शिवम सिमेन्टले शुरु गर्यो विश्वकप भविष्यवाणी कार्यक्रम, विजेतालाई आकर्षक पुरस्कार
काठमाडौं । शिवम् सिमेन्टले आगामी ‘फिफा विश्वकप २०१८’ को अवसरमा आफ्ना फेसबुक फलोअरहरुलाई आफ्नो योजनाअन्तर्गत वर्ल्डकप विजेताको भविष्यबाणी गरी आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने भएकाे छ । हरेक खेलमा हुनसक्ने सम्भावित विजेताहरुको घोषणा गरी उक्त भविष्यबाणी मिलेमा सहभागीले प्रत्येक खेलमा आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । यस खेलमा सहभागी हुन सहभागीहरुले शिवम् सिमेन्टको आधिकारिक फेसबुक पेजलाई लाइक गरी त्यहाँ रहेको प्रिडिक्ट एण्ड वीनपोष्टको लिंकमा गई हरेक दिन हुने म्याचहरुको सम्भावित विजेता र गोल स्कोर भविष्यबाणी गर्नुपर्ने छ । साथै, हरेक दिन हरेक खेलमा आएको उत्तरहरु मध्ये सही निकटत्तम उत्तर र एक भन्दा बढि सही उत्तर भएमा गोला प्रथाद्वारा विजेता घोषणा गरिने छ । हरेक दिनको विजेताहरुले शिवम् सिमेन्टको कर्पोरेट अफिसमा गएर पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । पछिल्लो २०१४ को विश्वकप खेलमा पनि सञ्चालन भएको उक्त प्रिडिक्ट एण्ड वीन खेल यस पटक पनि निरन्तर्ता दिएको कम्पनीले जनाएको छ । यस प्रतियोगितामा सहभागी हुने व्यक्तिहरुले रोमाञ्चक खेलको थप मज्जा लिनुका साथै आकर्षक पुरस्कारहरु पनि प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । यसरी शिवम सिमेन्टले विश्वकपको मौसममा आम व्यक्तिहरुलाई थप उत्साह एवं मनोरञ्जन प्रदान गर्ने गरि यस प्रिडिक्ट एण्ड वीन खेल संचालन गरिरहेको छ ।
नेपालमा पहिलो पटक विश्वकप नेपाली मै प्रत्यक्ष प्रसारण हुने
काठमाडौं । रुसमा अर्को साताबाट शुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलले गर्ने भएको छ । यस च्यानलमा विश्वकप फुटबल प्रत्यक्ष प्रसारण नेपाली भाषामा कमेन्ट्री हुनेछ । प्रत्यक्ष प्रसारणमा वरिष्ठ कमेन्टेटर संजिव शिल्पकारले खेलको नेपाली कमेन्ट्री गर्नेछन् । डिस होमले नेपाली दर्शकका लागि नेपाली भाषालाई प्राथमिकतामा राख्दै कमेन्ट्री दिन लागेको हो । खेल विश्लेषणका लागि फुटबलसँग सम्बन्धित केहि चर्चित व्यक्तित्वहरु पनि आबद्ध हुँदैछन् । फुटबल जगत बाहिरका विशेष अतिथीहरु पत्रकार ऋषि धमला, कमेडियन विल्सन विक्रम राईका प्रतिक्रियाहरु पनि कार्यक्रममा प्रसारण गरिने छन् । चार बर्षमा एक चोटि आउने विश्वकपको प्रसारणको प्रचार गर्न डिश होमले एउटा प्रोमोसन भिडियो पनि बनाएको छ । उक्त भिडियोमा नेपाल आइडलका शीर्ष तीनमा पर्न सफल गायक प्रताप दासले स्वर दिएका छन् । ‘फुटबलको महाकुम्भ’ नामक भिडियो नेपाली च्यानलले विश्वकपलाई लक्षित गरेर सार्वजनिक गरेको पहिलो गीत पनि हो । प्रशारण अघि र पछि, खेलको विश्लेषण र समिक्षा पनि नेपाली भाषामा नै हुने हुदा विश्वकपलाई सामान्य नेपाली दर्शकहरुले पनि सजिलै बुझ्न सकिने कुरा डिशहोमले जनाएको छ । नेपालमा पहिलो पटक विश्वकप नेपाली भाषामा प्रशारण हुन लागेकोले दर्शकहरुमा कौतुहलता र गुणस्तरमा शंका उपशंका समेत रहेको छ । तर नेपालका प्रख्यात तथा फुटबल कमेण्टेटरिमा विज्ञता हाशिल गरेका सञ्जिब शिल्पकार भएकोले गुणस्तरमा कुनै कमी नहुने डिशहोमले बताएका छन् ।
विश्वकप शुरु हुन ९९ घण्टा बाँकी: भ्लादिमिर पुटिनले बोलाए विश्व फुटबल समर्थकलाई रसियामा
काठमाडौं । विश्वकप शुरु हुन करिब ९९ सय घण्टा बाँकी रहँदा रसियाका राष्ट्रपति भ्लाद्मिर पुटिनले विश्व फुटबल समर्थकलाई रसियामा स्वागत गरेका छन् । १ मिनेटको भिडियो सन्देश दिदैं पुटिनले सबै फुटबल समर्थक तथा खेलाडीलाई रसियामा स्वागत गरेका हुन् । भिडियो सन्देशमा उनले भनेका छन् “सबै फुटबल समर्थक, यस ग्रहका ठूला फुटबल टोली, जो यहाँ आइसकेका छन् जो आउन बाँकी छन् स्वागतम् ! हामी सबै फुटबल समर्थक एउटै परिवार भएर आनन्द लिनेछौं । हामीले यस मेलालाई दृढ इच्छा शक्ति र भावनाले भरिपुर्ण बनाउनेछौं । मलाइ विश्वास छ यो मेलामा तपाइहरुले विर्सनै नसक्ने अनुभव सगाल्नु हुनेछ । यो मेलामा तपाइहरुले खेलाडीले खेलेको खेल मात्र होइन, खेलाडीको स्किललाई रसियाले कसरी पाउनेछ । रसियाको संस्कृति, रसियाको प्रकृतिक सुन्दरता र इतिहास समेत हेर्नु हुनेछ । रसियाका जनता धेरै सचेत र अनुसासित छन् । हामीले हाम्रो तर्फबाट खेलाडी र पाहुनालाई उत्कृष्ट वाताारण बनाएका छौं । जसले तपाइले रसियालाई आफ्नै घर आफ्नै घर अनुभव गर्नु हुनेछ ।”
विश्वकप खेल्ने १० उत्कृष्ट जर्सी, नाइजेरिया पहिलो ब्राजिल र अर्जेन्टिना कति औं स्थानमा ?
काठमाडौं । विश्व फुटबलको महाकुम्भ सुरु हुन ७ दिन मात्रै बाँकी रहदाँ विश्व फुटबल समर्थक यति बेला मनपर्ने देशको जर्सी किन्नमा व्यस्त रहेका छन् । यसैबीच स्पेनिस अनलाइन मार्काले गरेको अध्ययनमा नाइजेरियाको जर्सी नम्बरमा परेकाे छ । अनलाइन भोटिङको आधारमा गरिएको सर्वेक्षणमा सबैभन्दा धेरै भोट नाइजेरियाको जर्सीले पाएको हो । कालो हरियो रंग मिसिएको सो जर्सी लोकप्रिय बनेको हो । यसैगरी गाढा निलो रंगमा रहेको फ्रान्सको जर्सी २ नम्बरमा परेको छ । रातो सेतो रंगको कोठा रहेको क्रोयोसियाको जर्सी ३ नम्बरमा परेको छ । चार पटककको विश्व विजेता जर्मनीको जर्सी चौथो स्थानमा परेको छ । सेतो कलरमा रहको इरानको जर्सी ५ नम्बरमा परेको छ । रातो कलरमा रहेको युरोकप विजेता पोर्चुगलको जर्सी छैंटौ नम्बरमा परेको छ । सेतो कलरमा रातो निलो कलर रहेको दक्षिण कोरियाको जर्सी ७ औं स्थानमा परेको छ । आकाशे र सेतो कलरको धर्को रहेको अर्जेन्टिनाको जर्सी ८ औं नम्बरमा परेको छ । सेतो र निलो रंगमा रहेको आइल्याण्डको जर्सी ९ औं स्थानमा परेको छ । ५ पटक विश्व विजेता बनेको ब्राजिलको पहेँलो रंगको जर्सी १० नम्बरमा परेको छ।
विश्वकप फुटबलको उचित गन्तव्य दरबारमार्गमा, के के छन् विशेषता ?
काठमाडौं । संगीतमा अधिक रुची छ, अनि भित्ता भरीको एचडी स्क्रीनमा मस्त भएर खेल हेर्दै विभिन्न परिकारका खानाको स्वाद चाख्ने चाहना छ भने दरबारमार्गको एक मात्र गन्तव्यमा तपाईको त्यो चाहना पुरा हुने भएको छ । खेलप्रेमी, संगीतप्रेमी तथा खानाका पारखीहरुलाई लक्षित गर्दै दरबारमार्गमा सञ्चालनमा आएको आधुनिक शैलीको पारिवारिक रेष्टुरेण्ट ‘किंङस लाउञ्ज’ले तपाईको यस्तो चाहना पुरा गराउने भएको हो । अनौपचारिक रुपमा सेवा शुरु गरेको छोटो समयमा नै लाउञ्जको लोकप्रियता बढेको छ । अहिले लाउञ्जमा के दिन, के साँझ, कलाकार, व्यवसायी तथा आम मानिसको बाक्लो भिड लाग्न थालेको छ । संगीत सुन्दै आईपीएल हेर्ने तथा अरु खेल हेर्नेहरु अहिले लाउञ्ज धाउन थालेका छन् । नजिकिँदै गरेको फिफा विश्वकप फुटबललाई विशेष बनाउने तयारी पुरा गर्दै लाउञ्जले अनौपचारिक सेवा शुरु गरेको हो । स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर सञ्चालनमा आएको पूर्ण पारिवारिक रेष्टुरेन्ट सबै वर्गका मानिसका लागि उचित गन्तव्य हुने लाउञ्जका सञ्चालकहरुको भनाई छ । लाउञ्ज सञ्चालक समितिका अध्यक्ष रामचन्द्र श्रेष्ठ भन्छन्, ‘अहिले सञ्चालनमा रहेका रेष्टुरेण्टभन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्टको सुरुवात गरेका हौं । २० बाइ ११ फिटको भव्य एचडी स्क्रीनमा हरेक किसिमका खेल हेर्दै लाइभ म्युजिकमा रमाउने गन्तव्य नेपालमा अरु काँही पनि छैन ।’ विभिन्न पेशा र व्यवसायमा आवद्द केही युवाहरुको सामूहिक लगानीमा सुरुवात गरिएको रेष्टुरेन्टमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाका हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक लाईभ कन्सर्ट लाउञ्जको विशेष आकर्षण हो । बिहान ११ बजेदेखि राति १२ बजेसम्म संचालनमा आउने रेष्टुरेन्टमा बिहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठि, इभेन्ट तथा पार्टीहरु संचालन हुने छन् । टेरेस कर्नरका साथै पर्सनल बार सहतिको भिआईपी हल लाउञ्जको विशेषता हो । फेमिलि कर्नर पनि लाउञ्जमा लोकप्रिय बन्दै गएको छ ।साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिक रुपमा फरक फरक कलाकारहरुबाट लाईभ म्युजिकल प्रस्तुती रहने लाउञ्जका सञ्चालक संगम राईले बताए । रेष्टुरेन्टमा क्रिस्पी चिकेन, प्रान्को फ्राईड चिकेन, प्रान्को प्राउन, डेभेलोन होर्स बोक लगायतका फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् । ‘दरबारमार्गमा खेल, संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने होम्रो योजना छ ।’ लाउञ्जका अर्का सञ्चालक कुमार गुरुङले बताए । अहिले रेष्टुरेन्ट अनौपचारिक रुपमा संचालनमा आए पनि भव्य औपचारिक उद्घाटन विश्वकप फुटबलको पुर्वसन्ध्यामा गरिने बताइएको छ । नेपालको नमूना रेष्टुरेण्टका रुपमा तयार गरिएको किंङस् लाउञ्जमा झण्डै एक सय जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।३ सय सिटिंग क्यापासिटी रहेको लाउञ्जसँग इभेण्टहरुमा एक पटकमा १ हजार जनालाई सेवा दिन सक्ने क्षमता छ । त्यसैगरी, लाउञ्जले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधियुक्त सुरक्षा प्रणाली पनि जडान गरेको छ ।
डिआरएन इलेक्ट्रोनिक्सको १९ वर्ष, भिसिडीदेखि स्मार्ट कर्प टिभीसम्मको यात्रा, साथमा विश्वकप उपहार याेजना
काठमाडौं । नेपालीकै बलवुताबाट स्थापित डिआरएन इलेक्ट्रोनिक्सले स्थापनाको १९ वर्ष पुरा गरेको छ । राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरी सफलतापूर्वक १९ वर्ष पार गरेको अवसरमा कम्पनीले एक समारोहको आयोजना गरेको छ । चुनौती र अबसरबीचको १९ वर्ष दुई दशकअघि चिनिया ब्राण्डको दबदबा रहेको सयमा स्वदेशी ब्राण्ड इलेक्ट्रोनिक्स सामानको उत्पादन गरी नेपालीलाई आकर्षण गर्ने उद्देश्यले डिआरएन इलेक्ट्रोनिक्स २०५६ साल असोज १७ गते कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भइ सञ्चालनमा आएको हो । ‘शुरुमा हामी पनि चीनसँगको व्यापारमा सहभागी भयौं । चिनियाँ सामान आयात गरेर बिक्री वितरण गर्ने काम थाल्यौं,’ कार्यक्रममा कम्पनीका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले भने ‘तर पछि चिनियाँ ब्राण्ड मात्रै ल्याएर सामान बिक्री गर्नुभन्दा आफ्नै ब्राण्ड स्थापना गर्नुपर्ने आवश्यकता ठानी सोही टुङ्गोमा पुगेका थियौं ।’ सोही निर्णय अनुसार कम्पनीले स्वदेशी ब्राण्ड उत्पादन गर्न थालेको हो । स्वदेशी ब्राण्ड स्थापना गर्नमा दुई कारण रहेको उनले प्रष्ट्याए । उनको अनुसार एक स्वदेशी ब्राण्डप्रति नेपालीलाई आकर्षित गर्ने र अर्को सकेसम्म कम मूल्यमा गुणस्तरीय सामान उपभोक्तामाझ पुर्याउने थियो । ‘त्यो बेला चिनियाँ इलेक्ट्रोनिक्स सामानहरुमा वारेन्टी र ग्यारेन्टी थिएन,’ उनले थपे ‘हामीले डिआरएन ब्राण्डका इलेक्ट्रोनिक्स समान उत्पादन गरेर बिक्री गर्न थालेपछि वारेन्टीको व्यवस्था समेत गर्यौं ।’ चिनियाँ सामानको दबदबा भएको बेला नेपाली ब्राण्ड स्थापना गर्नु चानचुने कुरा नभएको अध्यक्ष श्रेष्ठ सम्झन्छन् । ‘त्यसमा पनि चीनमा समान बनाएर आफ्नो ब्राण्डमा बिक्री गर्नु आफैमा चुनौतीपूर्ण थियो,’ उनले थपे ‘विगत सम्झिँदा अहिले आनन्दको अनुभूति हुन्छ । विगतको कठिन परिश्रमको कारणले अहिले डिआरएन आम नेपालीमाझ लोकप्रिय बनेको छ ।’ १९ वर्षअघि डिआरएन शुरु गर्दा कम्पनीले आफ्नो ब्राण्डको विभिन्न मोडलका रेडियोहरु, मिनी क्यासेट प्लेयर वाकमेन र भिसिडी बनाएर बिक्री गरेको अनुभव उनले कार्यक्रममा सुनाए । त्यस समय १० हजार पिस बनाएर ल्याएको भिसिडी एक महिनामै बिक्री भएपछि अन्य इलेक्ट्रोनिक्स ब्राण्ड समेत ल्याउने निधो गरेको उनी सम्झन्छन् । रेडियो, भिसिडीबाट शुरु गरेको उत्पादन बिस्तार गरेर कम्पनीले सिआरटी टेलिभिजन, एलसिडी टेलिभिजन, डिआरएन एलइडी टेलिभिजन हुदै अहिलेसम्ममा स्मार्ट कर्भ टिभी बजारमा ल्याएको छ । टिभीको गुणस्तर, इन्नोभेसन, क्वालिटीमा कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता कम्पनीको छ । कम्पनीले आफ्नो टेलिभिजन अरु बहुराष्ट्रिय कम्पनीहरुका टिभीभन्दा राम्रो भएको अध्यक्ष श्रेष्ठको दावी छ । त्यस्तै मूल्यका हिसाबले पनि रिजनेवल छ । टेलिभिजन मात्रै नभएर कम्पनिले डिआरएन ब्राण्डका विभिन्न स्पीकर, मल्टिमिडिया, टेलिफोन सेट, इमर्जेन्सी लाइट, पंखा, सिएफएल तथा एलइडी लाइट, टर्च लगायतका उत्पादनहरु गरिरहेका छन् । निकट भविश्यमै कम्पनीले डिआरएन ब्राण्डको राइस कुकर, भ्याकुम क्लिनर, रेफ्रिजिरेटर, हेलोजिन हिटर लगायत बजारमा ल्याउने अध्यक्ष श्रेष्ठले कार्यक्रमको अवसरमा जानकारी दिए । यस्ता छन् विश्वकप लक्षित उपहार योजना कम्पनीले आफ्नो ब्रान्डका स्मार्ट कर्भ टिभी खरिदकर्तालाई विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । डिआरएन इलेक्ट्रोनिक्स स्थापनाको १९ वर्ष पुरा भएको र नजिकिदै गरेको विश्वकप फूटबलको अवसर पारेर बिहीबार नै उक्त योजना सार्वजनिक गरेको हो । कार्यक्रममा कम्पनीका निर्देशक रजनीश श्रेष्ठले कम्पनी १९ वर्ष पूरा गरेको अवसरसँगै रुसमा तीन साताभित्र हुन गाइरहेको विश्वकप फूटबललाई लक्षित गरेर स्मार्ट टिभी खरिदकर्तालाई आकर्षक अफरसहितको विशेष योजना घोषणा गरे । उपहार योजना अनुसार ५५ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई डिआरएनकै २.१ स्पिकर उपहार प्रदान गरिनेछ । ‘उक्त टिभीमा १०० डीग्रीको कोणदेखि हेर्दा पनि पिक्चर क्लीयर देख्न सकिन्छ । साथै एक वर्षको ग्यारेन्टी छ,’ उनले भने । त्यस्तै कम्पनीले ४३ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई –८८८ टेलिफोन सेट, ३९ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई १११ टेलिफेन सेट, ३२ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई १० पिस ३ वाटको सिएफएल लाइट र साधारण ३२ इन्चको एलइडी टिभी किन्नेलाई १० पिस दुई वाटको एलइडी वल्व दिने घोषणा कम्पनीले गरेको छ । विश्वकप फूटबल–२०१८ डीआरएन टिभीकोसाथमा ग्राहकवर्ग तथा खेलप्रेमीले हेर्ने कम्पनीका निर्देशक श्रेष्ठको विश्वास छ ।
२०१८ विश्वकप फूटवलको लागि कोकाकोला एन्थम सार्वजनिक
काठमाडौं । फिफा विश्वकप २०१८को लागि कोकाकोलाले आफ्नो कोकाकोला प्रायोजित थिम ‘कलर्स’ नामक गीत सार्वजनिक गरेको छ । यो गित अमेरिकी पप स्टार जेसन डेरुलोले लेखन तथा गायन गरेका हुन् । उनको यो संगितले विश्वकपमा नयाँ एक्साइटमेन्ट प्रदान गर्ने छ । जेसन डेरुलो एक विश्व प्रसिद्ध पप गायक हुन् । उनले यो अफिसियल भिडियो ‘कलर्स’ छाँयाकनको क्रममा आफ्नो जन्मभूमि हाइटी पुगेर तयार गरेका हुन् । यो गित फिफा विश्वकपको २०१८ लागि कोकाकोला एन्थम रहेको छ । भिडियो रिलिज हुनुका साथै यस गितका लेखक तथा गायक जेसन डेरुलोले शोसल मिडियामा आफ्नो भिडियो हाल्दै लेखेका छन्, ‘मैले यो गीत लेख्दा आफ्नो दिमागमा एकताको बिचार गर्दै लेखेको हुँ ।’ यस भिडियोको निर्देशन मायामिको द किटाडिलिलाफेरियर (हाइटीको सबैभन्दा अग्लो स्थानमा रहेको गढी) मा गरिएको हो । हाइटियन मूलकै प्रसिद्ध गायक तथा अभिनेता वाईक्लेफ जेनको पनि यस भिडियोमा गितार बजाउदै गरेको छोटो उपस्थिति देख्न सकिन्छ । यस भिडियोमा संसारभरका मानिसहरू आ(आफ्नो सम्बन्धित राष्ट्रिय झण्डा समातेर सुन्दर खेलको सबैभन्दा ठुलोे टूर्नामेंट मनाउन अगाडी बढिरहेको देख्न सकिन्छ । यसमा रहेका शब्दहरुले विविधताको प्रसंसा गर्दै सँगै अगाडि बढ्ने सन्देश झल्काउँछ । यसको सन्देश के हो भने हातमा आफ्नो देशको झण्डा बोकेर आफ्नो देशको प्रतिनिधित्व गर्नु हो । विश्वकप भनेको मनोरञ्जन गर्ने समय हो, सबै मिलेर रमाइलो गर्दै आफुलाई मनपर्ने टिमको सपोर्ट गर्दै यस पललाई रमणीय बनाउनु हो । कोकाकोला बिगत ४० बर्षदेखि फिफा विश्वकप फुटबलसँग जोडिदै आईरहेको छ । जेसन डेरुलोले भने , “कोकाकोलासँग मिलेर फिफा विश्वकप २०१८ को एन्थममा काम गर्नु मेरालागि अहोभाग्य हो । यो खेलसँग जोडिनु अत्यन्त सुखद अनुभब हो । यसको लागि म्युजिक ट्रयाक दिंदा मैले आफुलाई निकै सम्मानित महशुस गरेको छु । गीतमा भने जस्तै ‘एकतामा सुन्दरता हामीले भेटेका छौं’ । हामी दैनिक नकारात्मक समाचारको साथ जलमग्न हुन्छौ र त्यसका साथ सकारात्मक रहन गाह्रो छ । त्यसैले समाजमा परिबर्तन ल्याउन एकजुट भएर प्रयास गर्न बढी महत्वपूर्ण छ ।’
विश्वकप छनोट : नेपाल जिम्बाब्वेसँग पराजित
काठमाडौ । आइसिसी विश्वकप छनोटअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग १६१ रनले रनले पराजित भएको छ ।३८१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६४ रन मात्र जोड्न सक्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ३२, दिलिप नाथले दुई, कप्तान पारस खड्काले ४०, दिपेन्द्रसिंह ऐरीले २३, शरद भेषवाकरले ५२, अरिफ शेखले ५०, रोहित कुमारले ३०, सोमपाल कामीले ११, वसन्त रेग्मीले २ र सन्दिप लामिछानेले छ रन बनाएका थिए । यसअघि जिम्बाब्वेस्थित क्वीन्स स्पोटरस क्लबमा टस जितेर पहिले व्याटिङ रोजेको आयोजक जिम्बाब्वेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८० रनको योगफल बनाएको थियो । जिम्बाब्वेका लागि शिकन्दर राजा र ब्रेन्डन टेलरले शतक प्रहार गरे । शिकन्दरले सर्वाधिक १२३ रन जोडे भने ब्रेन्डन १०० रन जोड्दै आउट भए । त्यसैगरी, जिम्बाब्वेका सोलोमन मिरेले ५२ रन बनाए । त्यसैगरी, सेफास झुवाओले ४१, क्रेग एर्भिनले ३४ तथा ह्यामिल्टन मासाकाड्जाले १७ रन जोडे । नेपालका लागि वसन्त रेग्मीले दुई विकेट लिए भने सोमपाल कामी, ललितनारायण राजवंशी र सन्दिप लामिछानेले एक÷एक विकेट लिए । हारसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना झनै क्षीण हुँदै गएको छ । नेपालले अर्को खेल आगामी विहीबार स्कटल्याण्डसँग खेल्नेछ । रासस
विश्वकप छनौट खेलमा जिम्बावेको ब्याटिङ सुरु
काठमाडौं । विश्वकप छनोटअन्तर्गतको पहिलो खेलमा जिम्बाब्वेले टस जितेर ब्याटिङ गर्न थालेको छ । क्विन्स स्पोट्र्स क्लबमा नेपालले बलिङ गर्न अवसर पाएको छ । नेपाली टोलीमा ललित नारायण राजवंशीले पहिलो बलिङ गगर्दैछन् । क्रमशः सोमपाल कामी र पारस खड्काले सुरुवाती बलिङ गर्नेछन् । सन्दिप लामिछाने र बसन्त रेग्मी पनि छन् । नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, दिलिप नाथ, दिपेन्द्र सिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, रोहितकुमार पौडेल पनि छन् ।
विश्वकप छनोटमा नेपाल अाज सवा १ बजे जिम्बाबेसँग भिड्दै , जित्न सके फाइदै फाइदा
काठमाडौं । एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दैछ । खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल शुरु हुनेछ । आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने दबाबमा छ । पराजित गर्न सके नेपाललाई अघि बढ्न मार्गप्रशस्त हुनेछ । तर नतिजा जिम्बाबेको पक्षमा गएमा विश्वकप छनोटमा नेपालको यात्रा सहज हुनेछैन । टेस्टमा नेपाली राष्ट्रिय टिमको भिडन्त यो दोस्रो हो । यसअघि टी–२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध खेलेको थियो । गत महिना नामिबियामा भएको डिभिजन–२ का खेलहरूमा नेपालले अत्यन्त कठिन परिस्थितिबाट नाटकीय जित निकाल्दै विश्वकप छनोट खेल्ने मौका पाएको हो । सन् २०१९ को विश्वकप क्रिकेटमा १० देशमात्र सहभागी हुने हुँदा नेपाल पनि सहभागी हुने सम्भावना निकै झिनो छ । तर झिनै भए पनि कुनै अभूतपूर्व नतिजाले नेपाललाई विश्वकपमा पु¥याउन सक्छ । पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा अघिल्लो महिना डिभिजन टुमा खेलेका अधिकांश खेलाडीले स्थान बनाएका छन् । नेपाली टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, ललित भण्डारी, वसन्त रेग्मी, सोम्पाल कामी, शक्ति गौचन, अनिलकुमार साह, मोहमद अरिफ, रोहितकुमार पौडेल, करण केसी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र दिपी नाथ छन् । -रासस
कोकाकोलाको ‘कोक खाम रसिया जाम’ अभियान, ४० जनाले विश्वकप हेर्न पाउने
काठमाडौं । कोकाकोला नेपालले ४० जना नेपालीलाई रसिया विश्वकप प्रत्यक्ष हेर्न लैजाने भएको छ । कोकाकोलाको ‘कोक खाम रसिया जाम’ भन्ने योजना अन्तर्गत ४० जना नेपालीले विश्वकप प्रत्यक्ष हेर्न पाउने भएका हुन् । कोकाकोलाको उपहार योजना अन्तर्गत १२,६०० जना पुरस्कृत हुनेछन् । साथै २४ इन्चको टेलिभिजन समेत उपभोक्ताले जित्ने अवसर रहेको छ । कोकाकोला विगत ४० वर्षदेखि फिफाको आधिकारीक प्रायोजकको रुपमा रहदैं आएको छ । यस योजना अन्तर्गत २०० जना उपभोक्ताले दैनिक आकर्षक उपहार जित्न सक्नेछन् । फिफा लोगो अंकित फिफा वल्र्डकप बिशेष उपहारहरु जस्तै स्पिकर, हेडफोन, पेन ड्राइभ जस्ता बस्तुहरु जित्न सक्ने छन् भने हरेक दिन २ जनाले २४ इन्चको टेलिभिजन जित्न सक्नेछन् । ‘विश्वकप सुरु हुन अगाडि ‘कोक खाम रसिया जाम्’ अभियान संचालन गर्न पाएकोमा हामी निकै खुशी छौं । फिफासँग हामीले ४० वर्ष देखि सहकार्य गर्दै आइरहेका छौं । हाम्रा महत्वपूर्ण उपभोक्तालाई हामीले सबैभन्दा ठूलो अवसर सिर्जना गरेका छौं र उहाहरुलाई यो अभियानमा भाग लिन प्रोत्साहन गर्द छौ । कोकाकोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले भने । यो योजनामा भाग लिनका लागि कोकाकोला बत्तलको लेवल पछाडि रहेको युनिक कोड टाइप गरी ३७७२२ मा पठाउनु पर्नेछ । योजना फेब्रुवरी १५ देखि सुरु भएर अप्रिल १५ सम्म संचालन हुनेछ । यो अफर ३०० एमएल, ५०० एमएल, १ लिटर, १.५ लिटर र २.२५ लिटरका कोक, फेन्टा ओरेन्ज, फेन्टा लेमोन, स्प्राइट र कोक जिरोमा लागू हुनेछ । यो क्याम्पेनमा १८ बर्ष पूरा गरेका नेपाली नागरिकले भागलिन पाउने छन् । लक्की ड्रमा राति १२ बजेदेखि बेलुका ७ बजेसम्म आएका एसएमएस समावेश गराइने छ ।
नेपालले क्याडालाई जित्यो, विश्वकप छनौट खेल्ने पक्का
काठमाडौं । नेपाली क्रिकेट टिमले अब विश्वकप छनौट खेल्न पाउने भएको छ । नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत लिग चरणको अन्तिम खेलमा क्यानडालाई पराजित गरेपछि विश्वकप खेल्ने पक्का भएको हो । बुधबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई १ विकेटले पराजित गरेको छ । विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा क्यानडाले दिएको १९५ रनको लक्ष्य जवाफमा ५० ओभरमा ९ विकेट गुमाएर पुरा गरेको छ ।अब नेपाल डिभिजन टु को फाइनलमा पुगेको छ । यस्तै नेपालले मार्चमा जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ । बसन्त रेग्मीले ३ विकेट लिए भने सन्दिप लामिछानले २ विकेट लिए । घुँडाका चोटका कारण सन्दिपको बलिङ प्रभावित भएको थियो । उनले ९ ओभर मात्र बलिङ गरे । शरद भेषावकरले र करण केसीले एकएक विकेट लिए ।
फीफा विश्वकपका लागि ३२ मुलकको समूह छनौट, कुन मुलुक कुन समूहमा हेर्नुस
काठमाडौं । विश्व फुटवल महासंघ (फीफा) ले अर्को वर्ष सन् २०१८ मा रुसको मस्कोमा हुने विश्वकप फुटवलमा भाग लिने मुलुकको समूह छनौट गरेको छ । विभिन्न महादेशबाट सहभागी हुने ३२ मुलुककलाई गोलाप्रथाबाट विभिन्न ८ समूहममा विभाजन गरेको छ । जसअनुसार समूह ए मा आयोजक रसिया, साउदी अरेविया, इजिप्ट र उरुग्वे परेका छन् । यस्तै समूह बीमा पोर्चुगल, स्पेन, मोरोक्को र इरान छन् । समूह सीमा फ्रान्स अष्टेलिया, पेरु र डेनमार्क, समूह डीमा अर्जेन्टीना, आइसल्याण्ड, कोस्टारिका र नाइजेरिया परेका छन् । समूह इ मा ब्राजिल, स्वीट्जरल्याण्ड, कोस्टारिका र सर्विया छन् । यसैगरी समूह एफमा जर्मनी, मेक्सिको, स्वीडेन र कोरिया, समूह जी मा बेल्जियम पानामा, ट्युनिसिया र वेलायत, समूह एचममा पोल्याण्ड, सेनेगल कोलम्बिया र जापान परेका छन् । विश्वकप सन् २०१८ को जुन १० अर्थात आउदो असारदेखि सुरु हुने छ ।
मेस्सीले देखाए चमत्कार, अर्जेन्टिनाले इक्वेडरलाई पराजित गर्याे, विश्वकप खेल्ने
काठमाडौं । इक्वेडरलाई पराजित गर्दे अर्जेन्टिनाले रूसमा हुने विश्वकप खेल्ने संभावना जिवितै राखेको छ । । बुधबार विहान घरेलु मैदानमा भएको खेलामा अर्जेन्टिनाले इक्वेडरलाई ३-१ को फराकिलो अन्तरले पराजित गरेको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले हयाट्रिक गरेका छन् । खेलको सुरु भएको ३ मिनेटमै इक्वेडरले अग्रता लिएको थियो । इक्वेडरका रोमारियो इब्राले पहिलाे गाेल गरेका िथए । १२ मिनेट नहुदै अर्जेन्टिनाको कप्तान मेसीले गोल फर्काएर खेललाई बरारबरीमा ल्याएका थिए । त्यसपछि लगातार २० औ र ५८ औं मिनेटमा मेसीले हयाट्रिक गरेर अर्जेन्टिनालाई जित दिलाए । जितसँगै अर्जेन्टिनाले १८ खेलबाट २८ अंक जोडेको छ । अर्जेन्टिना शिर्ष स्थानको ब्राजिलभन्दा १३ र दोस्रो स्थानको उरुग्वेभन्दा ३ अंकले पछि छ । १० राष्ट्र रहेको यो क्षेत्रबाट शिर्ष ४ टोलीले विश्वकप यात्रा तय गर्ने छन् । इक्वेटरको विश्वकप खेल्न नपाउने भएको छ । पाँचौ हुनेले प्ले अफ खेल्न पाउने छ ।