सोमबारको सेयर बजार सामान्य अंकले उकालो, ४४ करोडको सेयर कारोबार

काठमाडौं । सोमबारको सेयर बजार सामान्य अंकले उकालो लागेको छ । बजारमा नेप्से परिसूचक २ दशमलब ४७ अंकले बढेर १५४४ दशमलब २९ अंकमा पुगेको छ । सामान्य अंकले बढेको बजारमा ४४ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोे दिन १४५ कम्पनीको ८ लाख ३८ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०२५ रुपैयाँ रहेको छ । त्यस्तै, फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०९१ रुपैयाँ रहेको छ । सोमबार विकास बैंक र बैंकिङ समूहको परिसूचक क्रमशः ६.६८ र ६.११ अंकले बढेको छ । सो दिन होटल समूहको परिसूचक ३७ दशमलब १ अंकले घटेको छ ।

सेयर बजारमा भ्याट आतङ्कले तर्सिए लगानीकर्ता, नेप्से परिसूचक २२ अंकले ओरालो

काठमाडौं । सेयर कारोबारमा भ्याट असुल्ने राजस्व कार्यालय निर्णय सँगै सेयर बजारका लगानीकर्ता तर्सिएका छन् । भ्याट आतङ्कले नै आइतबारको सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २२ अंकले ओरालो लागेर १५४१ दशमलब ८२ अंकमा झरेको छ । दोहोरो अंकले घटेको बजारमा ५६ करोड ७७ लाखको सेयर कारोबार भएको छ । सो दिन १४८ कम्पनीको ९ लाख ३१ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक १२९ अंकले ओरालो लागेको छ । त्यस्तै, विकास बैंक, हाइड्रोपावर, बैंकिङ् र उत्पादनमूलक समूहको परिसूचक क्रमशः ३०, २५, २२ र २० अंकले ओरालो लागेको छ ।

सेयर कारोबार तुरुन्तै सुरु गर्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन, खुल्ला त आइतबार सेयर बजार ?

काठमाडौं ।  नेपाल धितो पत्र बोर्डले सेयर कारोबार तत्काल सुरु गर्न नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई निर्देशन दिएको छ । बोर्डले बिहिबार अबेर गरि नेप्सेलाई कारोबार सञ्चालनको उपयुक्त व्यवस्था मिलाउन निर्देशन दिएको हो । ‘बिहिबार सेयर कारोबार नहुँदा आफ्नो ध्यानाकर्षण भएको पनि बोर्डले उल्लेख गरेको छ । धितोपत्र दलाल व्यवसायीहरुको कारोवार प्रणालीमा मिति २०७४।०३।१५ गते कुनै मूल्य अंकित नगरेको तथा कारोवार नगरेको भन्ने नेपाल स्टक एक्सचेन्ज लि.(नेप्से)बाट जानकारी गराइएकोमा सो सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ ।’, बोर्डले भनेको छ ।  कारोबार रोकिँदा पुँजी बजार, लगानी कर्ता र समग्र अर्थतन्त्रमैm नकारात्मक असर परेकाले बोर्डले बजार खोल्न निर्देशन दिनु परेको पनि स्पष्ट  पारेको छ । ‘धितोपत्रको दोस्रो बजार कारोवार नहुँदा यसबाट पूँजीबजार, लगानीकर्ता र समग्र अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूलप्रभावको संवेदनशीलतालाई समेत दृष्टिगत गरी धितोपत्रको दोस्रो बजारको फ्रन्ट लाइन रेगुलेटरको रुपमा रहेको नेप्सेलाई तत्काल कारोवार सुचारु हुने व्यवस्था गर्न निर्देशन दिईएको छ ।’बोर्डले भनेको छ । तर चार बर्षदेखिको ब्रोकर कमिसनबाट भ्याट असुल्ने आन्तरिक राजश्व विभागको निर्णय नसच्चिएसम्म कारोबार नखोल्ने अडानमा ब्रोकरहरु रहेका छन् । ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले पुरानो ब्रोकर कमिसनमा भ्याट लिने निर्णय सच्चियएपछि मात्रै कारोबार खोल्ने स्पष्ट पारेका छन् । उनले लगानी कर्तासँग असुली नगरिएको भ्याट रकम कुनै हालतमा नतिर्ने घोषणा पनि गरेका छन् । अब हेर्न बाँकी छ आइतबार सेयर बजार खुल्छ की खुल्दैन् ।    

सेयर बजारमा ब्रोकरको सिण्डिकेट, राज्यलले कर माग्दा बजार नै बन्द

काठमाडौं । नियमति कारोबारका लागि खुलेको सेयर बजारमा विहिबार भने कारोबार हुन सकेन । नेप्से बजार खुले पनि शेयर दलाल किनबेचमा संलग्न नहुँदा बिहीबार शेयर बजार कारोबार बन्द भएको हो । आन्तरिक राजस्व विभागले शेयर दलाल व्यवसायीलाई भ्याटमा दर्ता गर्न पत्राचार गरेको भन्दै बिहीबार शेयर कारोबार बन्द गरेका हुन् । आन्तरिक राजस्व विभागका विभिन्न कार्यालयले कर उठाउने पत्र पठाएको विरोधमा नेपाल स्टक दलाल संघको बिहीबार बिहान आपतकालिन बैठक बसेको थियो । बैठकले धितोपत्र कारोबार उैन २०६४ मा उल्लेख नभएको मूल्य अभिवृद्धि कर सरकारले लगाउन ताकेता गरेकाले बिहीबार सम्पूर्ण कारोबार बन्द गर्ने निर्णय गरेको थियो । सरकारले ब्रोकर कमिशन मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न दिएको निर्देशनको अवज्ञा गर्दे कारोबार नै बन्द गरेका हुन । सरकारले भने १५ दिन भित्रै यस अघि नतिरेको सबै भ्याट र त्यसको जरिवाना, थप दस्तुरसहित तिर्न आग्रह गरेको छ । नयाँ पत्रिका दैनिकबाट ।

सेयर बजारमा दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि, ४९ करोडको सेयर कारोबार

काठमाडौं । बुधबारको सेयर बजारमा दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । एभरेष्ट बैंकको कन्भर्टिबल प्रिफेरेन्स सेयर(इबीएलसीपी) र वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले उकालो लागेको हो । सो दिन यी दुई कम्पनीको सेयर मूल्य प्रतिकित्ता क्रमशः ९९० र १५४ रुपैयाँ रहेको छ । बजारमा ४९ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४० कम्पनीको ७९ लाख ९३ हजार कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेर १५६३ दशमलब ८१ अंकमा अडेको छ । मंगलबारको तुलनामा नेप्से र कारोबार रकम दुबैमा गिरावट आएको छ । बुधबार सबैभन्दा बढी हिमालयन जेनरल इन्स्यारेन्सको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको करिब ५ लाख रुपैयाँको सेयर किनबेच भएको हो । बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६७५ रुपैयाँ रहेको छ । बजारमा होटल र बीमा समूहको परिसूचक क्रमशः २८ र १० अंकले उकालो लागेको छ ।

सेयर बजार हरियो, ४९ करोडको सेयर कारोबार

काठमाडौं । मंगलबारको सेयर बजार हरियो भएको छ । हरियाली छाएको बजारमा नेप्से परिसूचक ४ दशमलब ६३ अंकले बढेको छ । सो दिन ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार १४३ कम्पनीको ९ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी एभरेष्ट बैंकको ४ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता १७२० रुपैयाँ रहेको छ । बजारमा ८ समूहको कारोबार भएका छन् । ती मध्ये उत्पादनमूलक समूहक ७ अंकले ओरालो लागेको छ भने बाँकी समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक १७ अंकले उकालो लागेको छ । त्यस्तै, बीमा र हाइड्रोपावर समूहको परिसूचक क्रमशः १४ र १३ अंकले उकालो लागेका छन् । मंगलबार सबैभन्दा बढी वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका लगानीकर्ताले ९.४० प्रतिशत कमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६३ रुपैयाँ रहेको छ ।

सेयर बजारमा ४९ करोडको सेयर कारोबार

काठमाडौं । सोमबारको सेयर बजारमा ४९ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन बजारमा १३८ कम्पनीको ७ लाख ९८ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ९ दशमलब ९७ अंकले घटेर १५८० अंकमा झरेको छ । झण्डै दोहोरो अंकले ओरालो लागेको बजारमा कारोबार भएका सबै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहकको परिसूचक ८१ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल, हाइड्रो र विकास बैंक समूहको परिसूचक दोहोरो अंकले झरेका छन् भने बाँकी समूहका परिसूचक सामान्य अंकले ओरालो लागेका छन् । सो दिन सबैभन्दा बढी एभरेष्ट बैंक लि प्रमोटर सेयरका सेयरधनीले ९.४५ प्रतिशत गुमाएका छन् । सो दिन कम्पनीको सेयर मूल्य १४२ अंकले घटेर प्रतिकित्ता १३६१ रुपैयाँमा झरेको छ ।

सेयर बजारमा सुधार, नेप्से २१ अंकले बढ्दा तीन अर्ब ३५ करोड रुपैयाँको सेयर कारोबार

काठमाडौं । यस साता सेयर बजारमा सुधार देखिएको छ । साताभरको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २१.३८ अंकले बढेर अन्तिम दिन १६१५.१९ अंकमा पुगेको छ । पाँच दिन खुला रहेको सेयर बजारमा तीन अर्ब ३५ करोड सात लाख रुपैयाँ बराबरका सेयर कारोबार भएको छ । जुन रकम गत साताको भन्दा १७.६४ प्रतिशत बढि हो । गत साता १५८ कम्पनीहरुको कारोबार भएको थियो । सो अवधिमा १५९ कम्पनीहरुको ५९ लाख ४३ हजार १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । यस साता कारोबार भएका प्राय सबै समूहको परिसूचकहरु उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३२ अंकले बढेको छ । त्यस्तै, विकास बैंक, वाणिञ्य बैंक, जलविद्युत र अन्य समूहको परिसूचक क्रमशः २७, २५, २० र १३ अंकले उकालो लागेका छन् । होटल समूह भने १२ अंकले ओरालो लागेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ५.०५ अंकले बढेर ३४३.१२ अंकमा आईपुगेको छ । यस साता स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३० करोड १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यसैगरी सिभील बैंक लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । सो अवधिमा बैंकको चार लाख ५२ हजार कित्ता किनबेच भएको हो ।

शेरबहादुरलाई पत्याएन सेयर बजारले, परिसूचक दोहोरो अंकले ओरालो

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ ग्रहण गरेको दिन सेयर बजार ओरालो लागेको छ । मंगलबार दोहोरो अंकले उकालो लागेको परिसूचक बुधबार दोहोरो अंकले ओरालो लागेको छ । बुधबार परिसूचक १४ दशमलब २४ अंकले घटेर १६२३ अंकमा झरेको छ । बजारमा नेप्से परिसूचकका साथै सेयर कारोबारमा पनि गिरावट आएको छ । सो दिन ७६ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १५ करोड रुपैयाँ घटी हो । अघिल्लो दिन (मंगलबार) बजारमा ९१ करोड रुपैयाँमाथिको सेयर किनबेच भएको थियो । सो दिन १४९ कम्पनीको १२ लाख ७९ हजार ५०७ कित्ता सेयर किनबेच भएको छ । बुधबार कारोबार भएका प्राय सबैसमूहको परिसूचक राताप्मे भएका छन् । सो दिन उत्पादनमूलक समूहको परिसूचक ९ अंकले उकालो लागेको छ भने बाँकी समूहका परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ओरालो लागेको छ ।

सोमबारको सेयर बजार हरियो, नेप्सेले १६०० अंक नाघ्दा ६२ करोडको सेयर कारोबार

काठमाडौं । सोमबारको सेयर बजार हरियो भएको छ । आइतबार राताम्मे भएको बजार सोमबार ८ दशमलब ८४ अंकले बढेर १६०२ दशमलब ६५ अंकमा पुगेर हरियो भएको छ । बजारमा ६२ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार १४९ कम्पनीको १३ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी स्ट्याण्डार्ड चार्टर्ड बैंकको ६ करोड रुपैयाँ माथिको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २१९५ रुपैयाँ रहेको छ । सो दिन आरएसडीसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । जसको सेयर मूल्य प्रतिकित्ता २१४७ रुपैयाँ रहेको छ । त्यस्तै, सबैभन्दा बढी सिनर्जी फाइनान्सको सेयर मूल्य ३.३१ प्रतिशतले घटेको छ । कारोबार भएका ८ समूह मध्ये ७ समूहको परिसूचक उकालो लागेका छन् भने फाइनान्स समूहको परिसूचक ओरालो लागेको छ । सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक २१ दशमलब ६९ अंकले उकालो लागेको छ । त्यस्तै, बीमा र विकास बैंक समूहको परिसूचक क्रमशः १५ र १० अंकले उकालो लागेका छन् ।

सेयर बजार दोहोरो अंकले उकालो, पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको बजार बुधबार भने १३ दशमलब ६८ अंकले उकालो लागेको छ । मंगलबार २१ अंकले ओरालो लागेर १५९४ अंकमा झरेको परिसूचकले आज १६०० अंक पार गरेको छ । दोहोरो अंकले बढेको बजारमा पाँच कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, हिमालयन डिस्टिलरी लि., कर्नाली डेभलपमेन्ट बैंक र यूनाईटेड मोदी हाइड्रोपावरको सेयर मूल्य क्रमशः ९.९७, ९.९३, ९.९३ र ९.७३ प्रतिशतले बढेको छ । सो दिन कारोबार भएको ७ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने उत्पादनमूलक समूहको परिसूचक सामान्य अंकले राताम्मे भएको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक १२१ अंकले बढेको छ । त्यस्तै, विकास बैंक, होटल र हाइड्रोपावर समूहको परिसूचक क्रमशः २०, १९ र १८ अंकले उकालो लागेका छन् । अन्य बाँकी समूहको परिसूचक भने सामान्य अंकले उकालो लागेका छन् । बजारमा ६७ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम मंगलबारको तुलनामा करिब ९ करोड रुपैयाँ घटी हो । बुुधबार १४४ कम्पनीको ११ लाख ५३ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी स्ट्याण्डार्ड चार्टड बैंकको ५ करोड रुपैयाँ माथीको सेयर किनबेच भएको छ ।

आइतबारको सेयर बजारमा ७५ करोडको सेयर कारोबार, सबैभन्दा बढी सिद्धार्थ बैंकको

काठमाडौं । आइतबारको सेयर बजारमा ७५ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १४८ कम्पनीको १४ लाख ७६ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी सिद्धार्थ बैंकको सेयर कारोबार भएको छ । आइतबार बैंकको ११ करोड ५ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ६७० रुपैयाँ रहेको छ । त्यस्तै, स्ट्याण्डार्ड चार्टर्ड बैंकको ४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार नेप्से परिसूचक दोहो अंकले घटेको छ । साताको पहिलो दिन परिसूचक १४ अंकले घटेर १६१५ दशमलब ५८ अंकमा झरेको छ । त्यस्तै, कारोबारमा आएका दुई समूहको परिसूचक उकालो लागेको छ भने बाँकी ६ वटा समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १३४ अंकले झरेको छ ।

नेपालको सेयर बजार: हग्नेलाई भन्दा देख्नेलाई लाज-डा. रेवत बहादुर कार्की

पुँजी बजारको नियामक निकायका रुपमा हामीले मर्चेण्ट बैंकरहरुको संख्या घटाउन चाहेका छौं । नेपाल राष्ट्र बैंकले पनि वित्तिय संस्थाको ढोका बन्द गरिराखेको छ । बीमा समितिले चाँही अलिअलि खुल्ला गरेको देखिन्छ । मर्चेण्ट बैंकरको कार्य क्षेत्र सिमित भएकाले हामीले संख्या घटाउनेबारे सोचेका हौं । अहिले मर्चेण्ट बैंकको दर्ता बन्द गरिएको छ । पुँजी वृद्धि गर्दैछौं । खुल्ला अर्थतन्त्रमा ढोका बन्द गरिनु हुन्न तर ढोका बलियो बनाउनुपर्छ । कार्य क्षेत्र सिमित हुने तर संख्या धेरै हुने कुराले राम्रो गर्दैन । हामीले कार्य क्षेत्र बढाउने र संख्या घटाउनेबारे काम अघि बढाईसकेका छौं । अहिले २३ वटा मर्चेण्ट बैंकर छन् । लाइसेन्स बन्द गर्दा ६ वा ७ वटा कम्पनी पाइपलाइनमा थिए । सनराईज क्यापिटल २४ औं हुने सम्भावना थियो तर यो एनसीएमसँग मिलेर २३ औं कम्पनीका रुपमा दर्ज भयो । नेपालको पहिलो मर्चेण्ट बैंकर पनि एनसिएम नै थियो । हामीले बोर्डको बार्षिकोत्सवमा एनसिएमलाई सम्मान गर्ने भनेका थियौं । अब एनसिएम पहिलो कम्पनीबाट २३ औं कम्पनी बनेको छ । तै पनि यसलाई सम्मान गर्छाै । नेपालमा पहिलो सेयर निष्काशन नेपाल बैंक र बिराटनगर जुटमिलको भएको थियो १९९४ मा । तर बैंकलाई नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंकको स्थापना बिस २०१३ सालमा मात्रै भएको थियो । धितोपत्र बोर्डको स्थापना त झन प्रजातन्त्र पुनस्थापना पछि मात्रै भएको हो । नेपालमा अर्थतन्त्रको गति बढेपछि मात्रै पुँजी बजारको विकास भएको देखिन्छ । अन्य मुलुकमा पनि अर्थतन्त्र गतिलो भएपछि मात्रै पुँजी बजार अघि बढेको देखिन्छ । अहिले हामी दक्षिण एसियाका ८ मुलुकमध्ये ५ औं नम्बरमा छौं । अन्तराष्ट्रिय रेगुलेटरले पनि हाम्रो सुधारको कामलाई हेरेर सदस्यता दिईसकेको छ । हामीले पुँजी बजारमा श्रोत बढाउने, नयाँ प्रबिधी भित्र्याउने, ऐन नियमावली संसोधन गर्ने लगायतका काम गरिरहेका छौं । हामीले २४ बर्षको इतिहासमा पहिलो पटक संरचनात्मक परिवर्तन गरेका छौं । सुरुका चार पाँच बर्ष मात्रै फिक्स प्राइस हुने संसारको नियम छ । तर हामीले २४/२५ बर्षसम्म फिक्स प्राइससिङको व्यवस्थालाई निरन्तरता दिएको छौं । अब फ्रि प्राइसिङ लागु गर्दैछौं । गुडविल भएका र रियल सेक्टरका कम्पनीलाई सेयर बजारमा ल्याउने काम हुँदैछ । फ्री प्राइसिङका आधारहरु पनि हामी तयार गरिरहेका छौं । मौद्रिक नितीले पनि रियल सेक्टरलाई पुँजी बजारमा आउन ब्याजदरमा सहुलियत लगायतका सुबिधा दिनुपर्नेछ । फ्रि प्राइसिङले पुँजी बजारको विकासमा ठुलो योगदान गर्छ । अहिले पनि पुँजी बजारमा भिआइपी सेयर होल्डरका रुपमा चर्चा हुने गरेको छ । यस्तो अवस्थाको अन्त्य आवश्यक छ । हामीले बार्षिक साधारण सभालाई धेरै व्यवस्थित गरिसकेका छौं । हामी प्रणालीको विकासद्धारा पुँजी बजारको विकास गर्न लागिपरेका छौं । यसपालीको बजेटमा रियल सेक्टरका कम्पनीलाई १५ प्रतिशत कर छुट दिने सुबिधा आउँदैछ । खुल्ला बजारमा धेरै पारदर्शीता आवश्यक छ । मर्चेण्ट बैंकिङमा छुट्टै नियमावली ल्याएर हामीले नियमन गरिरहेका छौं । कतिपय अवस्थामा अस्वस्थ प्रतिष्पर्धा पनि छ । नाफा कमाउनै ध्यान दिने प्रवृत्ति पनि छ । ३० देखि ४० हजारसम्म सेवा शुल्क लिने प्रचलन पनि छ । हामीले न्युनतम २ प्रतिशतको सेवा शुल्क तोकि दिएका छौं । कर्मचारीलाई इन्टर्नशिपमा लगाउने प्रवृत्तिलाई निरुत्साहित गर्न कर्मचारी नियमावली पनि ल्याउँदैछौं मर्चेण्ट बैंकिङमा । ग्रयाजुयट गरेका कर्मचारीलाई पाँच हजारमा इन्टर्न गराउन अब पाइँदैन् । साना तिना लगानी कर्तालाई लगानी कर्ता नै नमान्ने चलन पनि छ । साना हुन वा ठुला ति भगवान हुन पुँजी बजारका लागि । हाम्रो पुँजी बजार हग्नेलाई भन्दा देख्नेलाई लाज भन्ने अवस्थामा छ । स्वस्थ प्रतिष्पर्धा हुनु पर्यो भनेर हामी लागिपरेका छौं र हामीलाई नै लाज लागिरहेको छ । नयाँ स्टक एक्सचेञ्ज थपिँदैछ । २०६४ सम्म नेप्से एनजिओ जस्तो थियो गैर नाफा मुखी । मैले नेप्सेको नेतृत्व सम्हालेपछि त्यसलाई नाफा मुखी बनाएको हुँ । नेपाल राष्ट्र बैंक ऐनमै नेप्सेमा एउटै संस्थाको सेयर १० प्रतिशत भन्दा बढि हुन नपाउने भन्ने उल्लेख गरिएको छ । तर यसमा अझै पनि नेप्सेको सेयर संरचना मिलेको छैन् । त्यसकारण हामीले अहिले अर्काे एउटा स्टक कम्पनी सञ्चालनका लागि प्रक्रिया अघि बढाएका हौं । त्यस्तो स्टक एक्सचेञ्ज निजी क्षेत्रको सहभागीतामा सञ्चालन हुनेछ । देशैभर पुँजी बजार विस्तार भैसकेको छ । २३ सय बैंक तथा वित्तिय संस्थाका शाखामा आस्बा लागु हुँदैछ । ७५ वटै जिल्लामा पनि दोश्रो बजारको पहुँच विस्तार गर्नुपर्नेछ । त्यसका लागि निजी क्षेत्रको स्टक कम्पनी ल्याउन खोजेका हौं । अझै पनि हामीसँग सरकारी स्टक कम्पनी छ भन्यो भने विदेशीले जिब्रो टोक्छन् । बोर्डले काम गर्ने स्पिड अनुसार नै अहिले कम्पनी ऐनको पहिलो संसोधन भएको छ । नेपाल टेलिकमलाई सूचिकृत गराउने मान्छे पनि मै हुँ । पाँच करोड भन्दा बढि चुक्ता पुँजी भएका दुर सञ्चार कम्पनी पनि २ बर्षभित्रै सूचिकृत हुनै पर्ने व्यवस्था भएको छ । त्यसले पनि राम्रो काम गर्छ र रियल सेक्टर कम्पनीलाई पुँजी बजारमा ल्याउन सघाउ पुर्याउँछ । सूचिकृत कम्पनीलाई पनि गभर्नेन्स कोड लागु गराउँदैछौं । म नेप्सेमा हुँदा एउटा बैंकले राइट सेयर दिने निर्णय माइन्युटमा लेखि नसक्दै एक जना सञ्चालकले ट्वाइलेटमा गएर ब्रोकरलाई सबै सेयर आफ्नो नाममा किनिदिन भनेका थिए । अहिले पनि त्यस्ता घट्ना छिपुट आईरहेका छन् । हामीले एउटा ब्रोकरलाई यस्तो घट्नामा संलग्न रहेको पुष्टि भएपछि कारवाही गरिसकेका छौं । सबैले दल र सरकारले पनि अब आर्थिक विकास भनेका छन् । त्यसमा पुँजी बजारको ठुलो योगदान रहन्छ । यसपाली ७ प्रतिशत आर्थिक वृद्धिदर पुग्ने देखिएको छ । गत बर्ष एक प्रतिशत भन्दा कम वृद्धिदर भएकाले यसपाली ७ प्रतिशत मात्रै पुगेको हो । गत बर्ष ४ प्रतिशत आर्थिक वृद्धिदर पुगेका भए यसपाली १० प्रतिशत नाघ्ने थियो । जे होस मुलुकको आर्थिक विकासमा पुँजी बजारको ठुलो योगदान रहन्छ । त्यसका लागि हामी निायमक देखि सूचिकृत कम्पनी, मर्चेण्ट बैंकर, ब्रोकर, लगानी कर्ता सबैले ठिक ढंगले काम गर्नुपर्छ । (सनराइज क्यापिटलको सेवा आरम्भ कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. कार्कीले व्यक्त गरेको विचार)

सेयर बजारको दुस्मन कम्युनिष्ट पार्टी र प्रचण्डलाई पत्याउने नेपाली पुँजीपति

काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा गर्दैछन् । उनले राजीनामा गर्छन भन्ने पक्कापक्की हुँदा सेयर बजार रातो भएको छ । सेयरको मूल्य घटिरहेको छ  । नेकपा (माओवादी केन्द्र) नेपालभित्रका कम्यूनिष्ट पार्टीहरु मध्ये खरो पार्टीको रुपमा चिनिन्छ । यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले पनि आफूलाई खाँटी कम्यूनिष्ट पार्टीको नेता भन्न रुचाउँछन् । तिनै कम्यूनिष्ट पार्टीका नेताले प्रधानमन्त्री पदबाट राजीनामा गर्दैछन् र आफूलाई लोकतन्त्र र पुँजीबादको पर्यायवाची भन्ने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन् । अर्थमन्त्री पनि नेपाली काँग्रेसले नै पाउँदैछ । तर सेयर बजार किन रोइरहेको छ ? संसारभर कम्युनिष्टहरु खुल्ला बजार अर्थतन्त्रका बिरोधी मानिन्छन् । अझ उनीहरुले सेयर बजारलाई त पुँजीपतिको जुवाघर भन्दै आएका छन् । नेपालमै पनि सेयर बजार प्रति कम्युनिष्ट पार्टीका नेताहरुको दृष्टिकोण नकारात्मक छ । तत्कालिन अर्थमन्त्री डा बाबुराम भट्टराईले पनि नेपालको सेयर बजार जुवा घर जस्तै देखिएको टिप्पणी गरेका थिए । यस्तो सोच र धरातलमा रहेको सेयर बजार नेकपा माओवादी केन्द्रका अध्यक्षले पद त्याग गर्दा किन हरियो भएन ? किन रातो भयो ? वास्तवमा तर्क र तथ्यबीच गज्जबको बेमेल छ । १० वर्ष युद्ध गरेर राजनीतिक मुलधारमा आएका प्रचण्ड प्रधानमन्त्री भएकै बेलामा सेयर बजारले नयाँ र सकारात्मक रेकर्ड कायम गरेको छ । उनी प्रधानमन्त्री भएकै बेलामा नेप्से परिसूचक उच्चतम विन्दुमा पुगेको छ । प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा २०६५ साल भदौमा नेप्सेले इतिहासकै सर्वाधिक उच्चतम विन्दु ११७५ छोएको थियो । उनी दोस्रो पटक २०७३ साउनमा प्रधानमन्त्री चुनिए । सोही महिना सेयर बजारले अर्को इतिहास रच्यो,  नेप्सेले १८८१ अंकमा टेक्यो । २०६५ देखि २०७३ को बीचमा नेप्से परिसूचक झरेर २९२ अंकमा पनि पुगेको थियो । २०६४ सालमा सम्पन्न संविधान सभाको निर्वाचनबाट  नेकपा(माओवादी) सबैभन्दा ठूलो पार्टीका रुपमा उदायो । तत्काल सेयर बजार डरायो र घट्न थाल्यो । ठिक त्यति नै बेला प्रचण्डले पत्रकार सम्मेलन गरेर आफूहरु खुल्ला बजार अर्थतन्त्रको पक्षपाती भएको बताए र सेयर बजारलाई उचाल्न सहयोग गरे । नेपालका कम्यूनिष्ट पार्टीहरुले अझै पनि खुल्ला बजार अर्थतन्त्रलाई भित्रैदेखि स्वीकार नगरेको भन्ने आरोप लाग्दै आएको छ । तर कम्यूनिष्ट दलले सत्ता समालेकै बेलामा पुँजीपतिहरुले सेयर बजारमा पैसा खन्याएको पनि देखिन्छ । अर्को तथ्य के पनि छ भने २०६५ सालमा प्रचण्ड प्रधानमन्त्री भएकै बेलामा छोटो अवधिमा दुई दर्जन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएका थिए । दोस्रो पटक उनी प्रधानमन्त्री भएको बेलामा एक दर्जन बीमा कम्पनीहरुलाई लाईसेन्स दिने निर्णय गराए । यी दुई तथ्यले पनि प्रचण्ड प्रधानमन्त्री भएको बेलामा नेपाली पुँजीपतिहरुले लगानी विस्तार गर्ने निर्णय लिएको देखिन्छ ।

सेयर बजारमा दुई अर्ब ५८ करोड रुपैयाँको कारोबार, सबैभन्दा बढी बीमा कम्पनीको

काठमाडौं । यस साता सेयर बजारमा दुई अर्ब ५८ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ । सो रकम गत साताको भन्दा ७ दशमलब ९१ प्रतिशत घटि हो । गत साता बजारमा दुई अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यस साता जम्मा चार दिन खुलेको बजारमा १५५ कम्पनीहरुको ८३ लाख २६ हजार २२० कित्ता सेयर किनबेच भएका छन् । सो अवधिमा सबैभन्दा बढी बीमा कम्पनीहरुको सेयर कारोबार भएको छ । त्यस्तै, हिमाल जनरल इन्स्योरेन्स कम्पनीको एक करोड ८८ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको १ करोड १३ लाख र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबार रकम सँगै साताको नेप्से परिसूचक पनि ओरालो लागेको छ । परिसूचक पहिलो दिनको तुलनामा १५.३६ अंकले घटेर अन्तिम दिन १६४३.८७ अंकमा पुगेको छ । यसैगरी समूहगत परिसूचकहरुमा पनि उतारचढाव आएको छ । सबैभन्दा बढी उत्पादनमूलक समुहको परिसूचक ९८.६४ अंकले उकालो लागेको छ । त्यस्तै, होटल समूको परिसूचक २२ अंकले उकालो लागेको छ । बीमा, वाणिज्य बैंक र जलविद्युत समूहको परिसूचक क्रमशः ४३, २५ र १४ अंकले ओरालो लागेका छन् ।

सेयर बजारमा ६१ करोड माथिको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा ६१ करोड ९८ लाख रुपैयाँ बढीको सेयर करोबार भएको छ । सो रकम अघिल्लो दिनको तुलनामा करिब १२ करोड रुपैयाँ बढी हो । अघिल्लो दिनको बजारमा ५० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सो दिन सबैभन्दा बढी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । बजारमा यस कम्पनीको १० करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको सेयर प्रतिकित्ता १६३८ रुपैयाँ रहेको छ । त्यस्तै, एनसीसी बैंक र सिद्धार्थ बैंकको ३ करोड रुपैयाँ माथिको सेयर किनबेच भएको छ । बजारमा १४० कम्पनीको ३१ लाख ६४ हजार ९६६ कित्ता सेयर किनबेच भएको छ । सो दिन कारोबार भएका तीन समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ५ समूहको परिसूचक ओरालो लागेका छन् । उत्पादनमूलक ३२, होटल ४.७७ र अन्य समूह ४.०५ अंकले उकालो लागेका हुन् । त्यस्तै, सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक २० अंकले ओरालो लागेको छ । बाँकी समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका हुन् । समग्रमा नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । परिसूचक ४ दशमलब ९८ अंकले ओरालो लागेर १६४४ दशमलब २६ अंकमा झरेको छ ।

मंगलबारकाे सेयर बजार दोहोरो अंकले ओरालो, ५० करोड माथिको सेयर कारोबार

काठमाडौं । मंगलबार सेयर बजार करिब दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ९ दशमलब ९९ अंकले ओरालो लागेर १६४९ दशमलब २४ अंकमा झरेको छ । परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । दोहोरो अंकले घटेको बजारमा ५० करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४० कम्पनीको २८ लाख २१ करोड कित्ता सेयर किनबेच भएको छ । मंगलबार उत्पादनमूलक समूह बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ४६ अंकले ओरालो लागेको छ । उत्पादनमूलक समूहको परिसूचक भने ३० अंकले उकालो लागेको हो ।

सेयर बजारमा ९० करोड माथिको सेयर कारोबार, सबैभन्दा बढी सनराइज बैंकको

काठमाडौं । साताको अन्तिम दिन कारोबार हुने बिहीबारको बजारमा ९० करोड ३८ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो कारोबारको तुलनामा २९ करोड रुपैयाँ बढी हो । यस अघि मंगलबारको बजारमा ६१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बिहीबार सबैभन्दा बढी सनराइज बैंकको सेयर कारोबार भएको छ । बैंकको ७ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ , जसको सेयर मूल्य प्रतिकित्ता ५२९ रुपैयाँ रहेको छ । त्यस्तै, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि. प्रमोटर सेयरको ५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन १४७ कम्पनीको २० लाख कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार भएका सबै समूहका परिसूचक हरिया भएका छन् । बीमा, हाइड्रोपावर र अन्य समूहको परिसूचक दोहोरो अंक अर्थात क्रमशः ४५, १९ र १८ अंकले उकालो लागेका छन् । त्यस्तै, बाँकी ६ समूहको परिसूचक सामान्य अंकले बढेका छन् । समग्रमा बिहीबार नेप्से परिसूचक ७ दशमलब ७७ अंकले उकालो लागेर १६५८ दशमलब ५८ अंकलमा पुगेको छ । केही दिन यता सेयर बजार निरन्तर उकालो लागिरहेको छ ।

सेयर बजारमा तीन अर्ब माथिको सेयर कारोबार, सबैभन्दा बढी नेपाल लाइफको

काठमाडौं । यस साता सेयर बजारमा तीन अर्ब ४० करोड १२ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् । जुन रकम गत साताको भन्दा ४०.२६ प्रतिशत कम हो । गत साता बजारमा पाँच अर्ब ६९ करोड रुपैयाँ बराबरका सेयरहरु खरिद बिक्री भएका थिए । यस साता १५४ कम्पनीका ५३ लाख ८४ हजार सात सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । बजारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६ करोड ८० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल एसबिआइ बैंकको १२ करोड ४७ लाख, प्रभु बैंकको १० करोड ८९ लाख रुपैयाँ, सानिमा माइ हाइड्रोपावर र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ९ करोड ६८ रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो अवधिमा बैंकको दुई लाख ५६ हजार कित्ता सेयर किनबेच भएको छ । यस साता कारोबार रकममा गिरावट आएता पनि नेप्से परिसूचकमा भने केही सुधार भएको छ । सो अवधिमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा २.४० अंकले बढेर अन्तिम दिन १६५३.१८ अंकमा पुगेको छ । त्यस्तै, साताभर कारोबार भएका समूहका परिसूचकमा सामान्य उतारचढाव आएको छ । सबैभन्दा बढी बैंक समूहको परिसूचक ५ अंकले उकालो लागेको छ । त्यस्तै, होटल र बीमा समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् । उत्पादनमूलक, वित्त र जलविद्यिुत समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.७७ अंकले बढेर ३५३.५५ अंकमा आईपुगेको छ ।

सेयर बजारमा ‘कर्नरिङ’ बढ्यो, सामान्य लगानीकर्ता उच्च जाेखिममा

काठमाडौं । धितोपत्र बजारमा पछिल्लो समय सेयरको कर्नरिङ गर्ने प्रचलन बढेको छ । समूहगत रुपमा लगानी गर्ने लगानीकर्ता सानो पुँजी भएका कम्पनीको सेयर कर्नरिङ गरी सेयर मूल्य बढाउने खेलमा लागिपरेको लगानीकर्ताहरूको गुनासो छ । पछिल्लो समयमा लघुवित्त तथा बीमा कम्पनीको सेयरमा कर्नरिङ भएको देखिन्छ । न्यून पुँजी भएका कम्पनीको संख्या बढेसँगै कर्नरिङको अभ्यास पनि बढेको हो । १/२ करोड मात्रै चुक्ता पुँजी भएका कम्पनीको सेयर मूल्य ‘ब्लु चिप’ कम्पनीको सेयर मूल्यकै हाराहारीमा पुग्नुले पनि कर्नरिङ बढेको पुष्टि हुन्छ । कर्नरिङ बढ्नु भनेको नयाँ र सानो बचत परिचालन गर्ने लगानीकर्ताका लागि ठूलो जोखिम पनि हो । मिर्मिरे माइक्रोफाइनान्सको प्रतिकित्ता सेयरमूल्य ३ हजार २ सय रुपैयाँमा बुधबार कारोबार भएको छ । यो लघुवित्तको सेयर मूल्य कुनै पनि वाणिज्य बैंकको मूल्यभन्दा बढी हो । तर, मिर्मिरेको ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता मात्रै सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत छ । यसमध्ये कम्पनीको पब्लिकमा  बिक्री गरेको र नियमित कारोबार हुने सेयर झनै न्यून छ। के हो कर्नरिङ ? पुँजी बजारमा कारोबार हुने कम्पनीको सेयर कुनै संस्था वा समूहले खरिद गरी  नियन्त्रणमा लिने र समूहभित्र नै रहने गरी कारोबार गर्ने र आफू अनुकुल सेयरमूल्य बढाउने प्रचलन नै कर्नरिङ हो । अधिकांश सेयर आफ्नै समूहसँग राखेपछि बढी मूल्यमा बिक्री गर्न सकिने भएकाले यसबाट नयाँ लगानीकर्ता फस्ने सम्भावना बढी हुन्छ । यस्तै, बुधबार रिलायबल माइक्रोफाइनान्सको प्रतिकित्ता सेयर २ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको छ । यसको जम्मा ५ लाख ६५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ । रिलायबलको पनि पब्लिकमा भएको र नियमित कारोबार हुने सेयर न्यून नै छ । यसको सेयर मूल्य पनि वाणिज्य बैंकहरूको भन्दा धेरै हो । सेयर बजारमा नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक तथा एभरेष्ट बैंकको सेयरलाई ब्लु चिप सेयर मानिन्छ । २ करोडका कम्पनीको ३० प्रतिशत पब्लिकमा भए पनि ६० हजार कित्ता हुन्छ । त्यसमा १० देखि १५ हजार सेयर उठाएमा सजिलै कर्नरिङ हुन्छ । यसमा आफ्नो समूहअन्तर्गत सेयरमूल्य वढाएर कारोबार गर्ने गरिएको पाइन्छ । सेयर बजारको विस्तार हुदा सेयर धेरैसँग गए पनि बिक्री गरिहाल्ने स्वभाव सबैमा नहुँदा बजारमा माग बढ्ने गरेको लगानीकर्ता अम्बिकाप्रसाद पौडेल बताउँछन् । थोरै सेयर भएका कम्पनीको माग सिर्जना हुने भएकाले सेयर मूल्य उच्च भएको बताउने पौडेल पनि कर्नरिङ भएको स्वीकार्छन् । बजारको विस्तार हुँदा सेयर किनेर होल्ड गर्ने लगानीकर्ता बढेकोले सबै कर्नरिङ भएको नहुने उनको जिकिर छ । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी भने केही लघुवित्त कम्पनीहरूमा कर्नरिङ हुनसक्ने भए पनि प्रत्यक्ष रुपमा नदेखिने बताउँछन् । यसरी कर्नरिङ बढेको पाइएमा सम्बन्धित कम्पनीले सर्वसाधारणको स्वामित्वमा रहेको सेयरको संख्या वृद्धि गर्नुपर्ने गिरीले सुझाव दिए । “साना कम्पनीको सेयर आपूर्ति नै थोरै हुन्छ त्यसैले यसमा कम्पनी तथा लगानीकर्ता दुवै सचेत हुनुपर्छ,” गिरी भन्छन् । (काराेबार दैनिकबाट)