नेपाल टेलिकमले ल्यायो संविधान दिवस अफर

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा विभिन्न अफरहरू ल्याएको छ । कम्पनीका अनुसार यस अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुने छ । ‘यसैगरी डाटा प्याकेज अन्तर्गत १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, २९९ रुपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यही अफर अन्तर्गत ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने कम्पनीको भनाई छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ । सो अफर बुधबार (२०८१ असोज २) देखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागु हुने कम्पनीले बताएको छ ।

महसुल भुक्तानी गर्दा नेपाल टेलिकमले शतप्रतिशत जरिवाना छुट

काठमाडौं । नेपाल टेलिकमले महसुल भुक्तानीमा जरिवाना छुट दिने भएको छ । कम्पनीले विभिन्न सेवाहरूको महसुल भुक्तानी गरेमा जरिवाना छुट दिने जनाएको छ । विभिन्न सेवाहरू पीएसटीएन, जीएसएम मोबाइल, सीडीएमए मोबाइल, एडएसएल, एफटीटीएच, लिज लाइन, प्रयोग गरेबापत भुक्तानी गर्न बाँकी बक्यौता समयमै तिर्न कम्पनीले ग्राहकहरूलाई अनुरोध गरेको छ । पुरानो बक्यौता भुक्तानी गर्ने ग्राहकहरूलाई जरिवाना छूट प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आर्थिक वर्ष २०७८÷७९ सम्मको बक्यौता २०८१ कार्तिक मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने सम्पूर्ण जरिवाना छुट दिइनेछ । आर्थिक वर्ष २०७९÷८० को बक्यौता २०८१ कार्तिक मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवानाको ५० प्रतिशत छुट दिने कम्पीले जनाएको छ । पुरानो बाँकी बक्यौता भुक्तानी नगर्ने ग्राहकहरूको नामावली पत्रिकामा प्रकाशन गर्ने र कालोसूचीमा समावेश गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले बताएको छ ।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीताले गरिन् पदबहाली

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)की प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदबहाली गरेकी छन् । अर्यालले आइतबार पदबहाली गरेकी हुन् । भदाै २० गते बसेकाे मन्त्रिपरिषद्को बैठकले अर्याललाई प्रबन्ध निर्देशकमा नियुक्त गरेकाे थियाे । उनकाे नियुक्तिको पदावधि चार वर्ष रहेकाे छ । यसअघि प्रबन्ध निर्देशक अर्यालले नेपाल टेलिकमकाे निमित्त प्रबन्ध निर्देशककाे जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । उनले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छन् । उनी २०४९ चैत्र २३ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरी २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिइन् । यसैगरी, अर्याल २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन् । पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अर्यालले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै पदको गरिमा र सबैको आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान आफ्नो पूर्ण ऊर्जा खर्चिने बताइन् ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगिता पहाडी नियुक्त

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै कार्यकालमा गठित सिफारिस समितिले आवेदन मागेर लिखित तथा मौखिक प्रस्तुतिका आधारमा ३ जनाको नाम सिफारिस गरेको थियो । तत्कालीन सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित समितिले पहाडीसँगै अनिल झा र विमल आचार्यको नाम सिफारिस गरेको थियो । उक्त प्रस्ताव नै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषदमा पेश गरेका थिए । टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलमाथि भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लागेर निलम्बन भएपछि पहाडी कार्यवाहक प्रबन्ध निर्देशकको जिम्मेवारीमाा थिईन । पहाडीले करिव ३ दशक लामो यस क्षेत्रमा अनुभव सम्हालिसकेकी छन् ।

साढे ६ अर्ब नाफा गरेको नेपाल टेलिकमको जगेडा कोष पौने १ खर्ब पुग्यो

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा साढे ६ अर्ब बढी नाफा गरेको छ । गत असारसम्म कम्पनीको खुद नाफा १६.४४ प्रतिशत घटेर ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ९२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म कम्पनीको आम्दानी ४.९९ प्रतिशत घटेर ३४ अर्ब ४६ करोड ११ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३६ अर्ब २७ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको वित्तीय आम्दानी १६.६८ प्रतिशत घटेर ६ अर्ब ४८ करोड ९१ लख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ७७ करोड ९२ लाख रुपैयाँ वित्तीय आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ६.३२ प्रतिशत घटेर ४१ अर्ब ६१ करोड ७१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४४ अर्ब ४२ करोड ३६ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ७.२४ रुपैयाँ घटेर ३६.७७ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५२५.४३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २२.९८ गुणा रहेको छ । १८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष पौने १ खर्ब पुगेको छ । अघिल्लो वर्ष ७५ अर्ब ९४ करोड ५० लाख रुपैयाँ जगेडा कोष १ प्रतिशत बढेर ७६ अर्ब ५७ करोड ७० लाख रुपैयाँ सञ्चित छ ।

सबै प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा दिँदै नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्ने भएको छ । कम्पनीले आजदेखि लागु हुने गरी आफ्ना सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः सुचारु हुने व्यवस्था मिलाएकाे बताएको छ । यसअनुसार हाल प्रिपेड ग्राहकहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा सक्रिय (एक्टिभ) गराउनुपर्ने अवस्था रहेकामा अब भने सबै प्रिपेड ग्राहकहरूको मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुनेछ । सेवाग्राहीले *1415*7# डायल गरे पश्चात उपलब्ध हुने मेनुबाट उपयुक्त विकल्प छनौट गरी आफ्नो मोबाइलमा रोमिङ सेवा उपलब्ध भए र नभएको यकिन गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु भएका ग्राहकहरूले नेपाल टेलिकमकै सिम प्रयोग गरी विदेशमा पनि भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ । टेलिकमले रोमिङ सेवा उपलब्ध गराएका भारत बाहेकका अन्य देशहरूमा यो सुविधा क्रमशः उपलब्ध हुनेछ । यसबाहेक भारतमा रोमिङ उपभोग गर्नका लागि*1415*7# डायल गर्न या  NT App प्रयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ । नेपालमा भएको समयमा रोमिङ सेवा एक्टिभ नगरी विदेश गएमा त्यहीँबाट पनि यो सेवा एक्टिभ गर्नका लागि [email protected] मा इमेल मार्फत अनुरोध गर्न सकिनेछ । नेपाल टेलिकमको प्रिपेड मोबाइलमार्फत हाल ४० देशमा रोमिङ सुविधा प्रयोग गर्न सकिन्छ । सेवाग्राहीले विश्वका विभिन्न ४० देशमा नेपाल टेलिकमकै प्रिपेड मोबाइलमार्फत भ्वाइस, डाटा र एसएमएस सेवा चलाउन सक्छन् । यसका लागि ती देशहरूमा रहेका ५४ अपरेटरसँग सम्झौता सम्पन्न भई सेवा सञ्चालनमा रहेको छ ।

नेपाल टेलिकमको सेवा ४ घण्टा अवरुद्ध हुने

काठमाडौं । नेपाल टेलिकमको सेवा अवुरुद्ध हुने भएको छ । नेपाल टेलिकमको बिलिङ्ग प्रणाली स्तरोन्नति गरिने भएकाले सेवा अवरुद्ध हुने भएको हो । टेलिकमका अनुसरा बिलिङ्ग प्रणाली स्तरोन्नति गरिने भएकाले आज (साउन १७ गते) राति ११ बजेदेखि ४ घण्टासम्म सेवा अवरुद्ध हुनेछ । सो अवधिमा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र क्वेइरी सेवाहरू प्रभावित हुने टेलिकमले जनाएको छ । ११ बजे अगाडि नै ब्यालेन्स रिचार्ज र प्याकेज खरिद गर्न कम्पनीले आग्रह गरेको छ । तर, उक्त समयमा मोबाइल भ्वाइस, डाटा, एसएमएस र पीएसटीएन तथा एफटीटीएच, भ्वाइस, डाटा, आईपीटीभी सेवा भने यथावत रूपमा सञ्चालन हुनेछन् । रिचार्ज तथा प्याकेज सब्स्क्रिप्सन वा अन्य सेवा सम्बन्धी समस्याका लागि १४९८ र १९८ मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

नेपाल टेलिकमले ल्यायो मनसुन अफर

काठमाडाैं । नेपाल टेलिकमले साउन १ देखि लागू हुने गरी मनसुन अफर २०८१ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याउन लागेको टेलिकमले जनाएकाे छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको १९९ रुपैयाँ देखिका कम्बो प्याकेजहरु उपलब्ध हुनेछन् । यस अन्तर्गत १९९ रुपैयाँमा २०० मिनेट अल–नेट भ्वाइस र २ जीबी डाटा सहितको कम्बो १९९ प्याक सञ्चालनमा आउनेछ । सोही अन्तर्गत कम्पनीले २९९ रुपैयाँमा ३०० मिनेट अल–नेट भ्वाइस, ४ जीबी डाटा र २० अन–नेट एसएमएस सहितको कम्बो २९९ प्याक र ४९९ रुपैयाँमा ५०० मिनेट अल–नेट भ्वाइस, ८ जीबी डाटा र १०० अल–नेट एसएमएस सहितको कम्बो ४९९ प्याक उपलब्ध गराउनेछ । प्रिपेड र पोस्टपेड जुनसुकै मोबाइल प्रयोगकर्ताका लागि सजिलो अनलिमिटेड प्याक अन्तर्गत ६९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस, १५ जीबी डाटा र २०० अल–नेट एसएमएस सहितको सजिलो अनलिमिटेड ६९९ प्याक सञ्चालन हुनेछ । साथै सजिलो अनलिमिटेड ७९९, ९९९ र १४९९ प्याकमा ग्राहकका लागि सुबिधा थप गरी उक्त प्याकहरुलाई अझै आकर्षक बनाइने भएको छ, जसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताको लागि ३० दिनको समयावधि रहनेछ । डाटा प्याक अन्तर्गत १ दिन देखि २८ दिनसम्म समयावधि रहेका २९ देखि ९९९ रुपैयाँसम्मका १ जीबी देखि १०० जीबी सम्म रिसोर्स सहितका बिभिन्न आकर्षक डाटा प्याकहरु उपलब्ध हुनेछन् । पोस्टपेडमा भने ३७३ रुपैयाँ वा सो भन्दा बढी मूल्यको प्याकेज खरिद गर्दा मासिक रुपमा तिनुपर्ने रेन्टल चार्ज पनि प्याकेजमा नै समावेश हुने टेलिकमका प्रवक्ता किशाेर कुमार भट्टले जानकारी दिएका छन् । कम्पनीले अन–नेट अर्थात कम्पनीकै नेटवर्कमा कल गर्न सकिने नयाँ प्याकेजहरु, जुनसुकै नेटवर्कमा कल गर्न सकिने गरी अल–नेट प्याकेजहरुका साथै ४९ रुपैयाँमा १ दिनका लागि १ एमबीपीएस अनलिमिटेड डाटा प्याकेज र ५९ रुपैयाँमा अनलिमिटेड अन–नेट भ्वाइस एवं ५ एमबीपीएस सम्मको अनलिमिटेड डाटा सहितको अनलिमिटेड नाइट कम्बो प्याक तथा १९९ रुपैयाँमा भ्वाइस तथा डाटा सुबिधा सहितको अनलिमिटेड विक्ली कम्बो प्याक पनि उपलब्ध गराउने भएको छ । यसका साथै कम्बो प्याकेज, अनलिमिटेड प्याकेज लगायतका प्याकेज प्रयोगकर्ताका लागि रिसोर्स समाप्त भएको अवस्थामा सजिलै थप गर्न मिल्ने गरी सहुलियत दरमा एड अन प्याकेजहरु समेत सञ्चालन गरिने टेलिकमले जनाएकाे छ । । ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत पनि यस सम्बन्धमा विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिनेछ ।

बिलिङ प्रणाली स्तरोन्नति गर्दै नेपाल टेलिकम, रिचार्ज र प्याकेज खरिद प्रभावित हुनसक्ने

काठमाडौं । नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्ने भएको छ । टेलिकमले मंगलबार सूचना जारी गरेर बिलिङ प्रणाली स्तरोन्नति परीक्षण कार्य मंगलबार राति ११ बजेंदेखि बुधबार बिहान ६ बजेसम्म हुने जनाएको छ । बिलिङ प्रणाली स्तरोन्नति परीक्षणका क्रममा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद वा सोधपुछ सेवा केही समयका लागि प्रभावित हुनसक्ने टेलिकमले जानकारी दिएको छ । त्यस अवधिमा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद वा सोधपुछ सेवा प्रभावित हुनसक्ने भन्दै उक्त समयभन्दा अगाडि नै आवश्यक पर्ने ब्यालेन्स रिचार्ज तथा प्याकेज खरिद गर्न टेलिकमले आफ्ना ग्राहकहरुलाई अनुरोध गरेको छ । मोबाइल भ्वाइस, डाटा, एसएमएस तथा एफटीटीएच भ्वाइस, डाटा, आईपीटीभी आदि सेवा भने यथावत सञ्चालन हुने सूचनामा जनाइएको छ ।

हुम्लाकाे रानीसैनमा नेपाल टेलिकमकाे भीस्याट प्रविधिबाट सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा हुम्ला, बाजुरा र बझाङको सिमा क्षेत्रमा पर्ने सैपाल हिमालको काखमा अवस्थित रानीसैनमा गत असार ९ देखि टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ । हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ३ मा अवस्थित रानीसैनमा कम्पनीले भीस्याट प्रविधिबाट सेवा सञ्चालन गरेको हो । बाजुरा सदरमुकाम मार्तडी देखि गाडीमा एक दिन र त्यसपछि करिव चार दिन हिडेर तथा हुम्ला सदरमुकाम सिमकोट देखि गाडीमा तीन, चार घण्टा र एक दिन पैदल हिडेर मात्र यो स्थानमा पुग्न सकिने स्थानीय वासिन्दा सोनाम लामाले बताए । यो भन्दा पहिले करिव २० किलोमिटर तल लाम्पाटा र माथि ५ हजार ५ सय मिटर उचाईको साके पुगेर मात्र मोबाइल सेवामार्फत सम्पर्क गर्न सकिने अवस्था थियो । अब भने यहाँका करिव ६ सय बासिन्दाले सहज तरिकाले आफन्तसँग टेलिफोन गर्न सक्ने उनले बताए । सैपाल हिमालको काखमा अवस्थित नाम्खा, रानीसैन खासगरी चरिचरण क्षेत्र हो । यहाँ ६ महिना भन्दा बढी हिउँ पर्ने भएकाले अन्य समयमा मानिसको बसोबास हुँदैन । करिव ३ हजार ६ सय मिटरको उचाईमा अवस्थित सो क्षेत्रमा सेवा सञ्चालन भए पश्चात त्यहाँ बसोबास गर्ने हुम्ला र बाजुरा दुवै क्षेत्रका वासिन्दा लाभान्वित हुने टेलिकमले जनाएको छ । भीस्याट सेवा सञ्चालनका लागि आवश्यक उपकरण हुम्लाको ताँजाकोट जिमाना देखि करिव चार दिन सम्म मानिसले बोकेर रानीसैन पुर्याएका थिए । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए । प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै चालु आर्थिक वर्षमा दार्चुलाको टिंकर, रसुवाको गोसाईंकुण्ड, संखुवासभाको किमाथांका लगायतका स्थानमा भीस्याटमार्फत सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले हटायो नक्सालको कपर प्रविधि, एफटीटीएच नेटवर्कमा स्तरोन्नति

काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, नक्सालमा कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आधुुनिक फाइबर प्रविधिको एफटीटीएच (फाइबर टुु द होम) नेटवर्कमा पूूर्णरूपमा स्तरोन्नति गर्नुका साथै कपर नेटवर्क बन्द (सट डाउन) गरेको छ । यससँगै काठमाडौं उपत्यकाका अधिकांश स्थानको सेवा एफटीटीएचमा स्तरोन्नति भएको छ । बिहीबार दूरसञ्चार कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले पुरानो कपर प्रविधिमार्फत सञ्चालित सेवा बन्द गरिन् । सो अवसरमा प्रबन्ध निर्देशक पहाडीले नेपाल टेलिकमले समय अनुसार नयाँ प्रविधिलाई अवलम्बन गर्ने कार्यलाई निरन्तरता दिइरहेको बताउँदै नेपाल टेलिकमप्रति सेवाग्राहीहरुमा भएको सकारात्मक धारणालाई चीरस्थायी बनाउनका लागि कम्पनीले ग्राहकमैत्री सेवा प्रवाह गर्नुपर्ने र यसका लागि कम्पनीका कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताइन् । कार्यक्रममा बागमती प्रादेशिक निर्देशनालयकी निर्देशक रिना डंगोल र प्रमुख सञ्चालन अधिकृतको कार्यालयका प्रबन्धक शालिग्राम पराजुली लगायत विभिन्न वक्ताहरूले कम्पनीले हाल विभिन्न स्थानमा स्तरोन्नति कार्य जारी राखेको बताउँदै ग्राहकलाई गुणस्तरीय सेवा दिने कार्यलाई सबैले आत्मसात गर्नुपर्ने बताए । दूरसञ्चार कार्यालय, नक्सालका कार्यालय प्रमुख सन्तोष भण्डारीले नक्सालमा ५ हजार क्षमताको एक्सचेन्ज निर्माण भई २०४० पुस १४ गते उद्घाटन भएको जानकारी दिदै हाल क्षमताको ४२ प्रतिशत लाइन सञ्चालनमा रहेको बताए । एफटीटीएच प्रविधि अन्तर्गतको एनटी फाइबरमार्फत सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन् । नेपाल टेलिकमले देशभर रहेका पुरानो कपर प्रविधिलाई विस्थापन गर्ने कार्यलाई जारी राखेको छ । यो कार्य नियमित रूपमा भइरहको छ र केही समयपछि देशभरका सम्पूर्ण नेटवर्क स्तरोन्नति हुने टेलिकमका सहप्रवक्ता परमात्मा भट्टराईले जानकारी दिए ।

रामनदी वृद्धाश्रमलाई नेपाल टेलिकमको सहयोग

काठमाडौं । नेपाल टेलिकमले स्याङ्जाको गल्याङ नगरपालिका रामनदीस्थित श्री शिवपार्वती वृद्धाश्रमलाई सहयोग गरेको छ । वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई जिवनयापन गर्न थप सहज पुर्याउने हेतुले सहयोग सामग्री वितरण गरिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताए । वृद्धवृद्धा जिवनमा लामो अनुभव बटुलेर हुने अवस्था हो, त्यसैले यस अवस्थामा सहयोग गर्नु सबैको जिम्मेवारी रहेको भन्दै उनले नेपाल टेलिकमले सोही जिम्मेवारीलाई बहन गरेको बताए । प्रादेशिक निर्देशनालय पोखराका व्यापार प्रमुख महेन्द्र प्रसाद रिमालले नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्वको बहन गर्दै समाजमा आश्रित रुपमा रहेका वृद्धवृद्धालाई सहयोग गर्दा प्रेरणा प्राप्त हुने बताए । वृद्धाश्रममा उपाध्यक्षको भूमिका निर्वाह गरेका अर्जुन प्रसाद खनालका अनुसार वृद्धाश्रममा कोही पनि छोराछोरी नभएका असहाय वृद्धवृद्धाहरु आश्रय लिएर बसेका छन् । उनिहरुलाई आवश्यक पर्ने खाद्यन्न सामग्री लगायतका विभिन्न सामानहरु वितरण गरेकोमा धन्यवाद व्यक्त गर्दै उनले आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा नेपाल टेलिकम दुरसञ्चार कार्यालय गल्याङका कार्यालय प्रमुख राम राज उपाध्याय, वृद्धाश्रमका सञ्चालक सुनिल श्रेष्ठ, प्रादेशिक निर्देशनालय पोखराका व्यापार अधिकृतद्वय रजनिश पौड्याल, भरत बास्तोला लगायतले वृद्धाश्रमको सहयोगका लागि सबैले आ–आफ्नो ढंगले सहयोग गर्नुपर्ने बताउँदै सामग्री वितरणमा सहयोग गरे ।

नेपाल टेलिकमबाट एसईईको नतिजा हेर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा थाहा पाउनका लागि विभिन्न सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले एक विज्ञप्तिमार्फत  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०८० सालको एसईई परीक्षाको नतिजा विभिन्न तरिकाबाट थाहा पाउन सकिने जानकारी दिएको छ । टेलिकमका अनुसार ल्यान्डलाइन वा मोबाइल फोनबाट सिधै १६०० डायल गरी प्राप्त निर्देशन अनुसार गरेमा नतिजा थाहा पाउन सकिनेछ । त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ । नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np मार्फत मार्कसिट सहितको नतिजा हेर्न सकिने टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए । उनका अनुसार नतिजा प्रकाशित भएको केही समयपछि यो सुविधा प्रयोग गर्न सकिन्छ । एसईईको परीक्षा असार दोस्रो साताभित्रै प्रकाशन गर्ने परीक्षा बोर्डको तयारी छ ।

माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्पमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रलाई लक्षित गरी फोरजी मोबाइल सेवा विस्तार गरेको छ । कास्की जिल्लाको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा सेवा सञ्चालनमा ल्याएको हो । यसैगरी उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको टुजी मोबाइल सेवालाई स्तरोन्नति गरी सो क्षेत्रमा पनि फोरजी सेवा सञ्चालनमा ल्याइएको छ । समुद्री सतहबाट करिब ४ हजार मिटरको उचाईमा रहेका कास्की जिल्लाका मनमोहक पर्यटकीय स्थलहरु माछापुच्छ्रे बेस क्याम्प एवं अन्नपूर्ण बेस क्याम्पमा सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटक तथा यस भेगका पर्यटनलगायत अन्य व्यवसायीसमेत नेपाल टेलिकमको फोरजी मोबाइल सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीको छ ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि १७ जनाको उम्मेदवारी, एनटीसी भित्रकै तीन जना भिड्दै

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन् ।  यसअघि जेठ २२ मा खुलाएको दरखास्तमा मंगलबार अन्तिम दिनसम्म १७ जनाले आवेदन दिएकाे सञ्चार तथा सूना प्रविधि मन्त्रालयले जनाएकाे छ । सूचनाअनुसार आवेदन दिनेहरूमा टेलिकमका तीन जना निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी, अनिल कुमार झा र शालिग्राम पराजुली छन् । यसैगरी बिमल आचार्य, राजेश जोशी, अनन्तप्रकाश मल्लिक, वुद्धिप्रसाद आचार्य, शालिकराम सुवेदी, रमेशप्रसाद जोशी, कमल लामिछाने, केदारनाथ कोइराला, नगेन्द्रकुमार दास, सुभाष शाह, लक्ष्मण महर्जन, कृष्णप्रसाद भण्डारी, चिन्तामणि बराल र प्रेमप्रसाद सिलवालको पनि आवेदन परेको छ । आवेदनका लागि ३५ वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेको, मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने न्यूनतम मापदण्ड राखिएको थियो ।

नेपाल टेलिकमले ल्यायो जीएसएम मोबाइल र एफटीटीएचमा प्याकेज

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुका लागि जीएसएम मोबाइल तथा एफटीटीएच (फाइबर टु द होम) मा विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने भएको छ । यी अफरहरु भोलि (२०८१ असार १) देखि लागु हुने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार अब सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजना अन्तर्गत ५९९ रुपैयाँमा कम्पनीकै नेटवर्कमा असीमित कल गर्न सकिने ( अनलिमिटेड अन–नेट भ्वाइस) तथा अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने (अफ–नेट भ्वाइस) सेवा सहितको सजिलो ५९९ भ्वाइस प्याक उपलब्ध हुनेछ । त्यसैगरी सजिलो ६३६ प्याक अन्तर्गत ६३६ रुपैयाँमा अनलिमिटेड अन–नेट भ्वाइस, १५० मिनेट अफ–नेट भ्वाइस तथा १०० अन–नेट एसएमएसका साथै ९ जीबी डाटा सेवा उपलब्ध हुनेछ । यसका साथै सजिलो ७९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस, ३० जीबी डाटा र १५० अन–नेट एसएमएस सेवा उपलब्ध हुनेछ भने सजिलो ९९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस सेवा, ६० जीबी डाटा र २०० अन–नेट एसएमएस सेवा उपलब्ध हुनेछ । कम्पनीले उच्च मात्रामा भ्वाइस तथा डाटा सेवा प्रयोग गर्ने सेवाग्राहीको मागलाई मध्यनजर गरी सजिलो १४९९ प्याक र सजिलो १९९९ प्याक पनि सञ्चालनमा ल्याएको छ । सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने गरी समयावधि तोकिएको छ । यसका साथै अन्य आकर्षक प्याकेजहरु समेत कायम राखिएको छ । इन्डिया भ्वाइस कल प्याकेज अन्तर्गत ८० रुपैयाँमा १ दिन प्रयोग सकिने २० मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ भने २७० रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने ७५ मिनेटको भ्वाइस सेवा उपलब्ध हुने कम्पनीले शुक्रबार जारी गरेको विज्ञप्तीमा बताइएको छ । त्यसैगरी एफटीटीएचका विभिन्न प्याकेजलाई अझै ग्राहकमैत्री बनाइएको छ । प्रिमियम एफटीटीएच प्याकेजहरुमा डाटा मात्र, बेसिक आईपीटीभी तथा प्रिमियम आईपीटीभीका प्याकेजहरु, भ्वाइस सेवामात्र प्रयोग गर्ने ग्राहकहरुका लागि बेसिक आईपीटीभी तथा प्रिमियम आईपीटीभी प्याकेजहरु र एक्सजीपीओन प्याकेजहरुमा डाटामात्र, बेसिक आईपीटीभी तथा प्रिमियम आईपीटीभीका प्याकेजहरु समेत सुलभ दरमा उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ ।

यी हुन् नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा ल्याएका अफर

काठमाडौं । नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा ‘रिपब्लिक डे’ अफर सार्वजनिक गरेको छ । टेलिकमले जेठ १५ मा स्थापना भएको गणतन्त्र दिवसको अवसरमा आफ्ना ग्राहकहरूका लागि ‘रिपब्लिक डे’ अफर उपलब्ध गराउने भएको हो । कम्पनीका अनुसार सो अफर सोमबारदेखि प्रारम्भ भई आगामी जेठ १६ सम्म (बुधबार) लागु हुनेछ । यस अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । यसैगरी डाटा प्याकेज अन्तर्गत १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, २९९ रुपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ । यही अफर अन्तर्गत ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रूपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने छ । आगामी जेठ १६ गतेसम्म ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेजहरू खरिद गर्न सकिनेछ ।

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी डाटा चलाउनका लागि विभिन्न प्रकारका इन्टरनेट सुविधा उपलब्ध गराइरहेको जनाएको छ । कम्पनीका अनुसार हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न सेवाहरुमध्ये इन्टरनेट सेवा एक हो । यसका लागि कम्पनीले विभिन्न वैकल्पिक प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । हाल उपलब्ध गराइरहेको एफटीटीएच प्रविधिको एनटी फाइबर सेवा, मोबाइलमा उपलब्ध हुने फोरजी सेवा र नमस्ते वाइफाई सेवा सेवाग्राहीका लागि रुचिकर बनेको छ । एनटी फाइबर  टेलिकमले देशका अधिकांश भू–भागमा फाइबर टु द होम (एफटीटीएच) सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले यसलाई एनटी फाइबर ब्रान्ड नाममा बिक्री–वितरण गरिरहेको छ । अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा समेत प्रयोग गर्न सकिन्छ । त्यसैगरी ग्राहकको आवश्यकता अनुसार दैनिक रुपमा मोबाइलमा समेत डाटा उपलब्ध हुन्छ । एउटै तारबाट आवश्यकता अनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात् ‘अब एउटैमा तीन प्लस १’ सेवा नामकरण गरेको छ । नेपाल टेलिकमले ५०, ७५, १००, १५० र २०० एमबीपीएसको गतिमा एनटी फाइबर सेवा उपलब्ध गराइरहेको जनाएको छ । कम्पनीका सेवाग्राहीहरूले कम्पनीद्वारा तोकिएको गति अनुसारकै गुणस्तरीय सुविधा उपभोग गर्न पाउछन् । कम्पनीले तोके बमोजिमकै ब्यान्डविथ उपलब्ध गराइरहेको छ । एनटी फाइबर सेवा प्राप्त गर्न चाहने सेवाग्राहीले १९८ मा डायल गरी प्राप्त सन्देश पश्चात फेरि १ डायल गरी आफूलाई आवश्यक पर्ने सेवाका बारेमा जानकारी पाउनुका साथै डिमान्ड रजिस्ट्रेसन पनि गर्न सक्नेछन् । आकर्षक मोबाइल डाटा नेपाल टेलिकमले प्रिपेड तथा पोस्टपेड दुवै मोबाइलमा प्रयोग गर्न सकिने मोबाइल डाटा उपलब्ध गराइरहेको जनाएको छ । ग्राहकले आवश्यकता अनुसार कम वा धेरै मूल्यको डाटा प्रयोग गर्न सक्ने गरी प्याकेज निर्धारण गरिएकाे कम्पनीले जनाएको छ । हाल कम्पनीले स्प्रिङ अफर अन्तर्गत विभिन्न दरका आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ । यस अन्तर्गत अनलिमिटेड डाटा प्रयोग गर्न सकिने सुविधा समेत छ । त्यसैगरी पोस्टपेड प्याक, फोरजी प्याक, डे प्याक, नाइट प्याक, स्टे कनेक्टेड प्याक, पपुलर प्याक आदि उपलब्ध छन् । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले एस्ट्र१४१५ह्याजकी डायल गर्नुपर्छ । नमस्ते वाइफाई यस्तै टेलिकमले फोरजी एलटीई प्रविधिमा आधारित नमस्ते वाइफाई सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले एफटीटीएच सेवा उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो सेवा विस्तार गरेको हो । टेलिकमले नमस्ते वाइफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराइरहेको छ । नमस्ते वाइफाई अन्तर्गत डाटा मात्र चलाउन चाहने ग्राहकका लागि ‘अनलिमिटेड डाटा वान्ली’ र ‘अनलिमिटेड डाटा विथ भ्वाइस’ प्याकेज उपलब्ध छ । यस अनुसार डाटा मात्र चलाउनका लागि अनलिमिटेड बेसिक र अनलिमिटेड प्रिमियम प्याकेज उपलब्ध छन् भने भ्वाइस सहितको डाटा चलाउनका लागि पनि बेसिक र प्रिमियम प्याकेज उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमको खुद नाफा ५ अर्ब ५९ करोड

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको छ । नेपाल टेलिकमले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको जनाएको हो । टेलिकमको यो नाफा अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा ३.३५ प्रतिशतले बढी हो । गत वर्ष टेलिकमले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । चैतसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी भने घटेको छ । टेलिकमले गत वर्ष २७ अर्ब ३४ करोड रुपैयाँ सञ्चालग आम्दानी गरेको थियो । हाल कम्पनीको सञ्चालन आम्दानी घटेर २५ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ । यस्तै, वित्तीय आम्दानी पनि ५ अर्ब ७० करोडबाट घटेर ५ अर्ब १८ करोड रुपैयाँमा झरेको छ । टेलिकमको अन्य स्रोतबाट हुने आम्दानी भने बढेको छ । उक्त आम्दानी १६ करोड ११ लाख रुपैयाँबाट बढेर ५३ करोड रुपैयाँ पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी अहिले बढेर ४१ रुपैयाँ ४४ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी ४० रुपैयाँ ९ पैसा थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ५ सय १२ रुपैयाँ ९९ पैसा छ ।

नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर, यस्ता छन् सुविधा 

काठमाडौं । नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार १८ रुपैयाँमा १ दिन सम्म सबै नेटवर्कमा कल गर्न सकिने (अल नेट) २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक उपलब्ध छ भने ३५ रुपैयाँमा २ घण्टा सम्म प्रयोग गर्न सकिने २ हावर डाटा प्याक उपलब्ध छ । यी बाहेक विभिन्न दरका भ्वाइस, डाटा र एसएमएस प्याक समेत उपलब्ध छन् । नयाँ भ्वाइस प्याकेज अन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट, १५० मिनेट र ५३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ भने ३५ दिन सम्म जुनसुकै समय र जुुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने १४०० मिनेट अल नेट भ्वाइस प्याक ५९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ डाटा प्याकेज अन्तर्गत २४ रुपैयाँमा १ हावर भ्वाईस एण्ड डाटा प्याकेज उपलब्ध हुनेछ । सो प्याकेज खरिद गरेमा एक घण्टा सम्म कम्पनीकै नेटवर्कमा (अन–नेट) अनलिमिटेड कल गर्न र डाटा चलाउन सकिन्छ । त्यसैगरी २० रुपैयाँमा १ दिनका लागि ६०० एमबी डे डाटा प्याक र ८० रुपैयाँमा ३ दिन सम्म चलाउन सकिने तथा १०९ रूपैयाँमा ७ दिन सम्म चलाउन सकिने ३ जीबी डाटा प्याक उपलब्ध हुनेछ । यी वाहेक ३९९ रूपैयाँमा २८ दिन सम्म चलाउन सकिने १३ जीबी डाटा प्याक उपलब्ध हुनेछ । यसैगरी प्रिपेड तथा पोस्टपेडमा उपलब्ध सजिलो अनलिमिटेड प्याकहरु परिमार्जन गरिएको छ भने नयाँ प्याकेजको रुपमा सजिलो एक्जिक्युटिभ प्याक सञ्चालन भएको छ । जीएसएम टुजी वा थ्रीजी सिम प्रयोगकर्ताहरुलाई फोरजी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले नयाँ आकर्षक अफर उपलब्ध गराइने भएको छ । यसरी टुजी वा थ्रीजी प्रयोगकर्ताले आफ्नो सिमलाई फोरजीमा एक्टिभेट गरेमा ३ जीबी डाटा, १०० मिनेट भोल्टी भ्वाइस कल र ५० अन–नेट एसएमएस सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ । यो अफर शुक्रबारदेखि उपलब्ध हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।