एक अर्ब ३६ करोडको हकप्रद सेयर आउँदै, ज्योति, मिर्मिरे र सहयोगीले पाए अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक अर्ब ३६ करोड रुपैंयाँ बराबरको हकप्रद सेयर निष्काशनको अनुमति दिएको छ । बोर्डले सहयोगी विकास बैंक, ज्योति विकास बैंक र मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकलाई एक अर्ब ३६ करोड मूल्य बराबरको हकप्रद सेयरलाई अनुमति प्रदान गरेको हो । बोर्डले सहयोगी र ज्योति विकास बैंकको हकप्रद सेयरलाई बैशाख ५ गते अनुमति दिएको हो भने मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको हकप्रद सेयरलाई बैशाख ६ गते अनुमति दिएको हो । ज्योति विकास बैंकले एक बराबर एक कित्ताको अनुपातमा १ करोड १० लाख ४३ हजार एक सय ७१ कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले एक अर्बको १० करोड ४३ लाख १७ हजार एक सय रुपैंयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नेछ । ज्योति विकास बैंकले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले पनि ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति बुधबार मात्रै पाएको छ । बैंकले १५ करोड मुल्य बराबरका १५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । मिर्मिरेले प्रभु क्यापिटलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । त्यस्तै, सहयोगी विकास बैंकले १० कित्ता बराबर ३ दशमलब ५ कित्ताका दरले ११ लाख एक हजार एक सय ३५ कित्ता हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको हो । सहयोगीले एसिएम मर्चेण्ट बैंकलाई बिक्रि प्रबन्धक तोकेको छ ।
एनआईसी एसियाकाे नाफा ४९ प्रतिशतले बढ्यो, बैकले नाै महिनामा एक अर्ब १३ करोड कमायो
काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले चालू आर्थिक वर्षको नौ महिनामा १ अर्ब १३ करोड रुपैयाँ कमाएको छ । यो नाफा बैैंकको गत आवको सोही अवधिको तुलनामा ४९ दशमलव ८८ प्रतिशतले बढि हो । गत वर्ष बैंकले यो अवधिमा ७५ करोड ९३ लाख रुपैयाँ मात्रै कमाएको थियो । बैंकको यो खुँद नाफा गत वर्षको तुलनामा ३७ करोड ८८ लाख रुपैयाँले बढि हो । बैंकको गएको चैत मसान्तसम्मको निक्षेप संकलन ७८ अर्ब ९९ करोड करोड रुपैयाँ रहेको छ । यो बैंकले बैंकको ऋण लगानी ६७ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यो बैंकको चुक्ता पूँजी ६ अर्ब ३५ करोड रुपैयाँ छ । बैंकको जगेडा कोषमा तीन अर्ब छ । यसले ११ अर्ब ४४ लगानीसमेत गरेको छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७८ दशमलव २६ प्रतिशत रहेको छ । बैंकको खराव कर्जा शून्य दशमलव ४६ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी २६ रुपैयाँ ०६ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १४५ रुपैयाँ ५० पैसा छ । हाल यो बैंकको प्रतिसेयर ४ सय ६९ रुपैयाँमा कारोबार भइरहेको छ ।
दुग्ध विकास संस्थानमा अनियमितता, टेण्डरबिनै १८ करोडको सामान खरिद
काठमाडौ । दुग्ध विकास संस्थान (डीडीसी) ले नियम विपरीत बजारबाट सोझै सामान खरिद गरेको पाइएको छ । संस्थानले आर्थिक प्रशासन विनियमावली, सिलबन्दी बोलपत्रसम्बन्धी सम्पूर्ण प्रक्रिया मिचेर अपारदर्शी रूपमा करोडौं रुपैयाँ बराबरको सामग्री खरिद गरेको हो । डीडीसीले प्रचलित व्यवस्था विपरीत काठमाडौं दुग्ध वितरण आयोजना, जनकपुर दुग्ध वितरण आयोजना, हेटौडा दुग्ध वितरण आयोजना र नेपालगन्ज दुग्ध वितरण आयोजनाका लागि १८ करोड ५० लाख १६ हजार रुपैयाँ मूल्य बराबरका विभिन्न सामग्री खरिद गरेको फेला परेको छ । संस्थानको आर्थिक प्रशासन विनियावली र विनियमअनुसार एक पटकमा एक लाख ५० हजारसम्मको सामान मात्र सोझै बजारबाट खरिद गर्न पाइन्छ । यस्तै १० लाख रुपैयाँ बराबरको सामग्री खरिद गर्दा सिलबन्दी दरभाउमार्फत र १० लाख रुपैयाँभन्दा बढीको खरिद गर्दा बोलपत्र वा घटाघट प्रक्रियामार्फत खरिद गर्नुपर्ने व्यवस्था छ । तर, डीडीसी अन्तर्गतको काठमाडौं दुग्ध वितरण आयोजनाले कोल्ड स्टोरका लागि १० लाख रुपैयाँ बढीको सामग्री सोझै खरिद गरेको भेटिएको छ । यस्तै जनकपुर दुग्ध वितरण आयोजनाले पनि २० लाख ८२ हजार मूल्य बराबरको काठ र २० लाख मूल्य बराबरको चिनी खरिद गरेको पाइएको छ । नेपालगन्ज दुग्ध वितरण आयोजनाले ११ लाख मूल्य बराबरको दाउरा र हेटौंडा दुग्ध वितरण आयोजनाले तीन पटकमा गरी १७ लाख ३४ हजारको मोबिल र लुब्रिकेन्ट्स नियम विपरीत सोझै खरिद गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको २०७३ सालको ५४ औं वार्षिक प्रतिवेदनमा यस्तो जानकारी समावेश गरिएको छ । अन्नपूर्ण पोस्टबाट ।
लेखा समितिले अधिकार मिचेर आयकर मिनाहा, लेखा समितिले गैरकानुनी रूपमा मिनहा गरेको फेला
काठमाडौं । सरकारी खर्चमा भएको अनियमितताका विषयमा छानबिन गर्ने अख्तियारी पाएको संसद्को सार्वजनिक लेखा समितिले अधिकार मिचेर सं सद् सचिवालयका कर्मचारीको झन्डै ४० लाख रुपैयाँतिर्नुपर्ने आयकर मिनहा गरेको भेटिएको छ। सबैले आम्दानी गरेपछि तिर्नुपर्ने आयकर मिनहा गरी करको दायराबाट कसैलाई पनि उन्मुक्ति दिन नमिल्ने आयकर ऐन २०५८ ले स्पष्ट व्यवस्था गरेको छ। तर, संसद् सचिवालयका कर्मचारीले एक वर्षको ३९ लाख ८३ हजार रुपैयाँ तिर्नुपर्ने आयकर सार्वजनिक लेखा समितिले गैरकानुनी रूपमा मिनहा गरेको भेटिएको छ। महालेखा परीक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदनमा संसद्को कुनै पनि समितिलाई कर छुट दिने गरी निर्णय गर्ने कार्यकारिणी अधिकार नभएको भन्दै असुलउपर गर्न निर्देशन दिएको छ।लेखा समितिले संसद्का कर्मचारीले तिर्नुपर्ने उक्त आय कर सांसद पुशपति चौलागाईंको संयोजकत्वमा शिक्षा मन्त्रालय र संसद् सचिवालयको बेरुजु हेर्ने गरी उपसमिति गठन भएको थियो। उक्त समितिमा सांसदद्वय हरिप्रसाद नेपाल र योगेन्द्र चौधरी सदस्य थिए। चौलागाईंसँग संसद् सचिवालयका कर्मचारीको कर मिनहासम्बन्धी जानकारी लिन खोज्दा आफूलाई सम्झना नभएको भन्दै जवाफ दिन चाहेनन्। बैठकको निर्णय हेरेर मात्रै त्यसको जवाफ दिन सक्छु कर मिनहासम्बन्धी भएको निर्णयको विषयमा सोध्दा संयोजक चौलागाईंले भने म अहिले बाहिर छु, हेरेर मात्रै भन्न सक्छु । कानुनअनुसार संसद्का कुनै पनि समितिलाई सरकारले उठाउने कर छुट दिने अधिकार छैन। संसद्ले सरकारले गरेका कामकारबाहीमा गल्ती वा कमजोरी भए त्यसको छानबिन गरेर कारबाही वा सुधारका लागि सरकारलाई सिफारिस वा निर्देशन दिन सक्छ। तर, आफ्ना कर्मचारीले तिर्नुपर्ने कर आफैं मिनहा गरेर लेखा समितिले विधि र विधानका साथै आर्थिक पारदर्शिताको नीतिको ठाडो खिल्ली उडाएको छ। महालेखा परीक्षकको कार्यालयले कर्मचारीले तिर्नुपर्ने आयकर एक वर्षको झन्डै ४० लाख तिर्न बाँकी देखिएको भन्दै तत्काल कर्मचारीबाट असुल गर्न यसअघिको ५२ औं प्रतिवेदनमा निर्देशन दिएको थियो। सोही निर्देशनका आधारमा लेखा समितिले कानुनी रूपमा कर उठाउन छाडेर उपसमिति गठन गरी मिनहा दिने निर्णय गरेको हो। सचिवालयका कर्मचारीलाई ०७०/७१ मा तलब तथा सुविधा भुक्तानी गर्दा ३९ लाख ८३ हजार रुपैयाँ घटी कर कट्टी गरेकाले असुल हुनुपर्ने व्यहोरा यस कार्यालयको ५२ औं प्रतिवेदनमा समावेश भएकोमा ०७२/७३ बाट पूरै कट्टी गर्न थालेको जनाई सार्वजनिक लेखा समितिअन्तर्गत उपसमितिको निर्णयले मिनहा गरेको भेटियो महालेखाको प्रतिवेदनमा भनिएको छ, आयकर ऐन, २०५८ को व्यवस्थाभन्दा फरक किसिमले निर्णय गरी व्यक्तिको कर मिनहा गरी कर दायित्वबाट उन्मुक्ति दिन मिल्दैन। अतः उक्त कर सोही ऐनको दफा ८ बमोजिम असुल हुनुपर्छ। सरकारलाई तिर्नुपर्ने कर मन्त्रिपरिषद्ले विशेष कारण देखाएको अवस्थाबाहेक अरू कुनै पनि निकायले मिनहा गर्न सक्दैन। संसद्लाई त झन् मिनहा गर्ने कुनै अधिकार छैन। लेखा समितिले भने महालेखासँगको अनौपचारिक परामर्शमा कर मिनहा गरेको दाबी गरेको छ। १५ प्रतिशत पहिल्यै कट्टी गरेकाले बाँकी १० प्रतिशत एक वर्षको कर मिनहा गरेको हो संसद् सचिवालयका एक अधिकारीले भने, त्यसपछि नियमित कर कट्टा हँदै आएको छ, यो निर्णय महालेखा परीक्षकसँग कुरा गरेरै भएको हो। अन्नपूर्ण पोस्टबाट ।
आठ करोड लिएर बैंकका प्रबन्धक फरार, दोषि समात्न सिआइबीमा उजुरी
पोखरा । कैलाश विकास बैंकको लामाचौर शाखाका प्रवन्धक रवीचन्द्र खनाल बैंक र सर्वसाधारणको ठूलो रकम हिनामिना गरेर सम्पर्कविहीन भएका छन् । ग्राहकलाई उच्च ब्याजदर दिने भन्दै प्रलोभनमा पारेर ठूलो रकम सापटी लिने तथा केही ग्राहकको पैसा डिपोजिट नगरी ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । खनालले किर्ते हस्ताक्षर गरेर ठूला ग्रहाक र सहकारीको रकम निकाल्ने गरेको पनि अनुमान गरिएको छ । खनालले करिब आठ करोड रुपैयाँ लिएर फरार भएको अनुमान प्रहरीको छ । बैंकले ठूलो रकम ठगी भएको भन्दै केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)मा उजुरी गरेको छ । नागरिक दैनिकबाट ।
गाउँगाउँमा इन्टरनेट पुर्याउन ४ जिल्लासम्मको १५ वटा प्याकेज तयार, एउटा जिल्लामा करिब १० करोड खर्चर्दै
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्फरमेसन सुपर हाइवेमार्फत गाउँगाउँमा इन्टरनेट पुर्याउन ३ देखि ४ जिल्ला समेटिएको १५ वटा प्याकेज तयार पारेको छ । पहिलो चरणमा भुकम्प प्रभावित ११ जिल्ला (उपत्यका बाहेक)को तीन वटा प्याकेज तयार पारेको थियो । यो तीनवटै प्याकेजमा तीन वटा कम्पनीलाई जिम्मा पनि दिइसकेको छ भने प्राधिकरणले दोस्रो चरणमा थप ६१ जिल्लाको प्याकेज बनाएको छ । प्राधिकरणका सहायक प्रवक्ता अच्चुतानन्द मिश्रका अनुसार तीनवटा प्याकेज भूकम्प पीडित जिल्लाको तयार भैसकेकोे र आवश्यक प्रक्रियामा काम पनि अगाडि बढेको छ । भूकम्प प्रभावित ११ जिल्लध्ये टेलिकमले चार जिल्ला रसुवा, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेमा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने जिम्मा लिएको छ । यसले टेण्डर भने निकालेको छैन । बाँकी सात जिल्लामा प्राधिकरणले सुबिसुलाई ४ र मकन्टायलाई ३ जिल्लामा ब्रोडव्याण्ड इन्टरनेट पुर्याउने जिम्मा दिएको छ । सुविसुले दोलखा, रामेछाप, सिन्धुली र ओखलढुंगामा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने जिम्मा दिएको छ भने गोरखा, धादिङ र मकवानपुरको जिम्मा भने मर्कन्टायलले पाइसको मिश्रले जानकारी दिए । एउटा जिल्लामा औसतमा १० करोड रुपैयाँ खर्च गर्ने ६१ जिल्लाको प्याकेज तय भइरहेको छ । एउटा जिल्लामा औसतमा १० करोड रुपैयाँ खर्च गर्ने गरी प्याकेज तयार भइरहेको उनको भनाइ छ । उनका अनुसार ग्रामिण दुरसंचार विकास कोषको पैसा परिचालन गरेर सरकारले गाँउगाँउमा इन्टरनेट पुर्याउँन लागेको हो । मध्यपहाडी लोकमार्गलाई आधार बनाएर हरेक जिल्ला सदरमुकामसम्म सूचना महार्गको पूर्वाधार बनाउने त्यहाबाट गाँउगाँउमा इन्टरनेट लैजाने काम प्राधिकरणले अगाडि बढाएको छ । पहिले इन्फरेमसन सुपर हाइवेलाई तीन वटा प्याजेजमा बाँडेर काम गरेको छ । यसमा पहिलो १ देखि ३ नम्बर प्रदेशको जिम्मा टेलिकमलाई दोस्रो ३ र ५ प्रदेशको जिम्मा युटीएललाई र बाँकी तेस्रो चरणको ६ र ७ प्रदेशको लागि प्राधिकरणले प्रस्ताव माग गरेको छ । तेस्रो प्रस्ताव आउँदै गर्छ, पूर्वाधारको काम हुँदै गर्ने भएको पनि प्राधिकरणको भनाइ छ । प्राधिकरणले अबको योजनामा कर्णाली क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ । ६ र ७ प्रदेशमा पर्ने भएपनि यो क्षेत्रमा गाँउगाँउ पुर्याउने पूर्वाधारको लागि टेण्डरको तयारीमा रहेको छ । प्राधिकरणका अनुसार कर्णाली र हिमाली जिल्लामा अप्टिकल फाइवरको लागि जुनसुकै प्रविधि प्रयोग गर्न पाँउने गरी लचिलो व्यवस्था पनि गरिएको छ । तर,तराईमा भने अप्टिकल फाइवर नै अनिवार्य गरिएको छ । एक वर्ष भित्रै गाउँगाउँमा इन्टरनेटको पूर्वाधार प्राधिकरणले १५ वटा प्याकेज बनाएर सुरु गर्ने ब्रोडव्याण्ड इन्टरनेट सेवा विस्तारको कामका लागि एक वर्षको मात्रै समय दिने भएको छ । यस अघि भुकम्प प्रभावित जिल्लामा गरिएको प्रस्ताव पनि सम्झौता भएको १ वर्ष भित्रै पूर्वाधार बनाइसक्ने उल्लेख छ । अबको प्योकजमा पनि सोही सर्त लागू हुने उल्लेख छ । प्राधिकरणका अनुसार सूचना महामार्गको पूर्वाधारबाट हरेक जिल्लाको सामुदायिक विद्यालय, स्वास्थ्य चौकी र गाउँपालिकासम्म इन्टरनेट पुर्याउनुपर्छ ।
सिद्धार्थ डेभलपमेन्ट बैंकले २८ करोड ८३ लाख कमायाे, प्रति सेयर आम्दानी २७ रुपैयाँ ९ पैसा
काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकाले २८ करोड ८३ लाख रुपैयाँ खुँद नाफा गरेको छ । यो बैंकले नाफा चालू आर्थिक वर्षको ९ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब नौ करोड रुपैयाँले नै बढेको छ । गत आवको सोही अवधिमा यो बैंकले १९ करोड ६२ लाख रुपैयाँ खुँद नाफा गरेको थियो । बैंकको गएको चैत मसान्तसम्मको निक्षेप संकलन १३ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । यो बैंकले बैंकको ऋण लगानी १२ अर्ब १५ करोड रुपैयाँ रहेको छ । यो विकास बैंकको चुक्ता पूँजी १ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ६९ करोड छ । बैंकले २१ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ । यो बैंकको सीडी रेसियो ७६ दशमलव ९० प्रतिशत रहेको छ । खराव कर्जा २ दशमलव ४२ प्रतिशत रहेको यो बैंकको प्रति सेयर आम्दानी २७ रुपैयाँ ०९ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १३६ रुपैयाँ ६० पैसा छ । हाल यो बैंकको प्रतिसेयर ९ सय ८६ रुपैयाँमा कारोबार भइरहेको छ ।
कानुन मिचेर संसदका कमर्चारीलार्इ १२ करोड भत्ता, कानुन बनाउने निकायले नै मानेन नियम
काठमाडौं । व्यवस्थापिका संसद्का कर्मचारीले विद्यमान ऐनकानुनलाई अटेर गर्दै एउटै कामका लागि दुई शीर्षकमा झन्डै १२ करोड रुपैयाँ भुक्तानी बुझेको भेटिएको छ। सरकारले तोकेको कार्यालय समयभन्दा बढी काम गराउनुपर्ने अवस्थामा कर्मचारीलाई प्रोत्साहन भत्ता दिने व्यवस्था नियमावलीले गरेको छ। तर, ऐननियम र विद्यमान प्रचलनलाई लत्याउँदै संसद्का कर्मचारीले आर्थिक वर्ष ०७२/७३ मा अतिरिक्त समय काम गरेको भन्दै प्रतिदिन प्रोत्साहन भत्ता र खाजा तथा खाना भत्ता बुझेको भेटिएको हो। सरकारी खर्चको लेखा परीक्षण गर्ने महालेखा परीक्षकको कार्यालयले विद्यमान ऐन(कानुनविपरीत संसद्का कर्मचारीले झन्डै १२ करोड रुपैयाँ भत्ता बुझेको भन्दै असुलउपर गर्न निर्देशन गरेको छ। सरकारी ढुकुटीबाट खर्च हुने र वार्षिक बजेटमा समेटिएका सबै रकम खर्च गर्दा अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्छु, महालेखा परीक्षकको कार्यालयका प्रवक्ता रामुप्रसाद डोटेलले भने, कुनै पनि नियन्त्रणकारी निकाय अर्थ मन्त्रालय वा मन्त्रिपरिषद्बाट अनुमोदन नगरी खर्च गरेको देखिएको छ, त्यो गम्भीर आर्थिक अपारदर्शिता हो। संसद् सचिवालयले नियमित कार्यालयको दिन अतिरिक्त समय काम गरेको भन्दै दैनिक ६ सय र बिदाको दिन काम गरेको भन्दै ६ सय ५० रुपैयाँ दैनिक भत्ता वितरण गरेको भेटिएको छ। सोही प्रयोजनका लागि प्रोत्साहन भत्ता भनेर बिदाको दिन ७ सय ५० र नियमित सरकारी कामको दिन ६ सय रुपैयाँ भत्ता दिइएको छ। अतिरिक्त समयको खर्च र प्रोत्साहन भत्ता एउटै प्रयोजनका लागि बाँडिएको छ। तर, त्यही प्रयोजनका लागि दुवै भत्ता संसद् सचिवालयका कर्मचारीले कानुनी बाटो अवलम्बन नगरी बुझेको भन्दै महालेखाको प्रश्न गरेको हो। अर्थ मन्त्रालको कार्यसञ्चालन निर्देशिका २०७० को परिच्छेद ७ मा नियमितबाहेक विशेष कामका लागि दैनिक दुई घन्टाभन्दा बढी अतिरिक्त समय काम गर्ने कर्मचारीलाई खाजा वा खाना खर्चबापत २ सय ५० प्रतिदिन र बिदाको दिन ५ सय उपलब्ध गराउन र प्रोत्साहन भत्ता लागू भएका कार्यालयमा त्यो सुविधा दिन नपाउने स्पष्ट प्रावधान छ। तर, सरकारी ऐन(कानुन बनाउने र सरकारको कामलाई नियमन गर्ने निकाय व्यवस्थापिका संसद्ले नै कानुन अटेर गर्दै अर्थ मन्त्रालयसँग सहमति नलिई मोटो रकम आर्थिक लाभ लिएको देखिएको हो। ुएउटै कामका लागि दुई शीर्षक बनाएर करोडौं लाभ लिनु भ्रष्टाचार होु, एक सचिवले भने, यस विषयमा तत्काल अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउनुपर्छ। संसद्का कर्मचारीले अतिरिक्त समयको खर्चमा अघिल्लो वर्ष ५ करोड २८ लाख २४ हजार ६ सय र प्रोत्साहन भत्ता ५ करोड २८ लाख २५ हजार गरी कुल ११ करोड ९२ लाख २५ हजार विविध खर्च शीर्षकबाट भुक्तानी लिएका छन्। अर्थ मन्त्रालयको पूर्वस्वीकृतिविना यस्तो भत्ता लिनै पाइँदैन, त्यसमा पनि एउटै कामका लागि दुई शीर्षक बनाउनु झन् गम्भीर लापरबाही हो अर्थ मन्त्रालयका एक सहसचिवले भने। आर्थिक कार्यविधि नियमावली २०६४ को नियम १२३ मा थप सुविधा वृद्धि गरी आर्थिक दायित्व पर्ने निर्णय गर्दा अर्थ मन्त्रालयको पूर्वसहमति लिनुपर्ने उल्लेख छ। संसद्ले एउटै कामका लागि लिँदै आएको दुई शीर्षकको भुक्तानीका लागि अर्थ मन्त्रालयसँग सहमति लिएको छैन। विशेष परिस्थितिमा यस्तो भत्ता लिनुपर्ने भए मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने हुन्छ तर त्यो पनि नगरी मनोमानी ढंगबाट भुक्तानी बुझेको भन्दै महालेखाको कार्यालयले गम्भीर प्रश्न गरेको हो। अन्नपूर्ण पोस्टबाट ।
निर्वाचनका लागि चीनबाट १४ करोडको सामग्री प्राप्त
काठमाडौं । चीन सरकारले २०७४ वैशाख ३१ गते हुने निर्वाचनका लागि आवश्यक पर्ने ११ प्रकारका निर्वाचन सामग्री निर्वाचन आयोगलाई उपलब्ध गराएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको समुपस्थितिमा निर्वाचन आयोगमा सोमबार आयोजित समारोहमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली र नेपालका लागि चीनका राजदूत यू होङबाट निर्वाचन सामग्री उपलब्ध गराइएको विषयको एक सहमतिपत्रमा हस्ताक्षर भयो । नेपाल सरकारको अनुरोधमा चीन सरकारले स्थानीय तह निर्वाचनका लागि करिब १४ करोड ४० रुपैयाँ बराबरको निर्वाचनको सामग्री उपलब्ध गराएको हो । चीनबाट जेलपेन, स्ट्याम्प प्याड, स्ट्याम्प प्याड मसी, क्यालकुलेटर, स्केल, पञ्चिङ मेसिन, टेबल घडी, कैँची, ग्लुस्टिक र रबरम्याट प्याड सहयोग प्राप्त भएका हुन् । उक्त समारोहमा प्रमुख निर्वाचन आयुक्त डा यादवले स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी आइपरेको बेला चीन सरकारबाट सहयोगस्वरुप निर्वाचनसम्बन्धी सामग्री प्राप्त भएकामा आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल र चीनबीच रहिआएको मित्रवत् र न्यानो सम्बन्ध विस्तारमा थप योगदान मिलेको छ । सहयोगप्रति आभार व्यक्त गर्दछु । निर्वाचनको जिम्मेवारी पूरा गर्न कार्ययोजनाअनुरुप आयोग निरन्तर काम गर्नेछ ।” आयोगका सचिव मैनालीले आगामी स्थानीय तहको निर्वाचनलाई स्वच्छ र स्वतन्त्र बनाउन चीन सरकारबाट हँुदै आएको सहयोगप्रति धन्यवाद दिनुभयो । नेपालका लागि चीनका राजदूत यू होङले चीन र नेपालबीचको सम्बन्ध मित्रवत् रहेको चर्चा गर्दै चीनले नेपालको पर्यटन, व्यापार, भौतिक पूर्वाधार निर्माण, ऊर्जाजस्ता क्षेत्रमा सहयोग र लगानी गर्दै आएको बताए। स्थानीय तहको निर्वाचनमा सहयोग गर्न पाएकामा उनले खुसी पनि व्यक्त गरेका छन् । निर्वाचनका लागि सहयोग सामग्रीका अतिरिक्त निर्वाचन आयोगले चीनबाट करिब १० करोड रुपैयाँ मूल्य तिरेर ३० हजार थान मतपेटिका खरिद गरेको छ । आयोगले खरिद गरेको सबै मतपेटिका केही दिनभित्रै प्राप्त हुनेछन् । रासस
ठमेलका होटलमा २५ अर्ब लगानी थपिदैँ, पर्यटक आकर्षण गर्न २० भन्दा बढी नयाँ होटल धमाधम निर्माण
काठमाडौं । पर्यटकीय नगरी ठमेलमा धमाधम नयाँ होटल बन्ने, पुरानोलाई पुनर्निर्माण गर्ने र पर्यटक आकर्षणको गन्तव्य बनाउँन थालिएको छ । पछिल्लो समय ठमेलमा पर्यटकीय आकर्षणको गन्तव्य भएकैले पर्यटकीय स्तरदेखी पाँचतारेसम्मकै होटल निर्माण भइरहेका छन् । यी होटलमध्ये घोषणा भएका र भर्खरै संचालनमा आइसकेका ६ वटा होटलले मात्रै करिब २० अर्ब लगानीको घोषणा गरेका छन् । यी बाहेक ठमलेमा अझै करिब ५ अर्ब रुपैयाँका पर्यटकीयदेखि तारे होटलसम्मले लगानी भएको पनि ठमेल पर्यटन विकास परिषद्का पूर्व अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले बताए । उनका अनुसार ठमेल नेपालकै प्रमुख पर्यटकीय गन्तव्य भएको, नेपाल आउने पर्यटकमध्ये करिब ८० प्रतिशतको रोजाई ठमेलनै हुने गरेको र यहाँ पर्यटक बढ्ने अपेक्षाले होटलमा लगानी ओइरिरहेको उनको बुझाई छ । नेपालमा पर्यटक आगमन बढाउन सकियो भने होटल संचलान गर्न कुनै समस्या नभएको पनि उनले बताए । ठमेलमा निर्माणाधिन तथा नयाँ होटल होटल लगानी कोठा सख्या काठमाडौं शेराटन ८ अर्ब २१८ होटल समिट ६ अर्ब ३४० काठमाडौं अलफ्ट ३ अर्ब २२० मेरिओट फेयरफिल्ड १ अर्ब ५० करोड २३५ होटल मलवारी ५५ करोड ६७ होटल आट्स ५० करोड ६० स्रोतः सम्बन्धित होटल । उनका अनुसार ठमेललाई केन्द्र बनाएर र वरपर दरवारमार्ग तथा लाजिम्पाटतर्फ पनि नयाँ होटल खुल्ने गरेका छन् । ठमेल, लाजिम्पाट, दरवबारमार्ग पर्यटकीय हव नै भएकोले पनि यी क्षेत्रमा होटलको चलहपल बढी हुने गरेको श्रेष्ठको बझुाई छ । उनका अनुसार ठमेलमा आजकाल बनाउने नयाँ विल्डीङ नै होटलको हो । वस्ति यहाँबाट विस्तारै विस्थापित हुँदै जाने, व्यापारिक क्षेत्र बन्ने तथा होटल तथा अन्य व्यवासाय गरेर ठमेलभन्दा पर गएर बस्ने गरिएकोले पनि यो क्षेत्र पर्यटकीय आर्षणमा नै परिचित छ । नयाँ होटल बनाउँन कतिपयले पुरानो संरचाना भत्याएर नयाँ होटलमा परिणत पनि गर्न थालेका छन । भएकै होटल बैशाली, मनाङ, मस्र्याङ्दी, नर्थफिल्ड, ओशो ओल्डसहितका ठमेलका स्तरीय होटलले पनि रिनोभेसनलाई बढी जोड दिएका छन् । ठमेलमा भवन बनाउन नै महंगो पर्ने भएककोले त्यसको उपयुक्त व्यापार नै होटल हुन थालेको पनि उल्लेख छ । होटल बनाउँन एक कोठाको पाँच ६ करोड रुपैयाँ खर्च हुने गर्छ । यसर्थ सानादेखि ठूला सम्मका होटलले पर्यटकीय आकर्षण र संभावना देखेरै लगानी गरेको उनको अनुमान छ । हाल ठमेलमा पुराना होटल तथा रेष्टुरेन्टको संख्या २ सय वटा रहेका छन् भने दुई दर्जन होटल थप भइरहेका छन् । पाँचतारे सरहकै सविधामा मलवेरी होटल नयाँ वर्ष २०७४ को अवसर पारेर ठमेलमै ५५ करोड रुपैयाँ लगानीको तीनतारे होटल मलवेरी संचालनमा आएको छ । यो हाटेलले तीन तारेहो अनुमति लिएको भएपनि पर्यटकीय सेवा र सुविधा कुनै सम्झौता नगरी पाँचतारे सरहको सेवा सुविधा दिएको पनि होटलका महाप्रवन्धक अमिर प्रधानाङले बताए । भर्खरै सचालनमा अाएकाे हाेटल मलवेरी होटलमा कालसाङ पाल्जोर शेर्पा, कालसाङ सोनाम शेर्पा, कालसाङ, कालसाङ लोडोइ शेर्पा, साङ्गे पि शेर्पा र एस् डिकि शेर्पाको संयुक्त लगानी रहेको उल्लेख छ । नौ तला अग्लो यो होटल ६७ कोठा रहेको छ । होटलका महाप्रवन्धक प्रधानाङका अनुसार काठमाडौंका विभिन्न पर्यटकीय स्थान बसन्तपुर, स्वम्यभू, दरवारमार्ग, बौद्धनाथ लगायतको ठाउँमा पुग्न आघा घण्टाको दूरी तय गरे पुग्ने, पर्यटकीय आकर्षणको केन्द्र भएकको र सिंङ्गो काठमाडौं हेर्न पनि उपयूक्त होटल भएको जानकारी दिए । होटल मलवेरीमा न्यूनतम ९० डलरदेखि ४०० डलरसम्मका कोठाहरू रहेका छन् । महाप्रवन्धक प्रधानाङले ठमेलको होटलहरुमा पार्किङ नभएर समस्या भइरहेको अवस्थामा मलवेरीको भने ३० ओटासम्म गाडी अटाउने सुरक्षित र व्यवस्थित पार्किङ क्षेत्र रहेको बताए । जहाँसुकैबाट पनि पर्यटक ठमेलमा घुम्न आउँछन् । यहाँ हुने पर्यटकीय आकर्षण, पीसफूल भएकोले पनि यहाँ आकर्षण छ । फाेटाे सम्बन्धित हाेटलकाे वेवसाइटबाट । स्तरीय सुविधा दिँदै मेरिओट र आट्सपनि ठमेलमै सञ्चालनमा आएका र स्तरीय सेवा सुविधा प्रदान गरिएका होटल मेरिओट र आट्न पनि ठमेलमै रहेका छन् । केही समय अगाडि खुलेको होटल अट्सले ५० करोड रुपैयाँ लगानी गरेर ठमेलमै स्तरीय होटल संचालन गरिरहेको छ । यो होटलमा ६० वटा कोठा रहेको उल्लेख छ । ठमेलमै भर्खरै एमएस ग्रुपले काठमाडौं फेयरफिल्ड म्यारिओट संचालना ल्याएको छ । डेढ अर्ब लगानीको यो होटल पनि गत फागुनबाट मात्रै संचालनमा आएको हो । ठमेललाई केन्द्रमा राखेर गैरआवासिय नागरिक शेष घलेले अन्तरिष्ट्रय चेनको शेराटन काठमाडौैंको निर्माण गरिरहेका छन् । २१८ कोठा हुने यो होटलमा ८ अर्ब लगानीको घोषणा गरिएको छ । काठमाडौं अलफ्ट नामको अर्को होटल पनि निर्माणाधिन छ । २२० कोठाको यो होटलमा ३ अर्ब लगानीको घोषणा २ वर्ष अगाडि नै भएको छ । यो होटल निर्माणको अन्तिम चरणमा पुगेको छ । अन्य व्यवसायीक घराना र व्यापारिको पनि होटल निर्माणको आकर्षको केन्द्र ठमेल नै हुन थालेको छ ।
किसानलाई दिइएको अनुदानमा कर्मचारीको रजाइँ, किसानसम्म नै पुगेन अनुदान
धादिङ । सरकारले साना किसानलाई लक्षित गरी ग्रामीण कखुरा प्रवर्धन कार्यक्रमका लागि दिएको अनुदान रकममा सरकारी कर्मचारीले रजाइँ गरिरहेको खुलासा भएको छ । जिल्ला पशुसेवा कार्यालय धादिङको आर्थिक वर्ष २०७३/७४ को वार्षिक कार्यक्रमअनुसार अन्डामा आत्मनिर्भर र पारिवारिक पोषण सुरक्षाका लागि ग्रामीण कुखुरा प्रवद्र्धन कार्यक्रमअन्तर्गत धादिङका १० वटा किसान समूहका दुई सय किसानलाई कुखुराका चल्ला वितरण गरिएको थियो । प्रतिकिसान २५ गोटाका दरले चल्ला दिने भनिए पनि सबैजसो २३/२४ वटाको दरले चल्ला वितरण गरिएको किसान बताउँछन् । यो कार्यक्रमअन्तर्गत किसानले पाउने निःशुल्क सेवा र सुविधा जिल्ला पशुसेवा कार्यालयका कर्मचारीको मिलेमतोमा किसानले सामान बुझेको भर्पाइ बनाएर सबै अनुदान कर्मचारीले खाएको प्रमाण भेटिएको हो । ग्रामीण कुखुरा प्रवद्र्धन कार्यक्रमअन्तरगत नीलकण्ठको अलैंचे ग्रामीण कुखुरापालन किसान समूहकी अध्यक्ष सीता बिकले पनि २४ वटा कुखुराको चल्ला लिनुभएको थियो । चल्लाको साथमा ६ हजार रुपैयाँ खोर बनाउन नगद बुझेको भए पनि त्यसपछि कुनै पनि औषधि दाना र भिटामिन लिनुभएको छैन । जिल्ला पशुसेवा कार्यालयको अभिलेखमा हेर्दा २५ वटा चल्ला, तीन सय ४० केजी दाना, विभिन्न खोप, औषधि तथा भिटामिन बुझेको भर्पाइ छ। आफ्ना समूहका सदस्यलाई समान रूपमा निःशुल्क बुझाउने गरी सीता बिकले सबै सामान बुझिलिएको हस्ताक्षरसहितको भर्पाइ जिल्ला पशुसेवा कार्यालय धादिङले तयार गरेको फाइलमा छ । यसमा सीता बिकले तीन सय ४० केजी २ नं। को दाना, रानीखेत खोप, गवारो खोप, पिपराजीन, एप्रोल लिएर भर्पाइ गरिदिएको कागज छ । तर, सीता बिकलाई यस कार्यक्रम अन्तरगत चल्लासँगै दाना, औषधि, भ्याक्सिनेसन तथा तालिम पनि दिन्छ भन्ने नै थाहा छैन। सीता भन्नुहुन्छ, ‘कुखुराको चल्ला जोगाउन उपचार र दानापानीमा करिब नौ हजार खर्च भइसक्यो, खोर बनाउन ६ हजार पाएको थिए, १२ हजार खर्च भयो । चल्ला पनि २४ वटा पाए पनि रोग लागेर मर्न थाल्यो । खोरमा १७र१८ वटा चल्ला बाँकी छन् ।ु चल्ला पाएका कतिपय किसानलाई त चल्लासँगै दाना, रोग विरुद्ध लगाइने खोप, औषधि तथा तालिम दिन्छ भन्ने नै थाहा छैन। अन्नपूर्ण पोस्टबाट ।
वीर अस्पतालले अक्सिजन उत्पादन गर्ने, दुई करोड ६६ लाखमा अक्सिजन जेनेरेटर प्लान्ट खरिद
काठमाडौं । लामो समयको प्रयासपछि वीर अस्पतालले अक्सिजन उत्पादन गर्ने मेसिन (अक्सिजन जेनेरेटर प्लान्ट) खरिद गरेको छ । एक ठाउँबाट अन्य स्थानमा सजिलै सार्न सक्ने गरी कन्टेनरमा सबै उपकरण जडान भएको उक्त मेसिन रु दुई करोड ६६ लाखमा अस्पतालले खरिद गरेको हो । अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले अन्य अस्पतालमा एक स्थानमा राखेपछि अन्यत्र सार्न नमिल्ने मेसिन भएको तर वीरमा ल्याइएको मेसिन भने आवश्यक परेमा अन्यत्र पनि सहज रुपमा सार्न मिल्ने पहिलो कन्टेनर मेसिन भएको जानकारी दिए । मेसिन ल्याएपछि अस्पतालमा अक्सिजनको अभाव नहुने, सेवा पनि छिटो हुने उनले बताए । वीर अस्पतालमा दैनिक करिब एक सय सिलिन्डर अक्सिजन खपत हुने गरेको छ । त्यसका लागि प्रत्येक महिना रु १८ लाखसम्म खर्च हुने गरेको अस्पतालले जनाएको छ । “अब अस्पतालले आफै अक्सिजन प्लान्ट जडान गर्छ, यो प्लान्ट सुरु भएपछि वार्षिक रु एक करोडसम्म बचत हुन्छ,” निर्देशक डा बस्नेतले भने– “यो मेसिन प्रत्येक दिन १५१ सिलिन्डरसम्म अक्सिजन उत्पादन गर्ने क्षमता राख्दछ ।” अस्पतालमा खपत भई बाँकी रहेका अक्सिजन सिलिन्डर बिक्री गर्न पनि सकिन्छ अस्पतालका प्रमुख प्राविधिक सुनिल श्रेष्ठले भने “अस्पतालकै अगाडि राखिएको मेसिन जडित कन्टेनरको अहिले प्राविधिक काम भइरहेकाले अबको हप्ता दिनमा यो सञ्चालनमा आउँछ ।” रासस
१२ दिने भक्तपुर व्यापार मेला सम्पन्न, १० करोड रुपैयाँको कारोबार
भक्तपुर। सल्लाघारीमा गत चैत २२ गतेदेखि शुरु भएको १२ दिने औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा १० करोड रुपैयाँको कारोबार भएको छ । औद्योगिक शान्ति नेपालले आयोजना गरेको मेलामा चार लाख मानिसले अवलोकन गरेको आज आयोजित समापन कार्यक्रममा संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए । उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले दुई सय २५ स्टल राखिएको मेलामा दैनिक चर्चित कलाकारको साङ्गीतिक प्रस्तुति एवम् सामानमा ४० प्रतिशतसम्म छुट दिएकाले उपभोक्ताको घुइँचो लागेको आयोजक संस्था मध्यपुर ब्वाइज ब्यान्डका सुनिल बज्राचार्यले जानकारी दिए । मेलामा सयभन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारले हास्यव्यङ्ग्य, प्रहसन, गीत, नृत्य, जादूगरलगायत प्रस्तुतिका साथै नृत्य प्रतियोगिता सञ्चालन गरिएकै कारण पनि सहभागीको उत्साहजनक सहभागिता रहेको मेलाका संयोजक दीपक थापाले जानकारी दिए । मेलामा दैनिक उपभोग्य सामग्री, विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री, पर्यटन प्रवद्र्धन गर्ने स्टल, खेल सामग्री, अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स लगायतका सामानको स्टल राखिएको थियो । रासस
मेची-महाकाली रेलमार्ग निर्माणमा बजेट अभाव, अर्थ मन्त्रालयले दिएन ७० करोड रुपैंयाँ
काठमाडौं । अर्थ मन्त्रालयले मेची-महाकाली रेल मार्ग निर्माणमा बजेट निकासा नगरेपछि बर्दिबास–लालबन्दी रेल मार्ग निर्माणले गति लिन छाडेको छ । रेल विभागले करिब पाँच महिना अघि मन्त्रालयलाई ७० करोड निकासा गरिदिन पत्र लेखेको थियो तर अर्थले अझै पैसा दिएको छैन् । ‘हामीले पाँच महिना अघि ७० करोड निकासाका लागि अनुरोध गरेर पत्र लेखेका थियौं तर अझै पाएका छैनौं’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले भने । सरकारले ९४५ किलोमिटरको मेची–महाकाली रेल मार्गलाई राष्ट्रिय गौरवको आयोजनामा राखेर बजेटको अभाव हुन नदिने प्रतिवद्धता गर्दै आएको थियो । तर पाँच महिनासम्म पनि ७० करोड निकासा नभएपछि रेल विभागका कर्मचारी समेत निरास बन्न थालेका छन् ।‘हामी धमाधम काम गरिरहेका छौं, कामदार कम्पनीलाई भुक्तानी गर्न पैसा मागेको अझै पाएका छैनौं’, उपाध्यायले भने । कतिपय आयोजनाले बजेट खर्च गर्न नसकेको भन्दै अर्थमन्त्रालयले चाँडो खर्च गर्न भनिरहेको छ । तर पुँजीगत खर्च गरिरहेका राष्ट्रिय गौरवका आयोजनाका लागि भने मन्त्रालयले पर्याप्त रकम उपलब्ध गराउन नसकेको पनि स्पष्टै भएको छ । रेल विभागले मेची–महाकाली रेल मार्ग अन्तर्गत बर्दिबास–लालबन्दीको ३० किलोमिटर खण्डमा धमाधम काम गरिरहेको छ । गत चैत ३ गतेको मन्त्रि परिषद बैठकले ११ हजार १ सय २३ वटा रुख काट्ने अनुमति दिएपछि विभागले थप उत्साहित हुँदै काम अघि बढाईरहेको छ । पुर्व पश्चिम रेल मार्गको औषत लागत प्रति किलोमिटर ३५ देखि ४० लाखको हाराहारीमा हुनेछ । यो रेल मार्गले नेपाललाई ट्रान्स एसियन रेलवे नेटवर्कसँग जोड्नेछ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक बर्षका लागि विभागलाई ४ अर्बको बजेट सिलिङ उपलब्ध गराएको छ । विभागले भने ७ अर्ब बजेट मागेको थियो । विभागले आगामी बर्षमा लालबन्दि–सिमरा रेल मार्गको काम अघि बढाउने तयारी गरिरहेको छ ।
वर्षमा ३/४ करोड रुपैयाँ बोनस हातमा आउँछ-सुरेन्द्रबहादुर सिंह
सुरेन्द्रबहादुर सिंह नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्ष हुनुहुन्छ । उहाँ नेपाल बैंकको सञ्चालक पनि हुनुहुन्छ । उहाँ २००० देखि २०१३ सम्म नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक हुनुहुन्थ्यो । उहाँसँग हामीले सेयरवार्ताको प्रयास गरेका थियौं । तर उहाँको जीवनको बहुआयामिक रोचक पक्ष पायौं । प्रस्तुत छ उहाँसँग गरिएको लामो वार्ताको सम्पादीत अंश । सुरेन्द्रबहादुर सिंह तपाईको जन्म ? असनमा २०१८ सालमा । कति पुस्तादेखि असनमा बस्दै आएको ? हाम्रो इतिहास हामीलाई नै सबै थाहा छैन । मेरो बाजे बराजु कलिलो उमेरमा नै वित्नु भएछ । मेरो बुबा ७ वर्षको हुँदा बाजे बित्नुभएको रहेछ । बुबाको काका बा पनि कलिलो उमेरमा नै बित्नुभएछ । त्यसैले धेरै कुरा ट्रान्सफर नै हुन सकेन । तपाईको औपचारिक पढाई ? स्कूलको शिक्षा ल्यब्रोटोरीज् स्कूल, कीर्तिपुरबाट हासिल गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेँ । १९८२ देखि १९८४ सम्म अष्ट्रिया(यूरोपियन देश) मा गएर होटल म्यानेजमेन्ट पढेँ । १९९२ देखि १९९४ इटलीबाट मास्टर इन इन्टरनेशलन म्यानेजमेन्ट पढेँ । त्यतिबेला विदेशमा पढ्ने अवसर कसरी मिल्यो ? अस्ट्रिया जान त्यतिबेला कुनै कठिन थिएन । अन एराईभल भिसा थियो । राम्रो शिक्षाको लागि बुबाले विदेश पठाउनु भएको । इटलीमा पढ्न जानुपूर्व एउटा रोचक प्रशंग छ । इटली एम्बेसीले नेशनल डेको अवसरमा सोल्टी होटलमा कार्यक्रम राखेको रहेछ । अन्तिम समयमा होटलले कार्यक्रम रद्द गरेछ । इटलीको नेशनल डे मनाउन एम्बेसीले आयोजना गरेको कार्यक्रम, प्रधानमन्त्री, मन्त्री लगायत धेरै भीआईपीलाई आमन्त्रण गरिएको कार्यक्रम । सोल्टी होटलले कार्यक्रम नगर्ने भएपछि राजदूत रिसले आगो भएछन् । त्यो बेलामा अरु राम्रा होटल कम थिए । कार्यक्रम हिमालयन होटलमा गर्ने व्यवस्था मैले मिलाएँ । मेरो कामबाट ती राजदूत प्रभावित भएछन् । इटलीमा पढ्न जान्छौ भनेर उनले सोधे । मैले ‘मसँग पैसा छैन’ भनेँ । ‘टिकटको पैसा तिमी हाल, बाँकी खर्चको व्यवस्था म मिलाई दिन्छुु’ भनेर उनले भने । मैले सहमति जनाएँ । उनले सबै कुरा मिलाई दिए । तपाईको व्यवसायिक पृष्ठभूमि ? ३०३४ देखि साढे दुई वर्ष राष्ट्रिय वाणिज्य बैंकमा काम गरेँ । पछि नेपाल अरब (हालको नविल) बैंकमा काम गरेँ । त्यतिबेला अरब बैंकको खुब बदनाम थियो । ठग बैंक, चोर बैंक भन्थे । भारतमा झनै बढी खराव इमेज । अरब बैंकमा काम गर्छु भन्न पनि लाज लाग्ने, डर लाग्ने अवस्था थियो । त्यतिबेला अरब बैंकको सेयर एनबी इन्टरनेशनलले किनेको थिएन । पछि श्रीलंकन, बंगलादेशीहरुले मिलेर सेयर किने । एनबी इन्टरनेशनल विनोद चौधरीको मात्र हो भनेर प्रचार गरिन्छ । वास्तवमा चौधरीको मात्र लगानी होइन । त्यसमा बंगाली, श्रीलंकनहरुको पनि लगानी छ । अरब बैंक छोडेर मल्ल ट्राभल्समा काम गरे । हिमालयन होटलमा २० वर्ष काम गरे, त्यो होटलमा लामो समय महाप्रबन्धक भएर काम गरेँ । बीचमा एउटा काम गरँे । त्यसले मेरो लाईफमा धेरै परिवर्तन ल्यायो । के काम थियो त्यो ? मैले १९८७ मा होटलमा बस्ने स्वीजरल्याण्डको गेष्टले मलाई हुलाक अफिस कहाँ छ भनेर सोध्यो । मैले ठेगाना बताईदिएँ । त्यसपछि उसले मलाई ‘सँगै’ जान प्रस्ताव गर्यो । भाषाको समस्या हुन सक्ने भएकोले मसँग सहयोग माग्यो । मैले सहयोग गरेँ । पछि मलाई बिजनेश गर्छौ भनेर सोध्यो । मैले जानेको छैन भनेँ । उसले सिकाई दिन्छु भन्यो । त्यो मान्छेले हुलाक टिकट छाप्ने स्वीस कम्पनीको एजेन्ट बन्न आग्रह गर्यो । हरेक वर्ष उसले पठाएको कोटेशन हुलाक विभागलाई बुझाउनु पर्ने काम रहेछ । मैले ‘हुन्छ’ भने । २/३ वर्ष उसले पठाएको कोटेशन परेन । इटलीमा पढ्न गएपछि बल्ल हुलाक टिकट छाप्ने ठेक्का पायो । विजनेश पाएपछि मलाई उसले स्वीजरल्याण्ड बोलायो । सबै खर्च उसैको । म घुम्न गए । कम्पनीको मालिक आफै रहेछ । पाँच वटा छोराछोरीलाई छुट्टाछुट्टै कम्पनी खडा गरेको रहेछ । आफ्नै घरमा राख्यो । मैले त्यति धनी मान्छे पहिलो पटक देखेको, भेटेको । उसले त्यतिबेला २५ हजार पर्ने स्वीस घडी दियो । फर्कने बेलामा ८ हजार स्वीच फ्याङक दियो । म त पुरै दंग । दोस्रो वर्ष पनि उसले नेपालको हुलाट टिकट डिजाइन गर्ने, छाप्ने टेण्डर पायो । फेरी उसले स्वीजरल्याण्ड बोलायो । मैले पनि सहमति जनाएँ । पुुरै मोजमानी गर्न पाईने । त्यतिबेला पनि नयाँ घडी दियो । १५ हजार स्वीच फ्याङक दियो । उसले दिने रेट पनि सस्तो, प्रिन्ट पनि राम्रो, डेलिभरी पनि टाईममा गर्ने । नेपालका हुलाकका कर्मचारीलाई पनि विदेश घुमाउने, तालिम दिने गर्न थाल्यो । उसले धेरै वर्ष नेपाली हुलाक टिकट छाप्ने काम पायो । करिव १७ वर्षसम्म मैले पनि त्यसमा काम गरे । उसले नियमित कमिशन दिएन । उसले आफ्नो इच्छाअनुसार वर्षमा एक पटक उसलाई मन लागेजति पैसा दिन्थ्यो । मेरो जिन्दीगीमा त्यो मान्छेसँग भेट भएपछि धेरै परिवर्तन आयो । अहिले पनि उसले मलाई छोरा जस्तै माया गर्छ । श्रीमती धनीको छोरी, १० बजे उठ्ने, ११ बजे ब्रेक फाष्ट खाने, त्यसपछि तास खेल्न थाल्ने । नेपालमा राणाका छोरीको जस्तो जीवन शैली । छोराहरु पनि ट्यापी भए । एउटी छोरी बेलायती केटासँग विहे गरेकी थिई, डिभोर्स भयो । धनी भए पनि परिवारबाट ऊ खुसी हुन सकेन । अरु व्यवसाय ? सेयरमा लगानी गरेको छु । बीचमा जग्गा किनबेचको काम पनि गरेँ । व्यापार, सेवाका केही कम्पनीमा पनि लगानी छ । सेयरमा लगानी गर्न थालेको कति भयो ? १९९१ देखि । त्यतिबेला आईपीओमा सेयरमा धेरै आवेदन पर्दैन थियो । जति माग्यो, त्यति पर्दथ्यो । अहिले कति छ सेयर? नभनौं । मैले थोरै कम्पनीको सेयर किनेको छु तर ती सबै कम्पनीको रिर्टन राम्रो छ । सधैं एकनास हुदैन । कहिले बोनस सेयर धेरै आउँछ, नगद कम हुन्छ । औषतमा ३/४ करोड रुपैयाँ बराबर हुन्छ । वार्षिक कति लाभांश आउँछ ? सधैं एकनास हुदैन । कहिले बोनस सेयर धेरै आउँछ, नगद कम हुन्छ । औषतमा ३/४ करोड रुपैयाँ बराबर हुन्छ । सेयर कारोबार कत्तिको गर्नुहुन्छ ? किनेपछि सेयर बेच्दिन । सेयर बेच्ने आवश्यकता नै पर्दैन । अहिलेसम्म आर्थिक समस्या भोग्नु परेको पनि छैन । राम्रो रिर्टन दिने कम्पनीको सेयर किन बेच्ने ? जग्गा जमिन कति छ ? बाहुबाजेले पनि राम्रो जोड्दिनुभएको रहेछ । आमाको बुबाको जमिन पनि धेरै थियो । मामाहरु नभएकोले सम्पत्ति छोरीहरुलाई दिनुभयो । बानेश्वरमा १८ रोपनी जग्गा एउटै प्लटमा आमाले माइतीबाट पाउनु भएको छ । असनमा कति जग्गा छ ? ३ आना मात्र हो । पैतृक सम्पत्ति ३ आना मात्र हो त ? २०० वर्षदेखिको जग्गा हो । महाराजगञ्जको ढ्याङग्रे खेतबाट ४५ मुरी धान कुत आउँथ्यो । डल्लुमा मौजा (ठूलठूलो बिर्ता) थियो । थानकोटमा फाँट नै थियो हाम्रो । मेरो बाजेले तत्कालिन राजालाई खुशी बनाएबाफत वारामा ५ हजार विगा जमिन बक्स दिएको कागज अझै मसँग छ । तर त्यो कागज मात्र छ । जमिन हेर्न गएको, फिल्डमा छैन । त्यतिबेला औलो लाग्छ भनेर बाजे बजै गएनन् । सबै जग्गा अरुले नै हडपी सकेका छन् । त्यो जग्गा लिन कुनै प्रयास गर्नुभयो ? छैन । मलाई नपुग्दो केही छैन । त्यो जग्गा पाउन अदालतदेखि स्थानीय समूदाय, स्थानीय प्रशासनसँग लडाई गर्नु पर्ने हुन्छ । तपाई जग्गाको कारोबारमा कसरी पुग्नुभयो ? म डल्लुमा बस्थे । त्यहाँका ज्यापुहरु छोरा छोरीको विहे गर्न पैसा भएन, लौन काजी साव जग्गा लिइदिनु पर्यो भन्न आउँथे । उनीहरुको काम चलाई दिन, उनीहरुले भनेकै मूल्यमा जग्गा किन्न थालेँ । पछि त्यही जग्गामा राम्रो फाइदा आएपछि बेच्थेँ । अहिले त जग्गा किनबेचको काम छोडिसकेँ । त्यतिबेला तपाईको हातमा नगद कसरी आउँथ्यो ? म जागिर खान्थेँ, मेरो श्रीमतीको पनि राम्रो जागिर, असनको घर भाडा आउँथ्यो, क्षेत्रपाटीको घरभाडा आउँथ्यो । बुबा राजबहादुर सिंह नेपाल सरकारको सचिव हुनुहुन्थ्यो । मेरो घरमा क्यास फ्लो राम्रो थियो । अहिले पनि असनमा बस्नुहुन्छ ? होइन, असनबाट क्षेत्रपाटीमा, त्यहाँबाट डल्लू, त्यसपछि अहिले, महाराजगञ्ज बस्छु । सेयरको मूल्य किन बढेको छ ? एउटा मनोविज्ञान हो । दोस्रो बैंकहरुले कर्जाको व्याज धेरै बढाए, नाफा बढ्दैछ । तेस्रो, बोनस सेयर, हकप्रद सेयरको आउँछ भनेर । नेपाल बैंकको स्थिति कस्तो छ ? नाफा बढेको छ । आगामी वर्षदेखि सेयरधनीलार्इ नाफा दिन सकिन्छ । तर नेपाल बैंकमा कर्मचारी खर्च बढी छ । बैंकले धेरै नाफा गरेपनि कर्मचारी खर्च नै धेरै छ । बैंकले सम्पत्ति बेचेर नाफा देखाईरहेको छ, कहिलेसम्म सम्पत्ति बेचेर नाफा देखाउने ? तपाईलाई रोचक कुरा सुनाउँछु । केही दिनअघि नेपाल इन्स्योरेन्स कम्पनीको काममा विरगञ्ज गएको थिएँ । त्यही बेलामा केही समय निकालेर रक्सौल गएको । फर्कदा जाममा परियो । रुट परिवर्तन गरेर आउँदा ड्राईभरले रक्सौलमा नेपाल बैंकको जग्गा देखायो, धेरै जग्गा रहेछ त्यहाँ । त्यहाँ जग्गा भएको जानकारी नेपाल बैंकको केन्द्रीय कार्यालयलाई थाहा नै थिएन । मैले सोधखोज गर्न लगाए । पछि थाहा भयो विरगञ्ज शाखाले सो जग्गाको बाली वर्षमा १२/१३ हजार रुपैयाँ भारत सरकारलाई बुझाउँदै आएको रहेछ । त्यसको प्रयोग गर्न सकेको छैन । यस्तो सम्पत्ति कति छ भन्ने समेत थाहा छैन । यसरी बेवारीसे अवस्थामा रहेको सम्पत्ति राखेर बैंकलाई फाइदा हुँदैन । प्रयोगमा नआउने सम्पत्ति बेच्दै जानुपर्छ । नेपाल इन्स्योरेन्स कम्पनीमा सिईओ किन नियुक्ती नगरेको ? ६ जनाले आवेदन दिएका छन् । बोर्डमा छलफल भईरहेको छ । छिट्टै निर्णय गर्छौ ।
एभरेष्ट इन्स्योरेन्सले २० प्रतिशत बोनस दिने, चुक्ता पूँजी १२ करोड नाघ्ने
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत बोनस दिने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई कम्पनीको आगामी साधारणसभाले स्वीकृत गरेपछि सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल इन्स्योरेन्सको चुक्ता पूँजी १० करोड १२ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको पूँजी १२ करोड १५ लाख रुपैयाँ नाघ्ने छ । आइतबार कम्पनीको सेयर प्रतिकित्ता २१८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
२४ वटा नयाँ बीमा कम्पनी खोल्ने ५०० ठूला लगानीकर्ताको प्रस्ताव
काठमाडौं । बीमा समितिले नयाँ बीमा कम्पनीको लाइसेन्स खुलाएसँगै बीमा बजार तातेको छ । समितिले आफ्नो स्वीकृति लिएर बीमा कम्पनी दर्ताका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा जान सकिने नयाँ व्यवस्था गरेको छ । तर समितिले यस्तो व्यवस्था गर्नु भन्दा पहिले नै २४ वटा बीमा कम्पनीहरु कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भैसकेका थिए । तीमध्ये १६ वटा जीवन बीमा कम्पनी छन भने बाँकी ८ वटा निर्जीवन बीमा कम्पनी छन्, जहाँ ५०० भन्दा बढी ठूला लगानीकर्ताको नाम रहेको छ । यी कम्पनीका लगानीकर्ता को को हुन भन्ने खुल्दुली बजारमा छाएको छ । यी कम्पनीमा चन्द्र ढकालदेखि देवीप्रकाश भट्टचन, मोतिलाल दुगड, रतन लाल अग्रवाल गुप्ता, सरोज गोयल, रवि कुमार गुप्ता, राजेन्द्र कुमार खेतान, निरन्जन कुमार टिबरेवाला, विनोद कुमार जैन, आजाद श्रेष्ठ, कुशकुमार जोशी, अञ्जन श्रेष्ठ लगायत चर्चित लगानीकर्ताको नाम आएको छ । त्यस्तै, पशुपति मुराकादेखि सुरेन्द्रबीर मालाकारसम्म यी इन्स्योरेन्स कम्पनीका लगानी छन् । यी कम्पनीहरुले बीमा समितिले जीवन बीमा कम्पनीको २ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि एक अर्ब चुक्ता पुँजी तोक्नु भन्दा अघि नै कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएका हुन् । यी कम्पनीहरुले प्रारम्भमा चुक्ता पुँजी २० करोड वा सो भन्दा पनि कम राखेर कम्पनी दर्ता गरेका छन् । अब यी कम्पनीले लाइसेन्स पाउन निर्जीवनले एक अर्ब र जीवन बीमा कम्पनीले २ अर्ब चुक्ता पुँजी पुर्याउनु आवश्यक छ । यी हुन लाईसेन्सका पखाईमा बसेका ८ निर्जीवन बीमा कम्पनीका सेयर धनी १) सानिमा इस्योरेन्स कम्पनी हरेन्द्र प्रसाद जैसवाल, सुरेन्द्र महतो, वीरेन्द्र महतो, साम्बा लामा, विवेक दुगद, जीवनाथ लामिछाने, मोतिलाल दुगड, खेमराज लामिछाने, सानिमा प्रा. लि, मालचन्द्र दुगड, तेन्जींङ दोङडु नेपाली, साङ्ग दोर्जे लामा, नामखाङ्ग लामा, सोनाम ग्याछो, जुगल भुर्तेल, रंग नाथ पैडेल, कुमार कोइराला, दिलिप श्रेष्ठ, दुर्गा भण्डारी, बद्री प्रसाद ओझा, पङ्कज अधिकारी यस कम्पनीको संस्थापक रहेको उल्लेख गरिएको छ । २) एग्रिकल्चर इन्स्योरेन्स कम्पनी अफ नेपाल नगेन्द्र प्रसाद ढकाल, सागर मणि ढकाल, रुपेश श्रेष्ठ, जोत्सना देबि केडिया, ध्रुव प्रसाद रैला, राकेश प्रधानाङ्ग, अन्जलि सरावगी यस सम्पनीको संस्थापक लगानीकर्ताको सूचिमा छन् । ३) काठमाडौं बीमा कम्पनी रतन लाल अग्रवाल गुप्ता, सरोज गोयल, रवि कुमार गुप्ता, राजेन्द्र कुमार खेतान, निरन्जन कुमार टिबरेवाला, विनोद कुमार जैन, भुवनेश्वर प्रसाद शाह, बलराम न्यौपाने, दिनेश राज भट्टराइ, दिप प्रकास पाण्डे, महाविर गोयल, मधुसुदन अग्रवाल, गोपी कृष्ण सिकरिया, किरण शेखर अमात्य, वोदनाथ अधिकारी, नन्द किशोर घिरैया, प्रकाश शर्मा, रत्न लाल संघइ, सतिश न्यौपाने, सत्य नारायण मानन्धर, सुरेन्द्र बहादुर सिंह यस कम्पनीको प्रवद्र्धकको सूचिमा देखिएका छन् । ४) बीन्नी इन्स्योरेन्स कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनी लि, हिमालयन सेक्युरिटिज एण्ड फाइनान्स लि, हिमालयन एक्जीम प्रा. लि, शम्भु प्रसाद वास्कोटा, मनोज कुमार सुबेदी, विपल प्रधान, डिल्ली प्रसाद उप्रेती, डम्बर बहादुर वम, सौरभ अमात्य यस कम्पनीको प्रवद्र्धकको सूचिमा छन् । ५) कान्तिपुर बीमा कम्पनी इन्द्र कुमार मास्के, शैलेश कोइराला, राजेन्द्र सिँह थापा, दमन ब.अमात्य, गोपाल सुन्दर लाल कक्षपती, आनन्द कृष्ण गोर्खाली, दशरथ लाल श्रेष्ठ, सुरेश बहादुर मल्ल, सुरेश बहादुर मल्ल, प्रकास श्रेष्ठ यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । ६) जनरल इस्योरेन्स कम्पनी नेपाल झपट बहादूर बोहरा, प्रेमनिधि ज्ञवाली, विश्वनाथ कंडेल, सि.वि. तामाङ्ग, लक्ष्मण ज्ञवाली, दिपेन्द्र कार्कि, रजनिश कूमार सिंह, भिम प्रसाद तूलाचन, कमल बहादूर के.सि, भरतराज ढकाल, चन्द्रेश्वर भट्टराई, कृष्णराज पराजूली, नरेश शंकर पालिखे, जिवन गौचन, यदूनाथ अधिकारी, मिलन कुमार वैद्य, भूवन बस्नेत, जनक बहादुर अधिकारी, रमण नेपाल, दिनेश शंखर पालिखे, ज्योती गौचन, बसन्त मल्ल, मधूवनलाल श्रेष्ठ, गोपाल घिमिरे, रिता रिमाल, मन बहादूर राई, दूर्गा प्रसाद घिमिरे, गोकर्ण राई, कविन्द्र लाल अमात्य, संजिव प्रधान, स्वरुप मरासिनी, विनोद कूमार श्रेष्ठ, विनितमणी उपाध्याय, उपेन्द्र पौडेल, खिलानाथ घिमिरे, राजेन्द्रदाश श्रेष्ठ, धन प्रसाद राई, कूमारी तामाङ्ग, लोक बहादुर श्रेष्ठ, गणेशभक्त साखस्, दिनेश बज्र, डा. सूवर्णलाल बज्राचार्य, मनमोहनकृष्ण श्रेष्ठ, मिन बहादूर गूरुङ्ग, कैलाश भक्त कारंजित, भरतलाल बज्राचार्य, राजेन्द्रलाल बज्राचार्य, नविनमूनि बज्राचार्य, नरेश गिरि, वेनूराम प्रधान, गोविन्दराज कोइराला, गोविन्द प्रसाद जोशी, पूष्पराज भण्डारी रहेका छन् । उनीहरुले विभिन्न विकास बैंक तथा फाइनान्स कम्पनीको प्रतिनिधित्व गर्ने उल्लेख गरिएको छ । ७) अजोड इन्स्योरेन्स उर्बशी देबी श्रेष्ठ, किशोर सुन्दर श्रेष्ठ, उदय सुन्दर श्रेष्ठ, अनिता जोशी, विमला लामिछाने, शिला भुषाल, जेविन मान श्रेष्ठ, महेश्वर मान डंगोल, कुल बहादुर गुरुङ्ग, दामोदर प्रसाद शर्मा पाण्डे, विनोद प्रसाद विष्ट, गोविन्द देव पन्त, दिलिप कार्की, निरजंग विष्ट, काजि गुरुङ्ग, रजनी विष्ट उपाध्याय, विन्दिया प्रधानाङ्ग, मधुसुधन प्रधानाङ्ग, विकेश प्रधानाङ्ग, रोडसो इन्भेष्टमेन्ट, विजय देव पन्त, योगेन्द्र रत्न बज्राचार्य, सिता पौडेल, मन्जु रायमाझी प्रसाई, सविता श्रेष्ठ, मोहनलाल सराफ, मिन मान श्रेष्ठ, रोशन श्रेष्ठ, सुभाष श्रेष्ठ, रचना गौचन, शरद कुमार नेउपाने, राजेन्द्र प्रसाद कायस्थ, सुनीता श्रेष्ठ, प्रनाथ के.सी, वुद्धि नारायण श्रेष्ठ, सज्जन राम भण्डरी, स्वरुप गुरुङ्ग कोने, दिपेन्द्र मल्ल, अनिता शिवाकोटी प्रसाई, राजेन्द्र कसजु, दिलिप कुमार प्रधान, लिलामणी न्यौपाने, भेष राज लोहनी, रमेश चन्द्र दाहाल, सुरेन्द्र कुमार कार्की, श्याम शुन्दर खेतान, निशा शर्मा, विक्रम प्रसाद श्रेष्ठ, सरित समशेर ज.व.रा, राजेन्द्र शाक्य, सविना मानन्धर, इच्छा बहादुर वाग्ले, भोला प्रसाद पाठक, वृहत इन्भेष्टमेन्ट, रामकाजी गुरुङ्ग कोने, कर्मा वांगेल गुरुङ्ग, सुदर्शन नारायण जोशी, तेनजिन सोपा लामा, आजाद श्रेष्ठ, अञ्जन श्रेष्ठ, बैकुण्ठलाल रंजितकार, भिम राज रेग्मी, चन्द्र बहादुर राजभण्डारी, गणेश बहादुर श्रेष्ठ, हरि बाबु पन्त, कृष्ण बहादुर श्रेष्ठ, नारायण प्रसाद शर्मा, निराकार श्रेष्ठ, निरन्जन श्रेष्ठ, सुनिल कुमार गोशली, सुनिल श्रेष्ठ, टेकमान प्रधानाङ्ग, लालकाजी गुरुङ्ग, चन्द्र प्रसाद ढकाल, गणेश बहादुर गुरुङ्ग, ओम प्रसाद गुरुङ्ग, महेन्द्र प्रसाद श्रेष्ठ, रविन्द्र प्रसाद कसजु, मनोज पुन, दोर्जे ग्याल्छेन लामा, सुवास चन्द्र राई, राजेन्द्र कुमार वाटाजु, प्रकाश आचार्य, मनोज कुमार श्रेष्ठ, प्रकाश के.सी, किरण के.सी, रोशन के.सी, कैलाश चन्द्र गोयल, महेन्द्र कुमार गोयल, श्रवण कुमार गोयल, सुशिला गोयल, रामेश्वर खत्री, मिन बहादुर गुरुङ्ग यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । ८) मनकामना इन्स्योरेन्स कम्पनी कामना गुरुङ्ग, भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर, माछापुच्छ्रे व्रिक फयाक्ट्री, लक्षमण वाबु श्रेष्ठ, सुरेशप्रसाद आचार्य, राजुबाबु श्रेष्ठ, प्रकाश काजी तुलाधर, राजेन्द्र अर्याल, राजीव उपाध्याय, डा. लुना शर्मा, ध्रुव कुमार श्रेष्ठ, प्रदिप कुमार श्रेष्ठ, बद्री कुमार श्रेष्ठ, कैलाश चन्द्र गोयल, मनिष कुमार अग्रवाल, संजय कुमार अग्रवाल, श्रवण कुमार गोयल, देव राज राजभण्डारी, विरेन्द्र शाही, सुकुन्तलाल हिराचन, धन्जय आचार्य, मोहन आचार्य, कमल प्रसाद ज्ञवाली, अमर बहादुर श्रेष्ठ, राजेन्द्र शाक्य, पू्र्णलाल हिराचन, चतुरानन्द बैद्य, चित्रलाल हिराचन, भिम राज रेग्मी, रमेश शर्मा, लोक हर्ष शाक्य, जीप छिरिङ्ग लामा, प्रविण कुमार ढुंगाना, ओम प्रकाश श्रेष्ठ, जयराम लामिछाने, अम्बिका श्रेष्ठ, भोला बिक्रम थापा, टाशी घले, विप्लव पौडेल, कान्छा गुरुङ्ग, रोनेश दाश श्रेष्ठ, सुनिल बहादुर मल्ल, दुर्गा प्रसाद आचार्य, राजेश बाबु श्रेष्ठ, अरुण श्रेष्ठ, बाल कृष्ण श्रेष्ठ, सुधिर खत्री, यादव राज पाण्डे, परशुराम कुवर, खुमा प्रसाद अर्याल, रामेश्वर थापा, शतीस प्रसाद प्रधान, बनबारी लाल मित्तल, कुस कुमार जोशी, ज्ञानेन्द्र लाल प्रधान, चन्द्र प्रसाद ढकाल, किरण प्रकाश साखः, महेन्द्र बहादुर कार्की, किष्ट मेडिकल कलेज, गणेश बहादुर श्रेष्ठ, उद्धव पौडेल, राज बहादुर शाह, अर्जुन प्रसाद शर्मा, मनोजप्रसाद धिताल, कृष्ण मान रन्जितकार, शेखर राणा यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । यी हुन १६ जीवन बीमा कम्पनीका लगानी कर्ता १) स्टार लाइफ इन्स्योरेन्स कम्पनी भवानी भक्त जोशी, प्रकास बहादुर श्रेष्ठ, नेपाल शेयर मार्केटस एण्ड फाइनान्स लि, स्टार सेभीङ्ग एण्ड कोअपरेटिभ, योगेन्द्र प्रसाद श्रेष्ठ, कार्य विनायक इन्भैष्टमेन्ट, बाशु भक्त जोशी, नरेश बहादुर मल्ल शेर बहादुर पाण्डे, भाइ काजी श्रेष्ठ, सुदर्शन राज पाण्डे यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । २) सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी प्रदिप कुमार श्रेष्ठ, सुरेन्द्र बहादुर बस्नेत, चन्द्र प्रसाद ढकाल, राजिव बिक्रम शाह, आङ छिरि शर्पा, हेमराज ढकाल, कैलाश प्रशाद सोरोहिया, बिकाश जबरा, सुमित कुमार अग्रवाल, बिरेन्द्र बहादुर बस्नेत, बिनोदराज ज्ञवाली, गणेस कुमार अग्रवाल, प्रदिप जंग राणा, प्रेम बहादुर श्रेष्ठ, राजेन्द्र प्रसाद श्रेष्ठ, किरण पाण्डे, शिवरत्न शारदा, सुधिर बाबु खत्री, अजय कुमार सत्याल, बिनोद खेतान, सजन खेतान, अशोक कुमार अग्रवाल, सन्दीप अग्रवाल, दिप प्रकाश पाण्डे, अनिता निराला, प्रकाश बहादुर श्वार, ताराचन्द्र खेतान, उदित काफ्ले, खेम बराल यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । ३) सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी राजेन्द्र शाक्य, सत्य नारायण क्याल, राजेन्द्र शाक्य, राजेन्द्र भगत, पवन प्रसाद मारवाडी, अनुप कुमार सँघई, ओम प्रसाद बन्सल, शुशिल कुमार धुरका, विमल कुमार अग्रवाल, रमेश चन्द संघइ, उषा कुमारी अग्रवाल, सुबाश कुमार अग्रवाल, प्रमोद अग्रवाल, नवल किशोर अग्रवाल, सन्जय अटल, सुमन कुमार क्याल, अरुण भगत, पुष्कर भक्त शर्मा, बिकाश कुमार क्याल, अनुज क्याल, निरञ्जन प्रसाद क्याल, सुरेश कुमार क्याल, राजेश कुमार क्याल, कृष्ण मोहन क्याल, बबिता क्याल, महेन्द्र कुमार अग्रवाल, श्याम लाल सारवागी, ममता देबी झा, जीबन बाबु श्रेष्ठ, निलम अग्रवाल, पङकज कुमार संघइ, नीता शर्मा, पवन कुमार अग्रवाल यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । ४) सानिमा लाइफ इन्स्योरेन्स कम्पनी सानिमा विकास बैंक, उपेन्द्र महतो, टेकराज निरौला, अरुण कुमार ओझा, जीवनाथ लामिछाने, निरज गोविन्द श्रेष्ठ, खेमराज लामिछाने, विनय कुमार श्रेष्ठ, घनश्याम थापा, रामकृष्ण शाह, दिपक कुमार खड्का, साम्बा लामा, सोनाम ग्याछो, प्रमा गोयन्का, निरन्जन रौनियार, साइनो इन्भेष्टमेन्ट प्रा.लि. को तर्फबाट हरेन्द्र प्रसाद जैसवाल, गोवा कटुवाल, रंगनाथ पौडेल, ऋषि प्रसाद रिजाल, छविलाल कुंवर, निता पौडेल, शिव प्रसाद घिमिरे, डा. जुगल भुर्तेल, डा. केशव प्रसाद आचार्य, पंकज अधिकारी, कुमार प्रसाद कोइराला, महेश राज गौतम, हरि शंकर श्रेष्ठ, नारायण प्र उपाध्याय, दिलिप श्रेष्ठ, दिनेश मणि श्रेष्ठ, बद्री प्रसाद ओझा, कुमार लम्साल, महेश घिमिरे, तुक प्रसाद पौडेल, निरज ढकाल, उषा खतिवडा, सुवर्ण दास श्रेष्ठ, तेज बहादुर चन्द, पवन कुमार आचार्य, सन्तोष कोइराला, बद्रीविशाल घिमिरे, भोजराज पौडेल, महेश्वर महर्जन, निर्जा राजभण्डारी, निशान्त के.सी यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । ५) रिलायबल नेपाल लाइफ अनिता शिवाकोटी, अशोक भट्टचन, बलराम बन्जारा, बासु देव काफ्ले, भाई काजी तिवारी, भेष राज लोहनी, भिष्म राज चालिसे, भुषण खनाल शर्मा, विमल श्रेष्ठ प्रधान, चिरञ्जीवी द्धा, देवी अधिकारी शर्मा, दिनेश निधी तिवारी, दिपक बाबु तिवारी, दिपेन्द्र कडरिया, दिपेश लम्साल, दुर्गा भट्टराई, दुर्गा प्रसाद घिमिरे एव राज भट्टराई, ग्लोवल एसोसिएट्स प्रा.लि, गेह नाथ ढुङाना, गोकर्ण राज पाण्डे, गोविन्द प्रसाद लोहनी, इन्दिरा श्रेष्ठ मास्के, इन्द्र प्रसाद लोहनी, झनक वहादुर रावल, जुली प्रधान, जुनी गुरुङ्ग, काली प्रसाद शर्मा सुवेदी, कल्पना उपाध्याय, कुमुदा तिवारी पन्त, लाल काजी गुरुङ, मचा काजी महर्जन, माधव कडेंल, मीना गुरुङ्ग, मोहना उपाध्याय, एम टेक इन्जिनियरिङ एण्ड कन्सल्टेन्सी सर्भिसेज प्रा लि, नन्दा कुमारी प्रसाई, नारायण बाबु लोहनी, नारायण राज विष्ट, निलम भण्डारी जोशी, निरज श्रेष्ठ, निर्मला कुमारी बर्तौला, ओम हरी मान राजभण्डारी, पदम कुमारी लोहनी, प्रकाश जोशी, पूर्ण लाल श्रेष्ठ, पुरुषोत्तम पौड्याल, रविन्द्र जंग थापा, रविन्द्र मान श्रेष्ठ, राधेश्याम अग्रवाल, राधिका बिमली, राजा राम पाण्डे, राजन सिंह भण्डारी, रमेश प्रसाद नेपाल, रिलायवल इन्भेष्टमेन्ट वित्तिय संस्था लि, रेखा ओली, रेखा घिमिरे, रिता कुमारी खनाल, रोड सो इन्भेष्टमेन्ट प्रा. लि, रोमा शर्मा, रुपेन्द्र पौडेल, सजना पौड्याल, संगिता प्रसाई, सन्तोष अग्रवाल, शम्भु नाथ गौतम, शेर बहादुर बुढाथोकी, शिला कुमारी पोख्रेल, शिव कुमार श्रेष्ठ, कृष्ण इन्भेष्टमेन्ट एण्ड म्यानेजमेन्ट कन्सल्टीङ्ग प्रा.लि, शुभा पाण्डे, सुभलाभ इन्भेष्टमेन्ट प्रा.लि, स्वदेश गुरुङ्ग, सुन्दर प्रसाद कडेंल, सुरज राज पन्त, सुरज श्रेष्ठ, सुरेन्द्र भण्डारी, राम कुमार शिवाकोटी, स्वस्तीक बिजनेस एण्ड डेभलपमेन्ट प्रा.लि, टिका राम चापागाँइ, उर्मिला कुमारी पोखरेल, जयन्ती लोहनी खनाल, प्रज्ञा लोहनी यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । ६) रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी वर्षा अग्रवाल, सुबोध तोदी, अशोक कुमार तोदी, श्याम सुन्दर रुंगटा, पवन कुमार अग्रवाल, जय प्रकाश अग्रवाल, राहुल अग्रवाल, श्याम सुन्दर अग्रवाल, भरत कुमार अग्रवाल, नरेन्द्र कुमार अग्रवाल, ऋषिराम अग्रवाल, बिरेन्द्र कुमार शाह, जगदिश कुमार अग्रवाल, सिद्धा्र्थ बैंक, पवन कुमार अग्रवाल, रामजी लाल अग्रवाल, संदिप कुमार अग्रवाल, राहुल कुमार अग्रवाल, राजकुमार अग्रवाल, पबन कुमार अग्रवाल, अमित कुमार वेगानी, कमल कुमार वेगानी, मेगना कर्पोरेट सेक्युरिटिज, पुष्पा देवि केडिया, ताराचन्द्र केडिया, सबिता केडिया, मनोज कुमार केडिया यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । ७) स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स कम्पनी टेम्पल क्यापिटल एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालि, फस्ट इन्टरनेशनल इन्भेष्टमेन्ट एण्ड क्यापिटल प्रालि, अरेन्ज क्यापिटल एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालि, सत्येन्द्र प्यारा श्रेष्ठ, ओम सिंह, बरुण लोहिया, प्रविण लोहीया यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । ८) इन्टरनेशनल लाइफ इन्स्योरेन्स कम्पनी शंकर लाल अग्रवाल, विष्णु प्रसाद न्यौपाने, दुर्गा प्रसाद न्यौपाने, टिकाराम न्यौपाने, शाहिल अग्रवाल, सावर मल अग्रवाल, सुशील कुमार शर्मा, जिवन कुमार अग्रवाल, अशोक कुमार बैद्य, अशोक कुमार अग्रवाल, आत्मराम मुरारका, पशुपति मुरारका, प्रदिप मुरारका, शिरिष कुमार मुरारका, शुलभ अग्रवाल यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । ९) आइएमई लाइफ इन्स्योरेन्स कम्पनी किशोर महर्जन, सृजना जोशी, फिजो नेपाली, इन्टरनेशनल मनि एक्सप्रेस प्रालि, चन्द्र प्रसाद ढकाल, निमिषा इन्भेष्टमेन्ट प्रालि, ग्लोबल बैक लिमिटेड,हेमराज ढकाल, प्रभु फाइनान्स लि, प्रभु इन्भेष्टमेण्ट प्रालि, ईश्वर प्रकाश जोशी, नविन श्रेष्ठ, संजय अधिकारी, उत्तम प्रसाद भट्टराई, जीवन कुमार अर्याल, ऋषिराम अर्याल, सुरज कुमार श्रेष्ठ, बसन्त अधिकारी, स्मृती गुरुङ्ग, पु्ष्प मान श्रेष्ठ, हरिहर ढुंगाना, धन बहादुर शेरचन, संदिप अग्रवाल, ठाकुर प्रसाद खनाल, राजेश कुमार अग्रवाल, सुनिल कुमार सिंघी, योगेश्वर ढकाल, पवन कुमार अग्रवाल, ज्ञान बहादुर जिसी, अनिता धिताल, मन्दिरा बस्नेत, सुर्योदय उर्जा प्रालि, अश्विनी कुमार आचार्य, योजना इन्भेष्टमेन्ट प्रालि, व्यास कुमार शर्मा, मनोज अधिकारी, कृष्ण कुमार श्रेष्ठ, प्रदिप कुमार अग्रवाल, हिमांशु धनावत, राजन राज डंगोल, नित्यानन्द पाण्डेय, अमर कुमार भट्टराई, सुधिर ज्ञवाली, अनिल अर्याल, माधव प्रसाद घिमिरे, राजेश कुमार जालस, कौशिल्यादेवी तुल्सियान, बद्रीनाथ गौतम, सरोजा हाडा, जानकी प्रसाद शाह, विष्णु प्रसाद उपाध्याय यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । १०) माहालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी जीवन बाबु श्रेष्ठ, राकेश अग्रवाल, अनिता मल्लीक, शशि रंजन कलवार, महालक्ष्मी फाइनान्स लिमिटेड, मोहन राज जोशी, विनिता उपाध्याय, उमेश लाल श्रेष्ठ, सरिता भट्टराई, गौरव मित्तल, बबिता कुमारी श्रेष्ठ, मोहन लाल अग्रवाल, राम चन्द्र पोखरेल, दिपक कुमार रौनियार, अनु भट्टराई, बृष बहादुर बस्नेत, मनोज कुमार, सुजन कुमार काफ्ले, सबिन देवकोटा, तारा चन्द खेतान, सुरेश सापकोटा, संगिता गिरी, अनुपमा कुमारी सिग्देल, ऋचा भट्टराई (जोशी), डेविन श्रेष्ठ, रवि कुमार टिवडेवाल, दिनेश प्रकाश बस्नेत, चन्द भट्ट, भोज राज जोशी, प्रजीत राज पराजुली, शिवजी प्रसाद शाह कलवार, गीता देवी रौनियार, मनोरंजन रमन शर्मा यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । ११) एभरेष्ट बिजी लाइफ इन्स्योरेन्स कम्पनी सिताराम प्रसाद तुल्स्यान, दिपक राज काफ्ले, पृथ्वी राजभण्डारी, शालिकराम वेल्वासे, सरिता भण्डारी, गुरु प्रसाद खतिवडा, सकला गुरुङ, सन्ध्या ढकाल यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । १२) लक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी अविन वानिया, सविन वनिया, महेद्र कृष्ण श्रेष्ठ, बबिता खेतान, चन्द्र प्रकाश खेतान, अशोक गुप्ता, म्यूच्युयल ट्रेडिङ्ग, भुवनेश्वर शाह, हिमालय सेक्यूरिटिज एण्ड फाइनान्स, हिमालय एक्जीम, निरंजन पन्त, प्रकाश शर्मा यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । १३) लाइफ इन्स्योरेन्स कम्पनी कान्तिपुर शैलेन्द्र कुमार श्रेष्ठ, दिनेश राज भट्टराइ, सिद्धी मान बस्नेत, रुप ब.खड्का, डा. मदन कुमार दहाल, विश्वकरण जैन, प्रकाश नारायण मानन्धर, सुरेन्द्र ब.सिंह, जुगल किशोर टीवडेवाला यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । १४) ग्लोबल लाइफ इन्स्योरेन्स कम्पनी बलराम न्यौपाने, उतर मान लामा, प्रा. डा. जयकृष्ण पाठक, गोबिन्द दाश श्रेष्ठ, प्रकाश मान तुलाधर, दुर्गा ब.श्रेष्ठ, राजेश काजि श्रेष्ठ, सुरेन्द्र बिर मालाकार यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् । १५) जीवनधारा लाइफ इन्स्योरेन्स विधामान राजभण्डारी, पसन्न राजभण्डारी, कृष्ण कपाली, जतन दुगडा, विकाश दुगडा, कुमद कुमार, दुगडा, विभुत गल छाजेड यस कम्पनीको प्रवद्र्धक सूचिमा छन् ।
सुपथ दरको आवास कर्जा निस्प्रभावी, भूकम्प पीडितको घरको बासमा आशा मात्रै
काठमाडौं । भूकम्प पीतितलाई घर निर्माणमा सहयोग पुर्याउने उद्देश्यले ल्याइएको सुपथ दरको आवास कर्जा कार्यक्रम प्रभावकारी हुन सकेन । भूकम्प गएको २ वर्ष भैसक्दापनि अधिकांश पीडितले उक्त सुविधा नपाएपछि यसबारे प्रश्न उठ्न थालेको हो । राष्ट्र बैंकको तथ्यांक अनुसार यो शीर्षक अन्र्तगत गत फागुनसम्म २ सय ६४ घरघुरीले ५२ करोड ६२ लाख रुपैयाँ ऋण लिएका छन् । यो संख्या अपेक्षाभन्दा निकै कम हो । सरकारी तथ्यांक अनुसार भूकम्पबाट करिब सवा ८ लाख घरमा क्षति पुगेको थियो । तीमध्ये पहिचान भएका घरघुरीो संख्या ६ लाख ३६ हजार रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको तथ्यांक छ । जसमध्ये ५ लाख ४८ हजार २ सय ५५ लाभग्राहीसँग मात्रै निजी आवास पुनर्निमाणका लागि अनुदान सम्झौता भएको छ । कान्तिपुर दैनिकबाट ।
कर फर्छ्योटका नाममा २१ अर्ब लुट, मिलेमतोमा साढे ३० अर्बमा ९० प्रतिशत छुट
काठमाडौं । सरकारले दुई वर्षअघि कर फर्छ्योटका लागि गठन गरेको कर फर्छ्योट आयोगका पदाधिकारीहरू गम्भीर आर्थिक अनियमिततामा मुछिएका छन् । कर फर्छ्योटका नाममा गठन गरेको आयोगले करिब २१ अर्ब रुपैयाँ ‘अनियमितता’ गरेको भेटिएको छ । आयोगका पदाधिकारीले ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट गरी ९ अर्ब ५४ करोड रुपैयाँमात्रै असुल्ने निर्णय गरेका हुन् । फर्छ्योटबाट मिनाहा भएको करिब २१ अर्ब रुपैयाँ सोझै अनियमितता भएको छ । महालेखा परीक्षकको कार्यालयले कर फर्छ्योटका नाममा गम्भीर अनियमितता भएको भन्दै थप अनुसन्धान हुनुपर्ने निर्णय गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि कर फर्छ्योट आयोगका बारेमा छुट्टै छानबिन गरिरहेको छ । ‘प्रारम्भिक रूपमा उजुरीमाथि छानबिन हुँदा कर फर्छ्योटमा प्रशस्त अनियमितता देखियो,’ अख्तियार उच्च स्रोतले कान्तिपुरसित भन्यो, ‘आयोगका एक महाशाखा प्रमुखको सुपरभिजनमा कर फर्छ्योट आयोगका कामकारबाहीबारे विस्तृत छानबिन भइरहेको छ ।’ अनियमितताको प्रारम्भिक पुस्ट्याइँपछि छानबिन विस्तृत चरणमा हुनेछ । २०७१ सालमा तत्कालीन अर्थमन्त्री रामशरण महतले कर फर्छ्योट आयोग गठन गरेका हुन् । चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज महतको संयोजकत्वमा गठित आयोगमा महालेखा परीक्षकको कार्यालयमा लामो समय काम गरेका चार्टर्ड एकाउन्टेन्ट उमेश ढकाल सदस्य थिए । आन्तरिक राजस्व विभागका महानिर्देशकले तोकेको सहसचिव सदस्य सचिव हुने कानुनी व्यवस्था रहेकामा महानिर्देशक चूडामणि शर्माले आफै सदस्य सचिवका रूपमा काम गरेका थिए । आयोगले आर्थिक वर्ष २०६९/७० सम्मको कर बक्यौता फर्छ्योट गर्ने अधिकार पाएको थियो । सरकारले उठाउनुपर्ने तर असुलउपर नभएको राजस्वलाई बक्यौता भएको मानिन्छ । सिद्धान्ततस् अधिकतम ‘बक्यौता’ उठाउन र नाम मात्रैको छुट दिन गठन भएको आयोगका पदाधिकारीहरूले भने निजी कम्पनीहरूलाई ९० प्रतिशतभन्दा बढी छुट दिएर नाममात्रैको बक्यौता उठाएका हुन् । करदाताले समयमै कर नबुझाउँदा लामो समयदेखि बक्यौता रहन्छ । करदाता स्वयंले नबुझाउँदा, सरकारले तोकेको करमा चित्त नबुझाई प्रशासनिक पुनरावलोकन, न्यायाधिकरण र अदालतमा विवादमा पुगेका कारण लामो समयदेखि उठ्नुपर्ने राजस्व बक्यौताको रूपमा रहन्छ । वर्षोदेखिको बक्यौता रहनुभन्दा राज्यले निर्धारण गरेको कर उठोस् भन्ने उद्देश्यले कर फर्छ्योट आयोग गठन गरिन्छ । ‘केही सांकेतिक सहुलियत दिएर लामो समयदेखिको कर उठाउनुपर्नेमा मिलेमतो गरी ठूलो परिमाणको कर मिनाहा गरियो,’ महालेखा परीक्षक कार्यालय स्रोतले भन्यो, ‘राज्यकोषमाथि यो ठूलो लुट हो ।’ आयोगमा १७२६ निवेदन परेकामध्ये १०६९ वटामाथि कारबाही गरी सम्झौता भएको छ । ४० अर्ब ८३ करोड रुपैयाँ बक्यौतामाथि निवेदन परेकोमा ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट भएको थियो । त्यसमध्ये ९ अर्ब ५४ करोड रुपैयाँमात्रै राज्यकोषमा ल्याउने निर्णय भएको छ । फर्छ्योट भएकोबाट करिब ६९ प्रतिशत राजस्व राज्यकोषबाट गुमेको छ भने ३१ प्रतिशतमात्रै आम्दानी भएको छ । करको हिसाबकिताब मिलेको अर्थात् फर्छ्योट भएको ३० अर्ब ५२ करोड रुपैयाँमध्ये करिब ९ अर्ब ७२ करोड रुपैयाँ मात्र कायम गरी बाँकी आयोग पदाधिकारीले नै अनियमितता गरेको स्रोतले जनायो । त्यो रकम बिना कुनै कारण बक्यौता भएको थियो । कर निर्धारणमा प्रश्न उठाई प्रशासनिक पुनरावलोकन, राजस्व न्यायाधिकरण वा अदालतमा कर विवाद जारी रहेको अवस्थामा बक्यौता हुनु स्वाभाविक मानिए पनि बिना कुनै कारण करदाताकै अटेरीले कर नउठ्नु लापरबाही हो । त्यस्तो प्रकृतिको राजस्व उठाउन कठोर रूपमा प्रस्तुत हुनुपर्ने आयोगका पदाधिकारीहरू आफैंले मिनाहा गरिदिएका हुन् । कान्तिपुर दैनिकबाट ।
आठ क्यासिनोले तिरेनन् राज्यलाई एक अर्ब ३२ करोड रोयल्टी, ३५ दिनमा नतिरे बन्द गरिने
काठमाडौँ । नेपालमा रहेका आठ क्यासिनोले एक अर्ब ३२ करोड ८० लाख ९४ हजार रोयल्टी सरकारलाई नतिरेको तथ्याङ्कले देखाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपाल रिक्रियशन सेन्टर प्रालिबाट ५३ करोड ५० लाख ३३ हजार, दि फुलबारी लिमिटेड पोखराले २४ करोड ६६ लाख ६४ हजार, होटल याक एण्ड यतिले ११ करोड ८७ लाख ५० हजार, अन्नपुर्ण इन्टरनेसनलले ११ करोड ६९ लाख १५ हजार र होटल एभरेस्ट लिमिटेडले १० करोड ३५ लाख ६२ हजार रोयल्टी तिर्न बाँकी छ । यसैगरी होटल मल्लले सात करोड ६५ लाख, ह्याप्पी आवर प्रालिले छ करोड ९३ लाख, होटल सोल्टीले छ करोड १३ लाख रोयल्टी तिर्न बाँकी छ । पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले रोयल्टी नबुझाएपछि बन्द गराइएका चार क्यासिनोलाई सर्वोच्च अदालतको आदेशमा पुनः सञ्चालनमा आएको जानकारी दिए । रोयल्टी बुझाउन बाँकी सबै क्यासिनोलाई ३५ दिनको म्याद दिई रोयल्टी नबुझाएमा क्यासिनो सञ्चालन बन्द गरिने भनी मन्त्रालयबाट गत चैत २४ गते पत्र बुझाइएको बताए । रकम नबुझाएका ती क्यासिनोबाट रकम उठाउन कुमारी चोक तथा तहसिल कार्यालयमा लगत कसी असुलउपर गर्न पठाइएको उनले जानकारी दिए । कुमारी चोक तथा तहसिल कार्यालयमार्फत क्यासिनोको चल, अचल सम्पत्ति रोक्का गरी असुलउपर गर्नेतर्फ आवश्यक कारवाही अगाडि बढाउन आवश्यक रहेको बताए । गृह मन्त्रालय र अर्थ मन्त्रालयको सहयोग लिएर ती क्यासिनोलाई कारबाही गर्ने तयारी भइरहेको उनले बताए । यसैबीच संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकले क्यासिनो नियमावली, २०७० बाट क्यासिनोहरूको नियमन र व्यवस्थापन गर्न सम्भव नदेखिएकाले क्यासिनो ऐन तुरुन्त तर्जुमा गरी अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । अदालतको अन्तरिम आदेशबाट सञ्चालनमा आएका तर हालसम्म क्यासिनो नियमावली, २०७० वमोजिम नियमनको दायरामा नआएका क्यासिनोहरूलाई उपयुक्त समयावधि किटान गरी उपरोक्त कम्पनीहरूले तिर्नुपर्ने रोयल्टीलगायत सम्पूर्ण वक्यौता असुलउपर गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकमा सांसदहरूले समयमै सरकारी अधिकारीहरूले तदारुकता नदेखाएका कारण ठूलो परिणाममा रोयल्टी बक्यौता भएको बताएका थिए । रासस