जसले खाना खाँदा पुगेको संकेत दिन्छ । हाम्रो समस्या चाहिँ दिमागले पुग्यो भनेर दिएको सूचनालाई बेवास्ता गर्छौं । धेरै बेवास्ता भएपछि कोही व्यक्तिहरूमा लेप्टिनले कार्य गर्न चाहँदैन । त्यसो भएपछि शरीरलाई खाना पुगेको भन्ने संकेतको कार्य नभएपछि सधैं धेरै खानुपर्ने भयो । जसले मोटोपन धेरै बढाउने भयो । यस्तो मोटोपन बढ्नु कुनै लक्षणहरू या चेतावनीको घन्टी नै बज्छ । चाँडै धेरै वजन बढ्छ भने सायद फ्राकटोजले कति भन्ने लेखाजोखा गर्नु उपयुक्त हुन्छ । अधिक चिनीले ल्याउने जोखिम चिनीले खासगरी भुँडी ठूलो बढाउने कार्य गर्छ । पार्क, स्कुल आदिमा बालबालिका देखेर मोटोपनको अनुमान गर्न सकिन्छ । यी सबै मोटोपनमा बढी देखिने ठूलो भुँडी हो । यसको मुख्य कारण फ्राकटोज बढी भएको खानाले गर्दा हो । फ्राकटोज भनेको खाना तथा फलफूलमा पाइने एक किसिमको चिनी हो । सन् २0१0 मा गरिएको अध्ययनले ग्लुकोज नभई बढी फ्राकटोज भएको खानाले भिसरिएयल फ्याटमा हुने कोषलाई परिपक्व बनाउने कारण बन्छ, जसले ठूलो भुँडीलाई अरू बढाउँछ । ठूलो भुँडीले मुटुरोग, बाथ, उच्च रक्तचाप, क्यान्सर र मधुमेहको जोखिम बढाउँछ ।अमेरिकी मुटु संघले सन् २0१३ मा गरेको अध्ययन अनुसार चिनीले रगत पम्प गर्ने मुटुको क्षमतालाई प्रभाव पार्न सक्ने प्रमाण देखाएको छ । राम्रोसँग रगत मुटुले पम्प नगरे हार्ट फेलियरको जोखिम प्रबल रूपले बढ्छ । अध्ययनले चिनी तथा स्ट्राचमा हुने मोलिक्युल जसलाई ग्लुकोज मेटाबोलाइट ६ फोस्फेट भनिन्छ, जसले मुटुको मांसपेशीमा हुने प्रोटिनलाई बदल्ने कार्यको जिम्मेवारी लिन्छ । यस बदल्ने क्रियाले हार्ट फेलियरको कारक बन्न सक्छ । हार्ट फेलिएर भएका करिब आधा बिरामी पाँच वर्षभित्र मर्नसक्ने तथ्यांक छ । चिनी क्यान्सरमा पनि जोडिएको छ । पोषणको क्षेत्रमा चिनीको कुरा गर्दा इन्सुलिनलाई अलग राख्न गाह्रो पर्छ । किनभने इन्सुलिन कोषहरूमा चिनीको सानो हेरचाह गर्छ । धेरै खाइयो या हाम्रो इन्सुलिनले कार्य गरेन भने शरीरले विद्रोह गर्छ । इन्सुलिन प्रतिरोध र क्यान्सरसँग जोडिएको धेरै अध्ययनले जनाइसकेको छ । आन्द्रामा हुने हार्मोन जीआईपीलाई चिनीले बढाउने काम गर्छ । जीआईपीलाई बी केटनिन भन्ने प्रोटिनले नियन्त्रण गर्छ जुन पूरै चिनीको लेबलसँग भर पर्छ । यस्तो भएपछि प्यानक्रियाजले इन्सुलिन बढी निकाल्छ । अनुसन्धानले देखाएको छ कि केटनिनले कोषको क्यान्सर हुने प्रबलतालाई बढाउन सक्छ। चिनीले रगत पम्प गर्ने मुटुको क्षमतालाई प्रभाव पार्छ । राम्रोसँग रगत मुटुले पम्प नगरे हार्ट फेलियरको जोखिम प्रबल रूपले बढ्छ । अरू अध्ययनले धेरै चिनी र स्ट्राचले स्तन र नितम्ब क्यान्सरको सम्बन्ध भने नकारात्मक देखाएको छ । हालै गरिएको अध्ययनमा घ्रेलिन हार्मोन परिवर्तन हुने व्यक्तिमा बढी चिनी खाने बानी देखिएको छ । घ्रेलिन भन्ने हार्मोनले दिगागलाई भोक लागेको बारे भन्छ । घ्रेलिन वंशाणुगतसँग पनि जोडिएको छ । चिनी र मदिरा दुवैको कलेजोलाई टक्सिक गर्ने असर उस्तै हो । चिनीले मदिराले बढाएको रोगलाई अरू बढी जोखिम बढाउने काम गर्छ । दिमागलाई भार चिनीले दिमागको पावरलाई कम गर्न सक्छ । सन् २00९ मा गरिएको अध्ययनले ग्लुकोज खाँदा कोषहरू बूढो हुने बीच सकारात्मक सम्बन्ध रहेको पाइएको छ । कोष बूढो हुँदै जाँदा चाउरी पर्नेदेखि अरू खतरनाक रोगको कारक बन्न पनि सक्छ । तर, डरलाग्दो के छ भने बढी चिनी खानाले दिमाग चाँडै बूढो हुने प्रमाण देखिएको छ । जसले गर्दा स्मरण शक्ति कम हुनुको साथै अन्य रोगको सिकार बन्ने प्रबल जोखिम बढ्छ । दाँतमा कीरा लाग्नुलगायत अनेक स्वास्थ्यका जोखिमहरू बढी चिनीको उपभोगबाट हुन सक्छ । धेरै खानामा चिनी लुकाइएको हुन्छ । त्यसैले कुन खानामा कति चिनी छ, जानकारी राख्नुपर्छ । आफूले खाने चिनीको लेखाजोखा राखेर यसको अधिक सेवनलाई कम गर्न सकिन्छ । अत्यधिक चिनीको सेवनले आयु कम हुन्छ । सन् २0१३ मा गरिएको अध्ययनले संसारमा एक लाख ८0 हजार मानिस हरेक वर्ष अकालमा मर्ने कारण बढी चिनी खानाले भनेर जनाएको छ । चिनीले मोटोपनको वृद्धि गराएको छ । चिनीले प्रशस्त ऊर्जा दिन्छ तर यसले पेट भरिएको संकेत फाइबरयुक्त खाना, प्रोटिनले जस्तो दिँदैन । यो महत्वपूर्ण हो कि दूधबाट आउने चिनी ल्याक्टोज र फलफूलबाट आउने चिनी र फाइबरले शरीरलाई फाइदा गर्छ । यो ठिक्कको परिणाममा खानुपर्छ । त्यसकारण बढी चिनी उपभोगलाई कम गरी यसबाट हुने रोगको जोखिमलाई कम गर्ने पहल गर्नु नै बाञ्छनीय हुन्छ । यसको सुरुवात जस्तै चियामा चिनी कम गर्ने, चकलेट, मिठाई कहिलेकाहीँ ठिक्कको परिणाममा मात्र खाने, फिजी पेयलाई लगाम लगाउने आदि गर्नाले मोटोपनलगायत माथि उल्लेख गरिएको रोगको जोखिम कम गर्न सकिन्छ । एउटा सानो जीवनशैली परिवर्तनले ठूलो स्वास्थ्य लाभ हुन सक्छ । (अन्नपूर्ण पाेष्टबाट)
४८० सुरक्षाकर्मीको घेरामा आरआरमा चुनाव, ६ विद्यार्थी संघकाे वहिष्कार, कडा सुरक्षा
काठमाडौं – उपत्यकाका विभिन्न प्रहरी युनिटका १० डिएसपीसहित ४८० सुरक्षाकर्मीको घेरामा रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) को स्ववियु चुनाव सम्पन्न भएको छ । मंगलबार दिनभर नेपाल प्रहरीका नौ डिएसपीसहित ३५० र सशस्त्रका एक डिएसपीसहित एक सय ३० गरी ४८० प्रहरी सुरक्षाका लागि खटिएका थिए । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख (एसएसपी) छविलाल जोशीका अनुसार उपत्यकाका विभिन्न युनिटबाट ३५० नेपाल प्रहरी खटिएका थिए । एसएसपी जोशी आफैं पनि क्याम्पसको सुरक्षामा खटिएका थिए । परिसरका डिएसपी वसन्त रजौरेको अप्रेसन कमान्डमा ठूलो सुरक्षा घेरामा स्ववियु चुनाव सम्पन्न भएको थियो । बुथको सुरक्षादेखि विभिन्न तहमा गरी पद्मोदय मोडसम्म सुरक्षाकर्मी खटिएका थिए । यी हुन् चुनावमा खटिने डिएसपी स् आरआरको चुनावमा सुरक्षाका लागि महानगरिय प्रहरी परिसरका अप्रेसन कमान्डर बसन्त रजौरे, सिंहदरबार वृत्तका मनोहार भट्ट, महाराजगन्ज वृत्तका गोविन्द पुरी, गौशाला वृत्तका नवराज कार्की, थानकोट वृत्तका कृष्ण पंगेनी, नगर प्रहरी इन्चार्ज रमेश थापा, बानेश्वर वृत्तका नारायण चिमोरिया, लैनचौर वृत्तका सोमन्द्रसिंह राठौर, बालाजु वृत्तका सन्तोष तामाङ फिल्डमा खटिएका थिए । बालाजुका डिएसपी तामाङको विद्यार्थीसँगको झडपमा औंलामा चोट लागेपछि उनको ठाउँमा महाराजगन्जका डिएसपी पुरी खटिएका थिए। त्यसैगरी, सशस्त्रका डिएसपी रविचन्द्र बज्राचार्य दिनभर चुनावमा खटिएका थिए । बेलुकीको मतगणनामा वौद्ध वृत्तका डिएसपी विपिन रेग्मी र स्वयम्भू वृत्तका डिएसपी कोमल शाहसमेत खटिएका थिए । ३५८१ मतदातामा १२७८ मत खस्यो स् निर्वाचनमा एक हजार दुई सय ७६ मत खसेको छ । साँझ ५ बजेसम्मको मतदानको समयभित्र तीन हजार ५ सय ८१ मतदातामध्ये एक हजार दुई सय ७६ मात्र मत खसेको हो । निर्वाचन कमिटी प्रमुख प्रा। हरिप्रसाद पराजुलीले मत कम खस्नुमा धेरै कारण रहेको बताए । उनले सबै विद्यार्थी संगठनको सक्रिय सहभागिता नरहनु, बिहानको समयमा क्याम्पस बाहिर तनावको स्थितिलगायतका कारण कम मत खसेको बताए । चुनावमा पाँचवटा विद्यार्थी संगठन सहभागी भएका थिए । चारवटा संगठन एकल र एउटा संयुक्त प्यानल चुनावमा रहेको थियो । केही संगठनले चुनावमा भाग नलिने बताएका थिए। २३ फागुनमा चुनाव गर्ने तयारी भए पनि स्थानीय तहको चुनावको घोषणा भएकाले आचारसंहिता लाग्ने भन्दै रोकिएको चुनाव सर्वोच्च अदालतको आदेशपछि मंगलबार सम्पन्न भएको हो । आरआर क्याम्पसमा अनेरास्ववियुका तर्फबाट अध्यक्षका प्रत्यासी तपेन्द्रबहादुर शाहीले निर्वाचनको माग गर्दै रिट दायर गरेका थिए । अध्यक्ष पदका उम्मेदवार शाहीको रिट निवेदनमा सुनुवाइ गर्दै अदालतले घोषित निर्वाचन रोक्नुपर्ने कुनैे ठोस कारण नरहेकोे आदेश दिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले निर्वाचन गर्न २ चैतमा अन्तरिम आदेश दिएको हो । गत १८ फागुनमा त्रिविले तोकेको मितिमा स्ववियु निर्वाचन नभएपछि आरआर क्याम्पसले २३ फागुनमा निर्वाचन गर्ने मिति तोकेको थियो । तर, स्थानीय तह निर्वाचन आचारसंहिताले रोक लगाएको भन्दै स्ववियु निर्वाचन स्थगित भएको थियो । विद्यार्थीहरू निर्वाचनमा मतदान गर्न सहभागी भए पनि प्रहरीको हस्तक्षेपले निर्वाचन स्थगित भएको थियो । आरआरमा अनेरास्ववियुको प्यानल नै विजयी स् रत्नराज्यलक्ष्मी क्याम्पस (आरआरमा) मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । सभापतिमा विजयी तपेन्द्रबहादुर शाहीले ६९९ मत प्राप्त गरेका छन् । कुल एक हजार दुई सय ७८ मत खसेको थियो । नयाँ पत्रिका दैनिकबाट ।
ज्योति विकास बैंकमा राप्तीभेरी विकास बैंक गाभिने, पुँजी २ अर्ब ५० करोड पुग्ने
काठमाडौं । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले दाङ, बांके र बर्दिया जिल्लामा कायक्षेत्र रहेको राप्तीभेरी विकास बैंकलाई प्राप्ती गर्ने भएको छ । मंगलबार ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्का राप्तीभेरी विकास बैंकका अध्यक्ष प्रेम बहादुर भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका छन् । ज्योति विकास बैंकको हालको चुक्ता पुंजी रु. १अर्ब १० करोड ४३ लाख रहेको र १ः१ को हकप्रद शेयर जारी प्रक्रियामा रहेको छ । त्यस्तै राप्तीभेरी विकास बैंकको चुक्ता पुंजी रु १४ करोड ३७ लाख रहेको छ भने यस बर्षको मुनाफाबाट बोनस शेयर जारी गर्ने प्रक्रियामा छ । यसरी प्राप्ती पछि ज्योति विकास बैंकको कुल चुक्ता पुंजी २ अर्ब ३५ करोड पुग्नेछ भने चालु आर्थिक बर्ष २०७३÷२०७४ को मुनाफाबाट वितरण हुने बोनस शेयस पछि ज्योति विकास बैंकको चुक्ता पुंजी २ अर्ब ५० करोड नाघ्ने बैंकले जनाएको छ । साथै राप्तीभेरी विकास बैकको प्राप्तीपछि ज्योति विकास बैंकको कुल निक्षेप रकम रु १० अर्ब, कर्जा रकम रु ९ अर्ब नाघ्ने छ साथै शाखा संजाल ३४ पुग्नेछ । ज्योति विकास बैंकले यस अघि झिमु्रक विकास बैंकसंग मर्जर पक्रिया सम्पन्न गरी एकिकृत रुपमा कार्य संचालन गरिसकेको छ ।
नेप्से ७६ अंकले बढ्दा १४१ कम्पनीका लगानीकर्ताले कमाए, ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि
काठमाडौं । मंगलबारको सेयर बजार तीब्र गतिमा बढेको छ । तीब्र गतिमा बढेको सेयर बजारमा तीन पटक सम्म सर्किट ब्रेक लागेको छ । बजार ५ दशमलब ०१ प्रतिशतले बढेपछि मंगलबारको सेयर कारोबार भएको हो । कारोबार बन्द हुँदा नेप्से परिसूचक ७६ दशमलब ७९ अंकले बढेको थियो । बजार उच्च अंकले बढेको परिसूचक १६१० दशमलब ६२ अंकमा अडिएको छ । बजारमा परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ । सो दिन १ अर्ब ३९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा जम्मा १४४ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १४१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने बाँकी ३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सेयर मूल्य वृद्धि हुने १४१ कम्पनी मध्येमा पनि ६ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । बुटवल पावर कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, सगरमाथा इन्स्योरेन्स कम्पनी, माउन्ट मकालु डेभलपमेन्ट बैंक, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, २४ कम्पनीका लगानीकर्ताले १० प्रतिशत भन्दा कम र ९ प्रतिशत भन्दा बढी कमाएका छन् । उता एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, जेबिल्स फाइनान्स र किसान माइक्रोफाइनान्स वित्ती संस्थाका लगानीकर्ताले क्रमशः १.९५, १.६ र ०.०५ प्रतिशत गुमाएका छन् । १० प्रतिशत भन्दा कम र ९ प्रतिशत भन्दा बढी कमाउने
सर्किट ब्रेक लागेको बजारमा पनि तीन कम्पनीका लगानीकर्ताले गुमाए, क-कसले गुमाए ?
काठमाडौं । मंगलबारको सेयर बजारमा तीन पटक सर्किट ब्रेक लागेको थियो । तीन पटक सर्किट ब्रेक लागेको बजारमा तीन कम्पनीका लगानीकर्ताले सामान्य प्रतिशतले गुमाएका छन् । बजारमा एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, जेबिल्स फाइनान्स र किसान माइक्रोफाइनान्स वित्ती संस्थाका लागानीकर्ताले क्रमशः १.९५, १.६ र ०.०५ प्रतिशत गुमाएका छन् । मंगलबारको सेयर बजारमा जम्मा १४४ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये तीन कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने १४३ कम्पनीका लगानीकर्ताले कमाएका छन् । कमाउने १४४ कम्पनी मध्ये पनि ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, २४ वटा कम्पनीको १० प्रतिशत भन्दा कम र ९ प्रतिशत भन्दा बढीले सेयर मूल्य बढेको छ । सबैभन्दा बढी कमाउने १० कम्पनी गुमाउने ३ कम्पनी
भैरहवा सेजमा थ्री फेज लाइन जडान गरिदै, विद्युत् आपूर्तिका लागि ७ करोड निकासा
काठमाडौं । डेडिकेटेड फिडरको पूर्वाधार तयार हुन नसकेपछि भैरहवाको विशेष आर्थिक क्षेत्र(सेज) मा थ्री फेज लाइन जडान गर्ने कार्य शुरु भएको छ । गत वर्षनै सञ्चालनमा ल्याउने भनि सेजको उद्घाटन गरिएपनि हालसम्म ‘डेडिकेटेड फिडरको पूर्वाधार समेत तयार हुन सकेको छैन । भैरहवा सेज कार्यालयले फिडर जडान कार्य ढिला हुने देखिएपछि उद्योग सञ्चालन गर्नका लागि थ्री फेज लाइन जडान कार्य शुरू गरेको हो । सेजका लागि छुट्टै ‘डेडिकेटेड फिडर’ चाहिने भए पनि त्यसका लागि समय लाग्ने भएपछि भैरहवा कार्यालयले थ्री फेज लाइन विस्तारको काम अघि बढाएको हो । ‘डेडिकेटेड फिडरको पूर्वाधार निमार्णमा केही समय लाग्ने भएकाले सेजकै खर्चमा ट्रान्सफर्मर किनेर विद्युत् आपूर्ति गर्न लागिएको सेज विकास समितिका उपसचिव सुन्दर थापाले बताए । ‘डेडिकेटेड फिडर’ जडान नुहँदासम्म उद्योग स्थापना कार्य अघि बढाउन नसक्ने उद्योगीहरूले बताउँदै आएका छन् । उद्योगी राजेश अग्रवालले सेजमा तीनओटा उद्योगका लागि आशयपत्र लिइसकेका छन् । तर, विद्युत्को ‘डेडिकेटेट फिडर’ नआउँदासम्म उनीहरूले आउन नसक्ने बताएको थापाले बताए । दुईपटक सेज कार्यालय उद्घाटन भएपनि उद्योगलाई चाहिने विद्युत्को व्यवस्था हुन भने अहिले सम्म सकेको छैन । त्यसैले उद्योगीहरू विद्युत्को डेडिकेटेड लाइन जडान पछिमात्र आउने देखिएको उनले बताए । उद्योगहरूले भने थ्री फेज लाइनले उद्योग नचल्ने बताए पनि थापा भने थ्री फेजको लाइनबाट आवश्यकीय काम गर्न सकिने बताउँछन् । सेजका लागि चाहिने २० देखि ३० मेगावाट विद्युत् स्थानीय स्टेशनबाट सीधै लैजाने कार्यका लागि उद्योग मन्त्रालयको बजेटबाट ७ करोड रुपैयाँ विद्युत् प्राधिकरणलाई दिइसकिएको छ । सेजमा २२ ओटा उद्योगले सञ्चालनका लागि आशयपत्र प्राप्त गरेका छन् । समितिसँग सम्झौता भएपछि ती उद्योगले निर्माणको काम थाल्ने विशेष आर्थिक क्षेत्र विकास समितिले बताएको छ । कुल ५२ बिगाहा क्षेत्रफलमा फैलिएको भैरहवा सेजमा ६९ ओटा प्टल रहेका छन् । हाल २२ ओटा उद्योगका लागि ६० ओटा प्लट बूक भइसकेको र बाँकीको हकमा नियमअनुसार आपसी सहमतिमा प्रदान गरिनेछ । सेज नियमावली हाल कानुन मन्त्रालयमा छ । हाल सेजमा घरेलु तथा साना उद्योग कार्यालय रूपन्देहीको प्रमुखले हेर्ने गरी दुई जना इञ्जिनीयर, १ जना कम्प्युटर अधिकृत र एक जना सहायक स्तरका कर्मचारी गरी चार जनाबाट काम भइरहेको छ । उद्योगमन्त्री जोशीले यसअघि नै सेजमा एकद्वार नीतिअनुरूप काम गर्ने भनेर उद्योगसँग सम्बन्धित सबै काम सेज कार्यालयबाटै हुने भनेका थिए । सोहीअनुरूप अहिले कर्मचारी खटाएर काम भइरहेको सेज कार्यालयले जानकारी दिएको छ ।
प्रमकाे चीनभ्रमणको उपलब्धी स्थानीय चुनावमा १४ करोड सहयोग प्रतिवद्धता मात्रै
काठमाडौं । स्थानीय तह चुनावका लागि चीन सरकारले साढे १४ करोड रुपैया बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले स्थानीय चुनावमा ९ मिलियन चिनियाँ युआन (करिब १४ करोड ४० लाख रुपैया) सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् । यसअघि नेपालको तीनदिने भ्रमणको क्रममा चिनीयाँ रक्षामन्त्री जनरल चाङ वाङगुवाङले नेपाली सेनालाई ५० करोड रुपैयाँ बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरिसकेका छन् । राष्ट्रपति जिनपिङले नयाँ सहायता घोषणा गरेका हुन् । कारोबार दैनिकबाट ।
२५ करोडको विदेशी कागती नेपाली भान्छामा, के गर्छन् २ तिहाई जनता ?
काठमाडौं । नेपाल दुई तिहाई जनता कृषिमा संलग्न भएको मुलुक हो । तर पनि चामल, तरकारी र फलफुल लगायतका कृषि उपजकै आयातमा बर्षेनी १० औं अरब खर्च भैरहेको छ । चामल, तरकारी र फलफुल त प्राथमिक आवश्यकताका उपज नै भए । तर नेपालले कागतीको आयातमै बर्षेनी करोडौं खर्चिरहेको छ र यो श्रृंखला बढिरहेको पनि छ । नेपालले आर्थिक बर्ष २०७२/७३ मा मात्रै २५ करोड ६७ लाख रुपैंयाँको कागती आयात गरेको छ । यो आँकडा पाँच बर्ष अघिको भन्दा ३४० दशमलब ३० प्रतिशतले बढि हो । पाँच बर्ष अघि अर्थात आव २०६८/६९ मा ५ करोड ८३ लाख मूल्य बराबरको कागती आयात भएको थियो । तर पाँच बर्षको अन्तरालमा त्यो आँकडा १९ करोड ८४ लाखले बढेर २५ करोड ६७ लाख पुगेको हो । आव २०७१/७२ मा २४ करोड २६ लाख रुपैंयाँको कागति आयात भएको देखिन्छ । जुन अघिल्लो आवमा १७ करोड ४८ लाख थियो । आव २०६९/७० मा यो मात्रामा ९ करोड ६ लाख मात्रै थियो । किनकी एक बर्षमै ५ अर्ब ८ करोड रुपैंयाँ बराबरको आलु नेपाल भित्रिएको छ । जुन तपाई हाम्रै भान्छामा प्रयोग भैरहेको हुन सक्छ । गत आर्थिक बर्ष २०७२र७३ मा मात्रै ५ अर्ब ८ करोड मुल्य बराबरको विदेशी आलु नेपालीका भान्छामा पुगेका छन् । यसरी नेपालीका भान्छामा विदेशी आलु भित्रिने क्रम पनि बर्षेनी वृद्धि भैरहेको छ । पाँच बर्ष अघि नेपालीले २ अर्ब १५ करोडको आलु खाएका थिए । तर पाँच बर्षपछि त्यो १३६ दशमलब २७ प्रतिशतले बढेर ५ अर्ब ८ करोड पुगेको छ ।आव २०७२/७३ मा मात्रै ५ अर्ब ८ करोड रुपैंयाँ बराबरको आलु नेपाल भित्रिएको थियो । त्यस्तै, सोही आर्थिक बर्षमा ६४ करोड १० लाख ६९ हजार ४ सय ६० रुपैंयाँको विदेशी खुर्सानी नेपाल भित्रिएको थियो । सो मूल्य बराबरको ८ लाख ६४ हजार १ सय ४१ किलो खुर्सानी नेपाल भित्रिएको हो । नेपालमा आलु, खुर्सानी, व्याजसँगै कागतिको आयात पनि निरन्तर बढिरहेको देखिन्छ । दुई तिहाई जनता कृषि पेशामा आवद्ध भएको मुलुकमा यति ठुलो मात्रामा कृषि उपज आयात हुनुले अम्भिर संकट उन्मुख अर्थतन्त्रको संकेत गर्दछ ।
होटल व्यवसायमा सात अर्बभन्दा बढी लगानी, दैनिक एक करोड बढीको कारोबार
नेपालगन्ज। मध्य तथा सुदूरपश्चिमाञ्चलको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज होटल व्यवसायका लागि उर्वरभूमि बन्दै गएको छ । द्वन्द्वकालीन अवस्थामा धर्मराएका यहाँका होटल व्यवसायमा यहाँका होटल व्यवसायमा पछिल्लो आँकडाअनुसार रु सात अर्बभन्दा बढी लगानी भएको छ । दैनिक करिब रु एक करोडभन्दा बढीको कारोबार हुने यस क्षेत्रका होटल व्यवसाय पर्यटन व्यवसायको आधारस्तम्भका रुपमा समेत विकसित हुदै गएको पाइन्छ । मध्य तथा सुदूरपश्चिमाञ्चलमा सञ्चालित करिब दुई हजार होटलमध्ये बाँके जिल्लामा मात्र साना–ठूला गरी ९०० भन्दा बढी होटल सञ्चालनमा रहेको र प्राय सबैले राम्रो कारोबार गरिरहेका छन् । होटल अर्गनाइजेसन, बाँके शाखाका अध्यक्ष निमबहादुर थापाका अनुसार शान्ति सुरक्षामा आएको सुधारले पर्यटकको वृद्धिसँगै यहाँ ठूला अनि सुविधासम्पन्न होटल निर्माणको क्रम पनि ह्वात्तै बढेको हो । यस क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि गर्न आकर्षक होटलमात्र पर्याप्त नभएकाले पर्यटनको सम्भावना रहेका स्थानलाई समेत व्यवस्थित बनाउनुपर्ने र सडक तथा यातायातलाई विस्तार गर्न सरकारी चाँसो हुनुपर्ने व्यवसायीको माग छ । अर्गनाइजेसनका अनुसार, द्वन्द्वका समयमा असुरक्षाका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन घटेपछि बन्द गरिएका होटल पनि अहिले धमाधम खुल्दै गएका छन् भने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । यस क्षेत्रको पर्यटन व्यवसायमा सघाउ पु¥याउने उद्देश्यले पर्यटनको सम्भावना बोकेका, राष्ट्रिय निकुञ्ज, घोडाघोडी ताल, स्वर्गद्वारी, वाटरपार्क, महेन्द्रपार्क, रानीतलाउ, शुक्लाफाँटा वन्यजन्तु आरक्षणलगायत यस क्षेत्रमा सञ्चालिन पनि होमस्टेलाई व्यवस्थित गर्नुपर्नेमा व्यवसायीहरु जोड दिन्छन् । नेपालगन्जमा आउने भारतीयमध्ये केही बर्दिया राष्ट्रिय निकुञ्जलगायत पर्यटकीय क्षेत्रमा अवलोकन भ्रमणमा पनि जाने भएकाले पर्यटन व्यवसायलाई पनि टेवा पुगेको छ । नेपालगन्जमा अहिले उच्चस्तरका होटल पनि खुल्ने क्रम बढिरहेको छ । यहा सञ्चालितमध्ये स्नेह, बाटिका, पिस प्लाजा, सेन्टर प्लाजा, सिद्धार्थ भ्यू, किचनहट, मारती नन्दन, इन्द्रेणी, मयुर, दरबार होटल सुविधा सम्पन्नभित्र पर्छन् । अहिले यहाँ होटल सोल्टीसमेत निर्माण भइरहेको छ । “वैदेशिक मुद्रा आर्जन गर्ने प्रमुख आधार होटल व्यवसाय पनि भएकाले यहाँका होटललाई पर्यटकीय दृष्टिकोणले समेत व्यवस्थापन गर्दै लान सकियो भने होटल व्यवसायको भविष्य उज्ज्वल देखिन्छ” – होटल अर्गनाइजेसन बाँकेका अध्यक्ष थापाको तर्क छ । रासस
गुँठी संस्थान भक्तपुरका कर्मचारी ५० हजार घुससहित पक्राउ
काठमाडौं । गुठी संस्थान भक्तपुरका सुर्य विनायकका सहायक प्रशासक तथा सूचना अधिकारी छत्र बहादुर पौडेल घुससहित पक्राउ परेका छन् । पौडेललाई अख्तियारको टोलीले ५० हजार घुससहित पक्राउ गरेको हो । उनले गुठीको जग्गा जोत नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगको कार्यालयबाट खटिई गएको टोलीले पक्राउ गरेको हो ।
भुकम्प पीडितले अनुदान लिन नआएपछि मापदण्ड सच्च्याउने प्राधिकरणको तयारी, सिइओ भन्छन्, ‘मापदण्ड अव्यवहारिक भयो’
काठमाडौं । पहिलो किस्ता लिइसकेका लाभग्राही थप अनुदान लिन नआएपछि राष्ट्रिय पुनिर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माण प्राविधिक निरीक्षण कार्यविधी सच्याउने भएको छ । प्राधिकरणले प्राविधिक निरीक्षण पुस्तिकामा रहेको कडा मापदण्डलाई सच्याउने तयारी गरेको छ । हालसम्म विद्यमान कार्यविधिमा केही ‘अव्यवहारिक’ प्रावधान रहेको निष्कर्स निकाल्दै प्राधिकरणले परिमार्जन गर्ने निर्णय गरेको हो । निजी आवास पुनर्निर्माणका लागी दोस्रो किस्ताको रकम सम्बन्धित जिल्ला पठाइसकेको छ । अहिलेसम्म निजी आवास निर्माणका लागी भूकम्प अति प्रभावित १४ जिल्लामा करिब ९८ प्रतिशतले अनुदानको पहिलो किस्ता लिइसकेको प्राधिकरणले जानकारी दिएको छ । तर कार्यविधिमा रहेका केही अव्यवहारिक प्रावधानका कारण केहि लाभग्राहीले थप अनुदान नपाएकाले व्यवहारिक बनाउने निर्णय गरेको प्राधिकरणले जनाएको छ । विगतमा प्राधिकरणले बनाएका विभिन्न कार्यविधि र आवास निर्माणसम्बन्धी मापदण्ड व्यवहारिक नभएपछि प्रभावित जिल्लामा पुनर्निर्माणको काम सहज रुपमा अघि बढाउन स्थानियलाई समस्या परेको गुनासो आइरहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्दराज पोखरेलले प्राधिकरणका कार्यकारी सदस्य, शहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर, प्राविधिक क्षेत्रका बिज्ञ र विभिन्न इन्जिनियरिङ्ग क्याम्पसका प्रतिनिधीहरुसंगको परामर्शपछि भूकम्प प्रतिरोधी मापदण्ड प्रतिकुल नहुने गरि प्राविधिक निरीक्षण कार्यविधीमा रहेका केही अव्यवहारिक प्रावधानलाई सच्चाउने निर्णय भएको जानकारी दिए । यसअघि प्राधिकरणको कार्यकारी समिति बैठकले पुनर्निर्माण तथा पुर्नस्थापना सम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि २०७३ संशोधन गरेको थियो । पछिल्लो निर्णय अनुसार कार्यकारी सदस्य डा. हरिराम पराजुली संयोजकत्वको मापदण्ड निर्धारण समितिले मापदण्ड नपुर्याएर बनेका घरलाई प्रवलीकरण गरि मापदण्ड पुर्याउन सक्ने बिधि पारित गरेको छ । पछिल्लो निर्णयले बिगतमा निर्माण शुरु भएपनि पुर्ण रुपमा मापदण्ड नपुगेका घरलाई सच्चाएर मापदण्ड अनुकुल बनाउन सकिने प्राधिकरणले जनाएको छ । पछिल्लो निर्णय अनुसार प्राविधिक निरीक्षण पुस्तिकामा रहेको व्यवस्थालाई तीन तहमा बर्गीकरण गर्ने र पहिलो तहमा सम्झौता गर्न नसकिने भाग, दोस्रो तहमा अन्तिम चरणको अनुदान वापतको किस्ता लिदासम्म सुधार गर्न सकिने भाग र तेस्रो तहमा केही मात्रामा भएपनि भूकम्प प्रतिरोधी मापदण्डलाई कायम गर्ने भाग भनि बर्गीकरण गर्ने प्राधिकरणले जनाकारी दिएको छ। प्राधिकरणका सिइओ पोखरेलले बिगतमा प्राधिकरणबाट त्रुटी भएपनि यसबाट पाठ सिक्दै अघि बढ्नु पर्ने बताए । प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार अहिलेसम्म भुकम्प अति प्रभावित १४ जिल्लामा अनुदान सम्झौता सम्पन्न भएका लाभग्राही मध्ये ५ लाख ३६ हजार ४ सय ९८ घरधुरीले पहिलो किस्ता, २१ सय ८८ घरधुरीले दोस्रो किस्ता र ४ सय २० घरधुरीले तेस्रो किस्ता लिइसकेका छन् ।
१४० कम्पनीको सेयर मूल्यमा वृद्धि, २० कम्पनीका लगानीकर्ताले कमाए करिब १० प्रतिशत
काठमाडौं । आइतबार मात्रै १४० वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । सो दिन जम्मा १४३ कम्पनीको सेयर कारोबार भएको थियो, जसमध्ये १४० कम्पनीको सेयर मूल्य बढेको छ भने तीन कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। आइतबार कमाउने १४० वटा कम्पनीमध्ये तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशत कमाउनेमा हाम्रो विकास बैंक, लक्ष्मी लघुवित्त वित्तीय संस्था र जनउत्थान सामूदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले रहेका छन् । सो दिनको बजारमा यी तीन कम्पनीको सेयर मूल्य क्रमशः प्रतिकित्ता ५०६, १३४२ र २४२० रुपैयाँ रहेको छ । त्यस्तै, आइतबार कमाउने मध्ये १७ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । कृषि विकास बैंक, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, नेपाल ग्रामीण विकास बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, एनबी इन्स्योरेन्स लगायत अन्य १२ वटा कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । ९ प्रतिशतमाथि कमाउने २० कम्पनी: ४७ अंकले बढेको सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सामान्य गिरावट आएको छ । सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा करिब ३.६१ अंकको प्रतिशतको गिरावट भएको छ । त्यस्तै, साहारा विकास बैंक र प्रभु इन्स्योरेन्स कम्पनी लि. प्रमोटरको सेयर मूल्यमा क्रमशः १.९८ र १.९६ प्रतिशतको गिरावट आएको छ ।