५४ अंकले घट्यो सेयर बजार, ६ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन अर्थात आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५४.६२ अंकले घटेर २६१४ बिन्दुमा झरेको छ । आज १३ कम्पनीको मूल्य बढ्दा २३० कम्पनीको मूल्य घटेको छ । आइतबार ३१७ कम्पनीको १ करोड २३ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ४२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ३५ करोड, नेपाल रिइन्स्योरेन्स कम्पनीको ३४ करोड, युनाइटेड मोदी हाइड्रोको २० करोड र सिन्धु विकास बैंकको १९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज सबै सेक्टरका सूचक राताम्मे रहेका छन् । बैंकिङ १.४७, विकास बैंक २.४२, फाइनान्स २.९९, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.३३, लगानी २.०५, जीवन बीमा १.८५, उत्पादन तथा प्रशोधन १.४६, माइक्रोफाइनान्स २.३६, निर्जीवन बीमा २.०७, अन्य १.७४ र व्यापार २.८५ प्रतिशतले घटेकाे छ । आइतबार कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ८.७ प्रतिशतले बढेकाे छ । मूल्य धेरै बढ्नेमा डिवेन्चर अगाडि रहेकाे छ । आईसीएफसीडी ८८ को ३.८९, एनआईसीएडी ८२८३ को २ तथा एसबीडीबी ८७ को २ प्रतिशतले मूल्य बढकाे छ । साथै, मिथिला लघुवित्तको सेयर मूल्य १० प्रतिशत घटेकाे छ । सयपत्री हाइड्रोपावरको ७.३४, उपकार लघुवित्तको ६.८७, अपरसोलु हाइड्रोको ६.८३, भूगोल इनर्जीको ६.८३ प्रतिशतले मूल्य घटेकाे छ ।

सेयर बजारमा गिरावट कायमै, ४ अर्बमा झर्यो कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन अर्थात बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.३८ अंकले घटेर २६६९.७६ बिन्दुमा झरेको छ । आज ६२ कम्पनीको मूल्य बढ्दा १७५ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३१२ कम्पनीको ९५ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको २८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको २३ करोड, सिन्धु विकास बैंकको १६ करोड, युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड र घलेम्दी हाइड्रोको १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । काराेबारमा जीवन बीमा सेक्टर मात्रै बढेको छ । सो सेक्टर ०.०३ प्रतिशत बढेकाे छ । फाइनान्स सेक्टर सबैभन्दा धेरै १.३५ प्रतिशतले घटेकाे छ । बैंकिङ ०.३७, विकास बैंक ०.२०, होटल तथा पर्यटन ०.५०, हाइड्रोपावर ०.६४, लगानी ०.१०, उत्पादन ०.७१, माइक्रोफाइनान्स ०.५५, निर्जीवन बीमा ०.९६, अन्य ०.६१ तथा व्यापार सेक्टर ०.३२ प्रतिशतले घटेकाे छ । आज दोल्ती पावरको सेयर मूल्य सबैभन्दा धेरै ७.५ प्रतिशत बढेकाे छ । त्यस्तै एसियन हाइड्रोपावरको ५.४, सिन्धु विकास बैंकको ४.९, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ४.४ तथा स्वेतगंगा हाइड्रोपावरको ४.२ प्रतिशत बढेकाे छ । मिथिला लघुवित्त र भूगोल इनर्जीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

रोकिएन सेयर बजारको गिरावट, कारोबारमा भने सुधार

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.८८ अंकले बढेर २६८२.१५ बिन्दुमा झरेको छ । आज ५३ कम्पनीको मूल्य बढ्दा १८३ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ४ अर्ब ३४ करोडको कारोबार भएकोमा बुधबार बढेर ५ अर्ब १४ करोडको कारोबार भएको छ । बुधबार ३११ कम्पनीको ९५ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २३ करोड, नेपाल रिइन्स्योरेन्सको १७ करोड, ग्रिन डेभलपमेन्ट बैंकको १५ करोड र हिमालयन पावर पाटर्नरको १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । बुधबार होटल तथा पर्यटन ०.१० र व्यापार ०.६० प्रतिशतले बढेकाे छ भने अरु सबै सेक्टरक सूचक घटेका छन् । यस्तै, फाइनान्स सेक्टर सबैभन्दा धेरै १.५३ प्रतिशतले घटेकाे छ । बैंकिङ ०.५६, विकास बैंक ०.१३, हाइड्रोपावर ०.६७, लगानी ०.४९, जीवन बीमा १.४८, उत्पादन ०.३३, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.५१, तथा अन्य सेक्टर ०.५१ प्रतिशतले घटेकाे छ ।

सेयर बजार घट्दो क्रममा, कारोबार रकम ४ अर्बमा झर्‍यो

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक) ७.६६ अंकले घटेर २६९७.०४ बिन्दुमा झरेको छ । आज ८६ कम्पनीको मूल्य बढ्दा १५२ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३१३ कम्पनीको ८२ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३४ रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ३२ करोड रपैयाँको कारोबार भएको छ । साथै घलेम्दी हाइड्रोको २२ करोड, नेपाल रिइन्स्योरेन्सको १८ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशनको १६ करोड र नारायणी डेभलपमेन्ट बैंकको १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । मंगलबार अन्यबाहेक सबै सेक्टरका सूचक घटेका छन् । सो सेक्टर ०.११ प्रतिशत बढेकाे छ । घटेका सेक्टरहरुको गिरावट दर १ प्रतिशतमुनि रहेकाे छ । बैंकिङ ०.१४, विकास बैंक ०.४२, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.३६, हाइड्रोपावर ०.१७, लगानी ०.४२, जीवन बीमा ०.७०, उत्पादन ०.२३, माइक्रोफाइनान्स ०.३१, व्यापार ०.६६ तथा निर्जीवन बीमा ०.५४ प्रतिशतले घटेकाे छ ।

सेयर बजारको घट्दो यात्रा कायमै, ५ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.१४ अंकले घटेर २७०४.७० बिन्दुमा झरेको छ । आज ८५ कम्पनीको सेयर मूल्य घट्दा १४५ कम्पनीको सेयर मूल्य बढेको छ । १३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३३१ कम्पनीको ९९ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ४३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्स कम्पनीको ३० करोड, महालक्ष्मी विकास बैंकको २२ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको २० करोड र सीइडीबी होल्डीङको १८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । सोमबारको कारोबारमा व्यापार सेक्टर सबैभन्दा धेरै ३.३८ प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङ ०.२१, विकास बैंक ०.९२, हाइड्रोपावर ०.२३, जीवन बीमा ०.५१, माइक्रोफाइनान्स ०.०१, निर्जीवन बीमा ०.०२, अन्य ०.५६ प्रतिशतले घटेकाे छ । उत्पादन तथा प्रशोधन ०.४४, लगानी ०.१८, होटल तथा पर्यटन ०.१८ र फाइनान्स सेक्टर ०.१२ प्रतिशत बढेकाे छ । आजको कारोबारमा राप्ती हाईड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ९.८६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने महालक्ष्मी विकास बैंक लिमिटेडको सेयर मूल्य ५.६३ प्रतिशलते घटेको छ ।

२१ अंकले घट्यो सेयर बजार, ६ अर्ब ८३ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ बिन्दुमा कायम भएको छ । आज ३१६ स्टकको ७९ हजा ३१ पटक कारोबारमा एक करोड ३९ लाख ७४ हजार ४५२ कम्पनीको कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ रुपैयाँको कारोबार भएकाे छ । आज व्यापारबाहेक सबै सेक्टर घटेका छन् । व्यापार ४.९२ प्रतिशतले बढेको छ । घटेका उपसमूहहरूमा बैंकिङ ०.८०, विकास बैंक २.२५, फाइनान्स १.३९, होटल तथा पर्यटन ०.५३, हाइड्रोपावर १.२९, लगानी १.७२, जीवन बीमा १.०६, उत्पादन ०.०१, निर्जीवन बीमा ०.७२, अन्य १.५२ प्रतिशतले बढेको छ । आइतबार सामुदायिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ८.१९ प्रतिशतले कमाएका छन् । विशाल बजार ५.३४, आरएसडीसी लघुवित्त वित्तीय संस्था ४.४३, अप्पर हावाखेला हाइड्रोपावर ४.१८ प्रतिशतले घटेको छ । त्यस्तै, आज ग्रीन डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै ७.९१ प्रतिशतले घटेको छ । कारोबार रकमको आधारमा हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ५८ करोड ४६ लाख २३ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रोमा महालक्ष्मी विकास बैंक ३७ करोड २ लाख रुपैयाँको कारोबार भएको छ । अन्य कम्पनीहरूमा घलेम्दी हाइड्रोको ३३ करोड ८५ लाख, नेपाल रिइन्स्योरेन्सको ३३ करोड ८३ लाख र गार्डियन माइक्रोफाइनान्सको २६ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ ।

सात दिनपछि बढ्यो सेयर बजार, ८ अर्ब बढीको कारोबार

काठमाडौं । सेयर बजार सात दिनपछि बढेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.२८ अंकले बढेर २७३६.४८ बिन्दुमा पुगेको छ । आज १४६ कम्पनीको मूल्य बढ्दा ८८ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बुधबार ३२३ कम्पनीको २ करोड २९ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार माछापुच्छ्रे बैंकको भएको छ । माछापुच्छ्रेको ८१ करोड रुपैयाँको कारोबार भएको छ । साथै हिमालयन रिइन्स्योरेन्सको ५६ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४९ करोड, घलेम्दी हाइड्रोको ३९ करोड र नेपाल रिइन्स्योरेन्सको ३८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज धेरैजसो सेक्टर बढेका छन् । बैंकिङ ०.५३, फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.६४, हाइड्रोपावर ०.८५, लगानी १.७६, जीवन बीमा ०.६४, उत्पादन ०.१८, निर्जीवन बीमा ०.४०, अन्य १.५७ र व्यापार ०.२१ प्रतिशतले बढेकाे छ । माइक्रोफाइनान्स ०.२७ र विकास बैंक सेक्टर ०.३३ प्रतिशतले घटेकाे छ । विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

सेयर बजारमा ८ अर्बको कारोबार, महालक्ष्मी विकास बैंकमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२.२१ अंकले घटेर २७१९.२० बिन्दुमा झरेको छ । यो सहित लगातार सातौं दिन सेयर बजार घटेको छ । आज ३२ कम्पनीको मूल्य बढ्दा २०९ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्यमा भने कुनै परिवतन भएको छैन । मंगलबार ३०३ कम्पनीको १ करोड ५५ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ५८ करोड रुपैयाँको कारोबार भएको छ । साथै नेपाल रिइन्स्योरेन्सको ५३ करोड, महालक्ष्मी विकास बैंकको ४३ करोड, गार्डियन माइक्रो लाइफको ३७ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको ३१ करोड रुपैयाँको कारोबार भएको छ । मंगलबार विकास बैंक सेक्टर बाहेक अरूमा राताम्मे देखिएको छ । सबै सेक्टर घट्दा सो सेक्टर १.९३ प्रतिशत बढेको छ ।  बैंकिङ ०.७१, फाइनान्स १.५७, होटल तथा पर्यटन १.१३, हाइड्रोपावर १.५१, लगानी १.८९, जीवन बीमा १.३०, उत्पादन २.४९, माइक्रोफाइनान्स ०.८९, निर्जीवन बीमा ०.९९, अन्य १.६८ र व्यापार १.७९ प्रतिशतले घटेकाे छ ।  आज महालक्ष्मी विकास बैंकको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

२० अंकले घट्यो सेयर बजार, ८ अर्ब बढीको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.६८ अंकले बढेर २७५१.४२ बिन्दुमा झरेको छ । आज ४४ कम्पनीको मूल्य बढ्दा १९१ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३११ कम्पनीको १ करोड ५० लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ७३ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको हो । साथै हिमालयन रिइन्स्योरेन्स कम्पनीको ७३ करोड १७ लाख, एनएलजी इन्स्योरेन्स कम्पनीको ३४ करोड, गार्डियन माइक्रोलाइफको ३० करोड र गलेम्दी हाइड्रोको ३३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । सोमबार अन्यबाहेक सबै सेक्टर राताम्मे रहेकाे छ । हिमालयन रिइन्स्योरेन्सको मूल्य १.१६ प्रतिशत बढ्दा अन्य समूह ०.०८ प्रतिशत हरियो रहेकाे छ । बैंकिङ ०.४४, विकास बैंक ०.७३, फाइनान्स ०.७०, होटल तथा पर्यटन ०.९९, हाइड्रोपावर १.१६, लगानी १.५१, जीवन बीमा ०.४१, उत्पादन १.१५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.६८ र व्यापार सेक्टर १.६५ प्रतिशतले घटेकाे छ । आज नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

सेयर बजारमा गिरावट कायमै

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको गिरावटले बिहीबार पनि निरन्तरता पाएको छ । गत सोमबारदेखि निरन्तर घटिरहेको नेप्से परिसूचक आज दुई दशमलव ७० अङ्कको गिरावट पछि दुई हजार आठ सय १८ दशमलव ४३ को विन्दुमा कायम भएको हो । आज तीन सय १० कम्पनीको एक करोड ९० लाख ४१ हजार पाँच सय १४ कित्ता सेयर ९३ हजार आठ सय ९५ पटक खरिदबिक्री हुँदा १० अर्ब १० करोड १८ लाख १७ हजार छ सय ८१ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ शून्य दशमलव शून्य तीन, विकास बैंक एक दशमलव ८६, उत्पादन तथा प्रशोधन शून्य दशमलव २४ र लघुवित्त शून्य दशमलव शून्य पाँच प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ । वित्त एक दशमलव २३, होटल तथा पर्यटन शून्य दशमलव ५७, जलविद्युत् शून्य दशमलव शून्य छ, लगानी शून्य दशमलव १४ र जीवन बिमा शून्य दशमलव ८० प्रतिशतले घटेको छ । त्यस्तै, म्युचुअल फण्ड शून्य दशमलव १८, निर्जीवन बिमा शून्य दशमलव शून्य चार, व्यापार शून्य दशमलव २४ र अन्य समूह शून्य दशमलव ७१ प्रतिशतले घटेको छ । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ने नविल डिबेन्चर–२०८२ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको एक अर्ब १२ करोड ८३ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी घलेम्दी हाइड्रो लिमिटेडको १० लाख ६० हजार कित्ता सेयर किनबेच भएको छ ।

सेयर बजारमा १४ अर्ब बढीको कारोबार, लगानीकर्ताको मनोबल बढ्दै

काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.६२ अंकले घटेर २८७६.६६ बिन्दुमा झरेको छ । आज ५१ कम्पनीको मूल्य बढ्दा १८७ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज बजार घट्दा कारोबार रकम भने सामान्य बढेको छ । आइतबार १४ अर्ब २५ करोडको कारोबार भएकोमा सोमबार १४ अर्ब २८ करोडको भएकाे छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको १ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको हो । साथै नेपाल रिइन्स्योरेन्स कम्पनीको ७३ करोड, हिमालयन डिस्टीलरीको ३६ करोड, हाइड्रो इलेक्ट्रीसीटी इन्भेस्टमेन्टको ३४ करोड र सिन्धु विकास बैंकको २७ करोड रुपैयाँको कारोबार भएको छ । सोमबार बैंकिङ १.३५, विकास बैंक ०.८४, फाइनान्स ०.९३, होटल तथा पर्यटन १.८८, हाइड्रोपावर १.२१, लगानी ०.२४, व्यापार ०.८४ तथा माइक्रोफाइनान्स ०.८८ प्रतिशतले घटेको छ । अन्य १.६८, निर्जीवन बीमा ०.४६, उत्पादन ०.२५, जीवन बीमा ०.७७ प्रतिशतले बढेको छ । आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

सेयर बजारमा छायो हरियाली, १४ अर्ब २४ करोडको कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पश्चात् सेयर बजारमा हरियाली छाएको छ । निरन्तर उकालो लाग्दै साताको पहिलो करोबारको दिन अर्थात् आइतबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको हो । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ बिन्दुमा पुगेको छ । आइतबार १९६ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको मूल्य घटेको देखिन्छ । आइतबार ३०२ कम्पनीको २ करोड ९१ लाख कित्ता सेयर किनबेच हुँदा १४ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको छ । जुन ६ महिना यताकै उच्च हो । यसअघि गत भदौमा नेप्से कारोबार १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको भएको थियो । गत बिहीबार भने ११ अर्ब ३९ करोडको कारोबार भएको थियो । आज सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ९७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको ८५ करोड, सिन्धु विकास बैंकको ४० करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ३३ करोड र साहस ऊर्जाको २६ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । आज ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । हिमालयन डिस्टीलरी, गार्डियन माइक्रो लाइफ, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैक र डोर्दी खोलाको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । यस्तै समाज लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

मौद्रिक नीतिको समीक्षापछि चम्कियो सेयर बजार, १८६ कम्पनीको मूल्य बढ्दा साढे ११ अर्बको कारोबार

काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि बिहीबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४९.१५ अंकले बढेर २८१५ बिन्दुमा पुगेको छ । आज १८६ कम्पनीको मूल्य बढ्दा ५२ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३०० कम्पनीको २ करोड ६१ लाख कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ३९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ९६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्सको ७६ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४६ करोड, सिङगटी हाइड्रो इनर्जीको २४ करोड र कुमारी बैंकको २० करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गर्डियन माइक्रो लाइफ, अपर हेवाखोला हाइड्रो, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बिहीबार सेयर बजारका सबै सेक्टर बढेका छन् । बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.३२ प्रतिशत बढेको छ । बैंकिङ पछि उत्पादन सेक्टर २.९१ प्रतिशतले बढेको छ । व्यापार १.२०, अन्य १.०१, निर्जीवन बीमा ०.७०, माइक्रोफाइनान्स ०.९१, जीवन बीमा ०.८१, लगानी १.२५, हाइड्रोपावर १.८०, होटल तथा पर्यटन १.१२, फाइनान्स ०.२८ र विकास बैंक समूह १.५३ प्रतिशतले बढेको छ । मौद्रिक नीतिको समीक्षाले सेयर बजारका लागि खासै सन्तोषजनक नीति नल्याए पनि सेयर लगानीकर्ता खुसी हुँदा कारोबार गर्दा रकम बढेको हो । नेपाल राष्ट्र बैंकले समीक्षामार्फत् असल कर्जाको कर्जा नोक्सानी अनुपातलाई १ प्रतिशत कायम गरेको थियो । यसले बैंकको आम्दानी बढ्ने धेरैको अपेक्षा छ ।

सेयर बजार परिसूचक ११ अंक बढेर २७५५ विन्दुमा, ११ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन अर्थात आइतबार सेयर बजारमा सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११ अंकले बढेर २७५५.४० बिन्दुमा पुगेको छ । आज ९२ कम्पनीको मूल्य बढ्दा १४७ कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । आइतबार ३२८ कम्पनीको २ करोड १२ लाख कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ९५ करोड रुपैयाँको कारोबार भएको छ । साथै, सिटिजन लाइफको ६१ करोड, नेपाल रिइन्स्योरेन्सको ६० करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४० करोड र सिइडीबी होल्डीङको ३६ करोड रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ ०.०३, लगानी १.३३, जीवन बिमा ०.८६, उत्पादन तथा प्रशोधन २.७८, म्युचुअल फण्ड ०.०२, निर्जीवन बिमा ०.१३ र अन्य समूह ३.७२ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक ०.४८, वित्त ०.४५, होटल तथा पर्यटन ०.५०, जलविद्युत् ०.५६, लघुवित्त ०.६६ र व्यापार समूह १.३२ प्रतिशतले घटेको हो । गार्डियन माइक्रो लाइफइस्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने रिलायन्स फाइनान्स लिमिटेडको सेयर मूल्य ७.२४ प्रतिशतले घटेको छ ।

सेयर बजारमा १० अर्बको कारोबार, ४ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.९१ अंकले बढेर २७३९.८२ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार ८७ कम्पनीको सेयर मूल्य बढ्दा १४९ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । मंगलबार ३१४ कम्पनीको १ करोड ८२ लाख कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ८२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै नेपाल रिइन्स्योरेन्स कम्पनीको ५१ करोड, पिपुल्स हाइड्रोपावरको २९ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २२ करोड र सीइडीबी होल्डीङको २० करोड रुपैयाँ बढीको कारोबार भएको छ । मंगलबार ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमरजिङ नेपाल र गार्डियन माइक्रोलाइफको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक र केबीयल डिभेन्चर २०८६ को सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

सेयर बजारमा ९ अर्बको कारोबार, ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबारको दिन अर्थात आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.६० अंकले बढेर २६९२.०७ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार १६२ कम्पनीको मूल्य बढ्दा ७६ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज ३०९ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फाइस्ट्रक्चर डेभलपमेन्टको भएको छ । एनआरएनको ३३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सीइडीबी होलडीङको ३१ करोड, हिमालयन पावरको ३० करोड, न्यादी हाइड्रोपावरको २२ करोड र सप्तकोशी डेभलपमेन्ट बैंकको १८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आइतबार ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानकी फाइनान्स र गार्डियन माइक्रो लाइफको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । साथै, न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

सेयर बजारमा ७ अर्बको कारोबार, ४ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार १३४ कम्पनीको मूल्य बढ्दा ९८ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार २९९ कम्पनीको १ करोड ३९ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब २४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै सीइडीबी होल्डिङको भएको छ । सीइडीबीको ३६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, न्यादी हाइड्रोपावरको ३५ करोड, युनाइटेड मोदी हाइड्रोपावरको २१ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १९ करोड र सप्तकोशी डेभलपमेन्ट बैंकको १८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । मंगलबार ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । भूगोल इनर्जी डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । विकास बैंक समूह २.३७, जलविद्युत् १.५७, लगानी ०.४८, उत्पादन तथा प्रशोधन ०.०१ र म्युचुअल फन्ड ०.५२ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.२०, वित्त ०.२९, होटल तथा पर्यटन ०.४७, जीवन बीमा ०.०८, लघुवित्त ०.०४, निर्जीवन बीमा ०.४३, व्यापार १.०५ र अन्य समूह ०.०१ प्रतिशतले घटेको छ ।

सेयर बजारमा ६ अर्ब ९६ करोडको कारोबार

काठमाडौं । साताको दास्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.९८ अंकले घटेर २६७७.३२ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ७७ कम्पनीको मूल्य बढ्दा १६१ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३२२ कम्पनीको १ करोड ४४ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै नेपाल रिपब्लिक मिडियाको भएको छ । नेपाल रिपब्लिकको २४ करोड रुपैयाँ बढीको कारोबार भएको हो । साथै, सीईडीबी होल्डिङको १५ करोड, सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड, एनआरएन इन्फ्रास्ट्रक्चरको १४ करोड र नेपाल रिइन्स्योरेन्स कम्पनीको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज न्यादी हाइड्रोपावर र गार्डिन माइक्रो लाइफको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । साथै बोटर्लस नेपाल बालाजु र उपकार लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

सेयर बजारमा ११ अर्ब बढीको कारोबार, २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.४१ अंकले बढेर २७३० बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार ९७ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार २ करोड कित्ता सेयर किनबेच हुँदा ११ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको भएको छ । एनआरएनको ३५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सप्तकोशी डेभलपमेन्ट बैंकको ३२ करोड, बरण हाइड्रोपावरको ३० करोड, साहस ऊर्जाको २७ करोड र एक्सल डेभलपमेन्ट बैंकको २३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त र भुगोल इनर्जी डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै, २ वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंक र रिभर फल्स पावरको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक रहेका छन् । सोमबार सेक्टरका सूचकमा मिश्रित उतारचढाव देखिएको छ । बैंकिङ ०.५४, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.२७, माइक्रोफाइनान्स ०.१०, निर्जीवन बीमा ०.८० र व्यापार ०.७९ प्रतिशतले बढेको छ । अन्य ०.६०, लगानी ०.४७, हाइड्रोपावर ०.४८, होटल तथा पर्यटन ०.०१, फाइनान्स १.०७ र विकास बैंक समूह ०.३९ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

सेयर बजारमा ५ महिनायताकै उच्च कारोबार, ‘नयाँ गभर्नरलाई अग्रिम स्वागतको संकेत’

काठमाडौं । साताको पहिलो करोबारको दिन अर्थात आइतबार सेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६९.८० अंकले बढेर २७२७.५८ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार २०२ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३३० कम्पनीको २ लाख कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९५ कराेड  रुपैयाँ बढीको कारोबार भएको छ । यो कारोबार पाँच महिनायताकै बढी हो । आइतबार सबैभन्दा धेरै कारोबार एनआरएन इन्फाइस्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको ४१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सप्तकोशी डेभलपमेन्ट बैंकको ३४ करोड, हिमालयन पावरको पार्टनरको २९ करोड, सिन्धु विकास बैंकको २९ करोड र हिमालयन रिइन्स्योरेन्सको २७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज ९ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उन्नत्ती सहकार्य लघुवित्त, गोल्बल आइएमइ लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भुगोल इनर्जी डेभलपमेन्ट, ग्रामिण विकास लघुवित्त र एनएमबी माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । साथै, सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । सबै सेक्टरका सूचक बढेका छन् । माइक्रोफाइनान्स सबैभन्दा धेरै ४.९२ प्रतिशतले बढेको छ । त्यसैगरी बैंकिङ २.५२, विकास बैंक ३.१५, फाइनान्स १.२९, होटल तथा पर्यटन १.८२, हाइड्रोपावर १.४१, लगानी ३.३८, जीवन बीमा २.४३, उत्पादन तथा प्रशोधन ३.०७, निर्जीवन बीमा ३.७१, अन्य २.६३ र व्यापार समूह १.३१ प्रतिशतले बढेको छ । आज नेप्से परिसूचक सँगै कारोबार रकम पनि वृद्धि भएकाले अब बजारले नयाँ गति लिन सुरु गरेको लगानीकर्ताहरू बताउँछन् । सेयर बजारका छोटेलाल रौनियारले बजारसँगै कारोबार पनि उच्च वृद्धि भएकाले बजार अब उकालो गतिमा अघि बढेको बताउँछन् । उनले बैंकमा अत्यधिक तरलता रहेको र ब्याजदर पनि न्यून रहेका कारण बजार बढ्नुको विकल्प नै नरहेको बताए । बजार बढ्नका लागि सबै वातावरण ठीकठाक रहेकाले र नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर आउने समय नजिकिएकाेले बजार बढ्न थालेको उनको भनाइ छ । उनले नयाँ गभर्नरलाई आजको बजारले अग्रिम स्वागत गरेको धारणाा राखे । उनले भने,  ‘हालका गभर्नरले लगानीकर्तामैत्री  नीति ल्याउन सक्नु भएन, त्यसैले पनि बजारले नयाँ गभर्नरकाे स्वागतमा पर्खिरहेकाे छ, नयाँ गभर्नरलाई अग्रिम स्वागत गर्दै बजार वृद्धिको बाटोमा अघि बढेको हो ।’ हालका गभर्नर अधिकारीको कार्यकाल आगामी चैत २३ गतेदेखि सकिँदैछ । नयाँ गभर्नर आएपछि सेयर बजार बढ्ने हल्ला बजारमा चलिरहेको छ । । यस्तै, सेयर बजारकी लगानीकर्ता राधा पाेखरेलले पनि बजार बढ्नका लागि सबै वातावरण ठीकठाक रहेको दाबी गरेकी छन् । अत्यधिक तरलता र न्यून ब्याजदर रहेकाले बजार सकारात्मक दिशातर्फ अघि बढ्नुपर्ने उनको भनाइ छ । यस्तै, उनले वर्तमान सरकारकाे लामाे समयसम्म सहकार्य रहने हल्लाले पनि लगानीकर्तामा सकारात्मक मनोबल बढेकाे र बजार पनि बढेकाे हुन सक्ने धारणा राखिन् ।