सेयर बजारमा ९ अर्बको कारोबार, १०७ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८ अंकले घटेर २६२३ बिन्दुमा झरेको हो । आज ३१४ कम्पनीको २ करोड ४६ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । बजारमा १०७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको घटेको छ । एक कम्पनीको मूल्य स्थिर रहेको छ । बुधबार सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको सेयरमा मात्रै ५८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो । त्यस्तै, न्यादी ग्रुपको ५२ करोड, सानीमा माइ हाइड्रोको ५० करोड, अरुण भ्याली हाइड्रोको ४२ करोड, र हिमालयन पावरको ३५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स, र क्रेस्ट माइक्रो लाइफका सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । आज अधिकांश सूचक ओरालो लागेका छन् । बैंकिङ ०.७०, विकास बैंक १.०६, फाइनान्स १.२४, होटल तथा पर्यटन ०.५०, लगानी ०.११, जीवन बीमा ०.०७, उत्पादन ०.७२, निर्जीवन बीमा ०.१८ र अन्य १.१६ प्रतिशतले घटेका छन् । साथै, हाइड्रोपावर ०.६१, माइक्रोफाइनान्स ०.०४, र व्यापार समूह ०.४० प्रतिशतले उकालो लागेका छन् ।

सेयर बजार २६३१ अंकमा झर्‍यो, कारोबारमा पनि गिरावट

काठमाडौं । मंगलबारको सेयर कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक १५ अंकले घटेर २६३१ बिन्दुमा झरेको हो ।  आजको कारोबारमा ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ । समग्रमा, ३११ कम्पनीका १ करोड ८४ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबारका आधारमा सबैभन्दा अगाडि सानीमा माइ हाइड्रोपावर रह्यो, जसको सेयरमा मात्रै ८२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यसपछि न्यादी ग्रुपमा ६२ करोड, राधी विद्युत कम्पनीमा ४६ करोड, एनआरएन इन्फ्रास्ट्रक्चरमा २५ करोड, र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीमा २३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो । मंगलबारको सेयर बजारमा सबै सेक्टरका सूचकहरू ओरालो लागेका छन् । तीमध्ये फाइनान्स समूहको सूचक सबैभन्दा धेरै अर्थात् १.२२ प्रतिशतले घटेको छ । त्यसपछि विकास बैंक ०.९०, लगानी ०.८३, माइक्रोफाइनान्स ०.७८, अन्य समूह ०.७५, होटल तथा पर्यटन ०.६३, बैंकिङ ०.५७, जीवन बीमा ०.५४, व्यापार ०.५१, निर्जीवन बीमा ०.३२, उत्पादन ०.३४, र हाइड्रोपावर ०.२० प्रतिशतले घटेका छन्। यस्तै, मूल्य वृद्धिको पक्षमा भने नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीका सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किटमा पुगेका छन् ।    

सेयर बजारमा ८ अर्बको कारोबार, नेपाल माइक्रो इन्स्योरेन्सको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ अंकले घटेर २६४७ बिन्दुमा झरेको हो । आजको कारोबारमा ७८ कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीको मूल्य घटेको छ।  कुल ३२७ कम्पनीका २ करोड ३६ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कम्पनीहरू मध्ये सबैभन्दा धेरै कारोबार न्यादी ग्रुपको भएको छ । न्यादीको मात्रै ७० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यसपछि राधी विद्युत कम्पनीको ४५ करोड, युनिर्भसल पावरको ३८ करोड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनीको ३५ करोड र सानीमा माइ हाइड्रोपावरको ३३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यद्यपि बजार ओरालो लाग्दा पनि नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रोकाे सेयर मूल्य आज १० प्रतिशतले बढेकाे छ । आजको कारोबारमा वित्त समूह १.४० र व्यापार समूह ०.४२ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लगानी समूहको उपसूचक २.१४ प्रतिशतले घटेको हो ।  

बढ्यो सेयर बजार, ७ अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ अंकले बढेर २६५८ बिन्दुमा पुगेको छ । आजको दिन ८३ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १६१ कम्पनीको मूल्य घटेको छ  । एक कम्पनीको मूल्य स्थिर रह्यो । बिहीबार ३०८ कम्पनीका १ करोड ९७ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सर्वाधिक कारोबार न्यादी ग्रुपको भएको छ जसको कारोबार ७० करोड रुपैयाँभन्दा बढीकाे काराेबार भएकाे छ । त्यस्तै राधी विद्युत कम्पनीको ५७ करोड, एनआरएन इन्फ्रास्ट्रक्चरको ५२ करोड, युनिर्भसल पावरको ४७ करोड, र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको २८ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

सेयर बजारमा दोहोरो अंकको गिरावट, राधी विद्युतको सर्वाधिक कारोबार

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ अंकले घटेर २६५५.८४ बिन्दुमा झरेको छ ।  आजको कारोबारमा ३०८ कम्पनीका १ करोड ८४ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । २८ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिए पनि २१७ कम्पनीको मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा सबैभन्दा बढी कारोबार राधी विद्युत कम्पनीको भएको छ, जसको कारोबार ५८ करोड रुपैयाँभन्दा बढी पुगेको छ । त्यस्तै, एनआरएन इन्फ्रास्टक्चरको ५१ करोड, न्यादी ग्रुपको ४१ करोड, सानिमा माइ हाइड्रोको ३५ करोड र हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट कम्पनीको ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफका सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बुधबारको सेयर कारोबारमा अधिकांश उपसूचकहरू रातो भएका छन् । सबैभन्दा धेरै घटेको विकास बैंक समूह हो, जसको सूचक २.०९ प्रतिशतले घट्यो । यसैगरी, अन्य अधिकांश समूह १ प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन् । बैंकिङ समूह १.२३ प्रतिशत, फाइनान्स १.१५ प्रतिशत, होटल तथा पर्यटन १.०१ प्रतिशत, हाइड्रोपावर १.७८ प्रतिशत, लगानी समूह १.७६ प्रतिशत, माइक्रोफाइनान्स १.०४ प्रतिशत, निर्जीवन बीमा ०.९७ प्रतिशत, अन्य समूह १.५० प्रतिशत र व्यापार समूह ०.३० प्रतिशतले घटेका छन् । जीवन बीमा समूह ०.४५ प्रतिशतले मात्रै घट्दा उत्पादनमूलक समूह भने १ अंकमुनिको वृद्धिसहित हरियो अवस्थामा रहेकाे नेप्सेले जनाएकाे छ ।

सेयर बजार घट्यो, ८ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ९ अंकले घटेर २६८८ विन्दुमा झरेको छ । बजार ओरालो लागे पनि कुल ८ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आजको बजारमा ३१९ कम्पनीको २ करोड कित्ता सेयर किनबेच भएको छ । ८६ कम्पनीको मूल्य बढ्दा १६० कम्पनीको घटेको छ भने १ कम्पनीको मूल्य यथावत् छ । सबैभन्दा धेरै कारोबार न्यादी ग्रुपको भएको छ, जसको कारोबार ४४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । त्यसपछिका धेरै कारोबार गर्ने कम्पनीहरूमा हिमालयन पावरको ४० करोड, हिमालयन रिइन्स्योरेन्सको ३६ करोड, नेपाल रिइन्स्योरेन्सको ३५ करोड र राधी विद्युतको ३५ करोड रुपैयाँ रहेका छन् । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले र क्रेस्ट माइक्रो लाइफको ९.९८ प्रतिशतले वृद्धि भएको हो ।

सेयर बजारमा ११२ कम्पनीको मूल्य बढ्यो, ८ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ अंकले घटेर २६९८ बिन्दुमा झरेको हो । आज ११२ कम्पनीको मूल्य बढ्दा १३३ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३१९ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी ग्रुपको भएको छ । न्यादीको ५३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो । यस्तै, युनिर्भसल पावरको ५२ करोड, हाइड्रोइलेक्ट्रिक इन्भेस्टमेन्ट कम्पनीको ४३ करोड, हिमालयन पावरको ३५ करोड र एनआरएन इन्फ्रास्ट्रक्चरको ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आजको कारोबारमा नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ र युनिर्भसल पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  सेक्टरगत परिसूचकमा सोमबार व्यापार समूह सबैभन्दा बढी १.५२ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ ०.८५, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.१५ र अन्य समूह १ प्रतिशतले घटेका छन् । साथै, केही समूहमा भने सुधार देखिएको छ । विकास बैंक समूह ०.४३, होटल तथा पर्यटन ०.०६, हाइड्रोपावर ०.७७, लगानी ०.१७ र उत्पादनमूलक समूह ०.०३ प्रतिशतले उकालो लागेका छन् ।   

सेयर बजारमा दोहोरो अंकको गिरावट, ८ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १६.०८ अंकले घटेर २७०६.०५ बिन्दुमा झरेको हो । बजार खुलेको केही समय सकारात्मक देखिए पनि अन्त्यसम्म आइपुग्दा नेप्से ओरालो लागेको हो । सूचकसँगै कारोबार भएका अधिकांश कम्पनीको मूल्यमा पनि गिरावट देखिएको छ । आज ३२८ वटा कम्पनीको २ करोड कित्ता भन्दा बढी सेयर किनबेच हुँदा ८ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज ५३ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १९२ कम्पनीको सेयर घटेका छन् । एक कम्पनीको मूल्य भने स्थिर रह्यो ।  सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको कुल कारोबार रकम ६८ करोड रुपैयाँ नाघेको छ । त्यस्तै, न्यादी ग्रुपको ५७ करोड, बलेफी हाइड्रोपावरको ५६ करोड, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ३८ करोड र सानिमा माइ हाइड्रोपावरको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र केस्ट माइक्रो लाइफको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो । आजको कारोबारमा अधिकांश समूहको उपसूचक घटेको देखिएको छ भने केही समूहमा वृद्धि भएको छ ।उत्पादन तथा प्रशोधन समूह ०.५२ प्रतिशतले र व्यापार समूह १.०२ प्रतिशतले बढेका छन् । तर, बैंकिङ ०.७०, विकास बैंक ०.७९, वित्त १.२७, होटल तथा पर्यटन १.३६, जलविद्युत् १.२२, र लगानी समूह ०.०६ प्रतिशतले घटेका छन् । त्यस्तै, जीवन बिमा ०.८७, लघुवित्त ०.५४, म्युचुअल फन्ड ०.२३, निर्जीवन बिमा ०.२२ र अन्य समूह १.०३ प्रतिशतले घटेकाे नेप्सेले जनाएकाे छ।

नयाँ वर्षको पहिलो दिन सेयर बजार २७ अंकले बढ्यो, ६ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । नयाँ वर्ष २०८२ को पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ अंकले बढेर २६८९ बिन्दुमा पुगेको छ । आज २१२ कम्पनीको मूल्य बढ्दा ३४ कम्पनीको मूल्य घटेको छ ।    मंंगलबार ३२० कम्पनीको २ करोड १८ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै करोबार बलेफी हाइड्रोपावरको २ अर्ब १ करोड रुपैयाँ बढिको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४२ करोड, राधी विद्युत कम्पनीको ३६ करोड, सीइडीबी होल्डीङसको ३२ करोड र हिमालयन रिइन्स्योरेन्सको ३१ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।  आज ६ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । करर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य ९.९८ प्रतिशत, गुराँस लघुवित्तको सेयर मूल्य ९.५८ प्रतिशतले बढेको छ । यस्तै, बलेफी हाइड्रोपावरको सेयर मूल्य ९.६९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । म्युचुअल फन्ड ०.०७ र व्यापार ०.६४ प्रतिशतको गिरावट देखिएको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह २.४६ र लगानी समूह २.७१ प्रतिशतले बढेको छ । बैंकिङ ०.४८, वित्त १.५९, होटल तथा पर्यटन १.९९, जलविद्युत् १.४७, जीवन बीमा ०.८१, उत्पादन तथा प्रशोधन १.२२, लघुवित्त ०.६० र निर्जीवन बीमा समूह १.०७ प्रतिशतले बढेको छ ।

वर्षको अन्तिम दिन सेयर बजार घट्यो, ३ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । २०८१ सालको अन्तिम दिन सेयर बजार सामान्य अंकले घटेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८ अंकले घटेर २६६२ बिन्दुमा झरेको छ ।  आज ८८ कम्पनीको मूल्य बढ्दा १५७ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  आइतबार ३२२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सीइडीबी होल्डीङसको भएको छ । सीइडीबीको ४५ करोड रुपैयाँ बढकिो कारोबार भएको छ ।  आज पनि अधिकांश सेक्टरका सूचक घटेका छन् । बैंकिङ ०.२१, विकास बैंक ०.७७, फाइनान्स ०.८८, हाइड्रोपावर ०.४५, जीवन बीमा ०.६१, उत्पादन ०.८४ र लघुवित्त ०.२६ प्रतिशत घटेका छन् । चार सेक्टरका सूचक भने बढेका छन् । होटल तथा पर्यटन ०.१४, लगानी १.६८, म्युचुअल फन्ड ०.२६ र निर्जीवन बीमा ०.०८ प्रतिशत बढेका छन् । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४४ करोड, राधी विधुत कम्पनीको ४३ करोड, हिमालयन रिइन्स्योरेन्सको ३९ करोड र नारायणी डेभलपमेन्ट बैंकको २० करोड रुपैयाँ बढीको कारोबार भएको छ ।  आइतबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३ र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको मूल्य १० प्रतिशतले बढेको छ । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

नयाँ वर्षको अवसरमा भोलि देशभर सार्वजनिक बिदा, बैंक र सेयर बजार बन्द

काठमाडौं । नेपाली पात्रो अनुसार भोलि वैशाख १ गतेबाट नयाँ वर्ष २०८२ सुरु हुँदैछ । नयाँ वर्षका अवसरमा देशभर सार्वजनिक बिदा दिइने भएकाले सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था र सेयर बजार बन्द रहनेछन् । विक्रम संवत् अङ्ग्रेजी संवत् (ईस्वी) भन्दा ५६.७ वर्ष अगाडि सुरू भएको मानिन्छ । राजा विक्रमादित्यले चलाएको यो संवत् नेपालमा मल्लकालदेखि नै मौलिक संवत्का रूपमा प्रयोग हुँदै आएको हो । नयाँ वर्षको आगमनसँगै देश–विदेशमा रहेका नेपालीहरूले एक आपसमा शुभकामना आदानप्रदान गरी उल्लासपूर्वक पर्व मनाउने परम्परा छ । यस दिन मेष संक्रान्ति र बिस्का जात्रा जस्ता सांस्कृतिक चाडपर्वहरू समेत रहेकाे छ । हरेक वर्ष झैँ यसपटक पनि नयाँ वर्षको दिन भोलि सार्वजनिक बिदा दिइएको सरकारले जनाएको छ । 

डिजिहबको ‘टीएमएस’ सार्वजनिक : सेयर बजारमा ब्रोकरहरूका झन्झट कम गर्ने

काठमाडौं । डिजिहब प्रालिले नेपाली सेयर बजारमा डिजिटल युगको नयाँ अध्यायको सुरुआत गर्दै अन्तर्राष्ट्रिय स्तरको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टीएमएस) सार्वजनिक गरेको छ । उक्त सिस्टम हालै पाँच प्रमुख ब्रोकर कम्पनीमा लाइभ भइसकेको छ । डिजिहबको यो नवीनतम प्लेटफर्मले सेयर कारोबारलाई सहज, छरितो र पूर्ण रूपमा स्वचालित बनाउने लक्ष्य लिएको छ । टीएमएसको सेवा डेस्कटप, वेब र मोबाइल (एन्ड्रोइड र आइओएस दुवै) संस्करणमा उपलब्ध छ । यसले प्रयोगकर्ताहरूलाई कुनै पनि स्थानबाट कुनै पनि समय सेयर कारोबार गर्न सहज बनाउनेछ । यस प्रणालीमा रहेका अर्डर बास्केट, एडभान्स चार्टिङ, मल्टी–विन्डो सपोर्ट, चाइल्ड अकाउन्ट म्यानेजमेन्ट लगायतका सुविधाहरूले कारोबार प्रक्रिया थप सूचना–आधारित, सुरक्षित र चाँडो बनाउने विश्वास लिइएको छ । डिजिहबको टीएमएसले इन्टिग्रेटेड ब्याक अफिस, सेन्ट्रलाइज्ड केवाईसी प्रणाली, एडभान्स रिस्क मोड्युल र रियल–टाइम नाफारनोक्सान ट्र्याकिङ जस्ता सुविधामार्फत ब्रोकरहरूले कारोबारका क्रममा झेल्दै आएका समस्यालाई कम गर्ने अपेक्षा गरिएको छ । डिजिहबले यो प्रणालीमार्फत नेपालको सेयर बजारलाई पूर्ण रूपमा डिजिटल बनाउने र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उन्नत बनाउने कार्यमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ । कम्पनीले चाँडै नै यो प्रणाली अन्य ब्रोकर कम्पनीहरूमा पनि विस्तार गर्ने योजना सार्वजनिक गरेको छ । साथै, सेयर कारोबारीलाई उत्कृष्ट प्रविधि र सेवा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

सेयर बजार र मोबाइल वालेटमा पनि ठगी, साइबर ब्यूरोले दियो यस्तो सुझाव

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्यूरोले अनुरोध गरेको छ । ब्यूरोले आज सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिङ्क क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न सूचित गरेको हो । पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनलइन माध्यमबाट लोन भुक्तानी गर्ने, सेयर बजारसम्बन्धी तालिम लिन सकिने र सोका लागि उपलब्ध गराइएको लिङ्क खोलेर आवश्यक सफ्टवेयर इन्स्टल गर्नुपर्ने भनी अवैध लिङ्क पठाउने गरेको पाइएको ब्यूरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।   

सेयर बजारमा ५ अर्बको कारोबार, २२१ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३ अंकले घटेर २६७० बिन्दुमा झरेको छ । आज २३ कम्पनीको मूल्य घटेको छ भने २२१ कम्पनीको मूल्य घटेको छ । सोमबार ३२२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ५० करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४३ करोड, नेपाल रिइन्स्योरेन्सको ३३ करोड, राधी विद्युत कम्पनीको २८ करोड र हिमालयन पावरको २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज सबै सेक्टरका सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै ३.१ प्रतिशत घटेकाे छ । बैंकिङ ०.९७, विकास बैंक १.११, होटल तथा पर्यटन १.३५, फाइनान्स २.२६, हाइड्रोपावर १.३७, लगानी १.६९, जीवन बीमा ०.८३, उत्पादन १.४२, माइक्रोफाइनान्स १.०३, निर्जीवन बीमा १.२२ र अन्य ०.४४ प्रतिशतले घटेकाे छ ।

बढ्यो सेयर बजार, ग्रिन भेन्चरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार समान्य अंकले बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.३५ अंकले बढेर २७०३ बिन्दुमा पुगेको छ । आज ९३ कम्पनीको मूल्य बढ्दा १५१ कम्पनीको मूल्य घटेको छ । बिहीबार ३२४ कम्पनीको १ करोड ५५ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको ७२ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।  आज ग्रिन भेन्चरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

सेयर बजारमा ७ अर्ब बढीको कारोबार, २२२ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन अर्थात आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९.८२ अंकले बढेर २६९३ बिन्दुमा पुगेको छ । आज २२२ कम्पनीको मूल्य बढ्दा २२ कम्पनीको मूल्य घटेको नेप्सेले जनाएको छ । आइतबार ३२३ कम्पनीको १ करोड ५५ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ६९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्स कम्पनीको ४७ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ३९ करोड, सीइडीबी होल्डीङसको २४ करोड र गार्डियन माइक्रोलाइफको १७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज जोशी हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । आइतबार अधिकांश सेक्टरका सूचक बढेका छन् । बैंकिङ ०.८२, विकास बैंक ०.८२, फाइनान्स २.०१, होटल तथा पर्यटन १.४१, हाइड्रोपावर १.५४, लगानी २.१८, जीवन बीमा ०.८५, उत्पादन तथा प्रशोधन ०.५८, माइक्रोफाइनान्स ०.६२, निर्जीवन बीमा ०.७८, अन्य २.०८ प्रतिशतले बढेकाे छ । व्यापार सेक्टर भने ०.२६ प्रतिशतले घटेकाे छ ।

३९ अंकले बढ्यो सेयर बजार, २३१ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९.१३ अंकले बढेर २६२१.८६ बिन्दुमा पुगेको छ । आज २३१ कम्पनीको मूल्य बढ्दा १२ कम्पनीको मूल्य घटेको छ । बुधबार ३१७ कम्पनीको ९१ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोड रुपैयाँ बढीको करोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ४१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्सको ३१ करोड, गार्डियन माइक्रोलाइफको २२ करोड, नारायणी डेभलपमेन्ट बैंकको ११ करोड र युनाइटेड मोदी हाइड्रोको १० करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज सबै सेक्टरका सूचकमा हरियाली छाएको छ । अन्य र जीवन बीमा सेक्टर सबैभन्दा धेरै २/२ प्रतिशतले बढेकाे छ । बैंकिङ १.१५, विकास बैंक १.१९, फाइनान्स १.७५, होटल तथा पर्यटन १.७८, हाइड्रोपावर १.७०, लगानी १.६७, जीवन बीमा २.०६, उत्पादन ०.९८, माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा १.७५, अन्य २.०९ तथा व्यापार १ प्रतिशतले बढेकाे छ ।

नविल बैंकमा नेतृत्व परिवर्तन, सेयर बजारमा शून्य प्रभाव

काठमाडौं । नबिल बैंकको उच्च नेतृत्व परिवर्तन हुँदा यस कम्पनीको सेयर मूल्यमा शून्य प्रभाव परेको छ । सेयर बजार खुल्नुअघि नै बैंकको मूल नेतृत्व परिवर्तन भएको सूचना बैंकले सार्वजनिक गरेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले पदबाट दिएको राजीनामा स्वीकृत भएको बैंकले औपचारिक रूपमा जनाएको छ । साथै बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले कामु सीईओको जिम्मेवारी पाएका छन् । नबिल बैंकमा बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा दुई जना कार्यरत थिए, मनोज ज्ञवाली र सुजित शाक्य । बैंकले ज्ञवालीलाई कामु सीईओको जिम्मेवारी दिएको छ । बुधबार नविल बैंकको सेयर प्रतिकित्ता ४७७ देखि ४८५ रुपैयाँसम्ममा कारोबार भएको छ । कारोबार बन्द हुन्दा प्रतिकित्ता ४८१ रुपैयाँ मूल्य कायम भएको छ । मंगलबारको तुलनामा यो मूल्य ८७ पैसाले बढी हो । बुधबार नेप्से परिसूचक भने ४०.४७ अंकले बढेर २६२३ भएको छ । यस वर्ष नविलको सेयर मूल्य प्रतिकित्ता ७०० सम्ममा कारोबार भएको छ । न्यूनतम मूल्य भने ४१९ रुपैयाँसम्म झरेको थियो । यतिबेला सेयर किन्नेका लागि नविल कम जोखिमयुक्त र बढी लाभदायक हुने जानकारहरु बनाउँछन् ।

५५ अंकले घट्यो सेयर बजार, कारोबार भने बढ्यो

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५५.९० अंकले घटेर २५८४.८८ बिन्दुमा झरेको छ । आज ४ कम्पनीको मूल्य बढ्दा २४० कम्पनीको मूल्य घटेको छ । मंगलबार कारोबार रकम भने सोमबारको तुलनामा बढेको छ । ३२५ कम्पनीको १ करोड ११ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको २३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्स कम्पनीको २१ करोड, युनाइटेड मोदी हाइड्रोको १७ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १४ करोड र सीइडीबी होल्डीङसको १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज  सबै समूहको उपसूचकमा राताम्मे बनेको छ । बैंकिङ १.४२, विकास बैंक २.९९, फाइनान्स ३.५०, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर ३.३१, लगानी २.०८, जीवन बीमा २.२०, उत्पादन १.५०, माइक्रोफाइनान्स २.४९, निर्जीवन बीमा २.४६, अन्य १.८२ तथा व्यापार १.८५ प्रतिशतले घटेकाे छ ।

३० अंकले बढ्यो सेयर बजार, २१० कम्पनीको मूल्य बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । लागातार घटिरहेको सेयर बजार ६ वटा कारोबार पछि आज बढेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.५२ अंकले बढेर २६४५.२० बिन्दुमा पुगेको छ । आज २१० कम्पनीको मूल्य बढ्दा ३३ कम्पनीको मूल्य घटेको छ । सोमबार ३२६ कम्पनीको ९७ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ३२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सीइडीबी होल्डीङसको १५ करोड, नेपाल रिइन्स्योरेन्सको १२ करोड, गर्डियन माइक्रोलाइफको १२ करोड र सिन्धु विकास बैंकको ११ करोड रुपैयाँ बढीको कारोबार भएको छ । सोमबार कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । फाइनान्स सबैभन्दा धेरै ३.७५ प्रतिशतले बढेकाे छ । बैंकिङ ०.९२, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.१६, हाइड्रोपावर १.००, लगानी ०.९५, जीवन बीमा १.६४, उत्पादन ०.८०, माइक्रोफाइनान्स ०.९०, निर्जीवन बीमा ०.६१, अन्य १.९१ तथा व्यापार १.५५ प्रतिशतले बढेकाे छ । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ९.२९ प्रतिशतले बढेकाे छ । पोखरा फाइनान्सको ७.४७, समृद्धि फाइनान्सको ६.३०, स्वेतगंगा हाइड्रोपावरको ५.६४ तथा रिलायन्स फाइनान्सको ५.२२  प्रतिशतले बढेकाे छ । यस्तै, अपरहेवाखोला हाइड्रोपावरको ४.९२, नारायणी डेभलपमेन्ट बैंकको ४.०५ तथा युनाइटेड मोदी हाइड्रोको २.९ प्रतिशतले सेयर मूल्य घटेकाे छ ।