सेयर बजारमा करेक्सन, ३७ अंकले बढ्यो
काठमाडौं । लगातार १२ दिनदेखि घट्दै आएको सेयर बजारमा बिहीबार करेक्सन भएको छ । बिहीबार बजार ३७.११ अंक बढेर १ हजार ५३० अंकमा पुगेको छ । बुधबार ९ अंक घटेर १ हजार ५ सय तल पुगेको थियो । कारोबार रकम कम भएपनि बजार भने साढे २ प्रतिशतले बढेको छ । १२ दिनपछि बजार करेक्सन भएको नेपाल स्टक ब्रोकर एसोसियसनका पुर्व अध्यक्ष नरेन्द्र सिजापति बताउछन् । लगातार घट्दै गएको बजार बढेपछि एउटा विन्दुमा आएर करेक्सन भएको उनको भनाई छ । “आजको बजार वृद्धिले लगानीकर्तामा सकरात्मक मनोबैज्ञानिक प्रभाव पारेको छ” उनले भने “आगामी दिनमा यसले निरन्तरता पाउछकी पाउदैन त्यो हेर्न बाँकी छ ।” आज एक दिनको वृद्धिलाई आधार मानेर विश्लेषण गर्न नसकिने बताउदै उनले भने “अर्को हप्ता कस्तो कारोबार हुन्छ हेर्नुपर्छ । यद्यपी बढ्ने संकेत देखिएको छ ।” बिहीबार बैकिङ, होटल, बीमा, जलविद्युत, विकास बैंक, वित्त र उत्पादनमुलक सबै क्षेत्रको बजार बढेको छ । बिहीबार सबैभन्दा बढी कमाउनेमा राष्ट्रिय बिमा कम्पनी लिमिटेडका लगानीकर्ता भएका छन् । राष्ट्रिय बीमा लगानीकर्ताले एकै दिन १ हजार ४७० रुपैयाँ कमाएका छन् । यो कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेर १६ हजार १८० रुपैयाँ पुगेको छ । यस्तै गुमाउनेमा नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकताले ३५८ रुपैयाँ गुमाएका छन् । नेसनलले बिहीबार ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । नेसनलको १० प्रतिशत घटेको छ । बिहीबार ६३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । नेपाल लाईफको प्रतिकित्ता १ हजार ९८९ मा कुल ३ करोड ८ लाख २५ हजार रुपैयाँ किनबेच भएको छ ।
सेयर बजारमा अवसरै अवसर छ
मान्छे धनि बन्ने लालचमा महंगो ओच्छानमा निदाउन नसकि निन्द्राको गोलि खान्छन । एक लिटर दुध बेचेर दुई कप चिया खान्छ । धान खेत बेचेर चामल किन्छ । घर बेचेर गाडि किन्छ । र, भन्छ दःुख पाए । आफुलाई सर्वज्ञान सम्पन्न ठान्छ । अरुलाई अपमान गर्छ र आफुले सम्मान नपाएको गुनासो गर्छ । हो ठ्याक्कै यस्तै प्रवृतिका केही मान्छे शेयर बजारमा छन् र त शेयर बजारको महत्व छ । नत्र बालि भित्राउने बेलामा कसले किन खेत बेच्थ्यो र, स्वस्थ रहने बेलामा दुध बेचेर चिया कसले खान्थ्यो र ? अनि, यो शेयरमा फाप्दै फापेनअचाक्लि घाटा भयो भनि फलाक्दै हिन्ने को नै हुन्थ्यो र ? महोदय तिमिहरु छौ र शेयर बजारमा अवसरै अवसर छ ।
सेयर बजारमा सुधार आएन, लगानीकर्ताको विश्वास गुम्दा २१ अंक घट्यो
काठमाडौं । लगानीकर्ताको विश्वास गुम्दा मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । मंगलबार २१ अंकले बजार घटेर १ हजार ५०२ मा सीमित भएको छ । सोमबार साढे ३ अंकले समान्य बढेको सेयर बजार मंगलबार घटेको छ । सेयरको आपूर्ति बढेपछि पछिल्लो समयमा निरन्तर बजार घट्दै गएको छ । बैंक तथा वित्तीय संस्थाले सेयर कर्जाका लागि आकर्षक योजना ल्याउदा पनि बजारमा लगानीकर्ताको विश्वास बढ्न नसक्दा ओरालो लागेको हो । मंगलबार बैंकिङ, होटल, विकास बैंक, वित्तीय, जलविद्युत, बीमा र उत्पादनमुलक क्षेत्रको सेयर मूल्यमा गिरावट आएको छ । सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । नेपाल लाइफको प्रतिकित्ता १ हजार ९७४ रुपैयाँमा कारोबार भएको छ । नेपाल लाइफको ३ करोड ५२ लाख ७० हजार रुपैयाँको सेयर किनबेच भएको छ । बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । मंगलबार बजार घटेपछि कुल ५६ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सेयर बजारमा सामान्य सुधार, साढे ३ अंकले बढ्यो
काठमाडौं । लगातार घट्दै गएको सेयर बजार सोमबार ३.६ अकं बढेको छ । सोमबार बैंक र वित्त क्षेत्रको सेयर घटेको छ भने होटल, जलविद्युत, बीमा र उत्पादनमुलक क्षेत्रको सेयर बढेको छ । आइतबार साढे ३५ अंकले बजार घटेको थियो । सोमबार नबिल बैंकको सेयर सबैभन्दा बढी कारोबार भएको छ । नबिलको सेयर प्रतिकित्ता १ हजार ६३० रुपैयाँमा १० करोड २८ लाख ८५ हजार रुपैयाँको सेयर किनबेच भएको थियो । सोमबार ८४ करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
सेयर बजार ३२ अंक घट्यो, २ अर्ब ४१ कराेडकाे सेयर कारोबार
काठमाडौ । धितोपत्र बजारमा गत साता २ अर्ब ४१ करोड २१ लाख ७९ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता कूल १७१ कम्पनीको ४४ लाख ९९ हजार ८१० कित्ता शेयर कारोबार भएको थियो । कारोबार रकम गत साताको भन्दा ३२.२४ प्रतिशत कम हो । गत साता १८० कम्पनीको ३अर्ब ५६ करोड एक लाख २३ हजार बराबरका ७५ लाख ८४ हजार पाँच सय ९० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव शुन्य एक अंकले घटेर अन्तिम दिन एक हजार ५५४ दशमलव ५५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ५२ अंकले बढेर ३२६ दशमलव ०१ अंकमा आइपुगेको छ । कारोबार रकमका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको १२ करोड ३१ लाख २० हजारको कारोबार भएको छ । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा छ । सो कम्पनीको एक लाख ७५ हजार कित्ता शेयर कारोबार भएको छ । रासस
सेयर बजार १२ अंक घट्यो, बैंकले सेयर कर्जा खुला गरेपनि बजार बढ्न सकेन ।
काठमाडौं । बुधबार बढेर लगानीकर्तालाई आशा जगाएको भोलिपल्ट सेयर बजार घटेको छ । बिहीबार बजार घटेर १२ अंक घटेर १ हजार १५४ अंकमा सीमित भएको छ । बुधबार पनि ११ अंक बढेको थियो । सेयर बजारका सबै परिसूचकमा गिरावट आएपछि राताम्मै भएका छन् । बैंकले सेयर कर्जा खुला गरेपनि बजारमा सेयर आपूर्ति बढेपछि बजार बढ्न सकेन । बैंकिङ, होटल, विकास बैंक, वित्त, जलविद्युत, बीमा र उत्पादनमुलक सबै क्षेत्रको बजार घटेको छ । सबैभन्दा बढी बीमाका सेयरधनीले गुमाएका छन् । बिहीबार आरएसडीसी लघुवित्तका लगानीकर्ताले ७२ रुपैयाँ कमाएका छन । रिलायवल माइक्रोफाइनन्सका लगानीकर्ताले ८५ रुपैयाँ गुमाएका छन् । बिहीबार साढे ७३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार नबिल बैंकको भएको छ । नबिलको प्रतिकित्ता १ हजार ६७५ रुपैयाँमा ४ करोड ८८ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ ।
सेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार ८३ करोड
काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार नेप्से ११.९४ अंकले बढेर १५६६.५० अंकमा पुगेको हो । सो दिन १६४ कम्पनीको सेयर ८३ करोडमा किनबेच भएको हो । बुधबार म्यानुफ्याक्चरिङ बाहेकका सबै समुहको सूचक उकालो लागेका छन् । बैंक समुह ११.८१ अंकले बढेको छ भने इन्स्योरेन्स समुह ५५.२५ र विकास बैंक समुह २०.६९ अंकले बढेको छ । होटल समहु २२.०३ अंकले बढ्दा उत्पादन मुलक समुह भने ४८.०२ अंकले घटेको देखिन्छ । बैंकहरुले सेयर धितोमा कर्जा दिने सूचना निकालेपछि सेयर बजारमा सकारात्मक संकेत देखा परेको हो । यति बेला बैंकहरुले सेयर धितो राखेर ऋण लिनका लागि आव्हान गरिरहेका छन् ।
राताम्मै सेयर बजार, आरएसडीसीकाले कमाए, युनाइटेड इन्स्योरेन्सकाले गुमाए
काठमाडौं । दुई दिनपछि खुलेको सेयर बजारमा साढे २४ अंकले ओरालो लागेको छ । बैकिङ, होटल, बीमा, विकास बैंक, जलविद्युत, वित्त र उत्पादनमुलक सबै क्षेत्रको सेयर मूल्य घटेको छ । सोमबार सबैभन्दा बढी गुमाउनेमा बीमा समूह रहेको छ । बीमा समूहको सेयर मूल्य १३६ अंक घटेको छ । सबैभन्दा बढी गुमाउनेमा युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका लगानिकर्ता रहेका छन् । युनाइटेडका लगानीकर्ताले सोमबार मात्र ९२ रुपैयाँ गुमाएका छन् । युनाइटेडकको सेयर मूल्य घटेर १ हजार ३६८ रुपैयाँमा झरेको छ । यस्तै आरएसडीसी लघुवित्तीय संस्थाका लगानीकर्ताले ११० रुपैयाँसम्म कमाएका छन् । आरएसडीसीको सेयर मूल्य बढेर प्रतिकित्ता १ हजार २१७ रुपैयाँ पुगेको छ । सोमबार ८४ करोड २९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा बढी कारोबार फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको भएको छ । फस्र्टले २ बराबर १ अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने सुचना प्रकाशित गरेपछि उसको कारोबार रकम बढेको हो । फस्टको प्रति कित्ता १ हजार ४९ रुपैयाँमा ३ करोड २७ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बुधबारको सेयर बजारमा १४ अंकको गिरावट
काठमाडौं । बुधबारको सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सो दिन १४ दशमलब ५५ अंकले ओरालो लागेर १५९८ अंकमा झरेको छ । बजारमा परिसूचकमा ओरालो लागेता पनि सेयर कारोबारमा सुधार आएको छ । बुधबार ९७ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो कारोबारको तुलनामा ७ करोड रुपैयाँ बढी हो । अघिल्लो कारोबारमा ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बुधबार बीमा समूहको परिसूचक सबैभन्दा बढी १०६ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक र अन्य समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । सो दिन सबैभन्दा बढी सिद्धार्थ इक्विटी ओरिन्टेड स्किमका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । त्यस्तै, नबिल ब्यालेन्स फण्ड १, हिमालयन पावर पार्टनर र हिमालयन डिष्टीलरीको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।
सेयर बजारमा ९ अंकको गिरावट, ९० करोड ९३ लाखको सेयर कारोबार
काठमाडौं । सोमबारको सेयर बजारमा ९ अंकको गिरावट आएको छ । आइतबार सामान्य अंकले उकालो लागेको नेप्से परिसूचक सोमबार ९.४१ अंकले ओरालो लागेर १६१२ अंकमा पुगेको छ । बजारमा ९० करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ९ करोड रुपैयाँ बढी हो । आइतबारको बजारमा ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबार सबैभन्दा बढी स्वरोजगार लघुवित्त विकास बैंकको ६ करोढ रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सो दिन तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । स्वरोजगार लघुवित्त विकास बैंकको ९.९९, हिमालयन डिष्टीलरीको ९.९६ र हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.७९ प्रतिशतले बढेको छ । सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ का लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् । आइतबार उत्पादनमूलक र विकास बैंक समूहको परिसूचक क्रमशः २७ र ६ अंकले उकालो लागेका छन् । बीमा समूहको परिसूचकम भने ४५ अंकले ओरालो लागेको छ । त्यस्तै, सोमबार कारोबार भएका बाँकी समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् ।
सेयर बजार ओरालो लाग्ने क्रम जारी, बिहीबारको नेप्सेमा ८ अंकको गिरावट
काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । केही दिन यता देखि निरन्तर ओरालो लागेको बजार बिहीबार पनि ८ अंकले ओरालो लागेको छ । त्यस्तै, नेप्से परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । बिहीबारको बजारमा ९२ करोड ७९ लाख ३० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस मध्ये नागरिक लगानी कोषको ६ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ४ हजार ७३० रुपैयाँ रहेको छ । बजारमा १६१ कम्पनीको २० लाख १० हजार कित्ता सेयर किनबेच भएको छ । त्यस्ते, समूह परिसूचका आधारमा उत्पादनमूलक र फाइनान्स समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १६ अंकले ओरालो लागेको छ । बजारमा सबैभन्दा बढी कुबेर मर्चेन्ट फाइनान्सको सेयर मूल्य ९.७८ प्रतिशतले घटेको छ । त्यस्तै, लक्ष्मी भ्यालू फण्ड १को पनि ९.५६ प्रतिशतले सेयर मूल्य घटेको छ । बिहीबार यस फण्डको सेयर मूल्य प्रतिकित्ता ११ रुपैयाँ रहेको छ ।
सेयर बजारबारे रोहन शर्माले कथेका “एकादेशको’’ १० कथा
‘सेयर बजारमा एनआरएल भित्राउन स्पष्ट नीति नियम बन्नु पर्ने, सेयर बजारलाई देशभर रहेका सर्वसाधारणको पहुँचमा र्पुयाउनु पर्ने, अनलाईन ट्रेडिङलाई जतिसक्दो चाँडो लागु गर्नुपर्ने, यसो भएमा सेयर बजारले चाँडैनै नयाँ रेकर्ड राख्नेछ’ भन्ने मैले मेरो ‘सेयर बजार’ ग्रुपमा गरिएको पोष्टमा एक मित्रले कमेण्ट गर्दै लेख्नु भयो,“यि सबै कुराहरु एकादेशको कथा जस्तै भैसके !’’ मेरो उत्तर ठिक बिपरित छ, “भैसकेको छैन, तर भविश्यमा निश्चयनै यी कुराहरु एकादेशको कथा जस्तै हुनेछ!“ एक दशक अगाडी दैनिक औसत ५ करोडको कारोबार हुने, बजारमा बुलिस प्रबृति आउँदा १८÷२० करोडको कारोबार हुँदा अचम्म मान्ने हामी अहिले दैनिक १ अर्बको कारोबारलाई सामान्य रुपमा लिन्छौं । ५ करोडको कारोबार अहिले एकादेशको कथा जस्तै भैसकेको छ । सिंहदरवार स्थित स्टक एक्स्चेन्ज परिसर बाहिर भेला भएर भिडमा तछाँड मछाड गर्दै ओपन क्राई सिस्टमबाट कारोबार गर्ने हामी अहिले पल पलको कारोबार मोबाईलबाट अवलोकन गर्दै फोनबाटै कारोबार गर्ने अवस्थामा पुगेका छौं। त्यतिबेला स्टक एक्स्चेन्जको सानो झ्यालनै लगानिकर्ताको लागी बजारको गहिराई (मार्केट डेप्थ) को रुपमा रहेको थियो, जहाँबाट मार्केट डेप्थ हेर्न ताना ताननै हुन्थ्यो। ओपनक्राई अहिले एकादेशको कथा जस्तै भैसकेको छ। अहिले राष्ट्रिय दैनिकहरुमा कारोबार भएका कम्पनीहरुको सूची पानानै भरिभराउ देखिने गरेकोमा त्यतिबेला पत्रिकाको कुनै कुनामा देखिने १०/१५ कम्पनीको सुचि अहिले एकादेशको कथा जस्तै भैसकेको छ । ब्रोकरले मात्र हेर्न पाउने अझै भन्नै पर्दा ब्रोकरले आफुसँगै ठूला लगानीकर्ता र आफन्तलाई मात्र कारोबार कक्षमा राखेर देखाउने बजारको गहिराई ( मार्केट डेप्थ) मा अहिले आम सर्वसाधारणको पहुँच पुगिसकेको छ। ब्रोकरको पेवाको रुपमा रहेको मार्केट डेप्थ अहिले एकादेशको कथा जस्तै भैसकेको छ । अधिकतम १.५ प्रतिशत र न्युनतम १ प्रतिशत महँगो ब्रोकर कमिसन कमिसनमा कारोबार थालेका हामी अहिले अधिकतम ०.६ प्रतिशत र न्युनतम ०.४ प्रतिशतमा काम गर्दै रमाउँदा पुरानो ब्रोकर कमिसन एकादेशको कथा जस्तै भैसकेको छ । अहिले बजारबाट भैतिक रुपमा रहेका सेयर प्रमाणपत्रको अन्त्य हुने क्रममा छ । बजारमा पूर्णरुपमा अभैतिक कारोबार हुने गरेको छ । यतिबेला कुनै जमानामा लेमिनेसन गरेर फ्रेमिङ गरी भित्तामा टाँगिएका सेयर प्रमाणपत्र एकादेशको कथा जस्तै भैसकेको छ । आफूले किनेको सेयर अहिले चार दिनमै आफ्नो खातामा स्वामित्व परिवर्तन भएर आईसक्दा पहिले खरिद गरेको सेयर ६ महिनासम्म पनि प्रमाणपत्र हातमा नपर्ने हुँदा बुक क्लोज अगाडीसम्म लामो समय ब्रोकरको बाक्सामै बीटी अर्थात बल्यङ्क ट्रान्सफर (आफुले सेयर खरिद गरिसकेता पनि सेयरको स्वामित्व नामसारी नभएसम्म बिक्रेताकै नाममा हुने अवस्था) मा राख्नु पर्ने बाध्यता अहिले एकादेशको कथा जस्तै भैसकेको छ । प्राथमिक निश्काशनका सम्बन्धमा कुरा गर्ने हो भने कुनै समय म स्वयं बिहान ९ बजेदेखि बेलुकी ६ बजे सम्म लाईन बसेर आईपीओ भरेको घटना अहिलेसम्म ताजै छ । पर्ने नपर्ने सुनिश्चितता थिएन । बाँडफाँडको लागि ३ महिना बढी समय लाग्ने गर्दथ्यो । कुनै पनि कम्पनीको हकप्रद भर्न, बोनस लिन राजधानीनै आउनुपर्ने थियो । उपत्यका बाहिरका लगानिकर्ता हकप्रद भर्न र बोनस सेयर लिन राजधानी आउँदा आफूले पाएको प्रतिफल भन्दा बढी खर्च गरेर घाटाको ब्यापार गरी फर्कन्थे । आफूले प्राप्त गर्ने हकप्रद र बोनसको लागि घण्टौ लाईन बस्नु पर्ने थियो । यी सब अब एकादेशको कथा भएका छन् । सेयर बजारको जानकारी आम लगानिकर्ताको पहुँचमा र्पुयाउनको लागि अहिले जस्तो मिडियाहरु थिएनन् । भएकाले पनि सेयर बुझ्ने थिएनन्, अलि अलि बुझेकाले पनि महत्व दिने थिएनन् । अहिले कुनै फरक उदेश्यबाट सँचालित मिडिया पनि सेयर बजारको बारेमा लेखेनन् भने मिडियानै अधुरोर अपुरो हुन्छ । अहिले यी सबै कुराहरु एकादेशको कथा जस्तै भैसकेको छ । धान रोपेपछी बाली भित्राउन ६ महिना लाग्छ । पैसा खर्च गरेर पनि चाहे जस्तो सामान पाउन निकै गाह्रो हुन्छ । किनेर घर ल्याएको खाद्यन्न पनि खानको लागि तयार पार्न समय लाग्छ। सेयर बजारमा चाहिं हामीलाई सबै कुरा छु मन्तर हुनु पर्ने ? विगत देखि अहिलेसम्मको अवस्थालाई मध्यानजर गर्दै धैर्य गरौं, क्रमिक रुपमा सेयर बजारमा हामीले सोच्दै नसोचेका कुराहरु एकदिन “एकादेशको कथा“ जस्तै हुँदै जानेछन्। फेसबुकबाट
सेयर बजारमा एक अर्ब माथिको कारोबार
काठमाडौं । बुधबारको सेयर बजारमा एक अर्ब माथिको सेयर कारोबार भएको छ । सो दिन १५७ कम्पनीको २१ लाख ६४ हजार कित्ता सेयर एक अर्ब ३ करोड ९० लाख रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा बढी नेपाल ग्रामीण विकास बैंकको ८ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०४६ रुपैयाँ रहेको छ । बजारमा चार समूह उकालो लागेका छन् भने बाँकी चार समूहको परिसूचक ओरालो लागेको छ । फाइनान्स, होटल, डेभलपमेन्ट बैंक र बैंकिङ समूहको परिसूचक क्रमशः ३१, १४, १२ र १.५६ अंकले उकालो लागेको छ । त्यस्तै, बीमा, उत्पादनमूलक, हाइड्रोपावर र अन्य समूहको परिसूचक क्रमशः ४९, ३, २ र ०.५८ अंकले ओरालो लागेको छ । बुधबार कमाउने उत्कृष्ट १० कम्पनी समग्रमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । परिसूचक २ दशलमब ४९ अंकले बढेर १६६२ दशमलब ७४ अंकमा पुगेको छ । बुधबार सबैभन्दा बढी यूनाईटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ५ प्रतिशत गुमाएका छन् । त्यस्तै, एनबी इन्स्योरेन्सको सेयर मूल्य ४.४७ प्रतिशतले घटेको छ । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२८० रुपैयाँ रहेको छ ।
सेयर बजारमा १ अर्ब २९ करोडको सेयर कारोबार, बीमा समूह ३०९ अंकले उक्लियो
काठमाडौं । बुधबारको सेयर बजारमा एक अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी प्रभु इन्स्योरेन्स कम्पनीको ९ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन १५६ कम्पनीको २५ लाख ३५ हजार कित्ता सेयर किनबेच भएको छ । बुधबार नेप्से परिसूचक ८ दशमलब ८४ अंकले बढेर १६४५ दशमलब ०३ अंकमा पुगेको छ । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ३०९ अंकले उकालो लागेको छ । त्यस्तै, सो दिन कारोबार भएका बैंकिङ र हाइड्रो समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् भने बाँकी समूहको परिसूचक उकालो लागेका छन् ।
सेयर बजारमा एक अर्ब माथिको कारोबार, पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि
काठमाडौं । सोमबारको सेयर बजारमा एक अर्ब पाँच करोड रुपैयाँको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(आइतबार) बजारमा एक अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजारमा पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । नेशनल हाइड्रो पावर कम्पनी, अरुण फाइनान्स, हिमालयन डिष्टीलरी, राष्ट्रिय बीमा समिति र राष्ट्रिय बीमा समिति प्रमोटर सेयरका लागानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, बजारमा सबैभन्दा बढी सानिमा माई हाइड्रो पावरको ८ करोढ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११०२ रुपैयाँ रहेको छ । समग्रमा: नेप्से परिसूचक ६ दशमलब ४८ अंकले घटेर १६२९ अंकमा झरेको छ । त्यस्तै, तीन समूहको परिसूचक बाहेक अन्य बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक २६ अंकले ओरालो लागेको छ । सो दिन बीमा १००, उत्पादनमूलक ३९ र फाइनान्स समूहकोको परिसूचक ३ अंकले उकालो लागेका छन् ।
बिहीबारको सेयर बजारमा उतारचढाव, नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट
काठमाडौं । बिहीबारको सेयर बजारमा उतारचढाव आएको छ । कारोबार खुल्दा १६३७ अंकमा रहेको परिसूचक करिब साँढे एक घण्टामा १६४० अंकमा पुगेको थियो । त्यसपछि घट्दै बढ्दै करिब २ बजे १६३३ अंकमा पुगेको थियो । अन्त्यमा बजार बन्द हुँदा नेप्से १६३५ अंकमा पुगेको छ । समग्रमा: बिहीबारको नेप्से परिसूचक बुधबारको तुलनामा एक दशमलब ५२ अंकले घटेर १६३५ अंकमा पुगेको छ । बिहीबार नेप्से परिसूचकसँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । बुधबार एक अर्ब १८ करोड रुपैयाँको कारोबार भएको सेयर बजारमा बिहीबार जम्मा ९६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा करिब २२ करोड रुपैयाँ घटि हो । बिहीबार १५५ कम्पनीको १७ लाख ७५ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा चार समूहको परिसूचक हरिया भएका छन् भने बाँकी चार समूहको परिसूचक रात्ताम्मे भएका छन् । होटल, हाइड्रोपावर, बैंकिङ र विकास बैंक समूहको परिसूचक क्रमशः १६, ११, ५ र ३ अंकले ओरालो लागेका छन् । त्यस्तै, बीमा, उत्पादनमूलक, फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः ७७, १३, १ र ०.५८ अंकले उकालो लागेका छन् ।
सेयर बजारमा एक अर्ब २१ करोडको कारोबार, ५ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । सेयर बजारमा एकै दिन एक अर्ब २१ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको कारोबार भन्दा करिब ५१ करोड रुपैयाँले बढी हो । अघिल्लो दिन(सोमबार)को बजारमा जम्मा ६९ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । मंगलबार १५५ कम्पनीको १९ लाख ३५ हजार कित्ता सेयर किनबेच भएको छ । सोमबारको तुलनामा मंगलबारको बजारमा नेप्से र कारोबार रकम दुबैमा सुधार भएको छ । मंगलबारको बजारमा नेप्से परिसूचक ३४ अंकले बढेर १६३८ अंकमा पुगेको छ भने २ दशमलब १४ प्रतिशतले उकालो लागेको छ । मंगलबारको बजारमा ५ वटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी (करिब १० प्रतिशत) कमाएका छन् । सबैभन्दा बढी हिमालयन डिष्टीलरी लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ९ दशमलब ९९ प्रतिशतले बढेको छ । त्यस्तै, एनबी इन्स्योरेन्स कम्पनी, कुबेर मर्चेन्ट फाइनान्स, राष्ट्रिय बीमा कम्पनी र प्रोगेसिभ फाइनान्सको सेयर मूल्य क्रमशः ९.९३, ९.९३, ९.३१ र ९.१८ प्रतिशतले बढेको छ । त्यसैगरी, कारोबार समूहका अधारमा सबै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ४१६ अंकले बढेको छ । त्यस्तै, अन्य समूहको परिसूचक सामान्य अंकले उकालो लागेको छ भने मंगलबार कारोबार भएका बाँकी समूहको परिसूचक दोहोरो अंकले उकालो लागेका छन् । बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको ९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ भने बजारमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२७३ रुपैयाँ रहेकोे छ ।
सेयर बजारका लगानीकर्ता मध्ये ११ प्रतिशत मात्रै सक्रिय, प्रमोटर सेयर ७० प्रतिशतबाट ५५ प्रतिशतमा झर्यो
काठमाडौं । दोस्रो सेयर बजारका लगानीकर्ताहरू अत्यन्त कम मात्र सक्रिय भएको देखिएको छ । पछिल्लो सयम लगानीकर्ता सक्रिय हुँदै गएपनि कुल बजार पुँजीकरणको तुलनामा कारोबार रकम भने अत्यन्त न्यून देखिएको नेपाल स्टक एक्सचेन्जको तथ्यांक छ । १८ खर्ब ५६ अर्ब रुपैयाँ पुँजीकरण भएको बजारमा गत आवमा दुई खर्ब ५ अर्ब रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । सेयर कारोबार पुँजीकरणको करिब ११ प्रतिशत मात्रै भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ । आव पुँजीकरणको तुलनामा कारोबार रकम (प्रतिशतमा) २०७३/७४ ११.०४ २०७२/७३ ६.६८ २०७१/७२ ६.६० २०७०/७१ ७.३१ २०६९/७० ४.२९ स्रोतः नेपाल स्टक एक्सचेन्ज पाँच वर्षअघिसम्म ५ खर्ब १४ अर्बको बजार पुँजीकरण थियो । त्यतिबेला करिब ६ प्रतिशत सेयर कारोबार हुने गरेको थियो । पाँच वर्षमा बजारमा तीन गुणाले बृद्धि भएपनि सेयरको कारोबार भने सोही अनुसार बढ्न सकेको नेप्सेका निमित्त महाप्रवन्धक निरञ्जन फुयालले बताए ।\ केही वर्षअघिसम्म दोस्रो बजारमा कारोबार नहुने (सस्थापक) सेयरको संख्या ७० प्रतिशतसम्म थियो अहिले त्यो घटेर करिब ५५ प्रतिशतमा झरेको छ । गएको आवमा जम्मा १० अर्ब ६८ करोड रुपैयाँको मात्र संस्थापक सेयर कारोबार भएको छ । कुल बजार पुँजीकरणमध्ये १६ खर्ब ५१ अर्ब ८४ करोड मूल्य बराबरको सेयर कारोबारमै आएको देखिदैन । गएको वर्षमा दुई अर्ब कित्ता सेयर सूचिकृत भएकोमा ३९ करोड २८ लाख कित्तामात्रै सेयर किनबेच भएको छ । बजार पुँजीकरणको आधारमा सबैतिर बजार पहुँच नपुग्नु, पुगेको स्थानमा पनि आमलगानीकर्ता एक पटक किनेपछि लामो समयसम्म त्यतिकै होल्ड गरेर राख्नु लगायतका कारणहरू रहेका छन् । यदि सूचिकृत सेयरमध्ये बजारमा कारोबार गर्न मिल्ने ४५ प्रतिशत सेयर शतप्रतिशत दैनिक कारोबारमा जाने हो भने बजारको आकार अझ बढ्ने उनले बताए । विवेकशील मुलुकको बजारमा शतप्रतिशतभन्दा बढी कारोबार हुन्छ भने इमर्जिङ मार्केटमा ५० देखि ७० प्रतिशत सेयर कारोबार हुने गरेको फुयालको भनाइ छ ।
सेयर बजारमा हरियाली, नेप्सेले नाघ्योे १६०० अंक
काठमाडौं । नयाँ आर्थिक वर्ष २०७४/७५ शुरु भएको भोलिपल्टको सेयर बजारमा हरियाली छाएको छ । सोमबार नेप्से दोहोरो अंकले बढेर १६०० अंक पार गरेको छ । सो दिन नेप्से परिसूचक २० दशमलब ५८ अंकले बढेर १६०६ अंकमा पुगेको छ । दोहोरो अंकले बढेको सेयर बजारमा ६९ करोड ४३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको ४ करोड रुपैयाँमाथिको सेयर किनबेच भएको छ । सोमबारको बजारमा १५४ कम्पनीको २० लाख १२ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सोमबार कारोबार भएका सबै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ९५ अंकले बढेको छ । त्यस्तै, विकास बैंक, उत्पादनमूलक, होटल र बैंकिङ समूहको परिसूचक क्रमशः २९, २७, २६ र २१ अंकले उकालो लागेका छन् ।
आइतबारको सेयर बजारमा उतारचढाव, एकैदिन एक अर्ब १२ करोडको सेयर कारोबार
काठमाडौं । नयाँ मौद्रिक नीति सार्वजनिक भएको आइतबारको सेयर बजारमा उतारचढाव आएको छ । दिनभर उतारचढाव भएको बजारमा कारोबार बन्द हुँदा नेप्से सामान्य अंकले उकालो लागेको छ । आइतबार मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अघिको बजार निरन्तर उकालो लागिरहेको थियो । त्यसपछि मौद्रिक नीति सार्वजनिक भएपछि १६०५ अंकमा रहेको परिसूचक एक्कासी घटेर १५६२ अंकमा झरेको थियो । त्यस्तै, कारोबार बन्द हुँदा भने नेप्से २ दशमलब ०४ अंकले बढेर १५८४ अंकमा पुगेको छ । सामान्य अंकले बढेको सेयर बजारमा एक अर्ब १२ करोडको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो कारोबार(बिहीबार)को तुलनामा ३९ करोड ३८ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बिहीबार बजारमा ७६ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड २७ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१७८ रुपैयाँ रहेको छ । आइतबार दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९.९७ प्रतिशत र सेन्ट्रल फाइनान्स कम्पनीको ९.८८ प्रतिशतले सेयर मूल्य बढेको छ । समग्रमा, आर्थिक वर्ष २०७४/७५ को लागि आईतबार सार्वजनिक गरिएको मौद्रिक नीति सेयर बजारप्रति निकै उदार र स्पष्ट रहेको छ ।