सेयर बजारमा एक्कासी ब्रेक, ६.८७ अंकले घट्दा ९४ करोड ९६ लाखको कारोबार

काठमाडौं । निरन्तर बढीरहेको सेयर बजार सोमबार आएर ब्रेक लागेको छ । आइतबार ४४ अंकले बढेको बजार सोमबार ६.८७ अंकले बढेको छ । बजार खुल्दा २० अंक बढेकोमा बन्द हुदाँ ६.८७ अंकले घटेको छ । सोमबार नेप्स परिसुचक १ हजार २८७ मा झरेको छ । बजार घटेपनि कारोबार रकम भने बढेर ९४ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।सोमबार सबै क्षेत्रको सेयर मूल्य घटेको छ ।

कारोबारको ४ दिनमै सेयर बजार १०१ अंक वृद्धि, आज कति बढ्ला ?

काठमाडौं । लगानीकर्ताको विश्वास बढेपछि अघिल्लो सातादेखि सेयर बजारमा उछाल आएको छ ।  बजार अब उकालो लाग्ने संकेत देखिएको छ । गत साता मंगलबारदेखि बढन् थालेको बजार आइतबारसम्म १०१ अंक बढेर नेप्से परिसुचक बढेर १ हजार २९४ अंकमा पुगेको छ । आइतबार मात्रै बजार ४४ अंक बढेको छ । आज पनि बजार बढ्ने देखिएको छ । आइतबार ९१ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । केही महिनायताको यो सबैभन्दा बढी सेयर कारोबार हो । डेढ वर्षअघि बजार बढेर १ हजार ८८१ अंकमा पुगेको थियो । बजारले गति लिन थालेपछि लगानीकर्ताको विश्वास बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले लगानीयोग्य पुँजी बढाउन विदेशी बैंकबाट कर्जा ल्याउन खुला गरेपछि ब्याजदर घट्ने अनुमानका आधारमा बजार बढेको हो । सरकारको खर्च बढेपछि बैंकिङ प्रणालीमा तरलता बढेको छ । सेयर बजार घटेर एउटा सीमामा पुगेपछि पुनः बढ्ने लगानीकर्ताको भनाई छ ।  

लगानीकर्ताको विश्वास बढेपछि सेयर बजारमा उछाल, एकैदिन ४४ अंककको वृद्धि

काठमाडौं । लगानीकर्ताको विश्वास बढेपछि आइतबार सेयर बजारमा उछाल आएको छ । बजारमा उछाल आउदा बजार ४४ अंक बढेको छ ।   नेप्से परिसुचक बढेर १ हजार २९४ अंकमा पुगेको छ । आइतबा ९१ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार बढेर साढे ५१ अंकमा पुगेको थियो । त्यसपछि घटेर २६ अंकमा सीमित भएकोमा पुनः उकालो लागेर ४४ अंकमा पुगेको छ । यो एक महिनायताको सबैभन्दा बढी कारोबार हो । आइतबार बैंक, वित्त, होटल, जलविद्युत, बीमा, उत्पानमुलक, विकास बैंक र व्यापार सबै क्षेत्रको सेयर बढेको छ । गत मंगलबारदेखि बढ्न थालेको बजार आइतबासम्म कायम रहेको छ । ४ कार्यदिनमा सेयर बजार १०१ अंकले बढेको छ । आइतबार सबैभन्दा बढी सेयर सुर्यौदय लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली सामुदायिक लघुवित्त संस्थाको सेयर १० प्रतिशत बढेको छ । एक दर्जन कम्पनीको सेयर मूल्य न्युनतम ७ देखि १० प्रतिशतसम्म बढेको छ । बजार बढ्न थालेपछि लगानीकर्ताको विश्वास बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले लगानीयोग्य पुँजी बढाउन विदेशी बैंकबाट कर्जा ल्याउन खुला गरेपछि ब्याजदर घट्ने अनुमानका आधारमा बजार बढेको हो । सरकारको खर्च बढेपछि बैंकिङ प्रणालीमा तरलता बढेको छ ।

सेयर बजार बढेर ५१ अंक कट्यो, बढ्ने क्रम जारी

काठमाडौं । आइतबार सेयर बजारमा उछाल आएर ५१ अंक माथि पुगेको छ । बजार बढेर नेप्से परिसुचक उछाल आई १ हजार ३०१ अंकमा पुगेको छ । सबै परिसूचककको बजार बढेको छ । गत मंगलबारदेखि बढेको बजार आइतबासम्म कायम रहेको छ । अहिलेसम्म ६६ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार बढ्न थालेपछि लगानीकर्ताको विश्वास बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले लगानीयोग्य पुँजी भित्राउन विदेशी बैंकबाट कर्जा ल्याउन खुला गरेपछि ब्याजदर घट्ने अनुमानका आधारमा बजार बढेको हो । यस्तै बैंकिङ प्रणालीमा तरलता बढेको छ ।

सेयर बजार उकालो लाग्यो, साढे ४० अंकले बढ्यो

काठमाडौं । आइतबार सेयर बजार ३ प्रतिशत बढेको छ । बजार साढे साढे ४० अंक बढेर नेप्से परिसुचक १ हजार २९१ अंकमा पुगेको छ । सबै परिसूचककको बजार बढेको छ । गत मंगलबारदेखि बढेको बजार आइतबासम्म कायम रहेको छ । अहिलेसम्म ५४ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार बढ्न थालेपछि लगानीकर्ताको विश्वास बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले लगानीयोग्य पुँजी भित्राउन विदेशी बैंकबाट कर्जा ल्याउन खुला गरेपछि ब्याजदर घट्ने अनुमानका आधारमा बजार बढेको हो । यस्तै बैंकिङ प्रणालीमा तरलता बढेको छ । ्र

सेयर बजार २४ अंकले बढ्यो, लगानीकर्तामा उत्साह

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता बढेको र विदेशबाट बैंकले ऋण लिन पाउने व्यवस्था भएपछि ब्याज दर घट्ने अनुमानका आधारमा सेयर बजार बढ्न थालेको छ । बिहीबार पनि सेयर बजार २४ अंकले बढेर नेप्से परिसुचक १ हजार २५० मा पुगेको छ । मंगलबारदेखि बढ्न थालेको बजार बिहीबारसम्म निरन्तरता पाएको छ । बजार बढेपछि सेयर बजारमा पुरै हरियाली देखिएको छभने लगानीकर्तामा उत्साह थपिएको छ । बजार बढेपछि बिहीबार ६१ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । कम्पनीको प्रतिकित्ता प्रतिकित्ता ९९१ रुपैयाँमा ३ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

वाणिज्य बैंकले विदेशबाट ऋण ल्याउन पाउने भएपछि लगानीकर्ता हौसिए, सेयर बजारमा २७ अंक बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण ल्याउन खुला गरेपछि बुधबार सेयर बजारमा सुधार आएको छ । नेपालका वाणिज्य बैंकले विदेशी बैंकसंग सहुलित दरमा कर्जा ल्याउन पाउने भएपछि बजारमा लगानीयोग्य पुँजीको समस्या समधान भई ब्याजदर घट्ने अनुमानका आधारमा बुधबार सेयर बजार २७ अंकले बढेको छ । बजारमा लगानीयोग्य पुँजी बढेर ब्याजदर घट्ने देखिएपछि लगानीकर्ता हौसिदा नेप्से परिसूचक बढेर १ हजार २२६ अंकमा पुगेको छ । बजार मंगलबारदेखि सुधार आएको हो । मंगलबार बजार ६ अंकले बढेको थियो । बुधबार सबै परिसूचकको सेयर मूल्य बढेको छ । बुधबार बैंकिङ, होटल, वित्त, जलविद्युत, बीमा, लघुवित्तलगायत सबै क्षेत्रको सेयर मूल्य बढेको छ । बजार बढेपछि सेयर कारोबार कारोबारमा वृद्धि भई ३३ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार लघुवित्त संस्थाका लगानीकर्ताले कमाएका छन् । पछिल्लो समयमा लगातार घट्दै गएर लगानीकर्ता निराश बनिरहेका बेला बुधबारदेखि केही आशा पलाएको छ ।

सेयर बजार घटनबाट रोकियो, ६ अंकले बढ्यो

काठमाडौं । सेयर बजार मंगलबार ओरालो लाग्नबाट रोकिएको छ । बजार ६ अंकले बढेर नेप्से परिसूचक १ हजार २ सय नजिक पुगेको छ । मंगलबार वित्त बाहेक सबै क्षेत्रको सेयर मूल्य बढेको छ । बजार बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार २१ करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले कमाएका छन् । युनिलिभरको सेयर मूल्य ९९४ रुपैयाँ बढेर २५ हजार ६३७ रुपैयाँ पुगेको छ ।

सेयर बजार घटेका बेला लगानीकर्ता स्ट्याण्डड चाटर्ड र नविल बैंकमा झुम्मिए, यस्तो छ कारण

काठमाडौं । सेयर बजार घटेका बेला लगानीकर्ता भने दुई बैंकमा झुम्मिएका छन् । स्ट्याण्डर्ड चाटर्ड बैंक र नविल बैंकमा लगानीकर्ताको झुम्मिन पुगेका हुन ।   स्ट्याण्डर्डको प्रतिकित्ता ८२५ रुपैयाँमा १ करोड ७० लाख ६८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै नविल बैंकको पनि प्रतिकित्ता ९४५ रुपैयाँमा १ करोड ४४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । गत बिहीबारको तुलनमा आइतबार स्ट्याण्डर्डको सेयर मूल्य प्रतिकित्ता ४० रुपैयाँ र नविलको २५ रुपैयाँ घटेको छ । बैंकको सेयर मूल्य सस्तो हुदै गएको छ । दुबै बैंकको सेयर मूल्य १ हजार माथि थियो । स्ट्याण्डर्ड र नविल दुबैले लगानीकर्तालाई लाभांश वितरण गरिसकेका छन् । दुबै बैंकको सेयर मुल्य सस्तो भएपछि लगानीकर्ताको आकर्षण बढेको एक ब्रोकरले बताए । दुबै बैंकको वित्तीय अवस्था राम्रो हुनुका साथै आगामी वर्षमा पनि राम्रो प्रतिफल दिने लोभमा लगानीकर्ताले सेयर किनेको ती ब्रोकरको विश्लेषण छ । स्ट्याण्डर्ड चाटर्ड र नविलले लगानीकर्तालाई राम्रो प्रतिफल दिदै आएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पनि १ करोड प्रतिकित्ता १ हजार ५६ रुपैयाँमा १ करोड ३५ लाख ७० हजार रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल लाइफले पनि लगानीकर्तालाई आकर्षक प्रतिफल दिदै आएको छ । नेपाल लाइफको गत बिहीबार प्रतिकित्ता १ हजार १ सय रुपैयाँमा करोबार भएको थियो । आइतबार ४४ रुपैयाँ घटेको छ ।

अर्थमन्त्रीको संस्थागत र नीतिगत सुधार संकेतलाई लगानीकर्ताले पत्याएनन्, सेयर बजार २४ अंकले घट्यो

काठमाडौं । सरकारले सेयर बजारको विकासका लागि ठुलो परिमाणको लगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधार गर्ने संकेतलाई लगानीकर्ताले पत्याएनन् । अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार श्वेतपत्र सार्वजनिक गर्दै पुँजीबजारमा ठुलो लगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधार आवश्यक भएको औल्याएका थिए । अर्थमन्त्रीले संस्थागत र नीतिगत सुधार गर्ने श्वतेपत्रमार्फत संकेत गरेका छन् । श्वेतपत्रमा नीतिगत सुधारका कुरा आएपछि आइतबारदेखि बजारमा केही सुधार हुने अपेक्षा गरिएको थियो । सो विपरित बजार २४ अंकले घट्यो । नेप्से परिसुचक १ हजार १ सय भन्दा तल झरेको छ । यसबाट सरकारलाई सेयर बजारले नपत्याएको स्पष्ट हुन्छ । सेयरको मूल्य घटेसंगै कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार ३१ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजार खुलेको ५० मिनेटमै साढे ३३ अंकले घटेको बजार विस्तार सम्हालिदै २४ अंकमा सीमित भएको छ । बैंकिङ, होटल, बीमा, जलद्यिुत, बीमा, लघुवित्त र उत्पादनमुलकलगायत सबै क्षेत्रको सेयर मूल्य घटेको छ । अर्थमन्त्रीले संस्थागत र नीतिगत सुधारको कुरा गरेपनि नेपालको पुँजीबजार सतही भएको र दायरा पनि संकुचित भएको उल्लेख गरेका थिए । उनले बजार धितोपत्र कारोबारमा मात्र सिमित रहेको र यसलाई ऋण बजारको रुपमा विकास नसकिएको बताएका छन् ।

सेयर बजार साढे ३३ अंकले ओरालो लाग्यो, नेप्से परिसुचक ११०० अंक भन्दा तल

काठमाडौं । सेयर बजार साढे ३३ अंकले ओरालो लागेको छ । आइतबार बजार खुलेको ५० मिनेटमै बजार भारी गिरावट आएको हो । सेयर बजार निरन्तर ओरालो लागेपछि नेप्से परिसुचक १ हजार १ सय अंक भन्दा तल झरेको छ । आइतबार बैंक, वित्त, होटल, जलविद्युत, उत्पादन, लघुवित्तलगायत सबै क्षेत्रको सेयर मूल्य घटेको छ ।

सेयर बजारप्रति काँग्रेसकाे गम्भीर ध्यानाकर्षण, बैठक भोलि बिहान ११ बजे पुनः बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सेयर बजार केही दिनदेखि नियमित ओरालो लागेको सम्बन्धमा छलफल भएको छ । वाम गठबन्धन दलहरुले १० प्रतिशत आर्थिक वृद्धि र समृद्धिको नारा दिएर सरकार गठन गर्ने बेला सेयर बजारको अवस्था ओरालो लागेकोप्रति काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । बैठकमा केन्द्रीय सदस्य भीष्मराज आङदम्बेले स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न भई मुलुकमा तुलनात्मक सहज राजनीतिक वातावरण बनेका बेला शेयर बजार नियमित ओरालो लाग्नु सुखद् पक्ष नभएको भनी टिप्पणी गरेका थिए । यसअघि बैठकमा काँग्रेस नेता डा रामशरण महतले पनि सेयर बजार ओरालो लागेको सम्बन्धमा आफ्ना धारणा व्यक्त गरेका थिए । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी चुनावी समीक्षा बैठकमा आज ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, आङदम्बे र महेन्द्र यादवले आफ्ना धारणा राखेका काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । यही चैत ९ गतेदेखि शुरु भएको बैठकमा आजसम्म ३८ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखी सकेका छन्। संघीय संसद्लाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज सम्बोधन गर्ने कार्यक्रम भएकाले काँग्रेस बैठक आजका लागि सम्पन्न भएको छ । बैठक भोलि बिहान ११ बजे पुनः बस्ने उनले जानकारी दिए। रासस

सेयर बजार झिनो अंकले घट्दा ५१ करोडको कारोबार, सबैभन्दा बढी युनिलिभर नेपालको

काठमाडौं । मंगलबार ३९ अंकले उकालो लागेको बजार बुधबार पुन ओरालो लागेको छ । बुधबार कारोबार खुल्ने वित्तीकै दोहोरो अंकले उकालो लागेको बजार त्यसकाे केहीबेरमै ओरालो लागेको थियो । त्यसपछि दिनभरको कारोबारमा उतारचढाव आएको थियो अन्ततः बजार २.९० अंकले घटेर १२०४ अंकमा पुगेर बन्द भएको छ । झिनो अंकले ओरालो लागेको बजारमा ५१ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कुल १६२ कम्पनीको १३ लाख ५२ हजार कित्ता सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी युनिलिभर नेपाल लिमिटेडको सेयर कारोबार भएको छ । यस कम्पनीको दिनभर २ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५ हजार १४५ रुपैयाँ रहेको छ । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक दोहोरो अंक अर्थात ९१अंकले राताम्मे भएको छ । त्यस्तै, उत्पादनमूलक, बैंकिङ, अन्य र विकास बैंक समूह बाहेक बाँकी समूह राताम्मे छन् । उत्पादनमूलक १४ अंकले उकालो लागेको छ । सो दिन सबैभन्दा बढी राधी विद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको पनि सेयर मूल्य करिब १० प्रतिशत अर्थात ९.६० प्रतिशतले बढेको छ । बजारमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.४२ प्रतिशत गुमाएका छन् ।

नविल इन्भेष्टमेन्टको सीईओमा सबिर श्रेष्ठ नियुक्त, सेयर बजारमा विश्वस्तरीय सेवा दिने प्रतिवद्धता

काठमाडौं । नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । मंगलबार सञ्चालक समितिको बैठकले आगामी चार वर्षको लागि श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो । उनी विगत २ वर्षदेखि सोही संस्थामा सेकेण्ड म्यानको रुपमा ‘इन्भेष्टमेन्ट बैकिङ हेड’ पदमा कार्यरत थिए । सन २००८ बेलायतबाट एसीसीए गरेका श्रेष्ठले सोही देशमा ६ वर्ष लेखापरिक्षणको काम गरेका थिए । शुरुका तीन वर्षमा अडिट, ट्याक्स र फाइनान्समा काम गरेका थिए । त्यसपछि विश्वकै छैटौ ठूलो अडिट फर्म बीडीओ इन्टरनेशनेलमा तीन वर्ष म्यानेजर भएर काम गरेको उनले जानकारी दिए । ‘बेलायतमा ६ वर्ष र नेपालमा ६ वर्ष काम गरेको अनुभव छ । पुँजी बजारमा अन्तराष्ट्रिय स्तरको सेवा दिन सकिन्छ भन्ने विश्वास छ’ सीईओको जिम्मेवारी समालेको पहिलो दिन विकासन्युजसँग कुरा गर्दै श्रेष्ठले भने–‘प्राइभेट इक्वीटी र भेन्चर क्यापिटल, फेरन इन्भेष्टमेन्ट म्यानेजमेन्टमा नयाँ काम गर्न सकिन्छ ।’ पुँजी बजारमा चुनौतिहरु र विकासका अवसरहरु दुबै भएको उनले बताए । ‘पुँजी बजारलाई राम्रो बनाउने, समस्याहरु समाधान गर्दै जाने र सेवाको स्तर विकास गर्ने काम मर्चेन्ट बैंकर्सहरुको र त्यसको एउटा पार्ट आजदेखि म पनि भएको छु’ उनले भने । नविल इन्भेष्टमेन्टको सेवालाई राजधानी वाहिर पनि पुर्याउने योजना रहेको उनको छ ।

मार्जिन ट्रेडिङको तयारी अन्तिम चरणमा, बढ्ला त सेयर बजार ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन ट्रेडिङको तयारी अन्तिम चरणमा पुर्याएको छ । सेयर बजार निरन्तर ओरालो लागिरहेको समयमा बोर्डले मार्जिन ट्रेडिङलाई तत्कालै कार्यान्वयनमा ल्याउन लागेको हो । मार्जिन कारोबार सम्बन्धी निर्देशन २०७४ हेर्न यहाँ क्लिक गर्नुसहोस  ‘हामी कार्यबिधी निर्माणको अन्तिम चरणमा पुगेका छौं, नेप्सेले पठाएको मस्यौदामा केहि संसोधन गरेर बोर्डले पारित गर्छ र कार्यान्वयनमा ल्याउँछ’, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले विकासन्युजसँग भने । बोर्डले २०७४ कात्तिक २० गते मार्जिन कारोबार सुबिधा सम्बन्धी निर्देशन २०७४ जारी गरेको थियो । सोही निर्देशन अनुसार मार्जिन कारोबार सम्बन्धी कार्यबिधी बनाउन बोर्डले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई निर्देशन दिएको थियो । नेप्सेले कार्यबिधीको मस्यौदा तयार पारेर बोर्डमा बुझाएको र त्यसमा आवश्यक संसोधन गरेर पारित गर्ने तयारी भैरहेको बोर्डका अध्यक्ष डा. कार्कीले बताएका हुन् । मार्जिन ट्रेडिङको सुबिधाले सेयर बजारको विकास र स्थायीत्वमा सहयोग पुग्ने पनि बताए । ‘मार्जिन ट्रेडिङको सुबिधा भनेको सेयर बजारका लागि ठुलो उपलब्धि हो, यसले बजारको विकास र स्थायीत्वका लागि सहयोग गर्छ’, डा. कार्कीले भने । सेयर बजार विश्लेषक ज्योति दाहालले पनि मार्जिन ट्रेडिङको सुबिधाले सेयर बजारको विकासमा सहयोग पुग्ने बताए । ‘मार्जिन ट्रेडिङले बजार बढाउन सघाउँछ, कार्यबिधी कस्तो आउँछ हेरेर मात्रै भन्न सकिन्छ तर बजारलाई राहत चाँही दिन्छ नै ।’, दाहालले भने । उता, ब्रोकर एसोसियसनका पुर्व अध्यक्ष नरेन्द्र सिँजापतिले भने मार्जिन ट्रेडिङको उपलब्धि कार्यबिधीमा भर पर्ने बताए । ‘मार्जिन कारोबार सम्बन्धी निर्देशन अनुसार थोरै ब्रोकरले मात्रै यो सुबिधा दिन सक्छन्, कार्यबिधीमा थप कडाई भएर आयो भने यसले बजारमा खासै काम नगर्न सक्छ’, सिँजापतिले भने । उनले कार्यबिधीले केहि सहजता दिएको खण्डमा भने त्यसले सेयर बजारमा सकारात्मक सन्देश दिने बताए । मार्जिन कारोबार सम्बन्धी निर्देशनमा उल्लेख गरिएको पुर्वाधार, पुँजी लगायतका सर्तहरुले केहि ब्रोकरले मात्रै यो सुबिधा उपयोग गर्न सक्ने अवस्था देखिएको छ ।  

श्वेत पत्रको आसमा हरियाली सेयर बजार, के ल्याउँछन् विज्ञ अर्थमन्त्रीले ?

काठमाडौं । सोमबार ५१ अंकले ओरालो लागेको सेयर बजार मंगलबार ३९.१६ प्रतिशतले बढेको छ । सोमबार ह्वात्तै घटेको बजार मंगलबार बढ्नुको कारण भने सरकाले ल्याउने भनिएको श्वेत पत्र रहेको लगानी कर्ता नै बताउँछन् । ‘अर्थमन्त्रालयले ल्याउने श्वेतपत्रबाट सेयर बजारलाई कुनै न कुनै रुपले सम्बोधन हुने बजारमा चर्चा चलेको छ, श्वेतपत्रकै आशमा सेलिङ प्रेसर घटेर बजार बढेको हो’, नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले विकासन्युजसँग भने । सरकारले शुक्रबार भित्रै श्वेतपत्र ल्याउने तयारी गरिरहेको छ । सोही श्वेतपत्र मार्फत सेयर बजारका लागि केहि राहतका कार्यक्रम आउने आसमा लगानी कर्ता उत्साहित भएका हुन् । अर्का तर्फ मंगलबार नै राष्ट्रिय सभामा सेयर बजारबारे आवाज समेत उठेको छ । जनप्रतिनिधीले संसदमै सेयर बजार घट्नुको कारण सरकारसँग मागेपछि लगानी कर्ता थप उत्साहित भएका हुन् । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सदस्य राधेश्याम अधिकारीले अर्थमन्त्रीका अभिव्यक्तिका कारण सेयर बजार घटेको आरोप लगाएका थिए । उनले सेयर बजारलाई अनुत्पादक भनेर अर्थमन्त्रीले जनताको खर्बाै लगानीमाथी खेलबाड गरेको बताएका थिए । ‘सेयर बजारबारे संसदमै कुरा उठेपछि आफ्ना मागको सुनुवाई हुने अपेक्षामा लगानी कर्ता हौसिएका हुन्, अब आफ्ना प्रतिनिधीले आफ्नो हितको रक्षा गर्ने लगानी कर्ताको आस छ’, नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले भने ।

संसद पस्यो सेयर बजार, राधेश्याम अधिकारीले भने-जनताको लगानी डुब्नु भएन

काठमाडौं । राष्ट्रिय सभामा सेयर बजारबारे कुरा उठेको छ । काँग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका राधेश्याम अधिकारीले सेयर बजारमा गरिएको जनताको लगानी डुब्न नहुने धारणा राखेका हुन् । राष्ट्रिय सभा बैठकमा आफ्नो धारणा राख्दै अधिकारीले अर्थमन्त्रीकोे अभिव्यक्तिका कारण सेयर बजार ओरालो लागेर जनताको खर्बाै लगानी डुबेको आरोप पनि लगाए । उनले भने–सेयर बजारमा जनताको पनि लगानी छ, अर्थमन्त्रीको अभिव्यक्तिका कारण बजार घेटेको हो, जिम्मेवार व्यक्तिका अभिव्यक्तिहरु पनि जिम्मेवार नै हुनुपर्छ । सेयर बजारलाई अर्थमन्त्रीले अनुत्पादक भनेपछि लगानी कर्तामा त्रास फैलिएको आरोप पनि अधिकारीले लगाएका थिए ।

अपडेटः सेयर बजारमा हरियाली, परिसूचक ३२ अंकले उकालो

काठमाडौं । मंगलबार दिउँसो २ बजेर २६ मिनेट जाँदा नेप्से परिसूचक ३२ अंकले उकालो लागेर १२०१ अंकमा पुगेको छ । कारोबार शूरु भएको करिब साढे २ घण्टा सम्म लगातार ओरालो लागेको बजार त्यसपछि भने दोहोरो अंकले उकालो लागेको छ । सो अवधिसम्म १६१ कम्पनीको ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बीमा समूह १६९ अंकले उकालो लागेको छ । त्यस्तै, फाइनान्स र उत्पादनमूलक समूहको परिसूचक राताम्मे छन् भने बाँकी समूहको सूचक दोहोरो अंकले उक्लेका छन् ।

किन आत्तिए सेयर बजारका लगानी कर्ता, के चाहान्छ बामपन्थी सरकार ?

काठमाडौं । ‘बामपन्थी सरकारलाई देखाएर सेयर बजार घटाउने खेल भैरहेको छ, बामपन्थी सरकार आएपछि सेयर बजार उकालो लाग्नेछ’, प्रधानमन्त्री बन्नु अघि केपी ओलीले यस्तै भाषण पटक पटक गरे । उनी प्रधानमन्त्री बनेपछि सेयर बजार निरन्तर ओरालो लागेको छ । ओलीले देश बनाउने टिम भन्दै डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाएका छन् । उनी रियल स्टेट र सेयर बजार प्रति नकारात्मक सोँच राख्ने अर्थशास्त्री मानिन्छन् । तर अर्थमन्त्री भैसकेपछि उनले सेयर बजारलाई निरपेक्ष दृष्टिकोणले नहेर्ने सबैको आंकलन थियो । तर अर्थमन्त्री डा. खतिवडाले बीबीसीमा दिएको अन्तरवार्ताले सेयर बजारमा ठुलै पहिरो गयो र अन्ततः उनले स्पष्टिकरण दिँदै भने–सेयर बजारलाई अनुत्पादक भनेको छैन् । आइतबार बिराटनगर पुगेर डा. खतिवडाले पुनः एक पटक सेयर बजारका लगानीकर्तालाई थप निरास बनायो । ‘सेयर बजार घट्नै हुन्न भन्ने छैन, लगानी कर्ताले कम्पनीको विस्तृत अध्ययन गरेर मात्रै लगानी गर्नु ।’ खतिवडाले बिराटनगरमा बोलेको यत्ति हो । तर उनको यहि बोलीले सोमबार सेयर बजारमा पहिरो गयो, सर्किट ब्रेक लगाएर बजारलाई रोक्ने प्रयास नै गर्नुपर्यो । अर्थशास्त्रका राम्रा ज्ञाता अर्थमन्त्री र देश बनाउने सपना बाढेर वाहवाही कमाएका प्रधानमन्त्री हुँदा पनि आखिर किन घट्यो त सेयर बजार ? आखिर सरकारले के चाहिरहेको छ ? के सेयर बजारका लगानीकर्तामा अधिवायकवादको त्रास नै देखिएको हो त ? यस्ता गम्भिर प्रश्नहरु खडा भएका छन् । ‘लाखौं लगानी कर्ताको भावनामाथीको प्रहार छ, लगानीकर्ताको संरक्षण गर्नुपर्ने व्यक्तिले नै त्यस्ता अभिव्यक्ति दिएपछि लागनी कर्ता जोगिन चाहे ।’, ब्रोकर एसोसियसनका पुर्व अध्यक्ष नरेन्द्र सिँजापतिले भने । बामपन्थी अर्थशास्त्री केशब आचार्यले भने सेयर बजार घट्नुमा राजनीतिक कारण नभएको बताए । उनले माग र आपुर्तिको सन्तुलन नमिलेकाले बजार घटेको दावी समेत गरे । ‘बामपन्थी सरकारसँग सेयर बजार डराउनुपर्ने कुनै कारण छैन्, उच्च ब्याजदर र सेयरको अधिक आपुर्ति नै बजार घट्नुको कारण हो’, आचार्यले भने ।

सेयर बजार बढाउन इन्भेष्टर्स फोरमका १९ एजेण्डा, ७ दिनभित्र पुरा नभए कडा आन्दोलन

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले विगतलामो समयदेखि निरन्तर रुपमा घटिरहेको पूँजीबजार बढाउन विभिन्न माग(एजेण्डा)हरु राखेको छ । फोरमले सेयर बजारप्रति जनताको आकर्षण बढाउनका साथै सेयर बजारको विश्वसनियता बढाउनका निम्ति आफ्ना १९ वटा एजेण्डा राखेको हो । साथै, उक्त मागहरु ७ दिन भित्र पुरा नभए आन्दोलन गर्ने फोरमले बताएको छ । सरकारी व्यक्तिहरुको अभिव्यक्तिबाट सेयर कारोबारमा गिरावट आएको भन्दै फोरम आन्दोलनमा जान लागेको हो । विगत लामो समयदेखि निरन्तर रुपमा घटिरहेको पूँजीबजार र त्यसले आमलगानीकर्ताहरुमा पर्न गएको आर्थिक तथा मनोवैज्ञानिक असरप्रति फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  फोरमद्धारा आयोजित एक कार्यक्रममा फोरमका अध्यक्ष अम्बिका पौडेलले सरकारी व्यक्तिहरुले सेयर बजारमा नकारात्मक असर पर्नेगरी अभिव्यक्ति दिन नहुने बताउँदै संरक्षकको भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । नेपालको पूँजीबजारको इतिहासमा सबैभन्दा बढि पूँजीकृत रकम ८ खर्ब ३६ अर्ब रुपैयाँ गुमाउदा सरकार र यसका अन्य निकायहरु मौन रहनुले १५ लाखभन्दा बढि लगानीकर्ताहरु मर्माहत भएकोमा फोरमले दुःख व्यक्त गरेको हाे ।  यस्ता छन्  फोरमले सेयर बजार बढाउन १९ वटा मागहरु  १. सम्झौता गरिएको अवधी भित्रै पूर्ण अनलाइन कारोबार प्रणाली लागु गर्ने । २. ब्रोकरको संख्या तथा क्षेत्रधिकार विस्तार गरी वाणिज्य बैंकहरुलाई समेत ब्रोकर लाईसेन्स दिई कारोबार गर्ने सूविधा विस्तार गर्ने । ३. गैरआवशीय नेपालीहरुलाई पूँजीबजारमा प्रवेश गराउनका लागि आवश्यक कानूनहरुको निर्माण गर्ने । ४. धितोपत्र बोर्ड, नेप्से,सिडिएससि लगायतका निकायको क्षमता अभिवृद्धि गरी पूर्वाधार तथा प्रविधिमैत्री बनाउने । ५. नेप्सेको संरचनागत सूधार र नयाँ स्टक एक्सचेन्ज स्थापनाको लागि तत्काल कार्य अगाडी बढाउने । ६. ब्रोकर सेवाशुल्क तथा ब्रोकरको प्रवेश र वर्हिगमनलाई अन्तराष्ट्रिय स्तरमा प्रचलित मान्यता अनूरुप बनाउने । ७.  शेयर कर्जामा लगाईएको पूँजीगतजोखीमको भार १०० प्रतिशतमा झार्ने । ८. शेयर धितोकर्जामा कर्जाको सिमा बजार मूल्यको ७० प्रतिशत पुर्याउने । ९. ब्रोकर मार्फत शेयरधितो कर्जा उपलब्ध गराउने कार्यलाई तत्काल कार्यान्वयनमा ल्याउने । १०. सेटलमेन्ट ग्यारेन्टी फन्डसँग सम्बन्धित ऐन नियमतत्काल निर्माण गरि कार्यान्वयन गर्ने । ११. मार्केट मेकर र धितोपत्र ब्यापारीलाई छिटोभन्दा छिटो हालको बजारमा प्रवेश गर्ने वातावरण बनाउने । १२. सर्ट सेलिङ्ग, अन्तर दिनकारोबारको व्यवस्था गरी चाँडो भन्दा चाँडो लागू गर्ने व्यवस्था मिलाउने । १३. हाल कायमरहेको ३ दिनको राफसाफलाई १ दिनवाकारोबार सकिएको २४ घण्टाभित्र हुने व्यवस्था मिलाउने । १४. सूचीकृत कम्पनीहरुले प्रदानगर्ने बोनस शेयर बार्षिक साधारण सभा सम्पन्नभएको ७दिन र हकप्रद शेयर बाँडफाँडको भएको ७दिनभित्र सूचिकृत गर्ने ब्यवस्था गर्ने । १५. हकप्रद र बोनस शेयरहरु प्रदानगर्ने कम्पनीहरुको धितोमा ऋण लिएका ऋणीहरुको हकमा सो शेयर सुचिकरण नगरिने समयसम्मको लागिबुकक्लोज हुने दिनको मुल्यलाई नै आधार मुल्य मान्ने ब्यबस्था गर्ने । १६. डेबेञ्चर तथाबोण्ड मार्केटलाई ब्यबस्थीततथा तरल बनाउने । १७. फाईनान्सीयल डेरिभेटिभको कारोबार संचालनमाल्याउने । १८. नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्र बोर्डले लगानीकर्ताबाट प्राप्त कमिशनको १५ प्रतिशत रकमलगानीकर्ता सचेतना कार्यक्रममा खर्च गर्नु पर्ने । १९. वास्तविक क्षेत्रकाकम्पनीहरुको नियमनको लागि छुट्टै नियमनकारी निकायको ब्यबस्था गर्ने । आर्थिक समृद्धिको अभियानलाई मुर्तरुप दिनआवश्यक पर्ने स्वदेशी पूँजी निर्माणको निर्विकल्प आधार पूँजीबजार भएको हुनाले पूँजीबजारको विकास र विस्तारको लागि सरोकारवाला पदाधिकारीहरु तथा निकायहरु अझ बढी गम्भिर हुन फोरमले  बताएको छ । फोरमले राखेकाे मागहरु ७ दिन भित्रमा सम्बोधन नभएमा इन्भेष्टर्स फोरमले पूँजीबजारको विकास र लगानीकर्ताहरुको हकहितको सुरक्षाको लागि चरणवद्ध आन्दोलनको कार्यक्रम गर्न बाध्य हुने बताएको छ ।