२३ अंकले बढ्यो सेयर बजार, ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३ अंकले बढेर २६५३ बिन्दुमा पुगेको छ । आज १९१ कम्पनीको सेयर मूल्य बढ्दा ५६ कम्पनीको मूल्य बढेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३२४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।  साथै, युनिभर्सल पावर कम्पनीको ५४ करोड, बुटवल पावर कम्पनीको ५१ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको ३९ करोड र सीइडीबी होल्डीङसको ३७ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।  आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुटवल पावर कम्पनी, मकर जितुमाया सुरी हाइड्रो, पीयोर इनर्जी र डोटी पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।   

सेयर बजारमा ९ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ बिन्दुमा झरेको छ ।  आज ८६ कम्पनीको मूल्य बढ्दा १६२ कम्पनीको मूल्य घटेको छ । आइतबार ३१३ कम्पनीको १ करोड ९९ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।  जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको  भएको छ । राधी विद्युत कम्पनीको ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । यसैगरी, युनिभर्सल पावर कम्पनीको ६२ करोड, न्याङ्दी ग्रुप पावरको ६१ करोड, बुटबल पावरको ४४ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।  आज सबैभन्दा धेरै रिभर फल्स पावर र पियोर इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् ।  यसैगरी, छ्याङदी हाइड्रोका लगानीकर्ताले ८ दशलमव ५७ प्रतिशत र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । आज होटल तथा पर्यटन र हाइड्रो पावरबाहेक अन्य सूचक राताम्मे छन् ।

अमेरिकाको श्रम प्रतिवेदन सकारात्मक, सेयर बजारमा उछाल

काठमाडौं ।  संयुक्त राज्य अमेरिकाको प्रमुख रोजगारी प्रतिवेदन सकारात्मक देखिएपछि शुक्रबार अमेरिकी शेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ । साथै, राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख कार्यकारी एलन मस्कबीचको सार्वजनिक विवाद कम हुँदै गएको सङ्केतले पनि लगानीकर्ताहरूको आत्मविश्वास बढाएको देखिएको छ । डाउ जोन्स औद्योगिक सूचकाङ्क ४४३.१३ अङ्कले (अथवा १.०५ प्रतिशतले) बढेर ४२ हजार ७६२.८७ मा पुग्यो । एस एन्ड पी ५०० सूचकाङ्क ६१.०६ अङ्कले (१.०३ प्रतिशतले) उकालो लाग्दै पहिलो पटक ६ हजार माथि पुगेको हो । यस्तै, नासडाक सूचकाङ्क पनि २३१.५० अङ्कले (१.२० प्रतिशतले) वृद्धि भएर १९ हजार ५२९.९५ मा पुग्यो ।   रोजगारी प्रतिवेदनले आशा देखायो अमेरिकी श्रम विभागले मे महिनामा एक हजार ३९ हजार रोजगारी सिर्जना भएको जनाएको छ, जुन विश्लेषकहरूले अनुमान गरेको एक लाख २५ हजार भन्दा धेरै हो । बेरोजगारी दर भने ४.२ प्रतिशतमै स्थिर रहेको छ । यसले श्रम बजार अझै सशक्त रहेको सङ्केत दिएको छ, यद्यपि विश्व व्यापारमा अनिश्चितता कायमै छ । बैङ्क अफ अमेरिकाका अर्थशास्त्रीहरूका अनुसार, रोजगारीका तथ्याङ्कहरू ‘मजबुत मात्र होइन, अत्यन्तै सकारात्मक’ छन् । त्यसैले सङ्घीय रिजर्भ बैङ्क तत्काल ब्याजदर कटौती नगरी  मूल्याङ्कन गर्ने अवस्थामा रहन सक्ने देखिन्छ । आप्रवासनमा गिरावट अर्थतन्त्रका लागि चिन्ताजनक डोयच बैङ्कका अनुसार, आप्रवासनको तीव्र गिरावटले दीर्घकालीन रूपमा अमेरिकी अर्थतन्त्रमा व्यापार नीतिहरूभन्दा ठूलो प्रभाव पार्न सक्छ । गत वर्षहरूको तुलनामा आप्रवासन ९० प्रतिशतभन्दा बढी घटेको र यसले श्रम बजारमा करिब २० लाख जनशक्ति अभाव गराएको उल्लेख गरिएको छ । रासस

५.९९ अंकले बढ्यो सेयर बजार, ७ अर्ब ९७ करोडको कारोबार

काठमाडाै‌ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) का अनुसार बिहीबार नेप्से ५.९९ अंकले बढेर २६४१.४६ विन्दुमा कायम भएको छ ।  आज ३११ कम्पनीको ७७ हजार ६६० पटक कारोबारमा एक करोड ७१ लाख ८ हजार ८०९ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  बिहीबार दुई उपसमूहबाहेकका सेयर घटेको छ । हाइड्रो पावर १.२४ र लगानीको ०.०१ प्रतिशतले बढेको छ ।  त्यस्तै आज रिभल्स फल्स पावर, बुटवल पावर कम्पनी, पियोर इनर्जी र बरुण हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । 

सेयर बजारमा ५ अर्ब बढीको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११ अंकले घटेर २६४६ बिन्दुमा झरेको छ ।  आज ६६ कम्पनीको मूल्य बढ्दा १८१ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बुधबार ३१३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार अरुन काबेली पावरको भएको छ । अरुन काबेलीको ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै, राधी विद्युत कम्पनीको २९ करोड, न्यादी गुप्रको २२ करोड, युनिभर्सल पावर कम्पनीको २० करोड र बरुन हाइड्रोपावरले २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ओम मेगाश्री फर्मा र पीयोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । 

सेयर बजारमा १४८ कम्पनीको मूल्य बढ्यो, ८ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ अंकले बढेर २६९३ बिन्दुमा पुगेको छ । आज १४८ कम्पनीको सेयर मूल्य बढ्दा ९७ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बुधबार ३२३ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको भएको छ । न्यादीको १ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । साथै, राधी विद्युत कम्पनीको ६० करोड, युनिभर्सल पावरको ५१ करोड, बुटवल पावर कम्पनीको ३५ करोड र कुमारी बैंकको २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ओम मेगाश्री फर्मा र पीयोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

बढ्यो सेयर बजार, ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.८५ अंकले बढेर २६७५ बिन्दुमा पुगेको छ । आज ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको मूल्य घटेको छ ।  मंगलबार ३१८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार युनिभर्सल पावर कम्पनीको ६३ करोड रुपैयाँ बराबरको भएको छ । साथै, राधी विद्युतको ४७ करोड, न्यादी गुप्रको ४२ करोड, सानिमा माइको २६ करोड र बुटवल पावरको २५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  

सेयर बजारमा सामान्य गिरावट, ७ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८ अंकले घटेर २६७९ बिन्दुमा झरेको छ ।  आज ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार लघुवित्त समूह २.३२ र व्यापार समूह ०.१३ प्रतिशतले बढेको छ ने अरु सबै समूहको उपसूचक घटेको छ ।  बैंकिङ ०.६६, विकास बैंक १.४६, वित्त ०.९९, होटल तथा पर्यटन १.७५ र जलविद्युत् ०.३६ प्रतिशतले घटेको छ । त्यस्तै, लगानी समूह १.०३, जीवन बिमा ०.३३, उत्पादन तथा प्रशोधन ०.०३, म्युचुअल फण्ड २.९६, निर्जीवन बिमा ०.१० र अन्य समूह ०.४५ प्रतिशतले घटेको छ । आइतबार ३१४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ७१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, युनिभर्सल पावर कम्पनीको ३० करोड, न्यादी गुप्रको २९ करोड, युनाइटेड मोदीको २८ करोड र हिमालयन पावरको २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।  आज ओम मेगाश्री फर्माको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

सेयर बजारमा १०४ कम्पनीको मूल्य बढ्यो, ९ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ अंकले बढेर २६८८ बिन्दुमा पुगेको छ ।  आज १०४ कम्पनीको मूल्य बढ्दा १४२ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार बुधबारको तुलनामा कारोबार रकम भने घटेको छ । ३१४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको भएको छ । न्यादीको ६९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, राधी जलविद्युत कम्पनीको ६० करोड, कुमारी बैंकको ४२ करोड, युनिभर्सल पावरको ४० करोड र माउन्टेन इनर्जीको ३४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज ओम मेयाश्री फर्माको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

सेयर बजारमा १० अर्ब ६९ करोडको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ अंकले घटेर २६७० विन्दुमा झरेको छ । आज ९३ कम्पनीको मूल्य बढ्दा १५३ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बुधबार ३१६ कम्पनीको २ करोड ३० लाख कित्ता सेयर किनबेच हुँदा १० अर्ब ६९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ७१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, माउन्टेन इनर्जीको ५९ करोड, न्यादी गुप्रको ५७ करोड, युनिभर्सल पावरको ४३ करोड र हिमालयन रिइन्स्योरेन्सको ३७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज ओम मेगाश्री फर्माको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।  

५३ अंकले बढ्यो सेयर बजार, ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५३ अंकले बढेर २६८१ विन्दुमा पुगेको छ ।  आज २२९ कम्पनीको मूल्य बढ्दा १५ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको नेप्सेले जनाएको छ । मंगलबार ३१० कम्पनीको मूल्य बढ्दा १ करोड ६८ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ४१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, न्यादी गुप्रको ३६ करोड, युनिभर्सल पावर कम्पनीको ३१ करोड, सानिमा माइ हाइड्रोको ३० करोड र सोल्टी होटल लिमिटेडको २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज ४ कम्पनीका सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, ओम मेयाश्री फर्मा र राप्ती हाइड्रोको सेयर मूल्य सकारात्मक रहेका छन् । साथै, मंगलबार सबै सूचकमा हरियाली छाएको छ ।    

जेमी डेमोनको चेतावनी : ट्यारिफ र घाटाले सेयर बजार धरासायी बनाउने

काठमाडौं । जेपी मोर्गन चेइसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेमी डिमोनले सोमबार अमेरिकी रेकर्ड घाटा, ट्यारिफहरू र अन्तर्राष्ट्रिय तनावले सिर्जना गरेका जोखिमलाई बजार र केन्द्रीय बैंकहरूले वास्ता नगरेको बताएका छन् । अमेरिकाको सबैभन्दा ठूलो बैंक (सम्पत्तिका आधारमा) का अनुभवी सीईओ तथा अध्यक्ष डिमोनले न्यूयोर्कमा आयोजित आफ्नो बैंकको वार्षिक लगानीकर्ता बैठकमा आफ्नो दृष्टिकोण प्रस्तुत गरे ।  उनले भने, 'उच्च मुद्रास्फीति र सम्भावित स्ट्यागफ्लेसन (मन्दी र मुद्रास्फीति एकैसाथ हुने अवस्था) का जोखिमहरू अहिलेको सेयर बजार मूल्यमा ठीकसँग समेटिएको छैन ।' 'हामीसँग विशाल घाटा छ- मलाई लाग्छ केन्द्रीय बैंकहरू पनि धेरै ढुक्क छन् ।तपाईंहरू सबैलाई लाग्छ उनीहरूले यो सबै सम्हाल्न सक्छन् । तर मलाई लाग्दैन,'डाइमोनले थपे । डिमोनका अनुसार अहिलेसम्म प्रभावकारी ट्यारिफहरू देखिएको छैन । डिमोनको भनाइ मोडीज रेटिङ एजेन्सीले शुक्रबार अमेरिकी क्रेडिट रेटिङ घटाएको केही दिनपछि आएको हो, जसमा सरकारी ऋण बोझ बढ्दै गएको चिन्ता गरिएको थियो ।  राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिले मुद्रास्फीति बढाउने र विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई सुस्त बनाउने डर बढेको कारण पछिल्ला केही महिनामा बजारहरू उथलपुथलमा परेका छन् । डाइमोनका अनुसार एसएन्डपी ५०० का कम्पनीहरूको वाल स्ट्रिट आम्दानी अनुमान जुन ट्रम्पको व्यापार नीतिका सुरुवाती हप्तामै घट्न थालेका थिए । ती अझै घट्नेछन् किनभने कम्पनीहरूले अनिश्चितताको कारण आम्दानी मार्गदर्शन हटाउने वा घटाउनेछन् । 'मलाई लाग्छ आम्दानी अनुमानहरू घट्नेछ, जसको अर्थ पीई अनुपात पनि घट्नेछ,' डाइमोनले भने । (पीई मूल्य-आम्दानी अनुपात, जुन सेयर बजार विश्लेषकहरूले नजिकबाट हेर्ने सूचक हो।) स्ट्यागफ्लेसन बजारले अनुमान गरेको भन्दा झन्डै दोब्बर रहेको डिमोनको भनाइ छ। अर्कोतर्फ डिमोनका एक शीर्ष सहकर्मीले कर्पोरेट ग्राहकहरू अधिग्रहण तथा अन्य सम्झौतासम्बन्धी मामिलामा अझै ‘पर्ख र हेर’को मनस्थितिमा रहेको बताए । सीईओको पद हस्तान्तरण कहिले गर्ने भन्ने सधैंको प्रश्नमा डाइमोनले भने, 'गत वर्षको आफ्नो भनाइबाट केही परिवर्तन भएको छैन ।' अर्थात् उनी पाँच वर्षभन्दा कम समयसम्म मात्रै रहने सम्भावना छ । 'म अझै चार वर्ष सीईओको रूपमा रहनेछु र सम्भवतः दुई वर्ष कार्यकारी अध्यक्षको रूपमा, त्यो लामो समय हो,'डाइमोनले भने । सोमबार दिइएका कार्यकारी प्रस्तुतिमध्ये उपभोक्ता बैंकिङ प्रमुख मरियन लेकले पूरै एक घण्टा बोलेर सबैभन्दा लामो समय लिइन् । उनी सम्भावित उत्तराधिकारीका रूपमा हेरिएकी छन् । सञ्चालन प्रमुख जेनिफर पिएप्स्जाकले सीईओको दौडमा नजाने घोषणा गरेपछि लेक सम्भावित उत्तराधिकारीको रूपमा हेरिन थालेकी हुन् ।

सेयर बजारमा छायो हरियाली, चार कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ अंकले बढी २६२८.३६ विन्दुमा पुगेको छ । आज १८५ कम्पनीको सेयर मूल्य बढ्दा ६० कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज ३२४ कम्पनीको १ करोड ६२ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३५ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।  जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । कम्पनीकाे ५९ कराेड ७६ लाख बढीकाे काराेबार भएकाे हाे । यसैगरी, नेपाल रिइन्स्याेरेन्स कम्पनीकाे ५१ कराेड, हिमालयन रिइन्स्याेरेन्सकाे ४१ कराेड, न्याङदी पावर ग्रुपकाे २७ कराेड ३९ लाख र  युनिभर्सल पावर कम्पनीकाे २४ कराेड ९३ लाख बढीकाे काराेबार भएकाे नेप्सेले जनाएकाे छ ।  आज चारवटा कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । आज हाेटल तथा टुरिजम्म सूचक बाहेक सबै सूचकमा हरियाली छाएकाे छ ।

सेयर बजारमा ७ अर्बको कारोबार, १६४ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ अंकले घटेर २६१२ बिन्दुमा झरेको छ । आज ८२ कम्पनीको मूल्य बढ्दा १६४ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बिहीबार ३२० कम्पनीको १ करोड ७४ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सोल्टी होटलको भएको छ । सोल्टीको ४६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, राधी विद्युत कम्पनीको ४४ करोड, युनिभर्सल पावरको ३३ करोड, न्यादी ग्रपको ३२ करोड र सानीमा माइ हाइड्रोको २७ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।  आज ओम मेगाश्री फर्माको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको मूल्य बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ । आज होटल समूहको परिसूचक सबैभन्दा बढी वृद्धि भएको छभने विकास बैंक समूहको परिसूचक सबैभन्दा बढी घटेको छ ।

सेयर बजारमा १३ अंकको गिरावट, ओम मेगाश्रीमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ अंकले घटेर २६२० बिन्दुमा झरेको छ । आज ६२ कम्पनीको मूल्य बढ्दा १८३ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बुधबार ३१५ कम्पनीको १ करोड ८४ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ५९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।  साथै, युनिभर्सल पावर कम्पनीको ५१ करोड, क्रेस्ट माइक्रो लाइफको ५१ करोड, न्यादी ग्रपको ४८ करोड र लुम्बिनी विकास बैंकको ३५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज ओम मेगाश्री फर्माको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

सेयर बजारमा दोहोरो अंकको गिरावट, युनिभर्सल पावरको सबैभन्दा धेरै कारोबार

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ अंकले घटेर २,६३४ बिन्दुमा झरेको छ । आजको कारोबारमा ३१४ कम्पनीका २ करोड १८ लाख कित्ता सेयर किनबेच हुँदा कुल कारोबार ९ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै कारोबार युनिभर्सल पावर कम्पनीको भएको छ । जसको सेयरमा ६७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो । त्यस्तै, न्यादी समूहको ५२ करोड, नेपाल माइक्रो इन्स्योरेन्सको ५१ करोड, सानिमा माइ हाइड्रोपावरको ४७ करोड र राधी विद्युत कम्पनीको ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज ७७ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रह्यो । साथै, दुई कम्पनी क्रेष्ट माइक्रो लाइफ र ओम मेगाश्री फर्माको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदै सकारात्मक सर्किट लागेको छ । 

सेयर बजारमा १० अर्बको कारोबार, ५ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११ अंकले घटेर २६५० बिन्दुमा झरेको छ ।  आज ८२ कम्पनीको मूल्य बढ्दा १६४ कम्पनीको मूल्य घटेको छ । आइतबार २ करोड ४० लाख कित्ता सेयर किनबेच हुँदा १० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ६६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, न्यादी ग्रपको ६० करोड, युनिभर्सल पावरको ५४ करोड, सानिमा माइ हाइड्रोको ५३ करोड र बुटवल पावर कम्पनीको ३२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज ५ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ, हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर र ओम मेगाश्री फर्माको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । 

धेरै दिनपछि सेयर बजारमा उछाल, ६२ अंकले बढ्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक ६२ दशमलव २५ अङ्कले बढेर दुई हजार छ सय ७३ दशमलव ६९ को विन्दुमा कायम भएको हो । यो दुई दशमलव ३८ प्रतिशतको वृद्धि हो । आज नेप्सेमा कारोबार रकम पनि बढेर साढे १० अर्ब नाघेको छ । तीन सय आठ कम्पनीको दुई करोड ७२ लाख ४५ हजार चार सय ५९ कित्ता सेयर ९९ हजार चीन सय पाँच पटक खरिदबिक्री हुँदा १० अर्ब ५१ करोड ८४ लाख छ हजार तीन सय ५२ बराबरको कारोबार भएको हो । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी वित्त समूह पाँच दशमलव ४७ र जलविद्युत् समूह तीन दशमलव १३ प्रतिशतले बढेको छ । बैंकिङ दुई दशमलव ९७, विकास बैंक दुई दशमलव ४०, होटल तथा पर्यटन एक दशमलव ५९, लगानी शून्य दशमलव ८१ र जीवन बिमा समूह दुई दशमलव ४४ प्रतिशतले बढेको छ ।  उत्पादन तथा प्रशोधन एक दशमलव १८, लघुवित्त दुई दशमलव २४, म्युचुअल फण्ड शून्य दशमलव ५७, निर्जीवन बिमा दुई दशमलव ६७, व्यापार शून्य दशमलव ५३ र अन्य समूह दुई दशमलव ५३ प्रतिशतले बढेको छ । नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य चार दशमलव ५० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सानिमा माई हाइड्रोपावर लिमिटेडको ५९ करोड २० लाख ९६ हजार आठ सय २६ बराबरको सेयर किनबेच भएको छ । कारोबार सङ्ख्याका आधारमा सिङ्गटी हाइड्रोइनर्जी लिमिटेडको १४ लाख २६ हजार तीन सय ७९ कित्ता सेयर खरिदबिक्री भएको छ ।  

भारतको हमलापछि पाकिस्तानको सेयर बजार धराशायी

काठमाडौं । भारतले बुधबार कश्मीरमा गरेको सैन्य कारबाहीपछि पाकिस्तानको सेयर बजारमा ठूलो गिरावट आएको छ । कराची स्टक एक्सचेञ्ज (केएसई- १००) सूचकांक एकै दिनमा ६००० अंकभन्दा धेरैले घटेर बजार धराशायी बनेको हो । भारतीय सेनाले बुधबार 'अपरेशन सिन्दुर' अन्तर्गत पाकिस्तानमा लुकेका आतंककारीहरू विरुद्ध लक्षित कारबाही गरेको थियो । यस अपरेशनमा आतंककारीहरूको थुप्रै अड्डा ध्वस्त पारिएको भारतीय रक्षा स्रोतहरूले जनाएका छन् । भारतको यो जवाफी कारबाही गत महिनाको पहलगाम आतंकी हमलापछि गरिएको हो । बुधबार केएसई– १०० सूचकांक मंगलबारको ११३५६८.५१ अंकबाट घटेर १०७२९६.६४ अंकमा खुलेको थियो, जुन ५.५२ प्रतिशतको गिरावट हो ।  पहलगाम हमलापछि निरन्तर गिरावट २२ अप्रिलको पहलगाम आतंकी हमलापछि पाकिस्तानको सेयर बजारमा लगातार गिरावट देखिएको छ । उक्त दिन सूचकांक ११८४३०.३५ अंकमा बन्द भएको थियो । त्यसयता सूचकांकमा झन्डै ९.४० प्रतिशतको गिरावट आइसकेको छ, जसले पाकिस्तानको अर्थतन्त्रमा गम्भीर धक्का पुर्‍याएको छ । बुधबारको गिरावटअघि ३० अप्रिलमा पनि पाकिस्तानको सेयर बजारमा ३.०९ प्रतिशतको गिरावट आएको थियो, जुन पछिल्ला केही हप्ताको सबैभन्दा ठूलो गिरावट थियो ।  विशेषज्ञहरूको चेतावनी २ मेमा बजारले २.५ प्रतिशतले सुधार देखाएको भए पनि विज्ञहरूका अनुसार त्यो केवल 'डेड क्याट बाउन्स’ (मृत बिरालो उफ्रनुजस्तै क्षणिक सुधार) मात्र हो । उनीहरूको भनाइमा जबसम्म भारत–पाकिस्तानबीचको तनाव घट्दैन, तबसम्म बजारमा स्थायी सुधारको सम्भावना निकै कम छ । भारतको 'अप्रेशन सिन्दूर': पाकिस्तानमाथि सैन्य कारबाही, तनाव उच्च बिन्दुमा भारत-पाकिस्तानबीचको युद्ध उत्कर्षमा पुग्ने संकेत, यस्तो छ दुई देशको शैन्यशक्ति  

सेयर बजारका बादशाह बफेटले सीईओ पद छाड्दै, ग्रेग एबेल बन्दै उत्तराधिकारी

काठमाडौं । सेयर बजारका बादसाहका रूपमा परिचित वारेन बफेटले पदबाट सन्यास लिने घोषणा गरेका छन् । यस वर्षको अन्त्यसम्ममा आफू प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट सन्न्यास लिने र ग्रेग एबेललाई आफ्नो उत्तराधिकारीको रूपमा सिफारिस गर्ने घोषणा उनले गरेका हुन्। ९४ वर्षीय बफेटले शनिबार बर्कशायर हाथवेको वार्षिक बैठकमा भने, 'भोलि हामी बोर्ड बैठक गर्दैछौं । मलाई लाग्छ, अब समय आएको छ कि ग्रेग एबेलले कम्पनीको  सीईओको जिम्मेवारी सम्हाल्नुपर्छ ।’ सन् २०२१ मा एबेललाई सीईओको उत्तराधिकारीको रूपमा घोषणा गरिए पनि यसपटकको औपचारिक घोषणा हजारौं सेयरधनीहरूका लागि अप्रत्याशित थियो । ६ दशक लामो यात्राको उत्कर्षमा बिदाइ सन् १९६५ मा एक असफल कपडा कारखाना किन्दै सुरु भएको बफेटको बर्कशायर यात्राले उनलाई ‘ओमाहाको भविष्यवक्ता’ बनायो । अहिले बर्कशायर हाथवे विश्वकै सबैभन्दा ठूला समूहहरूमध्ये एक बनेको छ, जसको बजार मूल्य झन्डै १.२ ट्रिलियन अमेरिकी डलर पुगेको छ । बफेटले स्पष्ट पारे, 'म अझै वरिपरि रहनेछु, तर कम्पनीको सञ्चालन र पूँजी व्यवस्थापनको अन्तिम निर्णय ग्रेगकै हुनेछ ।’ बफेटको विश्वास- ग्रेग एबेल अझ सक्षम ६२ वर्षीय एबेल हाल बर्कशायरका बीमा बाहेकका व्यवसायहरूको उपाध्यक्ष हुन् । बफेटले भने, 'ग्रेगको व्यवस्थापन शैली मेरोभन्दा प्रभावकारी छ । अहिले एबेलले निकै मेहनत गरिरहेका छन् ।’ बफेटले आफ्नो सम्पूर्ण सेयर होल्डिङमा राख्ने घोषणा गर्दै भने, 'यो आर्थिक निर्णय हो। मलाई लाग्छ, ग्रेगको नेतृत्वमा बर्कशायर अझै राम्रो प्रदर्शन गर्नेछ ।’ कम्पनी संस्कारको निरन्तरताको संकेत  हाल बफेट बर्कशायरका अध्यक्षसमेत हुन् । अबको भूमिका कस्तो हुने भन्नेबारे आइतबाको बोर्ड बैठकमा छलफल हुनेछ । यसअघि बफेटले संकेत दिएका थिए कि आफ्नो मृत्युपछि उनका छोरा हाउइ बफेट गैर-कार्यकारी अध्यक्ष बन्नेछन् । शनिबारको घोषणा र एबेलको नाममा गरिएको सरप्राइज घोषणापछि ४० हजार सेयरधनीहरू उभिएर बफेटलाई सम्मानित गर्दै ताली बजाए । बर्कशायर निर्देशक रोन ओल्सनले टिप्पणी गरे, 'म यो घोषणाबाट अचम्ममा परें, तर यो प्रेरणादायी छ । अब म वारेनलाई ग्रेगका लागि चार्ली मंगरको भूमिकामा देख्न चाहन्छु ।’ नयाँ नेतृत्व, पुरानै दर्शन  ग्रेग एबेलले भने, 'हामीले पूँजी विनियोजनमा बफेटले अपनाएको दीर्घकालीन दृष्टिकोणलाई निरन्तरता दिनेछौं । बर्कशायरको लगानी शैली परिवर्तन हुने छैन ।’ अब ६ दशक लामो नेतृत्वको अन्त्य भई बर्कशायर हाथवेमा नयाँ अध्याय सुरु हुनेछ।