विश्वकप एशिया छनोटमा नेपालद्वारा मलेसिया सात विकेटले पराजित

काठमाडौं । सिङ्गापुरमा जारी आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालले पहिलो जीत दर्ता गराएको छ । सिङ्गापुरको इण्डियन एशोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल कतारसँग चार विकेटले पराजित भएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित नौ ओभरमा सात विकेट गुमाउँदै ८३ रनको योगफल बनायो । ८४ रनको विजयी लक्ष्य बोकेर मैदान उत्रिएको नेपालले आठ ओभरमा तीन विकेट गुमाउर्दै लक्ष्य पूरा गर्यो । वर्षाले प्रभावित भएपछि २० ओभरको खेललाई छोट्टाएर नौ ओभरमा झारिएको थियो । नेपालको जीतमा कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरे । २१ बल खेलेका उनले तीन छक्का र पाँच चौका प्रहार गर्दै सर्वाधिक ५१ रनको महत्वपूर्ण योगदान दिए । त्यस्तै प्रदीप ऐरी १२ रनमा बाहिरिए भने विनोद भण्डारी अविजित १३ तथा दिपेन्द्र सिंह ऐरीले २ रन जोडे । बलिङतर्फ मलेसियाका लागि मुहम्मद सहदायत एक्लैले तीन विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित नौ ओभरमा सात विकेट गुमाउँदै ८३ रन बनाएको थियो । उसका लागि सैयज अजीजले सर्वाधिक ३० रन जोडे भने वीरनदीप सिंहले २१ तथा अहमद फैजले नौ रन जोडे । नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने वसन्त रेग्मीले दुई तथा सन्दीप लामिछाने र करण केसीले एक/एक विकेट झारे । जीतसँगै नेपालले जारी प्रतियोगितामा दुई अङ्क जोडेको छ । प्रतियोगितामा नेपालसहित मलेसिया, कतार, आयोजक सिङ्गापुर र कुवेत सहभागी छन् । उक्त प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउने छन् । रासस

विश्वकप एशिया फाइनलका लागि खेलाडी छनोट,को को भए ?

काठमाडौं । सिङ्गापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एशिया फाइनलका लागि आइतबार १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै १४ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको खेलाडीको सूचीमा कप्तान पारस खड्कासहित ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, अविनाश बोहरा, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर र सोमपाल कामी छन् । त्यसैगरी, वैकल्पिकतर्फ कुशल भुर्तेल, सुशन भारी, आरिफ शेख र जीतेन्द्र मुखिया छन् । आगामी सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको उक्त फाइनल आगामी साउन ६ देखि १२ गतेसम्म सिङ्गापुरमा हुँदैछ । एशिया छनोटमा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत गरी पाँच राष्ट्र सहभागी छन् । जसमा विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ । ग्लोबल छनोट आगामी अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई)मा हुँदैछ । यस्तै विश्वकप छनोटको तयारीको लागि नेपाली टोली यही असार २४ गते मलेसिया प्रस्थान गर्नेछ । त्यहाँ नेपालले असार २८ र २९ गते मलेसियाविरुद्व दुईवटा टी –ट्वान्टी सिरिज खेल्नेछ । रासस

विश्वकप छनोटको एशिया फाइनलका लागि खेलाडी छनाेट, काे काे भए ?

काठमाडाैं ।  सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप छनोटको एशिया फाइनल खेलका लागि मंगलबार प्रारम्भिक टोली घोषणा गरिएको छ । आगामी साउन ६ देखि १२ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मलित छनोट समितिले २५ सदस्यीय प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको हो । सो प्रतियोगिताका लागि नन्दनकुमार यादव पहिलो पटक छनोटमा परेका छन् । आगामी सन् २०२० मा आयोजना हुने विश्वकप छनोटको रुपमा रहेको उक्त फाइनल खेलका लागि नेपाली टोलीको बन्द प्रशिक्षण यही असार ५ गतेबाट शुरु हुनेछ । छनोट हुनेमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, अविनाश बोहरा, वसन्त रेग्मी, अमित श्रेष्ठ, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, जीतेन्द्रकुमार मुखिया, करण केसी, कुशल भुर्तेल र ललित भण्डारी छन् । त्यसैगरी, ललितनारायण राजवंशी, आरिफ शेख, नन्दन यादव, पवन सर्राफ, प्रदीप ऐरी, राजु रिजाल, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, साहव आलम, शरद भेषवाकर, सोमपाल कामी, सन्दीप जोरा र सुशन भारी छनोटमा परेका छन् । एशिया छनोटमा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालले आगामी साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिता उद्घाटन गर्नेछ । रासस

सन् २०२२ को विश्वकपमा ३२ टिम सहभागी हुने, ‘फिफाले ३६ करोड डलर कमाउने’

लुसान । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगितामा ३२ टिमलाई मात्र समावेश गरिने घोषणा गरेको छ । कतार विश्वकपमा ४८ टिमलाई विश्वकप खेल्ने मौका दिइने यसअघिको निर्णय उल्ट्याउँदै ३२ टिमलाई मात्र समावेश गर्ने निर्णय गरिएको हो । फिफाले बढीभन्दा बढी टिमलाई समावेश गर्ने योजनालाई पनि हाल स्थगित गरेको छ । निकै छलफल र परामर्श पश्चात् टिम थप्ने प्रस्तावलाई रोकिएको फिफाले जनाएको छ । फिफाले टिम थप गर्ने वा नगर्ने भन्ने प्रस्तावलाई आगामी जुन ५ मा हुने फिफा कङ्ग्रेसमा समेत नलैजाने जनाएको छ । टिम थप्ने योजना फिफाका वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोको व्यक्तिगत परियोजना रहेको आक्षेप लगाइएको छ । कतार विश्वकपमा ४८ राष्ट्रका टिम राखिएको भए कतारलाई ३० देखि ४० करोड अमेरिकी डलर थप आम्दानी हुने एएफपीले जनाएको छ । फिफाले १२ करोड डलर टेलिभिजन प्रसारण अधिकार, १५ करोड मार्केटिङ अधिकार र ९ करोड टिकट बिक्रीबाट आम्दानी गर्ने प्रक्षेपण गरेको छ । रासस/एएफपी

विश्वकप फुटसलमा नेपालको शुरुआती प्रतिद्वन्द्वी क्यानडा

काठमाडौँ। विश्व फुटसल महासङ्घको आयोजनामा हुने बाह्रौँ संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा क्यानडाको सामना गर्ने पक्का भएको छ ।  अर्जेन्टिनामा हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी क्यानडा पाएको आयोजकले आज सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ । उक्त प्रतियोगितामा १६ टोली सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ जसमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा क्यानडासहित क्याटलना र फ्रान्स छन् । आगामी चैत १७ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल चैत १८ गते क्यानडासँग खेल्नेछ । त्यस्तै नेपालले दोस्रो खेलमा चैत १९ गते क्याटलनासँग र समूहको अन्तिम खेल चैत २० गते फ्रान्ससँग खेल्नेछ । समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् । उक्त प्रतियोगिताका लागि नेपाल फुटसल सङ्घले खेलाडी छनोट गरिसकेको जनाइएको छ । उक्त विश्वकप फुटसलमा नेपालले वाइल्ड कार्डबाट सहभागिता जनाउन लागेको हो ।  

विश्वकप क्रिकेट ट्रफी पोखरा हुँदै चन्द्रागिरिमा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले चार दिने भ्रमणका लागि नेपाल ल्याइ पुर्याएको ट्रफी आइतबार चन्द्रागिरिमा प्रदर्शन गरिएको छ । विश्वका ५ महादेश, २१ देश र ६० स्थानमा प्रदर्शन गरिने उक्त ट्रफी नेपालको नयाँ एकीकृत पर्यटकीय गन्तव्य चन्द्रागिरिमा प्रदर्शनका लागि लागिएको हो । ट्रफी बंगलादेशबाट दुबई हुँदै नेपाल ल्याइ पुर्याएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को संयोजक भावना घिमिरेले बताएका छन् । यसअघि ट्रफी पश्चिम नेपालको पोखरामा प्रदर्शन गरि काठमाडौं फर्काइएको संयोजक घिमिरेले बताए । ट्रफी प्रदर्शनमा आएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् लगायको टोलीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले चन्द्रागिरि परिसरमा स्वागत गरेका हुन् ।

विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइँदै, आइतबार चन्द्रागिरिकाे प्रर्दशनीमा राखिने

काठमाडौं । इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ । आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बङ्गलादेशबाट शुक्रबार नेपाल आइपुग्ने छ । ट्रफी नेपालमा चार दिन राखिनेछ । नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रगिरिमा पुर्याइनेछ । पोखरा प्रिमियर लिग क्रिकेट (पिपिएल)का लागि सबै खेलाडी र क्रिकेटसम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा लैजान लागिएको हो । त्यस्तै, आइतबार ट्रफीलाई काठमाडौँको चन्द्रागिरिमा लगेर प्रर्दशनीमा राखिनेछ । सोही दिन प्रधानमन्त्री र सर्वसाधारणलाई समेत ट्रफी देखाइने कार्यतालिका रहेको घिमिरेले जानकारी दिए । आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गर्न लागेको हो । नेपालले एक दिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याउन लागिएको हो । विश्वकपको ट्रफी निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गरिदैछ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलोपटक आउने लागेको हो । फुटबलको ट्रफी भने नेपालमा ल्याइसकिएको छ । एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी दुबईबाट शुरु भई ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश हुँदै नेपाल ल्याउन लागिएको बताइएको छ । ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ । रासस

विश्वकप फुटलबलको योजना अन्तर्गत कार्की र देउलाले पाए सिजी टिभी

काठमाडौं । इलेक्ट्रोनिक्स क्षेत्रमा नं.१ ब्राण्ड बन्न सफल सिजीले कटारीकी रोसनी कार्की र तिलगंगाका सञ्जिप देउलालाई सिजी टिभी वितरण गरेको छ । कम्पनीले हालसालै सम्पन्न भएको विश्वकप फुटलबलमा राखिएको योजना अनुरुप दुई जना भाग्यशालि लक्कि ड्र विजेताहरुलाई उक्त टिभी हस्तान्तरण गरेको हो । उक्त टिभी सिजीका विजनेस युनिट हेड धर्वेन्द्र जोशीले हस्तान्तरण गरेका हुन् । साथै, उनले आगामी दिनहरुमा पनि सिजीका टिभीहरु किन्नका लागि प्रोत्साहन गरेका छन् ।

दु:खी छु, पिडामा छु विश्वकप हारेपछि झन् आलोचनाको सिकार भएँ: नेइमार जुनियर (भिडियोसहित)

काठमाडौं । ब्राजिलका स्टार स्ट्राइकर नेइमार जुनियर सेन्ट परिस जर्मनको ट्रनिङ सेसनमा फर्किएका छन् । विश्वकपमा बेल्जियमसित हारेपनि उनी पहिलो पटक ट्रेनिङ फर्किएका हुन् । नेइमारले विश्वकपमा हार बेहोरेपछि  चौतर्फी आलोचनाको सिकार हनुपरेको बताएका छन् । उनले गोलडटकमसँग कुरा गर्दै भनेका छन्- ‘म सबै कुरामा आलोचित भैरहेको छु, चाहे मैले जे बोले, पनि जे गरे पनि । तर मैले यसलाई प्रयोग गरिरहेको छु । मैले धेरै समय आलोचनाको बारेमा सोचेको छु । तर म अझै विश्वकपको कुरा गर्न चाहान्छु किनभने म अझै यसको पिडामा छु । म धेरै दुखी छु, यो समय मेरो लागि धेरै कष्टकर समय हो, म सधै भन्दै आइरहेको छु जब मैले सान्तोस क्लब छोडे, मैले इस्टाग्राममा लेखेँ, जब मैले बार्सिलोना छोडे मैले इस्टाग्राममा लेखेँ र विश्वकपको बारेमा पनि लेख्दैछु, जहाँ मलाई मेरा शब्दहरु लेख्न सजिलो लाग्छ । जब मलाई मनिसले माया गर्छन मेरो मनमा शान्ती मिल्छ ।’ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

१९ वर्षमै विश्वकप ट्रफी उचालेका एम्बाप्पेको मूल्य ३६५० प्रतिशतले बढ्यो, चुनौति दिदैं पाउलो डिबाला

काठमाडौं । १९ वर्षमै विश्वकपको ट्रफि उचालेका फ्रान्सका स्टार स्ट्राइकर केलियन एम्बाप्पे सबैभन्दा मूल्यवान खेलाडी बनेका छन् । एम्बाप्पेको मूल्य पछिल्लो वर्ष ४ मिलियनबाट बढेर १५० मिलियन युरो पुगेको हो । इंग्लिस फुटबल ट्रान्फर मार्केटले निकालेको प्रतिवेदन अनुसार सन् २०१७ एम्बाप्पेको मूल्य ३६५० प्रतिशतले बढेको हो । पिएसजीबाट व्यवसायीक खेल खेल्दै आएका एम्बाप्पे विश्व सर्वोकृष्ट खेलाडी घोषणा भैसकेका छन् । दोस्रो नम्बरमा मोहोम्मद साला परेका छन् । उनको मूल्य २७ मिलियनबाट बढेर १५० मिलियन पुगेको छ । तेस्रो नम्बरमा ह्यारी केन पर्दा चौथो नम्बरमा बेल्जियमका केभिन डे ब्रुने परेका छन् । पाचौं नम्बरमा ब्राजिलका फिलिपे कौटिन्हो, छैंटौमा क्रोयोसियाका साभिक सातौंमा नेइमार जुनियर, आठौंमा डेलि अलि नावौं स्थानमा अर्जेन्टिनाका पाउलो डिबाला रहँदा दशौं स्थानमा ग्रबियल जिसस परेका छन् । २४ वर्षिया पाउलो डिबालाको मूल्य १६ देखि ७० मिलियन युरो बढाएकाे छ । उनी एम्बाप्पेपछिको मूल्य बढ्नेमा दोस्रो कान्छो खेलाडी हुन् । यसैगरी आफ्नो मूल्य बढाउनेहरुमा लियोनल मेसि, रार्सफोर्ड, इडेन हाजार्ड, माउरो इकार्डी, थोमस लेमार, लाउरे साने, रोमेलु लुकाकु, मार्को एसेन्सियो र ओसामाने डेम्बेले रहेका छन् ।

‘एम्बाप्पे धेरै नाटक नगर, जिदानकै शैलीमा विश्वकप गुम्ला’: थोमस मेउनिर

काठमाडौं । फ्रान्सका १९ वर्षिय सुपरस्ट्रार केलियन एम्बाप्पेको खराब आचरणको आलोचना शुरु भएको छ । उरुग्वे र बेल्जियम विरुद्धको खेलमा समय सक्ने नाममा खराब बानी प्रर्दशन गरेपछि उनको आलोचना शुरु भएको हो । एम्बाप्पेका सेन्ट पेरिस जर्मनका समकक्षी थोमस मेउनिरले उनको कडा शब्दमा आलोचना गरेका छन् । इंग्लिस अनलाईन गोल डटकममा अन्तवार्ता दिदैं मेउनिरले एम्बाप्पे जस्तो सुपरस्ट्रारले चलचित्रमा जस्तो नाटक गर्न नहुने बताएका हुन् । उनले भने-‘बेल्जियम विरुद्धको खेलमा उनले किन यस्तो व्यवहार देखाए म प्रश्न गर्न चाहान्छु, साथै चेतावनी पनि जिनेदिन जिदान र रोनाल्डोले जस्तै विश्वकप गुमाउन सक्छौ । तिमी एक युवा अवश्थामा छौं, यो उमेरमा धेरै कुरा सिक्नु जरुरी छ । हुन त तिमी यो संसामा उत्कृष्ट खेल खेलिरहेका छौ । तर बेल्जियमसँगको खेलमा पटक पटक समाय बर्बाद गर्न किन लागि पर्यो । यो महान खेलाडीको आचरण होइन ।’ ‘जिदान र रानाल्डो उनीहरु महान खेलाडी हुन् । उनीहरुले चलचित्रमा जस्तो नाटक गरेका छैनन् । उनीहरुले आफ्नो इच्छा र क्षमताले फुटबल खेले । उनीहरुले विगतमा जस्ता क्रियाकलाप गरे त्यो नाटकिय थिएन, त्यसैले उनीहरुले अहिले सम्म सम्मान पाइरहेका छन् । त्यसैले तिमी महान बन्नु छ भने इटालीका खेलाडीसँग आफ्नो खराब बानीलाई सुधार गर ।’ एम्बाप्पेले बेल्जियमसँगको खेलमा फ्रि किक हान्न लागेको बल टिपेर हिडेका थिए भने उरुग्वेसँगको खेलमा आफैं लडेर नाटक गरेका थिए । उनले लगातार २ वटा पहेंलो कार्ड समेत खाइसकेका छन् । सेमिफाइनलमा फ्रान्सले सामुइल उमटीटीको हेडिङ गोलको मद्धले बेल्जियलाई हराउदै फाइनल यात्रा तय गरेको थियो । अब बेल्जियमले तेस्रो स्थानको लागि इंग्ल्यान्ड र फाइनल फ्रान्स र क्रोयोसियाबिच हुनेछ ।

लालिगा खेल्ने ९ जना खेलाडी आइतबार विश्वकपको लागि भिड्दै

काठमाडौं । विश्वकप फाइनल खेलमा स्पेनीस लालिगाबाट व्यवसायिक खेल खेल्ने ९ जना खेलाडी पुगेका छन् । क्रोयोसिया र फ्रान्सका राष्ट्रिय ९ जना खेलाडीहरु स्पेनीस लालिगाबाट रियल मड्रिड, बार्सिलोना, एथ्लेटिको म्याड्रिड लगायत फुटबल क्लबबाट फुटबल खेल्दै आइरहेका छन् । रियल म्याड्रिडबाट खेल्ने क्रोयोसियाका लुका माड्रिक, कोभाकिच, फ्रान्सका राफेल भारान विश्वकप फाइनलमा एक अर्का विरुद्ध उत्रिने छन् । यसैगरी बार्सिलोनाबाट खेल्ने फ्रान्सका सामुयल उमटिटि, ओसामाने डेम्बेले र क्रोयोसियाका इभान राकेटिक कपका लागि एक अर्का विरुद्ध भिड्नेछन् । यस्तै एथ्लेटिको म्याड्रिडका एन्टोनी ग्रीजम्यान, लुका हर्नान्डेज र सिमे भार्सेल्जिको रहेका छन् । खेल नेपाली समय अनुसार आइतबार बेलुकी ८४५ बजे शरु हुनेछ ।

विश्वकपमा बाजी खेल्ने दश हजार जना पक्राउ

बैंकक । थाइल्याण्डमा विश्वकप फुटबल प्रतियोगिता २०१८ का विभिन्न खेललाई लिएर बाजी खेलेको आरोपमा दश हजार जना पक्राउ परेका छन् । प्रहरीका एक उच्च अधिकारीले त्यति धेरै मानिसलाई पक्राउ गरेको तथ्य बुधबार सार्वजनिक गरेका हुन् । उनका अनुसार यस अगाडि सन् २०१४ मा भएको विश्वकप फुटबलका बेलाको भन्दा अहिले पक्राउ पर्नेहरूको संख्या दोब्बर भएको हो । अहिले जारी प्रतियोगिताका खेलहरूबारे बाजी खेल्नेहरू देशभरी रहेको र पक्राउ पर्ने पनि देशभरीका रहेको जनाइएको छ । प्रहरी अधिकारीहरूले बाजी खेल्नेहरू अत्यन्त धेरै बढेको पनि बताएका छन् । प्रहरीले यसलाई एक प्रकारको जुवाको रूपमा लिएर बाजी खेल्न प्रतिबन्ध लगाउने गरेको भए पनि खेल्नेक्रम भने रोकिएको छैन । बाजी खेल्दा जुवामा जस्तो ठूलो रकम हारजीत हुने भएकाले सामाजिक तथा पारिवारिक अवस्थामा समेत असर पर्ने गरेको छ । पक्राउ पर्नेमा यस्ता बाजी खेलाउनेहरू पनि परेका छन् । उनीहरूले यसलाई व्यवसायकै रूपमा सञ्चालन गरेको पनि पाइएको प्रहरीको भनाई छ ।

ठूला टोली घर फर्किएसँगै थप रोमाञ्चक बन्दै विश्वकप, गोल्डेन बुट ह्यारी केनले लैजाने सम्भावना

काठमाडौं । रुसमा जारी विश्वकपको प्रिक्वाटरफाइनलका खेलहरू गएराति समाप्त भएसँगै प्रतियोगिताको रोमाञ्च उत्कर्षमा पुगेको छ । रुस विश्वकपको अन्तिम आठसम्म आइपुग्दा विश्वकपका दाबेदार मानिएका जर्मनी, अर्जेन्टिना, पोर्चुगल, स्पेन, मेक्सिकोजस्ता टोलीहरू घर फर्किए भने थुप्रै उत्कृष्ट खेलाडीको प्रदर्शन निराशाजनक रह्यो । प्रतियोगितामा कम चर्चित खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्ना टिमलाई अघि बढाएका छन् । अघिल्लो विजेता जर्मनी समूह चरणको अन्तिम खेलमा मेक्सिकोसँग पराजित हुँदै घर फर्कन बाध्य भयो भने उपविजेता अर्जेन्टिना प्रिक्वाटर फाइलनमा फ्रान्ससँग पराजित हुँदै घर फर्किएको छ । त्यसैगरी स्पेन आयोजक रुससँग, पोर्चुगल उरुग्वेसँग र मेक्सिको ब्राजिलसँग पराजित हुँदै प्रिक्वाटर फाइलनबाट घर फर्किए । प्रतियोगितामा पाँच पटकको विजेता ब्राजिल र एक पटकको विजेता फ्रान्सको प्रदर्शन भने उत्कृष्ट रहँदै आएको छ । प्रतियोगितामा उत्कृष्ट मानिएका अर्जेन्टिनाका लियोनल मेस्सी, इजिप्टका मोहमद सलाह, कोलम्बियाका जेम्स रोड्रिगेज, जर्मनीका थोमम मुलर, स्पेनका मार्को एसेन्सियो र आन्द्रे इनिस्टाजस्ता खेलाडीको प्रदर्शन निराशाजनक देखियो । प्रतियोगितामा स्विडेनका भिक्टर लिन्डेलोफ, रुसका गोलकिपर इगोर अकिनफेभ, रुसकै राइटब्याक मारियो फर्नान्डेज, उरुग्वेका डियगो लाक्साल्ट, फ्रान्सका पाउल पोग्बा, जापानका ताकासी इनुई, फ्रान्सका कलियन एमबाप्पे, उरुग्वेका एडिन्सन काभानी, ब्राजिलका नेयमार जुनियरको प्रदर्शन सबैका लागि आकर्षक रह्यो । चर्चा ‘गोल्डेन बुट’को  विश्वकपमा क्वाटरफाइनल प्रवेश गर्ने आठ टोलीको टुंगो लागेसँगै गोल्डेन बुटको चर्चा हुन थालेको छ । विश्वकपको उपाधि कसले जित्ने भन्ने चासो जति छ, गोल्डेन बुटबारे पनि उत्तिकै उत्सुकता देखिन्छ । गोल्डेन बुटको दौडमा यसपटक इंग्ल्याण्डका कप्तान ह्यारी केन अगाडि देखिएका छन् । जारी विश्वकपमा उनले छ गोल गरिसकेका छन् । छ गोल गरेका केनले तीन गोल भने पेनाल्टीमार्फत गरेका हुन् । गोल्डेन बुटको दौडमा उनलाई बेल्जियमका रोमेलु लुकाकुले पच्छ्याइरहेका छन् । उनको गोल संख्या चार छ । समूह चरणको पहिलो खेलमा स्पनेविरुद्ध ह्याट्रिक गरेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि चार गोल नै गरेका छन् । पोर्चुगल प्रतियोगिताबाट बाहिरिसकेकाले ‘गोल्डेन बुट’मा सम्भावना छैन । त्यस्तै ३ गोल गरेका उरुग्वेका एडिन्सन काभानी, रुसका डेनिस चेरिसेभ र आर्टेम डिजुबा, फ्रान्सका किलियन एमबाप्पेको पनि सम्भावना अझै सकिएको छैन । यही असार २२ गतेदेखि क्वाटर फाइनलका खेलहरू हुँदैछन् । पहिलो खेलमा शुक्रबार साँझ ७ः४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ, त्यही दिन राति ११ः४५ बजे पाँच पटकको विजेता रहेका ब्राजिलले बेल्जियमसँग खेल्नेछ । त्यसैगरी शनिबार साँझ ७ः४५ बजे स्वीडेन र इङ्ल्याण्डबीच प्रतिपर्धा हुनेछ । क्वाटर फाइनलको अन्तिम खेलमा आयोजक रसियाले क्रोएसियाको सामना गर्नेछ । क्वाटर फाइनल पुग्ने आठ टोलीमध्ये चारवटा विश्व विजेता बनिसकेका टोली हुन् भने चारवटाले प्रतियोगिताको उपाधि जित्न सकेका छैनन् । ब्राजिल सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ को विजेता हो । उरुग्वेले पहिलो विश्वकप सन् १९३० र १९५०, फ्रान्स सन् १९९८ र इङ्ल्याण्ड सन् १९६६ को विजेता हुन् । त्यसैगरी क्वाटर फाइनलमा पुगेका बेल्जियम, क्रोएसिया, स्वीडेन र रसियामध्ये अहिलेसम्म स्वीडेन १९५८ मा ब्राजिलसँग फाइनमा पराजित भएको हो । आयोजक रसिया पहिलो पटक क्वाटर फाइनल पुगेको हो । बेल्जिम सेमिफाइनसम्म पुगेको टोली हो । प्रतियोगितामा नव प्रवेशी पानामा र आइसल्याण्डले खासै प्रदर्शन गर्न सकेनन् । आइसल्याण्डले पहिलो खेलमा दुई पटकको विश्व विजेता अर्जेन्टिनालाई बराबरीमा रोक्न सफल भए पनि पछिल्ला दुई खेल क्रमशः नाइजेरिया र क्रोएसियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । पानामाले बेल्जियम, इङ्ल्याण्ड र ट्युनिसियासँग पराजित हुँदै घर फर्कियो । विश्वकप २०१८ मा चम्किएका खेलाडी  नेयमार जुनिय फरवार्ड, ब्राजिल  नेयमारको खेलको भन्दा पनि ‘अभिनय’को चर्चा धेरै भयो । तर जर्मनी क्लब पिएसजीका यी फरवार्डले मेक्सिकोसँग उत्कृष्ट खेले । लियोनल मेस्सी र किस्ट्रियानो रोनाल्डो घर फर्कंदै गर्दा उनले भने आफ्नो टिमलाई क्वाटरफाइनलमा प¥याए । उनले गरेको एक गोल र पासको मद्दतले नै ब्राजिलले मेक्सिकोलाई २–० ले हराउन सफल भयो । भिक्टर लिन्डेलोफ, स्वीडेन  स्वीडेनका भिक्टर लिन्डेलोफले आन्द्रेस ग्रान्भिस्तको पार्टनरसीपमा उत्कृष्ट खेल खेल्दै स्विडेनलाई गोल खानबाट बचाए । उनी चम्किएपछि स्विडेनले गएराति स्विजरल्याण्डलाई एक गोलले हरायो र क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । उरुग्वेको लागि बलियो खम्बाका रुपमा प्रस्तुत हुँदै आएका डियगो गोडिन सेन्टरब्याक पोजिसनबाट खेल्दै आएका छन् । उनले क्रिस्टियानो रोनाल्डो र पोर्चुगलको आक्रमणलाई रोक्न सफल भए । खेलमा उरुग्वेले दुई गोल गर्दा पोर्चुगलले एक गोल मात्रै गर्न सक्यो र प्रतियोगिताबाट बाहिरियो । डियगो लाक्साल्ट लेफ्ट ब्याक, उरुग्वे  उरुग्वेका लेफ्ट ब्याक डिएगो लाक्साल्टले विश्वकप २०१८ मा आफ्नो उत्कृष्ट प्रदर्शन कायमै राखेका छन् । पोर्चुगलसँगको खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका उनले फरवार्ड एडिसन काभानी र सुआरेजलाई उत्कृष्ट पासहरू मिलाइदिएका थिए । पाउल पोग्बा सेन्ट्रल मिडफिल्डर, फ्रान्स  फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले पराजित गर्दा पोग्बा फ्रान्सको खेलको मुटुको रुपमा प्रस्तुत भएका थिए, तर उनको खासै चर्चा भएन । मिडफिल्ड सम्हाल्दै आक्रमणका लागि राम्रो बनाउँदै उनले एमबाप्पे, ग्रिजम्यान र जिराउडलाई उत्कृष्ट पासहरू मिलाइदिएका थिए । इगोर अकिनफेभ (गोलकिप्पर), रुस  प्रि क्वारटफाइनलमा स्पेनका कोके र इयागो आसपासको पेनाल्टी रोकेका रुसी गोलकिपर इगोर अकिनफेव पेनाल्टी सुटआउटको नायक बने । उनले खेलमा धेरै उत्कृष्ट बचाउ गर्दै रुसलाई क्वाटरफाइनलमा पु¥याउन भूमिका खेले । मारियो फर्नान्डेज, रुस  राइटब्याक मारियो फर्नान्डेजले उत्कृष्ट प्रदर्शन गर्दै स्पेनको लेफ्ट विङ्गको चुनौतीलाई धेरै हदसम्म विफल बनाए । उनको उत्कृष्ट खेलसँगै रुस स्पेनसँग १–१ बराबरी खेल्दै पेनाल्टी सुटआउटमा पुग्यो । जसमा रुसले स्पेनलाई हराउँदै अन्तिम आठमा स्थान सुरक्षित ग¥यो । ताकासी इनुई सेन्ट्रल मिडफिल्डर, जापान  जापान अन्तिम १६ बाटै बाहिरिए पनि ताकासी इनुइले धेरै सुन्दर गोल गरेका थिए । जसले बेल्जियमलाई धेरै दबाबमा राखेको थियो । खेल अवधीभर उनको मिडफिल्ड मुभमेन्ट पास र ड्रिबलिङ उत्कृष्ट थियो । तर जापान प्रिक्वारट फाइनलबाटै बेल्जियमसँग पराजित भएको छ । किलियन एमबाप्पे फरवार्ड, फ्रान्स फ्रान्सका १९ वर्षीय फरवार्ड किलिएन एमबाप्पे अर्जेन्टिनाविरुद्धको प्रिक्वारट फाइलन खेलका स्टार हुन् । उत्कृष्ट पेस र फिनिसको माध्यमले अर्जेन्टिनालाई नराम्रो हार चखाउँदै बिदा गरेका उनले आफूलाई विश्व फुटबलको उदाउँदो स्टारको रुपमा चिनाए । उनले उक्त प्रतियोगितामा दुई गोल गरेका थिए । जुन ब्राजिलका महान खेलाडी पेलेको बराबरी हो । एडिन्सन काभानी फरवार्ड, उरुग्वे  एडिन्सन काभानीको लोभलाग्दो प्रदर्शनकै आधारमा उरुग्वेले पोर्चुगललाई बिदा गर्दै विश्वकपको क्वाटरफाइनलका लागि आफ्नो स्थान सुरक्षित ग¥यो । उनले पोर्चुगलको पोस्टमा दुई गोल मात्रै गरेनन् लुइस सुआरेजसँग उनको पार्टनसीप पनि धेरै नै उत्कृष्ट थियो । क्रिस्टियानो रोनाल्डो फरवार्ड, पोर्चुगल  २०१६ को युरोकपको विजेता टोलीको क्याप्टेन क्रिस्टियानो रोनाल्डोले जारी प्रतियोगितामा चार गोल गरे । पहिलो खेलमा स्पेनविरुद्ध ह््याट्रिक गरेका उनले दोस्रो खेलमा मोरक्को विरुद्ध गोल गरेर गोल्डेन बुटको बलियो दाबेदारी प्रस्तुत गरे पनि उनको टोली प्रि क्वाटरफाइनबाटै बाहिरएपछि उनी गोल्डेनबुटको होडबाट बाहिरिएका छन् । रासस

विश्वकपमा सट्टेबाजी खेलाउँदै गर्दा ७ लाख नगदसहित तीनजना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले हाल भइरहेको विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने तीनजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले कामनपा–१५ बज्र होटल नजिक बसेर सट्टेबाजी खेलाउँदै गरेका काठमाडौँ म्हैपीका २२ वर्षीय प्रकट महर्जन, रामघाट बस्ने २२ वर्षीय रेजिन महर्जन र चागल बस्ने २५ वर्षीय सुजेन शाहीलाई छ लाख ९९ हजार रुपैयाँ नगदसहित सोमबार पक्राउ गरी आज(मंगलबार) सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता मोहनकुमार थापाले उनीहरुले विश्वकप फुटबलमा रकम बाजी राख्न लगाई खेल खेलाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिए। प्रहरीले उनीहरुसँग छ लाख ९९ हजार रुपैयाँ र चार थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका तीनैजनासँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए । रासस

काठमाडाैंमा यसरी देखाइन्छ विश्वकप फुटबल, रंगशालामा नै हेरे जस्ताे हुने

काठमाडौं । विश्वकप फुटबलको रौनकमा राजधानीको दरबारमार्गमा विभिन्न विधाका व्यक्तिहरु एकै स्थानमा भेला भएर विश्वकप फुटबलमा रमाउन थालेका छन् । खेल भैरहेको रंगशालामा नै बसेको अनुभुति दिलाउने शैलीमाकिंग्स लाउञ्जले दर्शकहरुको ध्यान खिचिरहेको छ । २० बाई ११ फिटको एचडि स्क्रिनमा बाक्लो संख्याका दर्शकका बिचमा बसेर विश्वकपका खेल हेर्ने व्यवस्था मिलाइएको छ । चलचित्र, खेलकुद, व्यापार व्यवसाय क्षेत्रका चर्चित अनुहारहरु पनि यो किसिमको अनुभुति बटुल्न लाउञ्ज धाउने गरेका छन् । अतिथिको विशेष स्वागत तथा आतिथ्यताकाबीच खेल मैदानमा पुगेको आभाष गराउन सक्नु नै लाउञ्जको विशेषता हो । जसका कारण अहिले विश्वकपका हरेक फुटबल खेल हुने समयमा दर्शकहरुको भीड बढ्दै गएको छ । विश्वकप फुटबलको उद्घाटन शत्रका दौरानमा लाउञ्जले चलचित्र, खेलकुदका साथै विभिन्न क्षेत्रका राष्ट्रिय व्यक्तित्वहरुलाई एकै स्थानमा जमघट गराएर सम्मान समेत गरेको थियो । अहिले पनिदैनिक रुपमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई उपस्थित गराउँदै लाउञ्जले दर्शकहरुसँग प्रत्यक्ष भेटघाट गराई सँगै विश्वकप खेल हेर्ने व्यवस्था गराएको छ । लाउञ्जले संगीतमा अधिक रुची भएका खेलप्रेमीहरुलाई लक्षित गर्दै २० वाई ११ फिटको एचडी स्क्रिीनमा विश्वकप फुटलका खेलहरु नियमित रुपमा प्रदर्शन गरिरहेको छ । लाउञ्जमा विश्वकप अवधिभरी खेलाडी, कलाकार, आमदर्शक, संगीतप्रमी तथा खानाका पारखीहरुको नियमित रुपमा विशेष जमघट हुनेछ । लाउञ्जले खेल देखाउँदै सेवाग्राहीहरुलाई उत्कृष्ट किसिमको सेवा प्रदान गर्ने जनाएको छ ।

सिजीको विश्वकप अफरमा दुई जनाले पाए २० इन्चको एलइडि टिभी

काठमाडौं । सिजीको विश्वकप अफरमा दुई जना विजेताले २० इन्चको एलइडि टिभी पाएका छन् । हाल भइरहेको विश्वकप फुटबल प्रतियोगितालाई मध्यनजर गरि सिजीले आफ्ना टिभी खरिदकर्ताहरु मध्यबाट प्रत्येक हप्ता एक जनालाई लक्की ड्र मार्फत सिजीको एलईडि टिभी प्रदान गरेको हो । जस अन्तर्गत हिजो मात्र एक पत्रकार सम्मेलन गरि २ जना भाग्यसालि विजेताहरु छानिएका थिए । जस मध्य इलाम घर भएका धिरज आर्चाय र काठमाडौं, तिलगंगा घर भएकी संजिता देउला रहेका छन् । तसर्थ योजना अनरुप सिजीले उनीहरु २ जनालाई सम्पर्क गरि उक्त उपहार प्रदान गर्ने र अझै २ वटा टिभीहरु उपहार स्वरुप दिन बाँकी रहेको बताएको छ । साथै, सिजीका ब्राण्ड म्यानेजर दिवाकार नगरकोटीले सिजीका टिभीहरु खरिद गरि आफुलाई भाग्यशाली विजेता बनाउन आग्रह गरेका छन् ।

एलजीको विश्वकप लक्षित योजनामा २ जना विजेता, जिते ४३ इन्चको स्मार्ट टिभी

काठमाडौं । एलजीले विश्वकप लक्षित गरि सञ्चालन गरेको साप्ताहिक बम्पर उपहार योजनाको दुई साताका विजेताहरुको घोषणा गरेको छ । एलजीले मिनभवनस्थित एलजीलाई फस्टाईल मेघा स्टोरमा आयोजित कार्यक्रममा विद्युतिय गोलाप्रथाबाट दुई जना साप्ताहिक विजेताहरुको छनोट गरिएको हो । सो बम्पर उपहार अन्तर्गत रामेछापका सोनाम लामा र हेटौडाका राजकुमार राईले एलजीको ४३ इन्चको स्मार्ट टिभी जितेका छन् । विश्वकप अवधिभर एक महिना सञ्चालन हुने यस उपहार योजनाका साप्ताहिक विजेता ४ जनालाई एलजीको ४३ इन्चको स्मार्ट टिभी प्रदान गरिने छ । विश्वकप लक्षित पारी एलजीले अहिले ३१ प्रतिशतसम्म क्यास ब्याक, चार वर्ष वारेन्टी, फ्रिभायोनेट इन्टरनेट जस्ता अफरहरु सञ्चालन गरिरहेको छ । साथै, एलजी टिभीमा नेटएप डाउनलोड गरी निशुल्क टिभी च्यानलहरुका मज्जा पनि लिन सकिने कम्पनीले जनाएको छ ।

विश्वकपले सिजीका टेलिभिजनहरुको बिक्री बढ्दो, खरिदकर्तालाई ३० प्रतिशतसम्म नगद छुट दिँदै

काठमाडौं । विश्वकपको सुरुवातसँगै सिजीका विभिन्न टिभीहरुको बिक्री वितरण बढिरहेको छ । सिजीका विभिन्न डिलरहरुको भनाई अनरुप हाल सिजी टेलिभिजहरुको बिक्री बढेको बताएका छन् । २० इन्च देखिमाथी विभिन्न साईजको टेलिभिजनहरु रहेको सिजीमा अहिले विश्वकपले गर्दा ग्राहकहरुको चासो बढेको कम्पनीले बताएको छ । हालै कम्पनीले सिजीको स्किम र यसको आकर्षक एवं गुणस्तर युक्त प्रोडक ल्याएको छ, जसका कारण यस ब्राण्डको टिभी बढी बिक्री भएको हो । यही विश्वकपलाई मध्यनजर गरि सिजीले हालै आफ्ना ग्राहकहरुलाई सिजीको टिभी खरिद गरे बापत ३० प्रतिशतसम्म नगद छुट र पक्का उपहारहरु दिने छ । साथै, टिभी खरिद गर्ने ग्राहकहरु मध्यबाट प्रत्येक हप्ता भाग्यशाली विजेता १ जनालाई सिजीका आकर्षक १ थान अर्को टिभी प्रदान गरिने कम्पनीले जनाएको छ ।

विश्वकप अन्तर्गतको पहिलो खेल सुरु, आयोजक रसिया २ गोलले अगाडी

  काठमाडौं ।विश्वकप अन्र्तगत पहिलो उद्घाटन खेलमा आयोजक रसियाले सउदी अरेवियालाई २ गोलले पछि पारेको छ । खेल सुरु भएको १२ औ मिनेटमा रसियाका युरी गाजिन्स्किले हेडमार्फत उत्कृष्ट गोल गरेका थिए । यस्तै ४३ मिनेटमा डेनिस चेरसेवले अर्को गोल गरेका छन् । सन् २०१८ को विश्वकपमा पहिलो गोलकर्ता युरी गाजिन्स्क् िभएका छन् । पहिलो हाफ भरी रसियाले सउदी अरेवियालाई दवावमा राखेको छ । जिन्स्किले हेडमार्फत उत्कृष्ट गोल गरेका छन् । दुवै निकै आक्रामक खेल खेलिरहेका छन् । रुससँग युरोपियन फुटबल लिगमा अभ्यस्त खेलाडीहरु छन् । तुलनात्मक रुपमा साउदी अरेबियाभन्दा रुस निकै बलियो देखिएको छ । उद्घाटन खेल जित्ने टोलीको दोस्रो चरण पुग्ने सम्भावना बलियो हुनेछ ।समूह ए मा रुस र साउदीसँगै उरुग्वे, इजिप्ट जस्ता बलिया टोलीहरु रहेका छन् । विश्वकपको दोस्रो चरण प्रवेशको लागि पनि दुवैलाई यो खेल निकै महत्वपूर्ण छ । दुवैको लक्ष्य ३ अंक जोड्ने हुनेछ ।समूह ए मा रहेको दुवै टोली उद्घाटन खेल जित्दै बलियो उपस्थिति बनाउन चाहन्छ ।