वाम एकतासँग रुष्ट सेयर बजार १७ अंकले घट्यो, लगानीकर्ता भन्छन- राहतको प्याकेज चाहियो

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकिकरण सम्झौताले पनि बजारलाई बढाउन सकेन् । केपी शर्मा ओली प्रधानमन्त्री बनेको दिन सेयर बजार ३६ अंकले बढेको थियो । त्यसपछि बजार निरन्तर घट्दै गएको छ । दुई पार्टी एकिकरण भएपछि बजार बढ्ने अनुमान गरिएको थियो । बजार खुल्दा यसको केही सकरात्मक संकेत देखिए पनि पछि बजारमा निरन्तर गिरावट आएको छ । बजार घट्दै गएपछि लगानीकर्तामा मनोबैज्ञानिक असरले गर्दा मंगलबार पनि बजार १७.१८ अंकले घटेको छ । बजार निरन्तर घटेपछि नेप्से परिसूचक पनि १ हजार ३९६ अंकमा झरेको छ । बैंकको ब्याजदर उच्च भएका कारण सेयर बजार बढ्न नसकेको एक ब्रोकरले बताए । “अहिले न्युनतम १४ प्रतिशत ब्याज पुगेको छ, त्यसमा पनि १ प्रतिशत सेवा शुल्क समेत गर्दा ब्याजदर १५ प्रतिशत पुग्छ” उनले भने “ब्याज लगानी पनि उठाउन नसक्ने अवस्था आएपछि ठुला लगानीकर्ताको बजारमा नआएका हुन ।” सरकारले राहत योजना नल्याएसम्म बजार नबढ्ने उनको तर्क छ । बजार घटेपछि मंगलबार सेयर कारोबारमा पनि असर परेको छ । मंगलबार ४० करोड ५८ लाख रुपैयाँ मात्र सेयर कारोबार भएको छ । होटल बाहेक सबै क्षेत्रको सेयर मूल्य घटेको छ । मंगलबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ओम डेभलपमेन्ट बैंकको सबैभन्दा बढी संस्थापक सेयर कारोबार भएको छ । नेपाल लाईफको प्रतिकित्ता १ हजार १ सयमा ५ करोड ७० लाख ६२ हजार रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । यस्तै ओम डेभलपमेन्टको पनि प्रतिकित्ता २४० मा २ करोड १५ लाख १२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार सबैभन्दा बढी बोटलर्स नेपाल तराई लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । बोटलर्सका लगानीकर्ताले प्रतिकित्ता ३९७ रुपैयाँ गुमाएका छन् । यस्तै नेसनल माइक्रोफाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, जनउत्थान सामुदायीक लघुवित्त र समिट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।

सेयर बजार नाटकीय रुपमा घट्दा लगानीकर्ताको भीड नेपाल इन्भेष्टमेन्ट र सानिमा बैंकमा, यस्तो छ कारण

काठमाडौं । सेयर बजार घटेपनि आइतबार लगानीकर्ता नेपाल इन्भेष्टमेन्ट बैंक र सानिमा बैंकमा झुम्मिएका छन् । आइतबार नाटकीय रुपमा सेयर बजार घटेका बेला नेपाल इन्भेष्टमेन्ट र सानिमा बैंकको सबैभन्दा बढी कारोबार भएको छ ।   नेपाल इन्भेष्टमेन्टको प्रतिकित्ता ६८५ देखि ६८७ रुपैयाँसम्म ४० हजार ९९५ कित्ता सेयर किनबेच भएको छ । नेपाल इन्भेष्टमेन्टको २ करोड ८१ लाख ६४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै सानिमा बैंकको पनि प्रतिकित्ता ३७० रुपैयाँमा ७३ हजार ५९७ कित्ता सेयर किनबेच भएको छ । सानिमाको २ करोड ७३ लाख ८३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दुई बैंकको मात्र ६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार कुल ५९ करोड ६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । दुबै बैंकको वित्तीय अवस्था मजवुत हुदा लगानीकर्ताको आकर्षण बढेको एक ब्रोकरले बताए । “बजार घटिरहेका बेला दीर्धकालमा राम्रो प्रतिफल दिने कम्पनी लगानीकर्ताको रोजाइ हुन्छ” ती ब्रोकरले भने । चालु आर्थिक वर्षको ६ महिनामा नेपाल इन्भेष्टमेन्ट र सानिमाको वित्तीय अवस्था राम्रो भएकाले लगानीकर्ता आर्कर्षित भएको ती ब्रोकरको तर्क छ । आइतबार सबैभन्दा बढी बोटलर्स नेपाल तराई लिमिटका लगानीकर्ताले कमाएका छन् । बोटलर्सका लगानीकर्ताले प्रतिसेयर २८७ रुपैयाँ कमाएका छन् ।

लगानीकर्ताको विश्वास गुम्दा सेयर बजार ११ अंक घट्यो

काठमाडौं । आइतबार नाटकीय रुपमा सेयर बजार घटेको छ । कारोबार सुरु भएपछि लगातार सेयर बजार २० अकंले बढेकोमा पछि ओरालो लागेर नेप्से परिसुचक १ हजार ४१३ अंकमा झरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त भएको दिन बिहीबार ३६ अंक बढेको बजार सेयर बजार आइतबारको सुरुवातीमा शुभ संकेत देखिएको थियो । सुरुमा बढेपनि पछि बजार घट्यो । लगानीकर्तामा आत्मविश्वास नबढ्दा वृद्धीले निरन्तरता नपाएको लगानीकर्ताको भनाई छ । लगातार बढेको सेयर बजार आईतबार ११ अंकले घट्यो । बजारमा अझै लगानीकर्ताको विश्वास बढ्न नसक्दा घटेको एक ब्रोकरले बताए । बिहीबार एकाएक बढेको बजार आइतबार घट्नु भनेको लगानीकर्ताको विश्वास नबढेको हो ती ब्रोकरले भने । आइतबार उत्पादनमुलक बाहेक सबै क्षेत्रको मूल्य घटेर राताम्य भएको छ । आइतबार ५९ करोड ६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

नयाँ सरकारलाई सेयर बजारको स्वागत, नेप्से एकैदिन ३६ अंकले बढ्यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएकैदिन स्थिर सरकार आउने आशामा सेयर बजार बढेको छ । बिहीबार नयाँ प्रधानमन्त्री ओलीलाई सेयर बजारले स्वागत गरेको छ । बिहीबार बजार ३६ अंकले बढेर नेप्से परिसुचक १ हजार ४२५ अंकमा पुगेको छ ।चुनाव लगत्तै ओरालो लागिरहेको सेयर बजार एमालेको सरकार बनेको दिन एक्कासी उकालो लागेको हो । एमालेका अध्यक्ष ओलीले नयाँ सरकार बनेपछि सेयर बजार तथा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने बताएका कारणले बिहीबारको बजारमा उछाल आएको हो । उनले एमालेको सरकार बनेपछि सेयर बजार गिरावट रोकिने र सेयर बजारमा उछाल आउने भन्दै लगानीकर्नाको विश्वास जित्ने प्रयास गरेका थिए । केही दिनअघि ओलीले सेयर बजारमा मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने बताएको केही दिन बजार बढेको थियो । बजारमा नेप्से परिसूचक सँगै सेयर कारोबारमा पनि सुधार आएको छ । बिहीबार ६६ करोड ३३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो कारोबारको तुलनामा २७ करोड रुपैयाँ बढी हो । बुधबारको बजारमा ३८ करोडको सेयर कारोबार भएको थियो । सबैभन्दा बढी कारोबार कुमारी बैंकको भएको छ । कुमारीको प्रतिकित्ता २८१ रुपैयाँमा ३ करोड ५८ लाख रुपैयाँ सेयर कारोबार भएको छ । दोस्रामा नेपाल इन्भेष्टमेन्ट बैंकको कारोबार भएको छ । इन्भेष्टमेन्टको प्रतिकित्ता ६८५ मा ३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । बिहीबार कारोबार भएका सबै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूह २१३ अंकले उकालो लागेको छ । बजारमा सबैभन्दा बढी श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता २२ रुपैयाँ कमाएका छन् ।

सेयर बजारमा ४६ करोडको सेयर किनबेच, सबैभन्दा बढी नेपाल बैंकको

काठमाडौं । आइतबारको सेयर बजारमा कुल ४६ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कुल १६३ कम्पनीको ११ लाख ४१ हजार कित्ता सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी नेपाल बैंकको सेयर किनबेच भएको छ । एकैदिन यस बैंकको ७ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । साथै, यस बैंकको सबैभन्दा धेरै सेयर किनबेच भएको छ । कम्पनीको एक लाख ९६ हजार कित्ता सेयर बिक्री भएका छन् । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६५ रुपैयाँ रहेको छ । सो दिन सबैभन्दा बढी साल्ट ट्रेडिङ कम्पनीका लगानीकर्ताले अघिल्लो दिनको तुलनामा ५.६६ प्रतिशत नाफा कमाएका छन् भने जानकी फाइनान्सका लगानीकर्ताले ६ प्रतिशत गुमाएका छन् । बिकास बैंक, बैंकिङ र अन्य समूह बाहेक बाँकी समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमाको सूचक ३५ अंकले ओरालो लागेको छ । समग्रमा आइतबारको नेप्से परिसूचक सामान्य १.०१ अंकले घटेर १४१०.५१ अंकमा पुगको छ । जुन अघिल्लो दिनको तुलनामा ०.०७ प्रतिशत घटी हो ।

केपी ओलीको प्रतिवद्धताले सेयर बजारलाई छोएन, नेप्से ३ अंकले ओरालो

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले सेयरमा भ्याट नलाग्ने बताए पनि सोमबारको बजार बढ्न सकेन । भावी प्रधानमन्त्री ओलीले नेपाल चेम्बर अफ कमर्शको एक कार्यक्रममा सेयर बजारमा भ्याट नलाग्ने प्रतिवद्धता जनाएका थिए र सेयर बजारका लगानीकर्तालाई नआत्तिन अनुरोध गरेका थिए । तर उनको यस अनुरोधले सेयर बजारलाई रत्ति पनि नछोएको देखिन्छ । सोमबार सेयर बजार ३.७२ अंकले घट्नुमा ओलीले गरेका प्रतिवद्धताले काम नगरेको बुझिन्छ । सो दिनको बजार सामान्य अंकले घटेर १४०२.२३ अंकमा झरेको छ । सामान्य अंकले घटेको बजारमा २८ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन ट्रेडिङ र हाइड्रोपावर समूहको परिसूचक बाहेक बाँकी सबै सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी होटल समूह २१ अंकले झरेको छ । त्यस्तै, बजारमा सबैभन्दा बढी मल्टी प्रपोज फाइनान्सका लगानीकर्ताले ९.९४ प्रतिशत गुमाएका छन् ।

सेयर बजार ९ अंकले उकालो, विकास बैंक र अन्य बाहेक सबै समूह हरिया

काठमाडौं । बिहीबारको सेयर बजार ९.८० अंकले उकालो लागेर १४०४.५३ अंकमा पुगेको छ । झण्डै दोहोरो अंकले बढेको बजारमा २८ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २ करोड रुपैयाँ बढी हो । बुधबारकाे बजारमा कुल २६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियाे । कुल १५९ कम्पनीको कारोबार भएको बिहीबारको बजारमा ६ लाख ६२ हजार कित्ता सेयर किनबेच भएका छन् । सबैभन्दा बढी सानिमामाई हाइड्रोपावरको ४२ हजार ७५३ कित्ता सेयर किनबेच भएका छन् । त्यस्तै, कारोबार रकमका आधारमा पनि सानिमामाई हाइड्रो नै अग्रस्थानमा रहेको छ । बिहीबार यस हाइड्रो एक करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बजारमा १० वटा समूहको कारोबार भएको छ । सो मध्ये विकास बैंक र अन्य समूहको सूचक सामान्य अंकले राताम्मे भएका छन् भने बाँकी समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ८९ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादनमूलक ३०, होटल २७ र माइक्रोफाइनान्स समूह २२ अंकले उकालो लागेका छन् । त्यसैगरी, सबैभन्दा बढी विशाल बजार कम्पनीको सेयर मूल्य ५.१९ प्रतिशतले बढेको छ भने गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको ३.२० प्रतिशतले सेयर मूल्य घटेको छ ।

सेयर बजार सामान्य अंकले उकालो, एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले कमाए सबैभन्दा बढी

काठमाडौं । केही समयअघि देखि निरन्तर ओरालो लागेको सेयर बजार बुधबार भने सामान्य अंकले उकालो लागेको छ । सो दिनको नेप्से परिसूचक १.६९ अंकले उकालो लागेर १३९४.७३ अंकमा पुगेको छ । बुधबारको परिसूचकमा केही सुधार आएता पनि सेयर कारोबारमा भने गिरावट भएको छ । मंगलबार ३२ करोडको कारोबार भएको बजारमा बुधबार भने जम्मा २६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार सबैभन्दा बढी नेपाल फाइनान्सको ३ करोड ५४ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएका छन् । सामान्य वृद्धि भएको बुधबारको बजारमा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । सो दिन यस इन्स्योरेन्सका लगानीकर्ताले ५.६४ प्रतिशत कमाएका छन् । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६४९ रुपैयाँ रहेको छ, जुन अघिल्लो दिनको तुलनामा ८८ रुपैयाँ बढी हो । उता हिमालयन डिष्टिलरीको सेयर मूल्य भने ५.८० प्रतिशतले घटेको छ । बजारमा उत्पादनमूलक, माइक्रोफाइनान्स र फाइनान्स समूहको परिसूचक ओरालो लागेका छन् भने बाँकी सबै समूहको सूचक उकालो लागेका छन् । बीमा र होटल समूहको परिसूचक क्रमशः १६ र १४ अंकले उकालो लागेका छन् ।

सेयर बजार घटेका बेला राम्रो प्रतिफल दिने म्युचअल फण्डमा पनि लगानीकर्ताको आकर्षण कम

काठमाडौं । सेयर बजार घटिरहदा राम्रो प्रतिफल दिने सामूहिक लगानी कोष (म्युचअल फण्ड) मा लगानीकर्ताको आकर्षण कमी आएको छ । एनआईसी एसिया बैंक र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रति इकाई १० रुपैयाँ दरका २ अर्ब रुपैयाँको २० करोड इकाई म्युचअल फण्ड बिक्री नभएपछि म्याद थप गरेका छन् ।                         दुबै बैंकको म्युचअल फण्ड निष्कासनको म्याद सोमबारसम्म थियो । एनआईसी एसियाले १ अर्ब रुपैयाँको एनआईसी एसिया ग्रोथ फण्ड र सिटिजन्सले पनि १ अर्ब रुपैयाँकै सिटिजन्स म्युचअल फण्ड १ निष्कासन गरेका हुन् ।सिटिजन्सको सोमबारसम्म ६० करोड रुपैयाँको मात्र म्युचअल फण्ड खरिदका लागि १४ हजार आवेदन परेको छ । यस्तै एनआईसी एसियाको यही हारहारीमा आवेदन परेको एनआईसी एसिया क्यापिटल लिमिटडले जनाएको छ । राम्रो प्रतिफल दिने भएपनि म्युचअल फण्डमा लगानीकर्ताको आकर्षण कम देखिएको सीबीआइएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहाल बताउछन् । “ आकर्षक प्रतिफल हुदाहुदै खरिद नहुदा हामी अचम्म परेका छौ” उनले भने “निर्धारित समयमा पुरै बिक्री नभएपछि आउदो १७ गतेसम्म म्याद थप गरेका छौ ।” यस्तै एनआईसी क्यापिटलका सीईओ जनकराज ढुङेलले पनि म्युचअल फण्ड पुरै बिक्री नभएकाले म्याद थप गरिएको बताए । विकास न्युजसंग कुरा गर्दै उनले २१ गतेसम्म समय थपेको बताए । राम्रो प्रतिफल दिने भएपनि लगानीकर्ताको आकर्षण कम देखिएको उनले स्वीकारे । यसअघि सानिमा बैंक र सिद्धार्थ बैंकले निष्कासन गरेको म्युचअल फण्ड पनि लगानीकर्ताको चासो कम देखिएको थियो । सिटिजन्स र एनआईसी दुबै म्युचअल फण्डको अवधि ७ वर्ष छ । एनआईसी एसियाले वार्षिक औसत १६ प्रतिशत र सिटिजन्सले वार्षिक औसत २२ प्रतिशत भन्दा बढी लाभांश दिने प्रक्षेपण गरिएको छ । ग्रोथ फण्डको योजना व्यवस्थापक एनआईसी क्यपिटल लिमिटेड र सिटिन्जन्सको सीबीआइएलले गरेका छन् । सिटिजन्स म्युचअल फण्डले पहिलो वर्ष ७.४, दोसो वर्ष १७, तेस्रो वर्ष १५.१८, चौथो वर्ष २०, पाँचौ वर्ष १९.८५, छैठौ वर्ष ३८.५ र सातौ वर्ष ३८.२ प्रतिशत प्रतिफल दिने छ । अन्तिम वर्ष फण्ड बिक्री गरेर रकम लगानीकर्तालाई बितरण हुनेछ । सिटिजन्स म्युचअल फण्डले पहिलो वर्ष २ करोड ३७ लाख २६ हजार रुपैयाँ नगद लाभांश दिने छ । त्यसपछि दोस्रो वर्ष २ करोड ९८ लाख, तेस्रो वर्ष ४ करोड ९ लाख, चौथो वर्ष ९ करोड १ लाख पाँचौ वर्ष ४ करोड २१ लाख, छैठौ वर्ष १८ करोड ९९ लाख र सातौ वर्ष बढेर २५करोड ३७ लाख रुपैयाँ लाभांश दिने सीबीआईएलले जनाएको छ । सीबीआईएलले कुल इकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख सिटिजन्स बैंकलाई सुरक्षति गरी साढे ८ करोड इकाई बिक्रीका लागि खुला गरेको छ । फण्डको नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार गर्न सकिने छ । इकाइ अंकित मूल्यका आधारमा लाभांश वितरण गर्ने र संचित नाफालाई पुनः लगानीका लागि उपयोग गरिने जानकारी दिइएको छ । यस्तै एनआईसी एसिया ग्रोथ फण्डले वार्षिक १६.१३ प्रतिशतसम्म प्रतिफल दिने भएको छ । उसले सार्वजनिक गरेको लगानी आब्हानपत्रमा ७ वर्ष अवधिको योजनाले पहिलो वर्ष १५.७५, दोस्रो वर्ष १६.१४ र त्यसपछिका वर्षमा १६.१३ प्रतिशत लाभांश दिने प्रतिवद्धता जनाएको छ । ग्रोथ फण्डले सुरुको वर्षमा १० करोड रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । त्यसपछिका वर्षमा ११ करोड, १२ करोड, १३ करोड १४ करोड र छैठौ वर्षमा १५ करोड रुपैयाँ नगद लाभांश बाड्ने एनआईसीले जनाएको छ । लाभांश दिन ग्रोथ फण्डले पहिलो वर्ष १८ करोड ७५ लाख रुपैयाँ आम्दानी गर्नेछ । त्यसपछिको बढ्दै गएर अन्तिम वर्षमा आम्दानी बढेर २५ करोड ३८ लाख ८३ हजार रुपैयाँ पुग्नेछ । ग्रोथ फण्डले पहिलो वर्ष १५ करोड ५६ लाख ८४ हजार रुपैयाँ नाफा गर्ने छ । त्यसपछि लगातार नाफा बढाउने प्रक्षेपण गरेको छ । योजनाका इकाइ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार हुने छ ।    

सेयर बजारमा कालोधन भित्रिएपछि केवाईसीमा कडाई, तीन पुस्ते विवरण र घरको नक्सा अनिवार्य

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारीलाई केवाईसीमा(ग्राहक विवरण)मा थप कडाई गरेको छ । सेयर बजारमा कालोधन भित्रिएको प्रमाण फेला परेपछि बोर्डले केवाइसीमा कडाई गरेको हो । केहि दिनअघि मात्रै सम्पति सुद्धिकरणको पैसा सेयर बजारमा लगानी भएको फेला परेको थियो । हालसम्म धितोपत्र कारोवार गर्दा सिमित रुपमा मात्र ग्राहक विवरण भर्नु पर्ने व्यवस्था थियो । तर अब भने कारोबारीले परिवारका सदस्यहरुको विवरण, पेशागत विवरण, वसोवास गर्ने स्थानको नक्शा, इन्भेष्टमेन्ट कम्पनीमा संग्लन भए/नभएको विवरण धितोपत्र खरिदका लागि प्रयोग गर्ने रकम सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रचलित कानुन विपरित आर्जन नगरेको उद्घोष गर्नुपर्नेछ । त्यस्तै, कम्पनी/संस्थाको हकमा दर्ता सम्वन्धी विस्तृत विवरण तथा कम्पनी/संस्थाको पहिलो तथा दोस्रो सम्पर्क व्यक्तिको तिन पुस्ते विवरण भर्नुपर्नेछ ।  

सेयर बजार निरन्तर ओरालो, तीन कम्पनीका लगानीकर्ताले गुमाए ७ प्रतिशत बढी

काठमाडौं । केही दिन अघिदेखि सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । मंगलबारको बजार पनि १७.३९ अंकले घटेर १४१३.७१ अंकमा पुगेको छ । सो दिन कारोबार खुलेदेखि साढे २ बजे सम्म बजार निरन्तर घटेर नेप्से १४०९ बिन्दुमा पुगेको थियो । त्यसपछिको करिब आधा घण्टामा भने परिसूचक केही अंकले बढेर बन्द हुँदा १४१३ अंकमा पुगेको हो । बजारमा सेयर कारोबारमा पनि निरन्तर गिरावट आइरहेको छ । मंगलबार पनि कुल १५४ कम्पनीको ३६ करोड २२ लाख रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ । जसमा सबैभन्दा बढी सानिमा माई हाइड्रोपावरको ५ करोडको सेयर कारोबार भएको छ । त्यस्तै, दोहोरो अंकले घटेको बजारमा तीन कम्पनीका लागानीकर्ताले ७ प्रतिशत बढी गुमाएका छन् । सबैभन्दा बढी सिन्धु विकास बैंकका लगानीकर्ताले करिब ८ (अर्थात ७.९२) प्रतिशत गुमाएका छन् । त्यस्तै, चिलिमे हाइड्रोपावर कम्पनी र बुटवल पावर कम्पनीका लगानीकर्ताले क्रमशः ७.४४ र ७.१७ प्रतिशत गुमाएका हुन् । मंगलबार हाइड्रोपावर समूहको परिसूचक १०० अंकले ओरालो लागेको छ । त्यस्तै, बीमा ८८, माइक्रोफाइनान्स १७, विकास बैंक १५ र बैंकिङ समूह १२ अंकले झरेका छन् । सो दिन कारोबारमा आएका सबै समूह राताम्मे भएका छन् ।

सेयर बजारमा ८ अंकको वृद्धि, बीमा समूह १६५ अंकले उक्लियो

काठमाडौं । आइतबारको सेयर बजारमा करिब ८ अंकको वृद्धि भएको छ । सो दिन नेप्से परिसूचक ७.९७ अंकले बढेर १४३१.८० अंकमा पुगेको छ । बजार नेप्से परिसूचकमा सुधार भएतापनि कारोबार रकममा भने गिरावट आएको छ । आइतबारको बजारमा कुल १५७ कम्पनीको जम्मा ३६ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा बढी मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३४२ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ३१ रुपैयाँ बढी हो । त्यस्तै, बीमा समूहको परिसूचक १६५ अंकले उकालो लागेको छ । त्यस्तै, माइक्रोफाइनान्सको २०, होटलको १४ र उत्पादनमूलकको १० अंकले परिसूचक बढेका छन् । बजारमा फाइनान्स र अन्य समूहको परिसूचक भने क्रमशः १.१४ र ०.५७ अंकले ओरालो लागेका छन् । उता ट्रेडिङ समूह भने स्थिर छ ।

ब्याजदर नबढाउने बैंकको प्रतिवद्धताले सेयर बजारमा उछाल, एकैदिन ४४ अंकले बजार बढ्यो

काठमाडौं । बैंकहरुले ब्याजदर नबढाउन भनेपछि यसको सकरात्मक असर सेयर बजारमा परेको छ ।सोमबार सेयर बजार ४४.२२ अंकले बढेको छ । आइतबार २४ अंकले घटेको बजार सोमबार झण्डै दोब्बर अंकले बढेको छ । स्थिर ब्याजदरले लगानीकर्तामा आशा जगाएको छ । बजार निरन्तर घटेर संकट आउने अवस्था आएपछि नेपाल इन्भेष्टर्स फोरमले आइतबार बैंकर्सलाई भेटी ब्याजदर नबढाउन आग्रह गरेको थियो । नेपाल बैकर्स एसोसियसनको बैठकमा निक्षेपको ब्याज बढाउँदा यसको गम्भीर असर कर्जा लगानीमा पर्ने भन्दै केही समयका लागि स्थिर ब्याजदर राख्न आन्तरिक सहमति भएको थियो । बैंकले ब्याजदर बढाउदैनन् भन्ने मनोवैज्ञानिक असर लगानीकर्तामा परेको छ । सोमबार बजार बढ्नुमा बैंकले स्थिर ब्याजदर नै मुख्य कारण भएको फोरमा अध्यक्ष अम्बिकाप्रसाद पौडेल बताउछन् । सोमबार बैंक, वित्त, होटल, जलविद्युत, बीमा, उत्पादनमुलक र लघुवित्त सबैको सेयर मूल्य बढेको छ । बजार बढेपनि कारोबार रकम भने बढेको छैन् । सोमबार ४९ करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । अाइतबारकाे तुलनामा नेप्से परिसूचकमा सुधार अाएतापनि सेयर काराेबार भने गिरावट भएकाे छ । अाइतबारकाे बजारमा ५८ कराेडकाे सेयर किनबेच भएकाे थियाे ।

सेयर बजारमा सकारात्मक संकेत, दोहोरो अंकको वृद्धि

काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजारमा सकारात्मक संकेत देखिन थालेको छ । सोमबार खुल्ने वित्तिकै बढेको बजार ११ः४३ मिनेटमा १८.४३ अंकले बढेको हो । सो अवधीमै बजारमा ३ करोड भन्दा बढि मूल्यको सेयर कारोबार भैसकेको छ । सो अवधीसम्ममा फाइनान्स कम्पनी बाहेक सबैको परिसूचक बढेको देखिन्छ ।

सेयर बजार ओरालो लाग्नुपर्ने कारण छैन, अब बढ्छ-रौनियार

छोटेलाल रौनियार, उपाध्यक्ष-इन्भेष्टर्स फोरम काठमाडौं । मुलुकमा पाँच बर्षसम्म स्थायी सरकार गठन हुने, सरकारका आर्थिक नीतिहरुले निरन्तरता पाउने, विकास निर्माणका कामहरु द्रुतगतिमा अघि बढ्ने सुनिश्चितता भएको बेलामा बजार घटिरहेको छ । सेयर बजार भनेको सम्वेदनशिल क्षेत्र हो तर अब स्थिरता आउँदैछ भन्ने सन्देश फैलिईरहेका बेलामा बजार घटिरहेको छ । अहिले सेयर बजार घट्नुपर्ने कुनै कारण छैन् । बामपन्थी सरकारका कारण सेयर बजार घटेको त्रास पनि देखाउने प्रयास भैरहेको छ । बामपन्थीहरुले नेपालको इतिहासमा पहिलो पटक सरकार बनाउँदै छैनन् । यस अघि उनीहरुले पटक पटक सरकारको नेतृत्व गरिसकेका छन् । बामपन्थीहरुकै सरकार हुँदा सेयर बजारले उच्चतम विन्दुको रेकर्ड कायम गरेको थियो । बामपन्थीहरुले सरकार सञ्चालन गर्दा कुनै पनि समयमा सेयर बजार प्रतिकुल नीति ल्याएका छैनन् र अब पनि ल्याउने सम्भावना छैन् । वास्तवमा यतिबेला बजार घटाउन ब्रोकरदेखि सबै नियामकहरुको हात छ । सबै जना मिलेर बजार घटाउन लागिपरेका छन् । मारवाडी समुदायका लगानीकर्ताहरुले सेयर बेचे भन्ने हल्ला चलाईएको छ । हामीले त्यसरी सेयर बेचिरहेका छैनौं । मेरै कुरा गर्ने हो भने म आजसम्म पनि सेयर बेचिरहेको छैन् । हामी मारवाडीहरुले बामपन्थी सरकारसँग डराउनुपर्ने कुनै कारण नै छैन् । हामीले मात्रै होइन, कसैले पनि नयाँ सरकारसँग डराउनुपर्ने कारण छैन् । प्रदेश र प्रतिनिधी सभाको निर्वाचन सम्पन्न भयो । देश भर उत्साह छाईरहेको छ । वित्तिय क्षेत्रमा पनि निर्वाचनमा खर्च भएको पैसा बैंकिङ च्यानलमा आउँछ भन्ने थियो । त्यसले गर्दा तरलताको अभाव हटेर ब्याजदर कम हुने अपेक्षा पनि थियो । तर अवस्था त्यस्तो भएन, यतिबेला बैंकहरुले पनि ब्याजदरमा कार्टेलिङ गरिरहेका छन् । ब्याजदर घट्ने आस थियो तर त्यो अझै बढ्यो । बामपन्थीहरुको सरकार नबनेर काँग्रेस, माओवादी र मधेशवादीहरुको सरकार गठन हुने हल्ला पनि चलिरहेको छ । फेरी पनि सरकार अस्थिर नै बन्ने भयो भन्ने अलिअलि त्रास भने लगानीकर्तामा पक्कै पनि छ । त्यहि माथी तत्कालै नयाँ सरकार गठन पनि नहुने देखिएको छ । यस्ता सन्दर्भहरुले पनि बजार घटाउन केहि न केहि भूमिका खेलेकै छन् । त्यस्तै अहिले नेप्सेमा बोनस सेयर र राइट सेयर पनि धेरै मात्रामा सूचिकृत भएको छ । जसरी सेयरको आपुर्ति बढिरहेको छ, त्यसरी माग बढाउन नियामकहरुले पनि भूमिका खेलिरहेका छैनन् । धितोपत्र बोर्ड, केन्द्रिय बैंक, ब्रोकर, बैंकहरु सबैले मिलेर सेयर बजार घटाउन भूमिका खेलिरहेका छन् । हाम्रो सेयर बजार भनेको नाका बन्दी र भूकम्प थेगेको बजार हो । नाका बन्दी र भूकम्पले हल्लाउन नसकेको बजार अहिले किन अनावश्यक रुपमा घटिरहेको छ ? यो प्रश्नको उत्तर खोजिनुपर्छ । अहिले बिशेषगरि साना लगानी कर्ता पनि धेरै डराएका छन् । साना लगानीकर्ताहरु हल्लाको पछाडी लाग्छन् । बलियो कम्पनीको सेयर किनेर बस्यो भने कुनै समस्या छैन् । अर्काे कुरा भनेको सेयर बजार घटे पनि कारोबार रकम भने खासै घटेको छैन् । यसले पनि बजार तत्काल बढ्न सक्छ भन्ने सन्देश दिईरहेको छ । फेसबुकहरुमा बनाईएका ग्रुपहरु मार्फत पनि बजार घटाउने चलखेल भैरहेको छ । यस्ता ग्रुपहरुमा आउने अनावश्यक सन्देशबाट पनि हामीले जोगिनुपर्छ । सेयर बजार घट्नुपर्ने कुनै कारण छैन । अहिले बजार घट्नु भनेको अप्राकृतिक हो, त्यसैले बजार बढ्छ ।(कुराकानीमा आधारित)

क्रिकेट हेर्दै ‘आत्म हत्याको कथा’ सुन्छन् सेयर बजारका लगानीकर्ता

काठमाडौं । ‘कोहिले फाइनान्स(सहकारी)को पैसा जग्गामा हाल्ने, जग्गा बेचेर सेयरमा पैसा हाल्ने रहेछन, अनि सेयर बजार ओरालो लागेपछि सेयर बजार जिन्दावाद भनेर धरहराबाट हाम फाल्दा रहेछन्, अहिले पो धरहरा छैन्’, यो कथा सुनाउने पात्र हुन लगानी कर्ता रामप्रसाद अमगाईँ । उनले अर्काे कथा पनि सुनाए–‘भक्तपुरका एक जना पासाले सेयरबाट करोड कमाए, अब अर्ब कमाउँछु भन्दै सेयर धितो राखेर ऋण लिए अनि फेरी सेयर किने । तर बजार ओरालो लागेपछि बैंकले मार्जिन कल गर्यो अनि पुरै सेयर बेचिदियो, अहिले पासा पुर्पुरोमा हात लगाएर बसेका छन् ।’ आइतबार कालिका सेक्युरीटीजमा करिब २० जना लगानी कर्ता देखिन्थे । उनीहरुका आँखा नेप्से इण्डेक्स र नजिकैको टेलिभिजनमा बराबर घुमिरहेको हुन्थ्यो । अर्का एक लगानीकर्ताले सोधे–यहाँ आउने एक जना विद्यार्थी कता हराए ?  एक जना लगानीकर्ताले जवाफ फर्काए–विद्यार्थीले २८ सयमा साना किसानको सेयर किनेको रे, घटेर १४ सयमा आएछ, अहिले उमेरमै दारी पालेर हिडेका छन रे । अर्का लगानीकर्ता बोले–सेयर बजार ओरालो लाग्दा देशमा धेरै विद्धान मान्छेहरु बिग्रन्छन । उनको भनाईको आसय थिायो, सेयर बजार घट्दा धेरै मान्छे पागल हुन्छन् । निर्मल प्रधानले सेयर बजारमा गर्ने चलखेलको किस्सा पनि कालिका सेक्युरीटीजमा सुन्न पाइन्थ्यो । प्रधानले एक दिन कसरी बजार घटाएर सेयर किन्थे र अर्काे दिन कसरी मूल्य बढाएर बेच्थे भन्ने कथा सुनाईरहेका थिए । त्यहिबिचमा एक जनाले भने–अधिकांश ब्रोकरहरुमा महिला लगानी कर्ताहरुको संख्या घटेको देखिन्छ । ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीको क्रिष्टल सेक्युरीटिज पुग्दा पनि एक दर्जन भन्दा बढि लगानी कर्ता नेप्से इण्डेक्स हेरिरहेका थिए । उनीहरुले भने आइतबार सेयर बजार घट्नुमा नेपाल टेलिकम र स्ट्याण्डर्ड चाटर्ड बैंकलाई दोष दिए । ‘टेलिकम र स्ट्याण्डर्ड चाटर्ड बैंकले गर्दा आज सेयर बजार घट्यो’, क्रिष्टल सेक्युरीटिजमा भेटिएका लगानी कर्ताहरुले भनिरहेका थिए । सेयर बजारका लगानी कर्ताहरुलाई सरकार कहिले बन्छ भन्ने प्रश्नले पनि सताएको देखियो । उनीहरु भन्दै थिए–नयाँ सरकार फागुन दोश्रो साता मात्रै आउँछ रे, त्यतिञ्जेल यस्तै हो ।’ हाँसो र पिँडा मिश्रित हल्लाखल्लाका बिच लगानीकर्ताहरु बजार सुधारिनेमा भने आशावादी नै देखिएका छन् ।

सेयर बजारमा सुधार आएन, ३० अंकले घट्यो

काठमाडौं । निरन्तर घटिरहेको सेयर बजार आजपनि ओरालो लागेको छ । अहिलेसम्म बजार ३० अंक घटेर १ हजार ३८४ मा झरेको छ । आइतबार सबै क्षेत्रको सेयर मूल्य घटेर राताम्य भएको छ । बजार घटेपनि २४ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । हालसम्म बजार २ प्रतिशत घटिसकेको छ । सबैभन्दा बढी कारोबार नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको भएको छ । प्रतिकित्ता २ सय रुपैयाँमा एनसीसीको संस्थापक सेयर कारोबार भएको छ ।

सेयर बजार घट्दा पनि लगानीकर्ताको आकर्षण स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल टेलिकममा

काठमाडौं । सेयर बजारमा गिरावट आएका बेला बोनस र लाभांश पाउने आशामा स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल टेलिकममा लगानीकर्ताको आकर्षण बढेको छ । बिहीबार स्ट्याण्डर्ड चाटर्डको सेयर प्रतिकित्ता १ हजार ९३२ रुपैयाँमा २२ करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ । स्ट्याण्डर्डको बिहीबारसम्म सेयर किन्नेले मात्र शतप्रतिशत बोनस सेयर पाउने भएपछि उसको सेयर कारोबार बढेको हो । आइतबारदेखि स्ट्याण्डर्डको सेयर किन्नेले बोनस सेयर पाउदैनन् । यस्तै ५५ प्रतिशत नगद लाभांश पाउने भएपछि नेपाल टेलिकमको पनि सेयर कारोबार बढेको छ । टेलिकमको सेयर आइतबारसम्म किन्नेले नगद लाभांश पाउने छन् । बिहीबार टेलिकमको प्रतिकित्ता ८४३ रुपैयाँमा १० करोड ३० लाख रुपैयाँको सेयर किनबेच भएको छ । बजार घटेका बेलामा प्रभु बैंकको संस्थापक सेयर पनि कारोबार भएको छ । प्रतिकित्ता १७० रुपैयाँमा ३ करोड १८ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । सेयर बजार घटन थालेपछि लगानीकर्ताले संस्थापक सेयरमा लगानी गर्न थालेका छन् । संस्थापक सेयर आधा मूल्यामा किन्न पाइने र लाभांश उत्तिनै पाउने भएपछि बजार घटेका बेला संस्थापक सेयरको कारोबार हुने गरेको छ । स्ट्याण्डर्ड, टेलिकम र प्रभुका कारण बजार घटेपनि ८१ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बिहीबार सेयर बजार १०.७३ अंक घट्ेको छ । बजार घटेर नेप्से परिसुचक १ हजार ४१४ अंकमा सीमित भएको छ । महुली सामुदायिक लघुवित्तीय संस्था लिमिटेडको सेयर १० प्रतिशत बढेको छ । महुली लघुवित्तका लगानीकर्ताले बिहीबार प्रतिसेयर २९२ रुपैयाँ कमाएका छन् । महुलीको सेयर मूल्य बढेर प्रतिकित्ता ३ हजार २१२ रुपैयाँ पुगेको छ । बिहीबार व्यापार र होटल समूहको सेयर बढेको छ भने बैंक, वित्त कम्पनी, बीमा, जलविद्युत र उत्पादनमुलक क्षेत्रको सेयर मूल्य घटेको छ ।  

किन जाँदैछ सेयर बजारमा पहिरो ? यस्ता छन् कारण

काठमाडौं । ‘हामीले सेयर कर्जाको ब्याजदर १५ प्रतिशत पुर्याएका छौं, त्यसको सिधा अर्थ भनेको सेयर कर्जा लिन नआउनु भन्ने नै हो’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको भनाई हो यो । अर्थात बाणिज्य बैंकहरुले यतिबेला सेयर कर्जा कटौती गरेका छन । बरु उल्टै मुद्धति निक्षेपमा १२ प्रतिशतसम्म ब्याज दिईरहेका छन् । बजारमा लगानी योग्य पुँजीको पर्याप्तता नभएका संकेतहरु पनि यथेष्ठ मात्रामा देखिईसकिएको छ । निर्वाचनपछि बजारमा आएको भनिएको पुँजी पनि बैंकिङ च्यानलमा आईनसकेको स्पष्टै देखिन्छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो चौमासिक प्रतिवेदनका अनुसार बैंकहरुको निक्षेप संकलन दर भन्दा पनि कर्जा लगानीको दर बढि देखिएपछि सावधानी अपनाउन भनिसकेको छ । ‘वित्तीय क्षेत्रतर्फ, वार्षिक बिन्दुगत आधारमा २०७४ कात्तिकमा कर्जाप्रवाह १७.५ प्रतिशत र निक्षेप परिचालन १४.९ प्रतिशतले वृद्धि भएको छ । कर्जा प्रवाह र निक्षेप परिचालनबीच रहेको असन्तुलनमा सुधार ल्याउन बैंकहरुले कर्जा प्रवाहमा सावधानी अपनाउनु आवश्यक छ ।’, राष्ट्र बैंकले भनेको छ । केन्द्रिय बैंकले कर्जा प्रवाहमै सावधानी अपनाउन भनिरहेका बेला अनुत्पादक मानिएको सेयर कर्जामा लगानी बढाउने सम्भावनै देखिन्न । मौद्रिक नीतिले बैंक तथा वित्तिय संस्थाले आफ्नो कोर क्यापिटलको ४० प्रतिशत मात्रै सेयरमा कर्जा लगाउन पाउने व्यवस्था गरेको छ । त्यसका अलवा बजारमा सेयरको आपुर्ति ह्वात्तै बढेको छ । धेरै कम्पनीले भर्खरै हकप्रद सेयर निष्काशन सम्पन्न गरेका छन् । कतिपय कम्पनीको आइपिओ पाइपलाइनमा रहेको छ । त्यस्तै अधिकांश बाणिज्य बैंकहरुले भटाभट बोनस सेयर घोषणा गरिरहेका छन् । केहि जलविद्युत कम्पनीहरुको आइपिओ समेत पाइपलाइनमा छ । सेयरको अत्याधिक आपुर्तिका कारण पनि सेयर बजारमा पहिरो गैरहेको छ । इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले सेयर बजार घटाउन सबै निकाय लागिपरेको आरोप लगाए । उनले नेपाल धितोपत्र बोर्ड, राष्ट्र बैंक र नेप्सेको निरिहताले ब्रोकर र सिमिति लगानीकर्ताले बजारमा अनावश्यक चलखेल गरेको दावी गरे । ‘बजार घटिरहेको छ तर सेयर कारोबार भने खासै घटेको छैन, सिमित मान्छेहरुले त्रास फैलाएर सस्तोमा सेयर किनिरहेका छन, बैंकहरुले पनि अनावश्यक रुपमा ब्याजदर बढाएका छन’, रौनियारले भने । अर्कातिर सेयरमा भ्याट लगाउने सरकारी अभियान अझै वार वा पार भैसकेको छैन् । आन्तरिक राजश्व विभागले सबै ब्रोकरसँग भ्याट असुल्ने स्पष्ट पारिसकेको छ, त्यस्तै आगामी आर्थिक बर्षदेखि सेयरमा भ्याट लगाउने पनि बताईरहेको छ । सेयरमा भ्याटको लफडाले पनि बजार घटाउन ठुलै भूमिका खेलिरहेको देखिन्छ । त्यसका अलवा राजनीतिक अस्थिरताले पनि बजारमा मनोवैज्ञानिक त्रास उत्पन्न गरेको देखाउँछ । स्थिर सरकार मार्फत विकास र समृद्धिको सपना बाढ्दै बामपन्थीहरुले निर्वाचन जितेका थिए । तर सरकार बन्न ढिलाई भैरहेको छ र कसको नेतृत्वमा कस्तो सरकार बन्ने हो भन्ने अझै एकिन भएको देखिन्न । ‘काँग्रेस, माओवादी र मधेशवादी मिलेर सरकार बनाउँछन् भन्ने हल्ला फैलिएको छ, यसले स्थिर सरकार नआउने भन्ने मनोविज्ञान लगानी कर्तामा देखिन्छ’, रौनियारले भने । सेयर बजारमा लगानी गर्नेहरुले समाजिक सञ्जालहरुमा बिभिन्न ग्रुपहरु बनाएर सेयर बजार ओरालो लगाईरहेको आरोप पनि रौनियारको छ । सेयर बजार अत्यन्तै संवेदनशिल क्षेत्र हो, यसमा प्रवाह हुने सानो सूचनाले पनि ठुलो प्रभाव राख्छ । अहिले बैंक तथा वित्तिय संस्थाहरुले निरन्तर बढाईरहेको ब्याजदर, सेयर कर्जाको कटौती, बजारमा सेयरको आपुर्तिमा भैरहेको तिब्र वृद्धि, अनिश्चितताको भूमरीमा फसेको राजनीतिक वातावरणमा सेयर बजारका खेलाडीहरुले ठुलै माछा मारिरहेको देख्न सकिन्छ । सेयर बजार निरन्तर ओरालो लाग्नु तर सेयर कारोबारको आकारमा भने खासै गिरावट नआउनुले पनि कुनै समुहले फाइदा लिईरहेको अनुमान सहजै गर्न सकिन्छ ।

सेयर बजार २१.५३ अंकले ओरालो, कारोबार ७६ करोड

काठमाडौं । बुधबार पनि सेयर बजार २१.५३ अंकले आरोलो लागेको छ । बुधबार बजार खुल्ने वित्तिकै ओरालो लागेर १४२२.३२ अंकमा झरेको बजार १२ः३० बजे फेरी बढेर १४४३.३० अंकमा पुगेको थियो । तर त्यसपछि निरन्तर ओरालो लागेको सेयर बजार अन्ततः २१.५३ अंकले घटेर १४२५.५१ अंकमा आईपुगेको हो । बजार घटेको भएपनि बुधबार ७६ करोड ५७ लाख रुपैंयाँ मूल्यमा १५६ कम्पनीको १३ लाख ६८ हजार ४ सय ७५ कित्ता सेयर किनबेच भएको थियो । दोहोरो अंकले बजार घट्दा पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमोटेर सेयर र स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर १० करोड भन्दा बढि मूल्यको कारोबार भएको छ ।