सेञ्चुरी बैंकको नाफा ३१ करोड, प्रति सेयर आम्दानी ११ रुपैंयाँ २४ पैसा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक बर्षको नौ महिनामा ३१ करोड ९ लाख नाफा आर्जन गरेको छ । यो नाफा बैंकले गत आवको सोही अवधीमा गरेको भन्दा ७ करोड ८५ लाखले बढि हो । गत आवको नौ महिनामा सेञ्चुरीले २३ करोड २४ लाख नाफा कमाएको थियो । ३ अर्ब ६८ करोड चुक्ता पुँजी रहेको सेञ्चुरीको जगेडा कोषमा ९३ करोड रुपैंयाँ रहेको छ । ३३ अर्ब निक्षेप संकलन गरेर ३० अर्ब कर्जा तथा लगानी गरेको छ । बैंकको ब्याज आम्दानी २ अर्ब ३ करोड छ भने ब्याज खर्च १ अर्ब २६ करोड रहेको छ । खराब कर्जा शुन्य दशमलब ५३ प्रतिशत रहेको बैंकले राइटब्याकबाट ३ करोड प्राप्त गरेको देखिन्छ । सेञ्चुरीको प्रति सेयर आम्दानी ११ रुपैंयाँ २४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२५ रुपैंयाँ २९ पैसा रहेको छ ।
सुरक्षाकर्मी, कर्मचारी, कैदीबन्दी र विदेशमा रहेका नेपालीले भाेट हाल्न नपाउने
काठमाडाैं । स्थानीय तहको निर्वाचनमा धेरै नेपाली मतदानबाट बन्चित हुँदै छन् । जो जहाँ छन् त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था नभएकाले यो निर्वाचनमा समस्या देखिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । स्थानीय तहको निर्वाचन दुई चरणमा सम्पन्न हुँदै छ । ३१ वैशाख हुने पहिलो चरणको निर्वाचनमा प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा निर्वाचन हुँदै छ । तर, निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, कैदीबन्दी र विदेशमा रहेका नेपालीले स्थानीय मतदान गर्न पाउनेछैनन् । स्थानीय निर्वाचनमा निजामती कर्मचारी एक लाखको हाराहारीमा खटिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । एक मतदान केन्द्रमा पाँच कर्मचारी खटिने र मतदाताको संख्यालाई हेरी केही थप पनि हुनसक्ने उनको भनाइ छ । यसरी निर्वाचनमा परिचालित कर्मचारीले स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउनेछैनन् । निर्वाचनमा पहिलो घेराको सुरक्षा जिम्मा नेपाल प्रहरीले पाएको छ । प्रत्यक्ष रूपमा निर्वाचनमा नखटिने सुरक्षाकर्मीले पनि मतदान गर्न पाउनेछैनन् । त्यस्तै, निर्वाचनमा सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरी पनि मतदानको अवसरबाट वञ्चित हुनेछन् । निर्वाचन प्रयोजनका लागि देशभर ७५ हजार म्यादी प्रहरी भर्ना गरिएको छ । निर्वाचनमा दोस्रो घेरामा रहेर सुरक्षा दिने जिम्मा सशस्त्र प्रहरी बलको छ । सशस्त्र प्रहरीमा करिब ३७ हजार जनशक्ति छ । यो जनशक्ति सबैले मतदानको अवसर पाउनेछैन । निर्वाचनमा खटिनेबाहेक अन्य सुरक्षामा पनि परिचालित हुने भएकाले उनीहरू मतदान गर्नबाट वञ्चित हुने भएका छन् । त्यस्तै, नेपाली सेना पनि स्थानीय तहको निर्वाचनमा खटिनेछ । तेस्रो घेरामा नेपाली सेना निर्वाचन सुरक्षामा खटिने निर्णय छ । तर, निर्वाचन सुरक्षामा खटिनेबाहेकका सैनिक पनि अन्यत्र सुरक्षामा रहने भएकाले उनीहरू मतदानबाट वञ्चित हुनेछन् । नेपाली सेनाको संख्या ९० हजारको हाराहारीमा छ । रोजगारीका लागि बिदेसिएका नेपाली पनि स्थानीय निर्वाचनमा सहभागी हुनेछैनन् । संविधानसभा निर्वाचनको वेला समानुपातिकतर्फको मतदानमा सहभागी हुन पाएका कैदीबन्दीले स्थानीय निर्वाचनमा भने मत दिन पाउनेछैनन् । मुलुकका विभिन्न जेलमा करिब २५ हजार कैदीबन्दी छन् । (नयाँ पत्रिका दैनिकबाट)
एनएलजी इन्स्योरेन्सको नाफा १२ करोड
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले नौ महिनामा १२ करोड ९७ लाख नाफा कमाएको छ । एनएलजीले गत आवको नौ महिनाको भन्दा एक करोड ९१ लाखले बढि हो । कम्पनीले गत आवको तेश्रो त्रैमासिक अवधीमा ११ करोड ६ लाख नाफा कमाएको थियो । एनएलजीको यो नाफा बिमांकिय मुल्यांकन अघिकै हो । कम्पनीले नौ महिनामा एक अर्ब १ करोड बिमा शुल्क आर्जन गरेको छ । कम्पनीको बिमालेखको संख्या १ लाख ४७ लाख पुगेको छ । एनएलजीको प्रति सेयर आम्दानी ३३ रुपैंयाँ ७७ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ २३० रुपैंयाँ २८ पैसा पुगेको छ ।
नेपाल बैंकको नाफा ९ महिनामा २ अर्ब ५१ करोड
काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा दुई अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको छ । गत बर्षको चैतमा बैंकको नाफा एक अर्ब ६४ करोड रुपैयाँ थियो । बैंकको चुक्ता पूँजी ७ अर्ब ४५ करोड छ । संचिज कोषमा २ अर्ब ७६ करोड रुपैयाँ छ । ८३ अर्ब ९५ करोड निक्षेप संकलन गरेको बैंकले ७४ अर्ब २० करोड कर्जा प्रवाह गरेको छ । बैंकको लगानी ९ अर्ब ७२ करोड रुपैयाँ छ । बैंकले खुद ब्याज आम्दानी दुई अर्ब ९० करोडबाट बढाएर चार अर्ब सात करोड रुपैयाँ पुर्याएको छ । आम्दानी ब्यापक रुपमा बृद्धि गरे पनि कर्मचारी खर्च पनि उत्तिकै बढेको छ । बैकले कर्मचारीका लागि गत वर्ष एक अर्ब ५२ करोड रुपैयाँ खर्च गरेकोमा यसपाली एक अर्ब ६८ करोड रुपैयाँ नाघेको छ । असाधारण आम्दानी १२ करोड रुपैयाँ गरेको बैंकले डुबेको ऋणमध्येबाट ३० करोड ४७ लाख रुपैयाँ राइटब्याक गरेको छ । बैंकको खराव कर्जा ३.६७ प्रतिशतबाट घटेर २.८५ प्रतिशतमा आएको छ । पूँजी कोष अनुपात ९.५५ प्रतिशतबाट बढेर १३.५२ प्रतिशत पुगेको छ । यो वर्षको नाफाबाट बैंकका सेयरधनीले बोनस सेयर पाउने भएका छन् । बैंकको प्रति सेयर आम्दानी ४५ रुपैयाँ छ ।
एन.आइ.डी.सी. डेभलपमेन्ट बैंक प्राप्ति गर्ने राष्ट्रिय वाणिज्य बैंकको निर्णय, ९ महिनामा २ अर्ब ७ करोड नाफा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एघारौं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले एन.आइ.डी.सी. डेभलपमेन्ट बैंक लि.लाई राष्ट्रिय वाणिज्य बैंकले प्राप्ति गर्ने विशेष प्रस्ताब र आ.व. २०७२/०७३ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साधारणसभालाई सम्बोधन गर्दै बैंक संचालक समितिका अध्यक्ष डा.रबीन्द्र प्रसाद पाण्डेले राष्ट्रिय वाणिज्य बैंक विश्वासनीय भएको र नेपालका बैंंकहरु मध्ये १ नम्बरको बैंक बनाउने प्रतिबद्धता ब्यक्त गरे । साधारण सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको समग्र वित्तीय अवस्था, वित्तीय क्षेत्र कार्यक्रम यता हासिल गरेको उपलब्धि तथा भावी योजनाको बारेमा आफ्नो धारण गरेका थिए । बैंकको हाल ६८ जिल्लामा १७४ वटा शाखा कार्यालय, १०६ वटा एटिएम, ८४ वटा शाखा रहित बैंकिङ्ग र ६७ वटा शाखाहरुबाट सरकारी कारोबार हुंदै आइरहेको उनले बताए । द्वन्द्वकालमा गाभिएका शाखाहरुमध्ये बैंकले हाल ५४ वटा शाखा कार्यालयहरु पुर्नस्थापना गरिसकेको छ । चालु आ.व.को तेस्रो त्रैयमास सम्म बैंकले १ खर्व ३५ अर्व निक्षेप संकलन गरी १ खर्व १ अर्व कर्जा लगानी गरि २ अर्व ७ करोड खुद मुनाफा क
स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा एक अर्ब नाघ्यो, खुद ब्याज आम्दानी मात्रै १ अर्ब ५५ करोड
काठमाडौं । स्ट्याण्ण्डर्ड चाटर्ड बैंक नेपालले नौ महिनामा एक अर्ब ६ करोड नाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधीमा भन्दा १६ करोड बढि नाफा आर्जन गरेको हो । गत आवको तेश्रो त्रैमासिकमा बैंकले जम्मा ९० करोड नाफा कमाउन सफल भएको थियो । स्ट्याण्डर्ड चाटर्ड बैंकले नौ महिनामा खुद ब्याज आम्दानी मात्रै १ अर्ब ५५ करोड पुर्याएको छ । बैंकले २ अर्ब ६ करोड ब्याज आम्दानी गरेर ५० करोड मात्रै ब्याज खर्च गरेको देखिन्छ । ३ अर्ब ७४ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ८३ करोड रुपैंयाँ रहेको छ । बैंकले खराब कर्जा पनि शुन्य दशमलब २९ प्रतिशतबाट घटाएर शुन्य दशमलब २३ प्रतिशतमा झारेको छ । बैंकको प्रति सेयर आम्दानी ३७ रुपैंयाँ ८४ पैसा छ भने प्रति सेयर नेटवर्थ २२९ रुपैंयाँ शुन्य ३ पैसा रहेको छ ।
कर नै नतिरी २६०० अर्ब डलर सम्पत्ति विदेशी खातामा जम्मा, सरकारलाई ७६७ अर्ब घाटा
नवभारतटाइम्स । एप्पल, गुगल, आइबीएम, फाइजर, पेप्सी, कोक र म्याकडोनल्ड्स जस्ता ठुला अमेरिकी कम्पनीहरुको बिदेशी खातामा बिना कर अत्याधिक रकम जम्मा रहेको खुलासा भएको छ । अमेरिकाको वासिङटनस्थित इन्स्टिच्युट फर ट्याक्स एण्ड इकोनोमिक पोलिसी (आइटीइपी)ले रिपोर्टले ती अमेरिकी ठुला कम्पनीको खातामा बिना करको २६00 अर्ब अमेरिकी डलर रहेको जनाएको छ । यो अमेरिकी कम्पनीको विदेशी खातामा रहेको सबैभन्दा ठुलो रकम हो । यसबाट अमेरिकी सरकारलाई सात सय ६७ अर्ब डलर शुद्ध घाटा पर्न आउँछ । ट्याक्स रहित सो रकम करिब एक सय ५३ मुलुकको कुल जीडीपीको बराबर रहेको छ । उक्त रकमलाई अमेरिकाको रक्षा बजेट भन्दा चार गुणा बढी रहेको भनिएको छ । सन् २०१५ मा अमेरिकी सरकारले सामाजिक सुरक्षा, खाद्य सुरक्षा, चिकित्सा सुविधाका लागि मात्र २.४५ बिलियन अमेरिकी डलर खर्च गरेको थियो । आईटीइपीका रिचार्ड फिलिप्सका अनुसार दस हजार फाइलको छानबिन गरेपछिमात्र यो सूचना प्राप्त भएको हो । अमेरिकाका पाँच सय ठुला कम्पनीमध्ये तीन सय २२ वटाले विदेशमा भारीमात्रामा सम्पती जम्मा गरेको पाइएको छ । कसरी सम्भव भयो ? त्यत्रो ठुलो रकम बिना कर विदेशी खातामा जम्मा गर्न कसरी सम्भव रह्यो । यसको एउटै उत्तर हुन्छ – अमेरिकी ट्याक्स कोड । फिलिपका अनुसार अमेरिकी ट्याक्स कोडमा एउटा विशेष प्रावधान छ, जसमा निहित रहेर ठुला कम्पनीले फाइदा उठाएका हुन्। अमेरिकी ट्याक्स कोडमा एउटा प्रावधान छ जसमा कम्पनीहरुको विदेशमा भएको कमाई जबसम्म अमेरिका फिर्ता आउँदैन तबसम्म कर लगाइदैन । टाइम्स अफ इन्डियाका अनुसार, ‘विदेशी कमाईलाई अमेरिका पठाएपछि मात्र कम्पनीहरुलाई पूरा अमेरिकी कर लगाइन्छ। यसममा पहिल्यै दिएको विदेशी करलाई घटाउने गरिन्छ।” विदेशी रकम भित्र्याउने ट्रम्पको प्रयास ठुलो रकमदेखेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा स्कीमको प्रस्ताव राखेका छन् । जसअनुसार कम्पनीहरुले विदेशी खाताको रकम अमेरिका भित्र्याउदा एकपटकमा दस प्रतिशत कर तिर्नुपर्छ । यद्दपी अमेरिकामा कर्पोरेट ट्याक्सको दर ३५ प्रतिशत छ। कम्पनीहरुलाई ट्याक्समा भारी छूट अफर दिएर देशले बेहोरेको घाटा जोगाउने उनको रणनीति रहेको छ। यसअघि स्न २००४मा पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशले पनि यस्तै स्कीम ल्याएका थिए । जसअनुसार एकपटकमा ५.२५ प्रतिशत कर तिर्नुपर्थ्यो । यद्दपी त्यो बेलामा सो योजनाले अपेक्षाकृत सफलता प्राप्त गर्न सकेन । किनभने स्वाभाविकरुपमा कम्पनीहरुले विदेशमा कर रहित रकम राख्नुको साटो थोरै दरमा कर तिर्नु उचित ठानेनन् । फिलिप्सका अनुसार यसरी विदेशमा ठुलो रकम राख्ने कम्पनीहरुको प्रवृत्ती रोक्न अमेरिकाले तुरुन्त ती रकममा कर लगाउने प्रावधान ल्याउनु जरुरी रहेको छ । ट्याक्समा छूट नपाएपछि कम्पनीहरुले आफै विदेशी खातामा रकम राख्न बन्द गर्ने उनले बताए।
८ अंकले उकालो लागेको बजारमा ५७ करोडको सेयर कारोबार, सबैभन्दा बढी स्ट्याण्डार्ड चाटर्डको
काठमाडौं । केही दिनदेखि ओरालो लागेको सेयर बजार सोमबार भने सामान्य अंकले उकालो लागेको छ । सोमबार नेप्से परिसूचक ८ दशमलब ३२ अंकले बढेर १६३७ दशमलब ३० अंकमा पुगेको छ । बजारमा ५७ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी स्ट्याण्डार्ड चाटर्ड बैंकको सेयर कारोबार भएको छ । बैंकको ८ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । सो दिन कुल १४२ कम्पनीको ९ लाख २२ हजार कित्ता सेयर किनबेच भएको छ । सामान्य अंकले बढेको बजारमा अन्य समूह बाहेक बाकी समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ६१ अंकले उकालो लागेको छ । त्यस्तै, बीमा र विकास बैंक समूहको परिसूचक क्रमशः ३८ र ११ अंकले उकालो लागेका छन् भने बाँकीको सामान्य अंकले बढेका छन् । अन्य समूहको परिसूचक भने सामान्य अंक ०.८७ अंकले ओरालो लागेको छ ।
गरिबी निवारण कोष र राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच संझौता
काठमाडौं। गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच भुकम्प प्रभावित १४ जिल्लामा जीविकोपार्जन, जीवनस्तर सुधार तथा उद्यम विकासजस्ता गतिविधिमा सहयोगको लागि सम्झौता भएको छ ।सम्झौता अनुसार कोष र प्राधिकरणबीच भूकम्प प्रभाबित १४ जिल्लामा जीविकोपार्जन, उत्थान र लघुउद्यम विकास कार्यक्रमको नमुना र कार्यान्वयनमा सहकार्य हुनेछ । प्राधिकरणले कोष तथा कोषका लक्षित समुदायहरुलाई जीविकोपार्जन र लघु उद्यम विकासका कार्यक्रम कार्यान्वयन गर्न क्षमता अभिबृद्धिका लागि आर्थिक तथा प्राविधिक सहायता र तालिममा सहजीकरण गर्नेछ । साथै प्राधिकरणले कोषलाई ती कार्यक्रम संचलनका लागी आवश्यक आर्थिक सहायता जुटाउने भएको छ । सम्झौता अनुसार १४ जिल्लामा कोषले प्राधिकरणको जिल्ला समन्वय समितिसँग काम गर्नेछ । यस्तै कोषले तालिम दिएका सिकर्मी, डकर्मी तथा अन्य प्राविधिक कर्मचारीलाई प्राधिकरणले पुनर्निमाण सम्बन्धी काममा लगाउने भएको छ । “यस सम्झौताले १४ जिल्लामा हुने कार्यक्रम तथा गतिविधिमा गरिबी निवारण तथा पुनर्निमाणका मुद्धामा सकारात्मक नतिजा आउने कोषका कार्यकारी निर्देशक नहकुल केसीले भने । रासस
१० महिनामा साढे ४७ प्रतिशत खर्च, दैनिक आठ अर्ब ४७ करोड खर्चनु पर्ने चुनौति
महालेखा कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा ३० दशमलव ३६ मात्र पुँजीगत खर्च भएको छ । कुल बजेटको ४७ दशमलव ४६ प्रतिशत खर्च भएपनि पुँजीगत खर्च भने जम्मा ९४ अर्ब ६९ करोडमात्र खर्च भएको हो । सरकारले चालु आवको लागि १० खर्ब ४८ अर्ब ९२ करोडको बजेट ल्याएको थियो । तर, यो अवधिमा आइपुग्दा ४ खर्ब ५१ अर्ब ६९ करोडमात्र खर्च भएको छ । अब दुई महिनाको अवधिमा सरकारले कुल बजेटको ५२ प्रतिशतभन्दा माथि खर्च गर्नुपर्ने देखिएको छ । यसरी हालसम्म भएको खर्चलाई हेर्ने हो भने अबको वाँकी ६५ दिनमा ५ खर्ब ५१ अर्ब ८ करोड अर्थात दैनिक ८ अर्ब ४७ करोड खर्च गर्नुपर्ने देखिन्छ । ठूला पुँजी विनियोजन भए परियोजनामा खर्च हुन नसक्दा सरकारलाई समय सीमाभित्र विनियोजित बजेट खर्च गर्ने चुनौती थपिएको हो । काठमाडौं तराई–मधेस दु्रतमार्गका लागि चालु आवमा १० अर्ब रुपैयाँ विनियोजन गरेपनि दोसौ चौमाससम्म जम्मा ६ प्रतिशतमात्र खर्च खर्च भएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बारामा लागि साढे एक अर्ब छुट्याएकोमा करिब २ प्रतिशतमात्र खर्चिएको छ । पश्चिम सेती जलविद्युत् आयोजनाको कुनै काम अघि बढ्न सकेको छैन । पुँजीगत खर्च हुन नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थ मन्त्री कृष्णवहादुर महराले असार मसान्तसम्म जसरी पनि ८० प्रतिशत पुँजीगत खर्च सबै विकासे मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् । विकासे मन्त्रालयहरूले वाँकी दिनमा युद्धस्तरमा काम गरेर खर्च बढाउन निर्देशन दिइसकेका छन् । साथै उनले यस वर्ष ४० प्रतिशत खर्च कटाउन नसक्ने विकासे आयोजन अर्को वर्षदेखि बजेट नदिने बताएका छन् । अर्थ मन्त्रालयले विभिन्न चरणमा विकासे मन्त्रालयका सचिवहरूसँगको छलफलमा वैशाखसम्म ८० प्रतिशत प्ँजीगत खर्च गरिसक्न निर्देशन दिएको थियो । तर, अहिलेसम्म कुल पुँजीगत खर्च ३ खर्ब ११ अर्बको एक तिहाइ पनि हुन सकेको छैन । हुनत नेपालमा आवको अन्तिम दुई महिनामा ६० प्रतिशतभन्दा बढी खर्च गर्ने परिपाठी छ । अझ यस वर्ष त बजेटपछि आएको नयाँ सरकारले आफूले काम गरेको देखाउन तथा पुँजी खर्च बढाउन अन्धाधुन्दा खुद्रे आयोजनामा रकम विनियोजन गरिरहेको छ ।
किन टेण्डर गरिएन २ अर्ब ८ करोडको एलइडी बल्ब खरिदमा ? कुलमान घिसिङको बयान
कुलमान घिसिङ, प्रबन्ध निर्देशक, नेपाल विद्युत प्राधिकरण नेपाल सरकार मन्त्रिपरिषद्को २०७४/०१/२१ गतेको् बैठकले विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि भारत सरकारको स्वामित्वमा रहेको इनर्जी इफिसियन्सी सर्भिस लिमिटेड(इइएसएल)कम्पनीसँग नौ वाटका दुई करोड लिड बल्ब खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई सैद्धान्तिक सहमति दिएको छ । प्राधिकरणले सार्वजनिक खरिद ऐन २०६३ (पहिलो संसोधन २०७३) को दफा ४१ घ २ तथा नियमावलीमा भएको व्यवस्था अनुसार उपयुक्त खरिद प्रक्रिया अवलम्वन गरि पारदर्शीरुपमा बल्बको खरिद अगाडि बढाउने छ । लोडसेडिङ व्यवस्थापनका लागि दुई मुलुकबीचका सरकारी निकायबीच पारदर्शीरुपमा लिड बल्ब खरिद गर्न लागिएकाले यसमा कुनै अनियमितको आशंका नगर्न आग्रह गर्दछौं । ऊज्यालो नेपाललाई साकार बनाउन र औद्योगिक लगायत अन्य क्षेत्रको लोडसेडिङ अन्त्यका लागि एलइडी बल्ब प्रयोगमा ल्याउन लागिएको हो । नेपाल भारत सरकारका सचिव स्तरीय बैठक जोइन्ट स्टिरिङ कमिटीको २७ र २८ जुन २०१६ मा नयाँ दिल्लीमा सम्पन्न तेस्रो बैठकले इइएसएल मार्फत नेपालमा एलइडी बल्बको प्रयोग गर्ने कार्यक्रम विस्तार गर्न सकिने निर्णय गरेको थियो । कम्पनीले बल्बको भारतमा उपलब्ध गराएको रेटमा नै नेपालमा उपलब्ध गराउने परराष्ट मन्त्रालयमार्फत नेपाल विद्युत प्राधिकरणमा प्रस्ताव पठाएको थियो । नेपालका माननीय ऊर्जा मन्त्रीको भारत भ्रमणमा भारतीय समकक्षीसगको भेटमा समेत नेपालको लोडसेडिङ व्यवस्थापनका लागि लिड बल्ब उपलब्ध गराउने विषययमा सहमति भएको थियो । कम्पनीले भारतीय बजार मूल्यमै नेपाललाई बल्ब उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । इइएसएलले परराष्ट्र मन्त्रालयमार्फत पठाएको प्रस्ताव उपर छलफल गरि दुई करोड बल्ब उपलब्ध गराउने सम्बन्धी समझदारी प्राधिकरण र कम्पनीबीच २०७३÷१२÷११ सम्पन्न भएको थियो । कम्पनीले बल्ब आपूर्ति गर्ने र उपभोक्तालाई आफैले बिक्री गर्ने प्रस्ताव गरेको थियो । तर, कम्पनीले नै बिक्री गर्दा महंगो परि उपभोक्तामाथि वित्तिय भार पर्ने देखिएपछि कम्पनीसँग बल्ब खरिद मात्रै गर्ने र यसको सम्पूर्ण बिक्री प्राधिकरणले गर्ने गरि समझदारी भएको थियो । बिक्री व्यवस्थापनका लागि कम्पनीले सफ्टवेर समेत उपलब्ध गराउने छ । साँझ र बिहानको बढ्दो विद्युतको माग व्यवस्थापनमा सुधार गरि जलविद्युत गृहको अधिकतम उपभोग गर्न माग पक्ष व्यवस्थापनको एउटा उपायका रुपमा एलइडी बल्ब खरिद गर्न लागिएको हो । वत्ति प्रयोगको कारणले साँझको पिक लोड बढ्ने हुँदा लिड बल्बको प्रयोग माग पक्ष व्यवस्थापनको उपयुक्त उपाय हो । अहिले प्राधिकरणका करिव ३५ लाख ग्राहकले वत्तिका लागि साधारण बल्ब र सिएफएल बल्ब प्रयोग गरिरहनु भएको छ । यसलाई एलइडी बल्बले प्रतिस्थापन गर्न सकिएमा पिक लोड व्यवस्थापन गर्न ज्यादै सहज हुने देखिएको छ । यदि औसतमा प्रति घरधुरी १८ वाटको सएफएल र ६० वाटको साधारण बल्ब प्रयोग गरेको कारणबाट ३८१ मेगावाट पिक लोड हुन आउछ । यसको सट्टा ९ वाटको लिड बल्ब प्रयोग गर्दा २०१ मेगावाट पिक लोडमा बचत हुन जाने देखिन्छ । जबकी २०१ मेगावाटको जलविद्युत आयोजना बनाउन करिव ४० अर्ब रुपैया र समय कम्तीमा पनि पाच वर्ष लाग्छ । विद्युत माग व्यवस्थापन गरि लोडसेडि अन्त्यका लागि तत्काल गर्न सकिने लिड बल्बको प्रयोग नै हो । त्यस्तो एलइडी बल्ब ४ घण्टा बल्दछ भन्ने मान्दा वार्षिकरुपमा २९३.४६ गिगावाट आवर ऊर्जा बचत हुने देखिन्छ । २ करोड बल्बको भारतीय सीमामा ६५ भारु (१०४नेरु) पर्छ । भन्सार, मुल्य अभिबृद्धि कर र भन्सार महसुल पूरै छुट तथा प्राधिकरणको सेवा शुल्कलाई १० प्रतिशतले हिसाव गर्दा लागत खर्च २ अर्ब ३२ करोड हुन आउछ । सरकारले भन्सार र मुल्य अभिबृद्धी कर छुट नदिने निर्णय गरेको छ । एलइडी बल्बको प्रयोगबाट प्राधिकणलाई पिकलोड तथा इनर्जी खपतमा कमी आई सो बराबरको उत्पादन गरेर ऊर्जा बचत हुने छ । साधारण चिमभन्दा लिड बल्ब प्रयोग गर्दा विद्युत महसुलमा कमी आई ग्राहकलाई समेत फाइदा हुने छ । लिड बल्बमा जस्तो मर्करीको प्रयोग नहुने भएकाले वातावरणीय दृष्टिले अनूकुल छ । हाल फिलिप्स लिड बल्बको बजार मुल्य ३५० रुपैयाभन्दा बढी पर्छ । यसको तुलनामा प्राधिकरणले सहुलितरुपमा र किस्ताबन्दीमा समेत बल्बको रकम भुक्तानी गर्न पाउने हुदा उपभोक्ताका लागि समेत आर्थिकरुपमा फाइदा जनक छ । यसले समग्र अर्थतन्त्रै सकारात्मक प्रभाव पार्ने छ । इइएसएलले प्रख्यात कम्पनीहरु फिलिप्स र ओस्रामका एलइडी बल्ब उपलब्ध गराउने छ । बल्वको पावर फ्याक्टर ०.९५ भन्दा बढी रहने र उर्जा दक्षता सत प्रतिशत हुने भएकाले बजारमा पाउनेभन्दा गुणस्तरीय छन् । इइएसएलले तीन वर्षको वारेन्टीसहित बल्ब उपलब्ध गराउने छ । अर्थात तीन वर्षमा बिग्रिएमा इइएसएलले बल्बको प्रतिस्थापन गरिदिने छ । लिड बल्ब ५० हजार घण्टासम्म चल्छ । ठोकिएमा अथवा झरेमा लिड बल्ब फुट्दैन । त्यसैले इइएसएलले उपलब्ध गराउने लिड बल्ब बजारमा पाउने भन्दा उच्च गुणस्तरका छन् । साँझ र विहान विद्युतको अत्याधिकम माग पूर्ति गर्न लिड बल्ब प्रयोगमा ल्याउन सकिएमा पिक लोड कम हुने, लोड फ्याक्टर बढ्ने र विद्युततको माग व्यवस्थापन एवं सन्तुलन गर्न सहज हुने छ । तुलनात्मक अध्ययन ने.वि.प्रा. को कूल ग्राहक संख्या -३१,१५,००० ने.वि.प्रा. ले २ करोड ९ वाटको एलइडी वल्व वितरण गर्ने कार्यक्रम रहेको छ । १,९५,००,००० ग्राहकहरु १८ वाट सिएफएल र ५,००,००० ग्राहकहरु ६० वाटको इनक्याण्डिसेन्ट वल्व प्रयोग गर्छन् । २ करोड थान एलइडी वल्वहरु वितरण गरी इनक्याडिसेन्ट र सिएफएल बल्ब विस्थापन गर्दा पिकलोड समयमा उच्चतम माँगमा कमि आउने र २०१ मेगावाट बिजुली बचत हुन्छ । २०१ मेगावाटको पिकिङ प्रोजेक्ट बनाउन ४० अबरु लाग्छ जुन सिधै बचत हो । एलइडी बल्ब खरिदका लागि खर्च भएको रकम १० महिनामा उठिसक्ने हाम्रो प्रक्षेपण छ ।
मेगा बैंकको नाफा ५४ करोड, निक्षेप ६ करोडले घट्यो
काठमाडौं । मेगा बैंक नेपालले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३२ करोड २८ खाल रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षमा भन्दा बैंकको नाफा करिव ७० प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको सेयर पुँजी करिव ६० प्रतिशतले वृद्धि भएको छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ५८ करोड रुपैयाँ छ । संचित तथा जगेडा कोषमा १ अर्ब २ करोड रुपैयाँ छ । यस त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८४ पैसा छ । रिर्टन अन इक्वीटी १५ रुपैयाँ ५९ पैसा छ । चैत मसान्तसम्ममा बैंकले ३८ अर्ब ४४ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । पुस मसान्तको तुलनामा चैत मसान्तमा बैंकको निक्षेप ६ करोडले घटेको छ । त्यस्तै कर्जा सापटी ३४ अर्ब ९३ करोड प्रवाह गरेको छ । बैंकले विभिन्न सेयर तथा ऋणपत्रमा ५ अर्ब ३८ करोड रुपैयाँ लगानी गरेको छ ।
६ करोड ४८ लाख खर्चेर नेपाल औषधी लिमिटेडले थाल्यो जिवन जलको उत्पादन
काठमाडौं । नेपाल औषधी लिमिटेडले ६ करोड ४८ लाख खर्चेर जिवन जलको उत्पादन आरम्भ गरेको छ । उद्योग मन्त्री नविन्द्रराज जोशीले एक कार्यक्रमका बिच उत्पादन आरम्भ भएको घोषणा गरेका हुन् । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधी उद्योग लिमिटेड केही समयदेखी बन्द अवस्थामा थियो । विश्व स्वास्थ्य संगठनले तय गरेको कुशल निर्माण विधि(जिएमपी) शुरु गर्नको लागि नेपाल सरकारको तर्फबाट १४ करोड ६५ लाख रुपैया ऋण स्वरुप नेपाल औषधी लिमिटेडलाई उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार पहिलो चरणमा साढे ६ करोडको लागतमा जिवनजल उत्पादन आरम्भ गरिएको हो । आगामी ३ महिना भित्र सिटामोल लगाएत नन पेनिसिलिन गु्रपका ट्यावलेटहरु उत्पादन गरी बजारमा पु¥याउने लक्षका साथ नविकरण र आवश्यक मेशिनहरु खरिद गर्ने कार्यको ठेक्का सम्झौता गरी द्रुत स्तरमा कार्य अगाडी बढिरहेको छ । दोस्रो चरणमा नेपाल औषधी लिमिटेडले अत्यावश्यक र बजारमा खपत बढि भएका १५ भन्दा बढि प्रकारका नयाँ औषधी समेत उत्पादन गर्ने लक्ष्य लिई सो अनुरुप कार्य अगाडी बढाएको छ । यसैगरी तेस्रो चरणमा उद्योगले क्याप्सुल, पेनिसिलिन गु्रपका औषधी, झोल तथा मलमहरु उत्पादन गर्ने र इन्ट्राभेनस फ्ल्युड(आइभिएफ) शाखा समेत संचालनमा ल्याई स्लाईन तथा हेमोडायलायसिस फ्ल्युड जस्ता अति आवश्यक औषधीहरुको उत्पादनलाई समेत अगाडी बढाउने प्रष्ट कार्यसूचीका साथ अगाडी बढिरहेको छ । राष्ट्रिय स्वास्थ्य नीति २०७१ को उद्धेश्य अनुरुप स्वास्थ्य मन्त्रालय सँग समन्वय गरी नेपाल सरकारबाट निशुल्क वितरण गरिने ७० प्रकारका औषधी तथा नेपाल सरकारले सूचिकृत गरेका अत्यावश्यक औषधीहरु नेपाल औषधी लिमिटेडबाट उत्पादन गरी नेपाल सरकारलाई उपलब्ध गराउने गरी कार्य योजना अगाडी बढाउने दिशामा काम भैरहेको उद्योग मन्त्री जोशीले बताए । नेपाल औषधी लिमिटेडको स्थापना २०२९ सालमा भएको थियो । विगतमा नेपाल औषधी उद्योगले १२० थरिका औषधीहरु उत्पादन गरी बजारमा विक्री गर्दै आईरहेको थियो । २०६६ साल देखि सो औषधी उद्योग पूर्ण रुपमा वन्द अवस्थामा रहेको थियो ।
नेप्से परिसूचक दोहोरो अंकले ओरालो, ६९ करोड माथीको सेयर कारोबार
काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । आइतबार पनि नेप्से परिसूचक २४ दशमलब २० अंकले ओरालो लागेर १६२८ दशमलब ९ड अंकमा झरेको छ । बजारमा परिसचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । सो दिन बजारमा जम्मा ६९ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १४१ कम्पनीको ९ लाख ९९ हजार कित्ता सेयर किनबेच भएको छ । आइतबार दुई समूहको परिसूचक उकालो लागेका छन् । उत्पादनमूलक र अन्य समूहको परिसूचक क्रमशः ५ र ०.२९ अंकले उकालो लागेका हुन् । त्यस्तै, कारोबार भएका बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ११२ अंकले ओरालो लागेको छ ।
कर छलीमा सक्रिय बन्दै व्यवसायी, छलेको करबाटमात्रै एक अर्ब ३३ करोड उठ्यो राजस्व
काठमाडौं । राजस्व अनुसन्धान विभाग चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ सय १८ मुद्दाबाट १ अर्ब ३३ करोड रुपैयाँ कुल राजस्व असुली गरेको छ । गएको वर्षको सो अवधिमा विभागले भ्याट, अन्तःशुल्क, आयकर र राजस्व भन्सार छलीका मुद्दाबाट ६२ करोड ६४ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । विभागको तथ्यांकले मूल्य अभिवृद्धि कर (भ्याट) छली ह्वात्तै बढेको देखाएको छ । चालू आर्थिक आवको ९ महीनामा विभागले भ्याट छलीका मुद्दाबाट ८० करोड २४ लाख रुपैयाँ असुली गरेको छ । विभागको तथ्यांकअनुसार गत आवको सोही अवधिमा भ्याट छलीमा मुद्दाबाट १६ करोड २६ लाख रपैयाँ असुली भएको थियो । असुली भएको राजस्वमा भन्सार र भ्याट छलीबाहेक चार करोड ४१ लाख अन्तःशुल्क, १६ करोड २१ लाख आयकर र ३ करोड १६ लाख अन्य शीर्षकको रहेको बताइएको छ । चैत महीनामा मात्र भ्याट छली मुद्दाबाट ४ करोड ९८ लाख रुपैयाँ राजस्व असुल विभागको तथ्यांकले देखाएको छ । अस्थिर राजनीति र राज्यको कमजोर कार्यप्रणालीले भ्याटलगायतका कर छली बढेको विभागले बताएको छ । चैत महीनासम्ममा भ्याट र भन्सार छलीबाहेक १६ करोड २१ लाख आयकर र ४ करोड ४१ लाख रुपैयाँ अन्तःशुल्क राजस्व प्राप्त भएको छ । राजस्व अनुसन्धान विभागमा चालू आवमा दर्ता भएका पाँच सय सात र अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका १ सय ३६ भन्सारसम्बन्धी मुद्दा थिए । त्यसबाहेक विभाग आएका १ सय २५ ओटा भन्सारसम्बन्धी र २ सय २७ ओटा विदेशी विनिमयसम्बन्धी मुद्दा अनुसन्धानको क्रममा प्राप्त भएको छ । चालू आवको चैत महीनासम्ममा विभागमा विदेशी विनिमयसम्बन्धी ४३ मुद्दा परेका छन् भने १ सय ८४ मुद्दा अघिल्लो आवबाट जिम्मेवारी सरेर आएको छ । उजुरी आएकामध्येका विदेशी विनिमयसम्बन्धी ४३ मुद्दालाई भने विभागले अदालती प्रक्रियामा पठाएको छ ।
डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा ढकालको अध्यक्षतामा नयाँ नेतृत्व
काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा मुक्तिनाथ डेभलपमेन्ट बैंककका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल निर्वाचित भएका छन् । ढकालले सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र पौडेललाई ५ मतले पराजित गर्दै अध्यक्ष निर्वाचन जितेका हुन् । ढकालले २२ मत पाएका थिए भने पौडेलले १७ मत पाएक थिए । ४० मत खसेको निर्वाचनमा १ मत बदर भएको थियो । एसोसिएसनको शुक्रबार सम्पन्न साधारणसभाले २ बर्षे कार्यकालका लागि अध्यक्षसहित ११ सदस्यीय नयाँ कार्यसमिति चुनेको हो । अध्यक्ष, महासचिव र कोषध्यक्ष पदमा निर्वाचन भएको थियो भने अन्य पदमा निर्विरोध भएको थियो । प्रथम उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाल र द्धितिय उापध्यक्षमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल निर्विरोध निर्वाचित भए । महासचिवमा भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल निर्वाचित हुँदा एक्सल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल पराजित भए । फेवा विकास बैंकका रेशम थापा सचिव चुनिएक छन भने उनले मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी वस्तीलाई हराएका थिए । कोषाध्यक्षमा भने तिनाउ विकास बैंकका प्रदिप श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरुमा कन्काई डेभलपमेन्ट बैंकका सीइओ प्रकाश बज्राचार्य, सिन्धु विकास बैंकका सीइओ सञ्जिब प्रधान, वेस्टर्न डेभलपमेन्ट बैंक सीइओ खिमबहादुर जीसी, कञ्चन डेभलपमन्ट बैंकका सीइओ बिरुराम जैशी र साहारा डेभलपमेन्टका निमित्त सिइओ अजितकुमार झा निर्विरोध निर्वाचित भएका हुन् ।
ओप्पोको सेल्फी एक्स्पर्ट एफथ्री सार्वजनिक, मूल्य ३५ हजार, के छ नयाँ आकर्षण ?
काठमाडौं । क्यामेरा फोन ब्राण्ड ओप्पोले गु्रप सेल्फी ट्रेण्डलाई थप सुदृढ बनाउने सोचका साथ नेपालमा नयाँ सेल्फी एक्स्पर्ट एफथ्री र एफथ्री प्लसल सार्वजनिक गरेको छ । मध्यम बर्गिय उपभोक्ता लक्षित एफथ्रीको मूल्य कम्पनीले ३५ हजार ४८० रुपैयाँ निर्धारण गरेको छ । एफथ्री प्लस पछि सार्वजनिक गरिएको यो फोन डुअल फ्रण्ट क्यामेरासहित गु्रफ सेल्फी पुस्ता लक्षित दोस्रो फोन हो । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा दुबै फोन अभिनेता राजेश हमालले सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको नयाँ फोन एफथ्रीमा डुअल फ्रण्ट क्यामेरा उपलब्ध छ । एकल सेल्फीका लागि फोनमा १६ मेगा पिक्सेल र गु्रप (सामुहिक) सेल्फीका लागि वाइड एङ्गल लेन्स सहितको क्यामेरा जडान गरिएको छ । कम्पनीका अनुसार नेपाली बजारमा बैशाख २३ देखि फोन उपलब्ध छ । ‘ओप्पोका लागि उपभोक्ताको खुशी र सन्तुष्टि सँधै प्राथमिकताको विषय हो । प्राविधिकरुपमा नवप्रबर्तनात्मक, उत्कृष्ट तथा गुणस्तरिय उत्पादन पस्कँदै हामी फ्रण्ट क्यामेराको माध्यमबाट आफ्ना उपभोक्तालाई हर क्षण रमाउँदै अनुभव संगाल्न र साँच्दै एकताको सुत्रमा बाँध्न चाहान्छौँ’ ओप्पोको नेपालका लागि प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने । प्रमुख कार्यकारी अधिकृत जोनी जीका अनुसार ‘एउटा सेल्फी, अर्को गु्रप सेल्फीका लागि’, एफथ्रीमा रहेको डबल भ्यू गु्रप सेल्फी क्यामेराले साधारण सेल्फी क्यामेराको तुलनामा दूई गुणा बढी फिल्ड अफ भ्यू दिने क्षमता राख्छ । फोनमा रहेको सीक्सपी लेन्सले न्यूनतम छवि विकृति (इमेज डिस्टोर्सन)का साथ उच्च श्रेणीका व्यवसायिक गुणस्तरका तस्विर लिन सघाउँछ । यसले गर्दा प्रयोगकर्ताले सर्वोत्कृष्ट गुणस्तरका ग्रुप सेल्फी लिन सक्छन् । एकल वा ब्यक्तिगत सेल्फीका लागि एफथ्रीमा १६ मेगा पिक्सेल रिजोल्यूशन, १÷३ इञ्च सेन्सर र ठूलो एफ÷२.० एपर्चरको फ्रण्ट क्यामेराको ब्यवस्था गरिएको छ । कम्पनीले केही समय अगाडी उपलब्ध गराएको एफवान एसका तुलनमा कार्यक्षमता र गुणस्तरका सवालमा कम्पनीले यसमा थप सुधार गरेको छ । चहकिलो पृष्ठभूमी (ब्याकग्राउण्ड) भएका स्थानमा समेत यो क्यामेराले तस्विरमा उपयुत्त, प्रकाश समायोजन गर्दै प्राकृतिक तस्विर लिन सघाउँछ । फोनमा रहेको क्यामेराले कम प्रकाश भएका स्थानमा समेत जीवन्त र स्पष्ट तस्विर लिन सकिन्छ । ओप्पोले नयाँ क्यामेरामा स्मार्ट फेसियल रिकग्निशन ब्यूल्ट इन रुपमा उपलब्ध गराएको छ । यसले तस्विर खिच्ने समयमा क्यामेराको फ्रेममा ३ जना भन्दा बढी मानिसको उपस्थिती देखिएमा गु्रप सेल्फी मोडको प्रयोगका लागि प्रयोगकर्तालाई सजग गराउँछ । यसमा उपलब्ध गरिएको क्यामेराको माध्यमबाट प्रयोगकर्ताले एकै हातको प्रयोगले समेत नहल्लिने गरी उत्कृष्ट तस्विर खिच्न सक्छन् । ओप्पो एफथ्रीमा १३ मेगापिक्सेल क्षमताको १/३ ईञ्च सेन्सर जडान गरिएको छ । यसले प्रकाश सम्वेदनशिलतालाई बढावा दिँदै रात्रीकालिन समयमा समेत उत्कृष्ट कार्य क्षमता प्रदर्शन गर्ने कम्पनीले जानकारी दिएको छ । फोनमा रहेको पीडीएएफ प्रविधिले आवश्यकता अनुसार चाहिने बित्तिकै तस्विर लिन सक्छन् । नयाँ फोन एफथ्रीमा रहेको क्यामेराले चलायमान विषयको समेत आरामले फोकस गरी उत्कृष्ट तस्विर खिच्न सक्छ । यसले गर्दा आफूले इच्छाएको समय फोनमा तत्काल कैद गर्न सकिन्छ । तस्विरमा थप सुधारका लागि ओप्पोले उपलब्ध गराउँदै आएको ब्यूटिफाइ ४.० दुबै सेल्फि क्यामेरा तथा रियरमा समेत उपलब्ध गरिएको छ । यसको सहायताबाट प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार ईफेक्टको प्रयोग गर्दै तस्विर लिन सक्छन् । सेल्फीलाई सहज तथा रमाइलो अनुभवका रुपमा स्थापित गर्न कम्पनीले हत्केला देखाएकै भरमा सेल्फी खिच्न सघाउने पाल्म शटर लगायत फिचर पनि फोनमा उपलब्ध गराएको छ । यस्तो छ प्राविधिक पक्ष ओप्पो एफथ्रीमा कम्पनीले कलरओस ३.०द्वारा शक्ति प्रदान गरिएको ओक्टा–कोर प्रोशेसर, चार जीबी ¥याम र ६४ जीबी रोम उपलब्ध गराएको छ । फोनमा रहेको ट्रिपल स्लोट कार्ड ट्रेमा दूई ओटा नानो सिम कार्ड र एउटा माइक्रो एसडी कार्डको प्रयोग गर्न सकिन्छ । एफथ्रीमा कम्पनीले ३ हजार २ सय एमएएच क्षमताको ब्याट्री जडान गरेको छ । कम्पनीले गरेको परिक्षण (रियल लाइफ साइम्यूलेशन टेष्ट)मा ब्याट्रीले निरन्तर १५ घण्टा काम गरेको बताइकएको छ । तसर्थ, यात्रामा निस्कँदा वा अन्य दैनिक क्रियाकलापमा ब्याट्री सक्किने डरका कारण पावर बैंक लगायत बोकेर हिड्नुपर्ने झञ्झटबाट छुटकारा प्राप्त हुन्छ । कम्पनीले ब्यक्तिगत गोपनियता र सुरक्षाका लागि समेत विशेष ध्यान दिएको छ । तिनका लागि फोनमा कम्पनीले अत्याधुनिक सलिड स्टेट फिङगर प्रिण्ट रिडर उपलब्ध गराएको छ । प्रयोगकर्ताले यसमा हल्का रुपमा औला हाल्दा फोन सहजै अनलक हुन्छ । फोनमा प्रयोग गरिएको हाइड्रोफोबिक मेम्ब्रेनले उपभोक्ताको औँलामा आद्र्रता भएको अवस्थामा समेत फिङ्गर प्रिण्टको सफल पहिचान गर्न सघाउँछ । आकर्षक र उपयुक्त डिजाइन मात्र ५ दशमलव ५ इञ्चको पातलो तथा हल्का वजन भएको एफथ्री हातमा बोक्न सहजता होस् भन्ने कुरालाई विशेष ध्यानमा राखि निर्माण गरिएको फोन हो । फोनमा रहेको मेटल ब्याक प्यानलले धुलो टाँस्नबाट जोगाउनुका साथै आरामदायी ग्रिप प्रदान गर्छ । निकै आकर्षक बनोट सहितको फोनमा रहेको इन सेल एफएचडी प्रविधिले फोनमा रहेको स्क्रिनलाई साधारण स्क्रिनका तुलनामा १/४ भागले पातलो बनाएको छ । यसले फोनको स्क्रिनमा देखिन दृष्य थप जिवन्त तथा उज्यालो बनाउन सघाव पुर्याउँछ । सुर्यको प्रत्यक्ष प्रकाश भएका स्थानमा समेत यो स्क्रिनले राम्रो प्रदर्शन गर्ने क्षमता राख्छ । ओप्पोले नेपाली बजारमा एफथ्रीलाई गोल्ड, रोज गोल्ड र कालो रङमा उपलब्ध गराउने जानकारी दिएको छ । नयाँ मोवाइल सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि ओप्पोको आधिकारिक कम्पनी टेलिसेल प्रालिका प्रबन्ध निर्देशक सुनिल कुमार अग्रवालले नेपाली बजारमा छिट्टै ओप्पो दोस्रो ठूलो ब्राण्ड बन्ने बताए ।
युटिएललाई अप्टिकल फाइबर बिछ्याउन २ अर्ब १ करोडको ठेक्का दिने निर्णय विरुद्ध संसदिय समितिमा उजुरी
काठमाडौं । १३ बर्षदेखि घाटामा रहेको युनाइटेड टेलिकम लिमिटेड(युटिएल)लाई २ अर्ब १ करोडको ठेक्का निर्णय नेपाल दुर सञ्चार प्राधिकरणको निर्णय विरुद्ध संसदिय समितिमा उजुरी परेको छ । व्यवस्थापिका संसदको विकास समितिमा युटिएललाई प्रदेश नम्बर ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउन दिने निर्णय विरुद्ध उजुरी परेको हो । ‘युटिएललाई अप्टिकल फाइबर दिने निर्णय विरुद्ध समितिमा उजुरी आएको छ, हामीले प्रारम्भिक छलफल भएको छ, चुनावपछि छलफल हुन्छ’, विकास समितिका एक कर्मचारीले विकासन्युजसँग भने । प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार एनसेल भन्दा ७० करोड र वल्ड लिंक भन्दा ५० करोड कममा आवेदन दिएकाले युटिएललाई ठेक्का परेको हो । १५ बर्ष अघि सञ्चालनमा आएको युटिएल पछिल्लो १३ बर्षदेखि बार्षिक करोडौँ रुपैंयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक बर्षमा मात्रै कम्पनीले ७३ करोड ३५ लाख नोक्सानी व्यहोरेको वित्तिय प्रतिवेदनले देखाउँछ । आव २०६५/६६ मा त झन यो कम्पनी करिब एक अर्ब नोक्सानीमा गएको थियो । बर्षेनी घाटामा गएको र पुर्व सम्झौता अनुसार सेवा समेत सञ्चालन गर्न नसकेको युटिएललाई गत भदौ २० गते दूरसञ्चार सेवाको एकीकृत अनुमतिपत्र (युनिफाइड लाइसेन्स) दिइएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अघि भारतीय लगानीको युटिएललाई युनिफाइड लाइसेन्स दिइनु आफैंमा संकास्पद रहेको आरोप लागिरहेको छ । पुरानो सेवा प्रभावकारी रुपमा सुचारु नगरेको र युनिफाइड लाइसेन्स अनुसार सेवा विस्तारको काम अघि नबढाएको भन्दै प्राधिकरणले प्रगति प्रतिवेदन मागेको छ । एक बर्षभित्र ४४ जिल्लामा सेवा विस्तार गर्ने भन्दै युनिफाइड लाइसेन्स लिएको कम्पनीले हालसम्म काम अघि बढाएको छैन । कम्पनीमा जम्मा २३ जना कर्मचारी मात्रै कार्यरत छन् । तीमध्ये प्राबिधिक २० र अप्राबिधिक ३ जना मात्रै छन् । कम्पनीको चुक्ता पुँजी भने दुई अर्ब १५ करोड रुपैया रहेको छ । गत आवमा कम्पनीले जम्मा नौ करोड ५९ लाख मात्रै कारोबार गरेको देखिन्छ । कम्पनीको ग्राहक संख्या पनि पाँच लाख ९८ हजार ८ सय ३६ मात्रै रहेको छ । युटिएलमा भारतको महानगर टेलिफोन निगम लिमिटेडको २६.६८ प्रतिशत, टेलिकम्युनिकेसन कन्सल्ट्यान्ट इन्डिया तथा टाटा कम्युनिकेसनको समान २६ दशमलब ६६ प्रतिशत र नेपाल भेन्चर्स प्रालिको २० प्रतिशत सेयर छ । ‘निरन्तर घाटामा रहेको र पुर्व सम्झौता अनुसार सेवा प्रवाह नगरेको तथा प्राबिधिक क्षमता समेत न्युन रहेको कम्पनीलाई राज्य कोषको त्यति मोटो रकम दिने कुराबारे छानविन हुन्छ’, समितिका ती कर्मचारीले भने ।
कृषि विकास बैंकले कमायो एक अर्ब ५७ करोड
काठमाडौं । कृषि विकास बैंकले नौ महिनामा १ अर्ब ५७ करोड नाफा कमाएको छ । यो नाफा बैंकले अघिल्लो आवको सोही अवधीमा कमाएको भन्दा ३६ करोडले बढि हो । बैंकले गत आवको नौ महिनामा १ अर्ब २१ करोड नाफा कमाएको थियो । बैंकले पाँच अर्ब ९३ करोड ब्याज आम्दानी गरेर २ अर्ब ७७ करोड ब्याज खर्च गरेको छ । बैंकले नौ महिनामा ८९ अर्ब निक्षेप संकलन गरेर ८८ अर्ब कर्जा तथा लगानी प्रवाह गरेको छ । ३ दशमबल ३० खराब कर्जा भएको कृषि विकास बैंकले ३९ करोड राइटब्याक प्राप्त गरेको देखिन्छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैंयाँ ७४ पैसा छ भने प्रति सेयर नेटवर्थ २१९ रुपैंयाँ ९२ पैसा रहेको छ ।
बाहुबली–२ को कमाई ७५० करोड भारु
काठमाडौं । भारतीय चलचित्र बाहुबली–२ ले प्रदर्शनको एक हप्तामै ७५० करोड भारुको कारोबार गरेको छ । जम्मा २५० करोड भारुमा निर्माण गरिएको बाहुबली–२ ले संसारभरबाट एक हप्तामै ७५० करोड आम्लानी गरेको हो । यो चलचित्रले दैनिक १०० करोड भन्दा धेरै आम्दानी गरिरहेको छ । बाहुबलीको पहिलो पार्टले ६५० करोड आम्दानी गरेको थियो । हिन्दी, तामेल, मलायम र तेलगु भाषामा तयार भएको बाहुबली २ ले सबै भन्दा धेरै कमाउने भारतीय फिल्मको रेकर्ड बनाउने पक्का भएको छ । आमिर खानको पिकेले सबै भन्दा बढि ७९२ करोड कमाएको रेकर्ड छ । बाहुबली २ ले पिकेको रेकर्ड तोड्न अब ४२ करोड मात्रै बाँकी छ । अझै पनि यो फिल्म हेर्न दर्शक ओइरिररहेका छन् ।