सेयर बजारमा ४९ अंकको उतारचढाव

काठमाडौं । बुधबारको बजारमा तीव्र उतारचढाव देखिएको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचकमा ४९.१६ अंकको उतारचढाव देखिएको हो । दिनभरको कारोबारमा परिसूचक न्यूनतम २६९४.०६ बिन्दुबाट अधिकतम २७४३.२२ बिन्दुसम्म पुगेको थियो । तर अन्त्यमा २७३४.९४ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा सामान्य १.८२ अंक अर्थात ०.०७ प्रतिशतले बढी हो । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । मंगलबार ४ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बुधबार भने ४ अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार जस्तै बुधबार पनि एटीसीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन २६ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीको कारोबारसँगै सेयर मूल्य पनि ८ रुपैयाँले बढेर प्रतिकित्ता १४६५ रुपैयाँ पुगेको छ । बजारमा मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात ९.४७ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा गोर्खाज फाइनान्स रहेको छ । संस्थाको सेयर मूल्य २.५५ प्रतिशतले घटेर प्रतिकित्ता ८४२ अंकमा झरेको छ ।

अर्थमन्त्रीले नै सेयर बजारलाई जुवा घर भनेपछि धितोपत्र बोर्डबाट बाहिरिएँ

नेपालको सेयर बजार भर्खर बामे सर्न लागेको छ । म २०६४ भदौदेखि करिब १५ महिना नेपाल धितोपत्र बोर्डको अध्यक्ष भए । त्यतिबेला धितोपत्र बोर्ड भन्ने नै चिनिएको थिएन । त्यतिबेलासम्म स्टक एक्स्चेन्ज भनेर मात्र चिनिएको थियो । बोर्डमा नियमावलीहरू बन्ने तर, पास हुन नसक्ने अवस्था थियो । नियमावली बनाउने काम हुन थाल्यो कि विरोध सुरु भइहाल्ने प्रवत्तिले नियमावलीहरू बन्न सकेका थिएनन् । मैले ६ महिनाभित्रमा ११ वटा नियमावली बनाएर पास गर्ने काम गरें । धितोपत्र नियमावलीदेखि लिएर सेयर खरिदबिक्री, स्टक एक्स्चेन्ज नियमावलीसमेत बनाउने काम गरें । त्यतिबेला एउटै व्यक्तिले बोरामा नागरिकता ल्याएर ५०/६० हजारको सेयर भर्ने गर्थे । नागरिकताको फोटोकपी ल्याउने र विभिन्न व्यक्तिको नाममा सेयर भर्ने प्रवृत्ति अत्यधिक थियो । त्यसरी बोरामा नागरिकता ल्याएर सेयर भर्ने चलन तोड्न निकै कठिन भएको थियो । सेयर बजारमा केही व्यक्ति मात्र सीमित थिए । सेयर बजार ‘अटोमेसन’मा जाने त परैको कुरा ‘सेमिअटोमेसन’मा पनि गएको थिएन । केही सीमित व्यक्तिहरूले कलेजका विद्यार्थीलाई सेयर भर्न लगाएर विभिन्न व्यक्तिको नामबाट प्राथमिक निष्कासन (आईपीओ) भर्ने चलन थियो । नेपालमा जस्तो बोरामा नागरिकता जम्मा गरेर सेयर भर्ने चलन विश्वका कुनै पनि मुलुकमा थिएन । विश्वमा कहीं पनि एउटाको नागरिकता फोटोकपी गरेर अर्कोले सेयर भर्ने चलन थिएन । बोरे प्रवृत्ति निरुत्साहित गर्न अनेक उपाय अपनाउनु परेको थियो । सेयर बजारलाई पारदर्शी बनाउन नियमावलीहरु ल्याउनु आवश्यक थियो । त्यसका लागि सबै लगानीकर्तालाई सेयरमा सहभागी बनाउने अभियान थालियो । बैंकमा खाता खोलेकाले मात्र आईपीओ भर्न पाउनुपर्ने नियमावली आयो । नागरिकताको फोटोकपी ल्याएर र मृत्यु भएका मानिसको फोटो टाँसेर सेयर बजारमा लगानी गरिन्छ भन्ने सूचनाका आधारमा बैंकमा छापा मार्दा साढे तीन लाख कित्ता अनधिकृत सेयर भरेको भेटियो र प्राप्त नागरिकता तथा फारामहरू सार्वजनिक गर्ने काम भयो । आगामी दिनमा त्यस्तो काम नगर्ने सर्तमा संलग्न व्यक्तिलाई छोडिएको थियो भने फारामहरू रद्द गरियो । सेयरमा लगानी गर्नेले एउटा नागरिकताको फोटीकपी दुई सयदेखि पाँच सयसम्म तिरेर गाउँबाट ल्याउने गरेको अध्ययनका क्रममा भेटियो । लगत्तै गैरकानुनी कामलाई निरुत्साहित गर्न बैंकमा खाता खोलेकाले मात्र सेयर भर्न पाउने व्यवस्थासहितको नियमावली धितोपत्र बोर्डले बनायो र पहिचान गर्न केही सहज भयो । बोर्डले बनाएको नियमावली अर्थ मन्त्रालयले स्वीकृत गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकमा त्यसबेला कायममुकायम गभर्नर कृष्णबहादर मानन्धर हुनुहुन्थ्यो । उहाँले बैंकिङ क्षेत्रलाई गाह्रो हुन्छ भनेर नियमावली कार्यान्वयनमा नलैजाने मनसाय राख्नुहुन्थ्यो । राष्ट्र बैंक र बोर्डको प्रतिनिधि बसेर नागरिकता सक्कली कि नक्कली छानविन प्रस्ताव राख्नुभएको थियो र लामो छलफलपछि कार्यान्वयनमा सहमत हुनुभएको थियो । त्यतिखेर कलेजका विद्यार्थीहरूको नक्कली नागरिकताको फोटोकपी गर्दै सेयर भर्ने र सेयर भरेवापत महिनाको ६ देखि ८ हजार रुपैयाँ कमाउने खेलो हुँदो रहेछ । नियमावलीमा बैंकमा खाता अनिवार्य भएको हुनुपर्ने व्यवस्था गरिँदा मेरो विरोधमा नारा जुलुस पनि भए । लगानीकर्ता, ब्रोकरहरूसमेत डिलिगेसनमा गए । त्यतिबेला धितोपत्र बोर्डको कार्यालय थापाथलीमा थियो । चार महिनासम्म उनीहरूले मेरो कार्यकक्ष घेरे । कजेलका विद्यार्थी, एकाध लगानीकर्ता र दलालले सेयर खरिद गर्न बैंकमा खाता खोल्नुपर्ने व्यवस्था फिर्ता लिन दबाब दिए । प्रधानमन्त्रीकहाँ जलुस जाने, बैंकका मानिसलाई उचालेर असहज स्थिति पैदा गर्ने काम गरे । सुरक्षाको लागि प्रहरी बोलाउँदासमेत नआउने परिस्थिति निर्माण भएको थियो । उच्छृङ्खल समूहले धितोपत्र बोर्डको कार्यालय र त्यहाँ रहेका सामग्री जलाइदिन्छु भन्न थालेपछि चिनेको साथी एसपी सुशीलवरसिंह थापालाई भनेर १५ जना प्रहरी राखेर चार महिनासम्म काम गरें । बोर्डको अध्यक्षले हाम्रो दानापानी हटाइदियो भनेर सबै संगठनको जुलुस बिहान बोर्डमा आउने र साँझ जाने गर्थ्यो । अहिले सम्झिँदा लाग्छ नेपाल विचित्रकै देश हो । त्यतिबेला धितोपत्र दलाल व्यवसायी (ब्रोकर) २०/२२ जना मात्र थिए । ब्रोकरहरूको मनोमानी बढेपछि ब्रोकर थप्नुपर्छ भनेर आवाज उठ्न थाल्यो । विस्तारै सेयर बजारमा लगानीकर्ता बढ्दै गए । सेयर बजार ‘सेमी-अटोमेसन’मा गयो । त्यसपछि स्टक एक्स्चेन्ज र धितोपत्र बोर्डको सम्बन्ध पनि विस्तारै सुधार हुँदै आएको थियो । स्टक एक्सचेन्जको हालत पनि उस्तै छ । सफ्टवेयर महँगो छ । आवश्यक सफ्टवेयर किन्न सकिएको छैन । स्टक एक्सचेन्ज र बोर्डको आधुनिकीकरणबिना सेयर बजार अगाडि बढ्न सक्दैन । १५ महिना बोर्डमा बस्दा सेमी-अटोमेसन, ब्रोकर संख्या थप्ने, विनियमावली बनाउने, कमोडिटी एक्स्चेन्जलाई अगाडि बढाउनुपर्छ भन्ने निर्णय भयो । नियमावलीहरू ल्याउँदा बोर्डकै कर्मचारी पनि असन्तुष्ट हुने स्थिति पैदा भयो । विरोध गर्ने बोर्डका २/३ जना व्यक्तिलाई कार्यक्रममा सहभागी गराउन विदेश पठाएरसमेत नियमावली ल्याउनुपरेको थियो । त्यतिबेला मलाई साथ दिनेमा बोर्डका तत्कालीन सञ्चालक बाबुराम रेग्मी हुनुहुन्थ्यो । त्यतिखेर अर्थ मन्त्रालयका सहसचिव विमल वाग्लेले पनि मलाई ठूलो सहयोग गर्नुभएको थियो । त्यतिबेला सञ्चालकहरूले मलाई साथ दिएकै कारण नेपालको सेयर बजारको आधार (बेस) तयार भएको थियो । अहिले त्यही धरातल (फाउन्डेसन) मा उभिएर बोर्डले काम गरेको छ । तर, जुन रफ्तारबाट धितोपत्र बोर्ड अगाडि बढनपर्ने हो, त्यो हिसाबले अगाडि बढ्न भने सकेको छैन । त्यतिबेलै कमोडिटी एक्सचेन्ज (वस्तु बजार कारोबार स्थल) नहुँदा ठगियौं भनेर वस्तु बजारका लगानीकर्ताहरू नियमन गरिदिन आग्रह गर्दै धितोपत्र बोर्डमा पटक-पटक जुलुस आउने गरेको थियो । कमोडिटी मार्केट सञ्चालन गर्ने उद्देश्यसहित बोर्डले बनाएको नियमावलीको मस्यौदा अर्थ मन्त्रालयले बेला भएको छैन भन्दै फिर्ता पठायो । १६ वर्षपछि अहिले बल्ल कमोडिटी मार्केट सञ्चालन गर्नका लागि प्रक्रिया सुरु भएको छ । कमोडिटी मार्केट सञ्चालन गर्न गरिएका सबै प्रयास खेर गए । त्यतिबेलै कमोडिटी मार्केट सञ्चालन भएको भए अहिले कमोडिटी मार्केटको महत्व स्थापित भइसक्ने थियो । कमोडिटी मार्केट नहुँदा धेरै ठगिए । त्यतिबेलै एउटा स्टक एक्सचेन्जले पुग्दैन, अर्को खोल्नुपर्छ भन्ने आवाज उठेको थियो । २-३ वटा अरू स्टक एक्सचेन्ज खोल्नुपर्छ भन्ने बहस अझै जारी छ । विभिन्न देशमा क्षेत्रीय (रिजनल) स्टक एक्सचेन्जहरू मर्ज भइरहेका थिए । भारतमा पनि प्रदेशका स्टक एक्सचेन्जहरू मर्ज भएर बम्बई स्टक एक्सचेन्ज र नेसनल स्टक एक्सचेन्ज दुईवटा भएको स्थितिमा नेपालमा थप स्टक एक्सचेन्जको जरुरी देखिंदैन । अन्य मुलुकमा स्टक एक्सचेन्जहरू मर्ज भइरहेका बेला हामीकहाँ अरू स्टक एक्सचेन्जको पक्षमा किन वकालत गरिरहेका छौं, बुझ्न सकेको छैन । केही सीमित व्यक्ति मात्र नयाँ स्टक एक्सचेन्जका पक्षमा लबिइङ गरिरहेका छन् । मैले सुरुदेखि नै नयाँ स्टक एक्सचेन्ज आवश्यक नरहेको बताउँदै आएको छु । सानो बजार छ । भएको स्टक एक्सचेन्जलाई पूर्ण रूपमा अटोमेसनमा लैजान आवश्यक छ । प्राथमिक सेयर भर्ने प्रक्रियामा सुधारसंगै सेयर बजार निरन्तर बढ्दो क्रममा देखिएकाले सबैको चासो बढ्न पुगेको थियो । म बोर्डमा रहेकै बेला २०६५ भदौ १५ गते सेयर बजार सूचक नेप्से ११७५ अंकमा पुगेको थियो । धितोपत्र बोर्डको कामहरू सबैले थाहा पाउन थाले । सेयर बजारमा पनि नियामक छ भन्ने आभास भयो । सेयर के रहेछ भनेर धेरैले चासो दिन थाले । राम्रो कम्पनी छानेर सेयरमा लगानी गर्न व्यापक प्रचार-प्रसार सुरु भयो । त्यतिबेलै ५० हजारको हाराहारीमा रहेका लगानीकर्ता छोटो समयमै बढेर १४/१५ लाखको हाराहारीमा पुगे । नयाँ लगानीकर्ता सेयर बजारमा भित्रिए । सेयर बजारबाट कमाउनेले पनि मनग्ये कमाए । नेप्सेले उचाइ लिइरहेकै बेला सरकार परिवर्तन भयो । माओवादी सरकारमा आयो । सरकारसँग पुँजी बजारलाई हेर्ने दृष्टिकोणमा असहमति देखिन थाल्यो । राजनीति टकराव बढेसँगै मैले बोर्डबाट राजीनामा दिएँ । उचाइमा पुगेको सेयर बजार सरकारप्रति अविश्वास जनाउँदै निरन्तर घटन थाल्यो र २९२ अंकसम्म झर्न पुग्यो । राजनीतिक नेतृत्वले सेयर बजारलाई त्यति राम्रो रूपमा नलिएकै कारण निरन्तर बजार घटिरह्यो । स्वभाविक रूपमा बजार बढेका बेला सेयरमा लगानीकर्ताको आकर्षण बढ्छ । त्यसबेला दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकका धितोपत्र बोर्डका अध्यक्षहरू जम्मा भएर सार्कभित्र एकआपसमा सेयर किनबेच गर्नुपर्छ भनेर सम्झौता पनि भएको थियो । एउटा देशको नागरिकले अर्को देशको सेयर किन्न सक्ने व्यवस्था गर्ने भनेर कुरा भयो । पछि नेपालको ‘ब्याकवार्ड’ सेयर मार्केट भएकाले भारतबाट विज्ञ ल्याएर शिक्षा दिने काम पनि भयो । अर्थमन्त्रीका रूपमा आएका माओवादीका नेता डा. बाबुराम भट्टराईले ‘सेयर बजार भनेको जुवा घर हो यसलाई बन्द गर्नुपर्छ’ भन्ने आशयको अभिव्यक्ति दिएपछि बजार निरन्तर घट्न सुरु गरेको थियो । मैले सेयर बजार जुवा घर नभएर लगानी संकलन गर्ने ठाउँ भएकाले सूचीकृत कम्पनीहरूलाई राम्रो हुने र देशको पुँजीलाई संरक्षित तथा एकीकृत गर्दै लगानी गर्न पाइने भएकाले देशको आर्थिक वृद्धिलाई सहयोग पुग्ने हिसाबले व्याख्या गर्दै आएको थिएँ । सेयर बजार भनेको पँजी संकलन गर्ने केन्द्र हो । यसमा खेल्ने मानिसको पैसा दुई हजारबाट एक रुपैयाँमा आउन सक्छ । तर, खपत हुँदैन । जुवामा त हारेपछि सबै सकिन्छ । सेयर खरिद बिक्री भनेको हारजित होइन । कम्पनी हेरेर सेयर किन्ने हो भन्दा अर्थमन्त्री र मेराबीचमा दुई-चार ठाउँमा विवाद पनि भयो । माओवादी नेतृत्वले नै सेयर बजारलाई जुवा घर भनेको र त्यसमा अन्य कोही पनि बोल्न नचाहेको अवस्था देखिएपछि बोर्डबाट बाहिरिनु नै उत्तम ठानें । ३९ वटा कम्पनीले पब्लिकलाई सेयर बिक्री गरेर भागेका छन् । युनिटीजस्ता कम्पनी दर्ता नभई सेयर बिक्री गरेर भागे । युनिटी लाइफको ठगीधन्दामा त राष्ट्रपति, प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्री पनि संलग्न रहेछन् । त्यतिबेला बोर्डका कर्मचारीले सेयर कारोवार गर्ने गर्दथे । त्यसैले बोर्डले आचारसंहिता बनाएर बोर्डका सदस्य र कर्मचारीले मात्र होइन कर्मचारीका नातेदारलाई समेत सेयर खरिद बिक्री गर्न नहुने व्यवस्था लागु गरियो । सेयर बिक्री गरेर हिँड्ने कम्पनीहरू धागो कारखाना, सोयाबिन तेल, एभरेडी ब्याट्रीहरूलाई कालोसूचीमा राखिएको थियो । यी कम्पनीका सञ्चालकले सेयर बिक्री गरे अनि भागे । धितोपत्र बोर्डले सूचना निकालेर ३९ वटा कम्पनीलाई कारवाही गरेको थियो । ३९ वटा कम्पनी सेयर बिक्री गरेर सर्वसाधारण (पब्लिक) को पैसा खाएर भागेकाले कारबाहीका लागि अर्थ मन्त्रालयलाई अनुरोध पनि गर्यौं । त्यतिबेलै हो, युनिटी लाइफको ठगीधन्दा बाहिरिएको पनि । युनिटीले धमाधम सेयर बिक्री गरेको मात्र होइन बीमा पनि गरेको रहेछ । सूचीकृत नभएको कम्पनीले सेयर बिक्री गर्न नपाउने जानकारी सबैलाई गरायौं । बोर्डको अध्यक्ष, समितिका अध्यक्ष, राष्ट्र बैंकका डेपुटी गभर्नर, कम्पनी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार भएर युनिटीले बद्मासी गरेको लाखौं मानिसलाई सदस्य बनाएर ठूलो रकम दुरुपयोग गरेको ठहर गरी पत्रिकामा सूचना निकालेर सर्वसाधारण नागरिकलाई सुसूचित गराउने काम गरियो । पछि मात्रै थाहा भयो युनिटीमा त राष्ट्रपति, प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्री पनि संलग्न रहेछन् । यस्ता घटनाले सेयर बजारलाई अनेक रूपमा बदनाम गर्ने कोसिस गर्यो । दई सयभन्दा बढी सूचीकृत कम्पनीलाई नियमन गर्न ठूलै टिम चाहिन्छ । ५० जना कर्मचारीले सक्दैन । गलत व्यक्तिहरूले सेयरका नाममा पैसा उठाएर भाग्ने चलन त्यति बेलादेखि रोक्न लगाइयो । गलत व्यक्तिहरू बजारमा छिर्न रोकियो । सेयर बजारबाट पैसा लिएर भागेकाहरूलाई भने अहिलेसम्म कारबाही हुन सकेको छैन । ३९ वटा कम्पनीले पब्लिकलाई सेयर बिक्री गरेर भागेका छन् । युनिटीजस्ता कम्पनी दर्ता नभई सेयर बिक्री गरेर भागे । राष्ट्र बैंकबाट स्वीकृति नलिई पाँच अर्बजति निक्षेप लिएर लुट्ने काम भयो । यी विभिन्न घट्नाबाट सेयर बजारप्रति सर्वसाधारण जागरुक भए । तर, जुन रूपबाट संस्था विकास हुनुपर्ने हो, त्यो भएको छैन । जग (फाउन्डेसन) अझै बलियो हुन सकेको छैन । धितोपत्र बोर्डको आफ्नै भवन बनाउन सातदोबाटोमा तीन रोपनी जग्गा किनिएको थियो । अहिले पनि बोर्डको आफ्नै भवन नभएकाले कार्यालय सारेको सार्यै छ । कर्मचारीहरूले विज्ञता हासिल गरिसकेका छैनन् । दई सयभन्दा बढी सूचीकृत कम्पनीलाई नियमन गर्न ठूलै टिम चाहिन्छ । ५० जना कर्मचारीले सक्दैन । कर्मचारीको वृत्ति विकास हुन सकेको छैन । भने भौतिक संरचनाको पनि अभाव छ । स्टक एक्सचेन्जको हालत पनि उस्तै छ । सफ्टवेयर महँगो छ । आवश्यक सफ्टवेयर किन्न सकिएको छैन । स्टक एक्सचेन्ज र बोर्डको आधुनिकीकरणबिना सेयर बजार अगाडि बढ्न सक्दैन । गैरआवासीय नेपाली (एनआरएन)हरूलाई सेयर बजारमा भित्र्याउनुपर्छ भन्ने कुरा उठेको पनि मेरे पालादेखि हो । नेपाली पैसामा लगानी गर्न पाए पनि विदेशी मुद्रा प्रयोग गर्न पाइरहेका छैनन् । ‘करेन्सी कन्भर्टेबिलिटी’को समस्या छ । राष्ट्र बैंक र धितोपत्र बोर्ड बसेर सल्टाउनुपर्छ । सफ्टवेयर अभावमा ‘इन्ट्रा डे’ कारोबार हुन सकेको छैन । बजारमा सबैभन्दा ठूलो समस्या भित्री कारोबार (इन्साइडर ट्रेडिङ) को हो । अमेरिकामा भित्री कारोबार भएको पुष्टि भए १०/१५ वर्ष जेल हुन्छ । नेपालमा राम्रोसँग इन्साइडर ट्रेडिङबारे बोर्डले अध्ययनसमेत गर्न सकेको छैन । सेयर बजार अझै परिपक्व भएर अघि बढ्न सकेको देखिदैन । प्रविधि महंगो हुन्छ । नयाँ सफ्टवेयर ल्याउनुका साथै जनतालाई सुसूचित गर्नुपर्ने, भौतिक संरचना त्यही किसिमको बनाउनुपर्ने, कर्मचारीको क्षमता वृद्धि गर्नुपर्ने काम नगरीकन गफ दिएर मात्र सेयर बजारको विकास हुँदैन । अरू देशलाई हेर्दा नेपालले जुन रफ्तारमा सेयर बजारको विकास गर्नुपर्ने हो त्यो हुन सकेको छैन, जुन दुःख लाग्दो छ । (डा. नेपाल, पूर्वगभर्नर तथा नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष हुन् ।) -नाफिज जर्नल अर्थचित्रबाट साभार

सेयर बजारः परिसूचकमा देखियो सुधार, कारोबार भने ३ अर्ब ९२ करोडमा सीमित

काठमाडौं । सोमबारको बजारमा नेप्से परिसूचकमा सुधार देखिएको छ । आइतबार ओरालो लागेको नेप्से परिसूचक सोमबार ७.९० अंकले बढेर २७६५.४४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२९ प्रतिशतले बढी हो । परिसूचकमा सुधार देखिएपनि कारोबार रकम भने घटेको छ । दिनभरको कारोबार रकम ३ अर्ब ९२ करोड रुपैयाँमा सीमित भएको छ । आइतबारको बजारमा भने ४ अर्ब ३५ करोडको सेयर कारोबार भएको थियो । आइतबारजस्तै, सोमबारको बजारमा पनि महालक्ष्मी विकास बैंकको उच्च कारोबार भएको छ । बैंकको दिनभरमा ३४ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, बजारमा दुई कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । मान्षी लघुवित्त वित्तीय संस्था र चन्द्रागिरी हिल्सको सेयर मूल्य क्रमशः १० र ९.७५ प्रतिशतले बढेर सर्किट लेभलमा किनबेच भएको हो । यससँगै यी दुईको सेयर मूल्य क्रमशः प्रतिकित्ता १८०९ र १७०० रुपैयाँ पुगेको छ । सोमबार कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा बढी ३.७० प्रतिशतले घटेको छ । यससँगै संस्थाको सेयर मूल्य ३४ रुपैयाँले घटेर प्रतिकित्ता ८८४ रुपैयाँमा झरेको छ । बजारमा कारोबारमा आएकामध्ये ५ वटा समूह ओरालो लागेका छन् भने बाँकी समूह उकालो लागेका छन् ।

सेयर बजार ओरालो लाग्ने क्रम जारी, दिनभरमा पौने ९५ लाख कित्ता किनबेच

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । यो साताको शुरुवातदेखि ओरालो लागेको बजार बिहीबार अन्तिम कारोबारमा पनि उच्च अंकले घटेर ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५९.५७ अंकले घटेर २६९०.२९ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २.१७ प्रतिशतले घटी हो । बजारमा कारोबार रकम पनि घटेको छ । मंगलबार ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार भने ५ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबार ९४ लाख ७५ हजार ९३६ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार रकमको आधारमा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन ४७ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको अन्तिम कारोबार भने प्रतिकित्ता ७१४ रुपैयाँमा भएको छ । जुन अघिल्लो दिनको तुलनामा ९.९९ प्रतिशत अर्थात ९५.६० रुपैयाँले घटी हो । निरन्तर घटेको बजारमा पनि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्त वित्तीय संस्था र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य क्रमशः १० र ९.९९ प्रतिशतले घटेको छ । उता दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको हो । बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये सबैभन्दा बढी जीवन बीमा समूह ३१६ अंकले ओरालो लागेको छ ।

तिहार अघिको सेयर बजारः सामान्य अंकले बढ्यो, तीन शीर्षकमा नबिलको अग्रता

काठमाडौं । तिहार अघिको सेयर बजार सामान्य अंकले बढेको छ । कार्त्तिक १७ गते बुधबारको सेयर बजार ५.२२ अंकले बढेर २८४८.८४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१८ प्रतिशतले बढी हो । दिनभरको कारोबारमा ६ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन २२९ कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नबिल बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन एक अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सेयर कित्ता र कारोबार संख्याको आधारमा पनि नबिल अग्रस्थानमा रहेको छ । बैंकको एकैदिन ७ लाख ५ हजार ४३० कित्ता सेयर ७ हजार ४८३ पटकमा किनबेच भएको छ । बैंकले सेयरधनीलाई उच्च लाभांशको घोषणा गरेसँगै लगानीकर्ताहरु कम्पनीको सेयरमा आकर्षित भएका हुन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । त्यस्तै, बुधबार तीन कम्पनीको सेयर मूल्यमा सर्किट भएको छ । महालक्ष्मी विकास बैंक, आईसीएफसी फाइनान्स र साहस उर्जाको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ । यससँगै महालक्ष्मीको सेयर मूल्य प्रतिकित्ता ८०३, आईसीएफसीको ९६६ र साहसको प्रतिकित्ता ५९३ रुपैयाँ रहेको छ । बजारमा छ्याङ्दी हाइड्रोको सेयर मूल्य सबैभन्दा बढीले घटेको छ । कम्पनीको सेयर मूल्य ५.५९ प्रतिशतले घटेर प्रतिकित्ता ४९० रुपैयाँमा झरेको छ ।

नबिल बैंकको ‘बम्पर’ लाभांशलाई सेयर बजारले किन ‘रेस्पोन्स’ गरेन ?

काठमाडौं । मंगलबार साँझ नबिल बैंकले चालु आर्थिक वर्षका लागि लाभांश सार्वजनिक गर्यो । बैंकले ४.४ प्रतिशत नगद लाभांश र ३३.६ प्रतिशत बोनस सेयर गरी कुल ३८ प्रतिशत लाभांश दिने जानकारी सार्वजनिक गर्यो । नबिल बैंकले घोषणा गरेको यो लाभांश गत असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणका आधारमा बढी हो । गत असार मसान्तसम्मको वित्तीय विवरणका आधारमा नबिल बैंकले ३० प्रतिशतको हाराहारीमा लाभांश दिने अनुमान गरिएको थियो । तर, बैंक संचालक समितिले अनुमान र अपेक्षाभन्दा बढी नै लाभांश घोषणा गर्यो । सार्वजनिक भएका सुचना र तथ्यांकभन्दा बढी लाभांश घोषणा गरेपछि दोस्रो बजारमा सो कम्पनीको सेयर मूल्य निकै बढ्नु पर्ने थियो । आज दोस्रो बजारमा नबिल बैंकको सेयरमा खासै अकर्षण देखिएन । तर, कारोबार भने उच्च परिमाणमा भएको छ । आज नबिल बैंकको सेयर मूल्य हिजोको तुलनामा ४५ रुपैयाँ (२.८ प्रतिशत) ले मात्रै बढेको छ । हिजो नबिल बैंकको सेयर प्रतिकित्ता १६०८ रुपैयाँमा कारोबार बन्द भएको थियो । आज कारोबार बन्द हुँदा नबिल बैंकको सेयरमूल्य प्रतिकित्ता १६५३ रुपैयाँ पुगेको छ । आज कारोबार खुल्दा नबिल बैंकको सेयरमूल्य प्रतिकित्ता १६४० रुपैयाँ थियो । नबिल बैंकले प्रस्ताव गरेको लाभांश (३८ प्रतिशत) आज कारोबार खुलेको मूल्य (प्रतिकित्ता १६४० रुपैयाँ) का आधारमा सो बैंकको लाभांश प्रतिफल दर २.३२ प्रतिशत मात्रै देखिन्छ । यसैकारण पनि सेयर मूल्यमा धेरै उछाल नआएको हुन सक्छ । नबिल बैंकको सेयर मूल्य अहिले कारोबार भइरहेका बैंकहरुमध्ये सबैभन्दा महंगो हो । त्यसैले अहिले कतिपय लगानीकर्ताले नबिल बैंकको सेयर मूल्य ‘सेचुरेसन’मा पुगिसकेको विश्लेषणका आधारमा बढी मूल्य तिर्न तयार नभएका पनि हुन सक्छन् । विगत केही दिनयता नबिल बैंकको सेयरमूल्य भने बढेको देखिन्छ । गत कात्तिक २ गते प्रतिकित्ता १४३१ रुपैयाँ रहेको नबिल बैंकको सेयरमूल्य हिजो (कात्तिक १६ गते) प्रतिकित्ता १६०८ रुपैयाँ पुगेको थियो । नबिल बैंकले प्रस्ताव गर्ने लाभांश दरबारे पहिल्यै अनुमान गरेर वा सुचना चुहिएर पहिला नै मूल्य धेरै बढेकोले लाभांश घोषणापछि धेरै नबढेको चर्चा पनि लगानीकर्ताबीच छ । सोही कारण पनि उच्च दरको लाभांश घोषणापछि पनि नबिलको सेयर मूल्य धेरै नबढेको हुन सक्छ । यद्यपि, आज दोस्रो बजारमा ३ वटा शिर्षकमा नबिल बैंक अग्रस्थानमा रह्यो । कारोबार रकम, बढी कित्ता कारोबार र धेरै पटक कारोबार गरी ३ शिर्षकमा आज नबिलले मार्केट लिड गर्यो । आज दोस्रो बजारमा नबिल बैंकको ७ लाख ५ हजार ४३० कित्ता सेयर १ अर्ब १७ करोड ९७ लाख रुपैयाँमा खरिद विक्री भए । नबिल बैंकको सेयर आज ७ हजार ४८३ पटक खरिद विक्री भएका थिए । १० वर्षको लाभांश इतिहास सेयरधनीलाई लाभांश बढी दिने वाणिज्य बैंकहरुमा नबिल बैंक अग्रस्थानमा देखिन्छ । र, नबिल बैंकको अर्काे राम्रो पक्ष भनेको उसले प्रदान गर्ने लाभांश धेरै घटबढ देखिदैन । विगत १० वर्षयताको नबिल बैंकको लाभांश हेर्दा सबैभन्दा कम ३४ प्रतिशत र सबैभन्दा बढी ६५ प्रतिशत दिएको देखिन्छ । बैंकले प्रदान गरेको लाभांशमा कुनै समय नगद लाभांशलाई प्राथमिकता दिएको देखिन्छ भने कुनै समय बोनस सेयरलाई प्राथमिकतामा राखेको देखिन्छ ।

सेयर बजारमा करेक्सन, महालक्ष्मीको उच्च कारोबार, साहससहित तीन कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । गत साताको शुरुवातदेखि नै लगातार बढेको सेयर बजारमा आज करेक्सन लागेको छ । पछिल्लो समद दैनिक दोहोरो अंकले बढ्दै आएको नेप्से परिसूचक सोमबार दोहोरो अंकले घटेको छ । कारोबारको शुरुवातमा उकालो लागेको बजारले केही समयपछि ओरालोको बाटो तय गरेको थियो । अन्ततः बजार बन्द हुँदा नेप्से परिसूचक १७.७५ अंकले घटेर २८१९.८७ बिन्दुमा सीमित भएको छ । आइतबारको तुलनामा सोमबारको कारोबार रकम पनि घटेको छ । आइतबार ७ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार ७ अर्ब ७७ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ । बजारमा २२६ कम्पनीको १ करोड ३४ लाख कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन ३६ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारसँगै बैंकको सेयर मूल्य २७ रुपैयाँले बढेर प्रतिकित्ता ६९५ रुपैयाँ पुगेको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा आरएमडीसी लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको एकैदिन ३६ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोहोरो अंकले घटेको बजारमा पनि तीन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । मानुषी लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत, साहस उर्जा र पाँचथर पावर कम्पनी दुबैको सेयर मूल्य ९.९८ र ९.९८ प्रतिशतले बढेको छ । यी तीनको अन्तिम कारोबार क्रमशः ६५७, ४९० र ५१५ रुपैयाँमा भएको छ । बजारमा सबैभन्दा बढी कामना सेवा विकास बैंकको सेयर मूल्य घटेको छ । बैंकको सेयर मूल्य ६.७२ प्रतिशतले घटेर प्रतिकित्ता ६८० रुपैयाँमा झरेको छ । सोमबार बैंकिङ्ग, होटल्स एण्ड टुरिजम र इन्भेष्टमेन्ट समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।

सेयर बजार बढ्ने क्रम जारी, नबिल बैंकमा झुम्मिए लगानीकर्ता

काठमाडौं । पछिल्लो केही दिनयता सेयर बजार निरन्तर रुपमा उकालो लागेको छ । साताको शुरुवातदेखि नै उकालो लागेको सेयर बजार बुधबार पनि दोहारो अंकले उकालो लागेको छ । बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक १८.०६ अंकले उकालो लागेर २७६९.१३ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६६ प्रतिशतले बढी हो । बुधबार परिसूचकसँगै सेयर कारोबार रकममा पनि वृद्धि भएको छ । दिनभरको कारोबारमा ६ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कूल २२८ वटा स्क्रिप्टको १ करोड १५ लाख कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबारमा आएकामध्ये नबिल बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको एकैदिन ४३ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता १६०६ रुपैयाँमा भएको छ । जुन अघिल्लो दिनको तुलनामा २.३६ प्रतिशतले बढी हो । दिनभरको कारोबारमा बैंकको सेयर न्यूनतम १५५९ रुपैयाँदेखि अधिकतम १६२० रुपैयाँसम्ममा किनबेच भएको थियो । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो र तेश्रोमा क्रमशः आईसीएफसी र एनआईसी एशिया बैंक रहेको छ । यी दुईको क्रमशः २० करोड र १९ करोड रुपैयाँ बराबरको सेयर किनेबच भएको छ । बुधबार बेष्ट फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी अर्थात ८.६८ प्रतिशतले बढेको छ । यससँगै संस्थाको सेयर मूल्य ४६.३० रुपैयाँले बढेर प्रतिकित्ता ५८० रुपैयाँ पुगेको छ । त्यस्तै, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.२१ प्रतिशतले बढेर प्रतिकित्ता १२०५ रुपैयाँ पुगेको छ । बुधबार कारोबारमा आएकामध्ये अधिकांश समूह हरिया देखिएका छन् भने केही राताम्मे देखिएका छन् । होटल्स एण्ड टुरिजम, विकास बैंक, हाइड्रोपावर र उत्पादनमूलक समूह ओरालो लागेका छन् भने बाँकी उकालो लागेर हरिया देखिएका छन् ।

सन् २०२० देखि सेयर बजारमा फरक प्रबृत्ति, यसपाली पनि दोहोरिने संकेत

काठमाडौं । सेयर बजारमा कारोबार गर्नेहरुले दिनैपिच्छेको मूल्य अन्तरमा खेल्ने गर्छन् । एक दिनमै हुने उतारचढाव पनि कारोबारीहरुका लागि कमाउने अवसर बन्छ । तर, लगानीकर्ता भने दैनिक हुने उतारचढाबप्रति त्यति ध्यान दिदैनन् । उनीहरुलाई आफूले लगानी गरेको कम्पनी कस्तो छ, कति प्रतिफल दिन सक्छ, कम्पनीको आगामी योजना के कस्ता छन्, भविष्यमा कम्पनी कस्तो बन्न सक्छ भन्ने जस्ता प्राविधिक, आधारभूत र अन्य परिस्थितिजन्य कुराहरुको विश्लेषण गरेर लगानी व्यवस्थापन गरिरहेका हुन्छन् । सेयर लगानीकर्तालाई कम्पनीले दिने प्रतिफलको खास महत्व रहन्छ भने कारोबारीलाई दैनिक मूल्य अन्तरको महत्व बढी हुन्छ । तर, नेपाली पुँजी बजारमा लगानीकर्ता र कारोबारी खासै छुट्टिने गरेका छैनन् । एक व्यक्ति कुनै समय लगानीकर्ताको रुपमा प्रस्तुत भइरहेको हुन्छ भने कुनै समय कारोबारी जस्तो व्यवहार गर्ने गरेका छन् । यद्यपि, लगानीकर्ता र कारोबारी दुबैलाई सेयर लगानीबाट प्राप्त हुने प्रतिफल कम्पनीहरुले प्रदान गर्ने लाभांशले महत्व राख्छ । यस्तै महत्व राख्ने भएकोले विगतका वर्षहरुमा कम्पनीले लाभांश घोषणा गर्ने मौसम सुरु भएपछि सेयरको माग बढेर मूल्य बढ्ने तथा लाभांश वितरणको लागि बुक क्लोजपछि मूल्य घट्ने गरेको थियो । तर, सन् २०२० यता भने यो प्रबृत्तिमा फरकपन देखिएको छ । कम्पनीहरुले लाभांश घोषण गर्ने समयभन्दा पनि घोषणा तथा लाभांश वितरणपछि सेयर बजार बढ्ने गरेको तथ्यांकले पुष्टी गरेको छ । कम्पनी कानुन अनुसार कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको वार्षिक साधारणसभा पछिल्लो वर्षको पुस मसान्तसम्ममा गरिसक्नु पर्ने हुन्छ । यसैकारण कम्पनीहरुले अग्रेजी महिनाको सेप्टेम्बर (भदौ) देखि नोभेम्बर (मंसिर) सम्म लाभांश प्रस्ताव गरी पुस डिसेम्बर (पुस मसान्त) सम्ममा साधारणसभा गरिसक्ने गरेका छन् । कम्पनीले लाभांश घोषणा गरी बुक क्लोज हुनुभन्दा अघि सेप्टेम्बरदेखि नोभेम्बर (भदौदेखि मंसिर) सम्म सेयर बजार बढ्ने विगतको उदाहरण वितपरित सन् २०२० यता भने लाभांश घोषणापछि सेयर बजार बढ्ने गरेको देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकले यो कुराको पुष्ट पनि गर्छ । जस्तो कि सन् २०१८ को जुलाई १ मा ११८४.५३ विन्दुमा रहेको परिसुचक सो वर्षको अक्टोबर २४ मा बढेर १२४९.९३ विन्दुमा पुगेको थियो । सन् २०१९ को फेब्रुअरी १८ मा परिसुचक घटेर ११०२.५१ विन्दुमा आएको थियो । सन् २०१९ को मे ७ मा भने परिसुचक १३०१.२८ विन्दुमा पुगेको थियो । सन् २०२० को जनवरी १ मा परिसुचक ११६९.५ विन्दुमा पुगेको थियो । त्यसपछि ६ तारिकमा १२००.६९ विन्दुमा, जनवरी १६ मा १३१०.२३ विन्दुमा र फेब्रुअरी २३ मा १५०४.१४ विन्दुमा पुगेको थियो । फेब्रुअरी २७ मा परिसुचक बढेर १६३२.१७ विन्दुमा पुगेको थियो । जबकि यो समयमा कम्पनीहरुले प्रदान गर्ने लाभाशं वितरण गरिसकेका थिए । सन् २०२० को जुन २९ मा परिसुचक घटेर ११८८.७० विन्दुमा आइपुगेको थियो भने त्यसपछि उडान सुरु गरेको नेप्सेले ३१९८.६० विन्दुसम्म चुमेको थियो । नेप्सेका अनुसार सन् २०२० को जुलाई १९ मा परिसुचक बढेर १४७९ विन्दुमा, सेप्टेम्बर २ मा १५१०.५७ विन्दुमा, अक्टोबर २२ मा १६०६.२५ विन्दुमा, नोभेम्बर ११ मा १७०७.६७ विन्दुमा, नोभेम्बर २४ मा १८१०.११ विन्दुमा, नोभेम्बर २९ मा १९६८.२७ विन्दुमा र डिसेम्बर १ मा २०००.४ विन्दुमा पुगेको थियो । सन् २०२१ लागेपछि पनि सेयर बजारमा बुलरन रोकिएन । सन २०२१ को जनवरी ३ मा परिसुचक २१७५.३९ विन्दुमा पुग्यो । यस्तै, जनवरी १० मा २२३५.७२ विन्दुमा, जनवरी १७ मा २३१५ विन्दुमा, जनवरी २४ मा २४२४.८४ विन्दुमा, फेब्रुअरी ७ मा २५२४ विन्दुमा र फेब्रुअरी १६ मा २६०१ विन्दुमा परिसुचक पुगेको थियो । यस्तै, सन् २०२१ को अप्रिल १३ मा २७१४.७९ विन्दुमा, मे २३ मा २८२० विन्दुमा, जुन ६ मा २९०६.८९ विन्दुमा, जुन १४ मा ३०२५.८२ विन्दुमा, अगष्ट ३ मा ३१११.०९ विन्दुमा र अगष्ट १८ मा ३१९८.६ विन्दुमा पुगेको थियो । परिसुचक करिब ३२ सय विन्दुको नजिकबाट घट्न सुरु गरेको थियो । यसअवधिमा परिसुचक घटेर २५ सय विन्दुबाट पनि तल झरेको थियो । यद्यपि, यो सातादेखि बढ्न थालेको बजार प्रत्येक दिन दोहोरो अंकले बढ्दै गरेको छ । यसैकारण यो वर्ष पनि लाभांश मौसम सकिएपछि पनि बजार बढिरहने हो कि भन्ने देखिएको छ । लाभांश वितरणपछि खरिद गरिएको सेयरबाट लाभांश पाउनको लागि भने अर्काे एक वर्ष कुर्नुपर्ने हुन्छ ।

६० अंकले बढ्यो सेयर बजार, नबिलको उच्च कारोबार हुँदा ५ कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । बुधबारको सेयर बजार ६० अंकले उकालो लागेको छ । कारोबार शुरु भएदेखि उकालोको यात्रा तय गरेको बजार अन्त्यमा पनि निरन्तर रुपमा बढेर बन्द भएको हो । यससँगै सेयर कारोबार मापक गर्ने नेप्से परिसूचक ६०.५६ अंकले बढेर २५७१.६६ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.४१ प्रतिशतले बढी हो । बजारमा परिसूचकमा सुधार देखिएता पनि कारोबार रकम भने घटेको छ । बुधबार कूल २ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ९६ करोड रुपैयाँले घटी हो । अघिल्लो दिन अर्थात मंगलबारको बजारमा ३ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बुधबार कारोबारमा आएका कम्पनीमध्ये सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ९ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १४६० रुपैयाँ रहेको छ । त्यस्तै, दोश्रो र तेश्रोमा रहेका हिमालयन डिष्टिलरी र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको क्रमशः ७ करोड ८१ लाख र ७ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कूल ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमध्ये अरुण भ्याली हाइड्रो, यूनिभर्सल पावर कम्पनी र मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी र यूनाईटेड मोदी हाइड्रोपावरको सेयर मूल्य बढेर सर्किट लेभलमा कारोबार भएको छ । दिनभरको कारोबारमा मिथिला, एनआईसी एशिया र साधना लघुवित्त वित्तीय संस्था बाहेक अन्य कम्पनीको सेयर मूल्य घटेको छ । बुधबार कारोबारमा आएका सबै समूह हरिया देखिएका छनु । कारोबारमा आएका १३ वटा समूहमध्ये निर्जीवन बीमा समूह सबैभन्दा बढी अर्थात २४८.१० अंकले उकालो लागेको छ ।

सेयर बजारमा निरासा कायमै, परिसुचक ३ प्रतिशतले घट्यो

काठमाडौं । आज पनि सेयर बजारमा निरासा कायमै रहेको छ । लगानीकर्ताले मूल्य बढ्ने आशा गर्नुको साटो मूल्य घटेर भएपनि आफूसँग भएको सेयर बेच्न खोज्दा बजार घटेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर बजार मापक नेप्से परिसुचक ७७.३३ अंकले घटेर २५१०.७३ विन्दुमा आइपुगेको छ । आज बजार बन्द हुँदा परिसुचक २.९९ प्रतिशतले घटेको हो । आज परिसुचक १०४.६२ अंकले (४.०४ प्रतिशत) सम्मले घटेको थियो । आज ३ अर्ब ७७ करोड ७७ लाख रुपैयाँमा ९५ लाख ७२ हजार कित्ता सेयर कारोबार भए । आज दोस्रो बजारका सबै समुहको सुचक घटेका छन् । बैंकिङ समुहको सुचक ५१.६६ अंकले, ट्रेडिङ समुहको सुचक ५१.९३ अंकले, होटल तथा टुरिजम समुहको सुचक ८८.२९ अंकले, विकास बैंक समुहको सुचक १९४.९७ अंकले र जलविद्युत समुहको सुचक ११७.९९ अंकले घटेका छन् । यस्तै, फाइनान्स समुहको सुचक ११२.१४ अंकले, निर्जीवन बीमा समुहको सुचक ३१४.०८ अंकले, उत्पादनमुलक समुहको सुचक १७५.३२ अंकले, अन्य समुहको सुचक ३३.३२ अंकले, लघुवित्त समुहको सुचक १३५.८२ अंकले, जीवन बीमा समुहको सुचक ४२८.३९ अंकले, म्युचुअल फण्ड समुहको सुचक ०.१७ अंकले र लगानी समुहको सुचक २.४ अंकले घटेका छन् ।

सेयर बजार ५४ अंकले घट्यो, नेप्से २६०० नजिक

काठमाडौं। सोमबार सेयर बजारमा उच्च गिरावट आएको छ । कारोबार खुलेको डेढ घण्टामा सेयर बजार ५४ अंकले घटेको छ । यस अवधिमा ९८ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । १२ः३० सम्मका १८५ कम्पनीको सेयर किनबेच भएका छन् । त्यसमा १८१ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । बोटलर्स नेपाल, एक्सेल डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त र एनआईसी एशिया डिभेन्चरबाहेक सबैको सेयर मूल्य घटेको छ । नेप्से परिसूचक २६०२ मा झरेको छ । यो अंग गत असार यताको सबैभन्दा कम अंक हो । दशैंअघिको साता सेयर बजारमा मूल्य वृद्धिको संकेत देखिएको थियो । पहिलो दिने नेप्सेमा वृद्धि देखिएपनि दोस्रो दिन उच्च गिरावट देखिएको छ । बाणिज्य बैंकहरूले साढे ११ प्रतिशतसम्म व्याजमा निक्षेप उठाउन थालेपछि सेयर बजारमा उच्च गिरावट देखिएकाे जानकारहरूले बताएका छन् । कात्तिक १ देखि लागू हुने गरि हिमालयन बैंकले ११.६७ प्रतिशत व्याज अफर गरेकाे छ भने एनअाइसीले ११.१ र लक्ष्मी बैंकले ११.०५ प्रतिशत व्याजमा निक्षेप उठाउन थालेकाे छ ।

दशैं अघिको सेयर बजारः परिसूचक र कारोबार दुबै घट्दा नबिलको सर्वाधिक किनबेच

काठमाडौं । दशैंअघि अर्थात सोमबारको सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २३.१९ अंकले ओरालो लागेर २६३९.३८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८७ प्रतिशतले बढी हो । बजारमा परिसूचकसँगै सेयर कारोबार रकम पनि घटेको छ । दिनभरको कारोबार ३ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८६ करोड रुपैयाँले घटी हो । सोमबार कूल २१९ वटा स्क्रिप्टको ९३ लाख १४ हजार ७८० कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन १७ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य २४ रुपैयाँले घटेर प्रतिकित्ता १४५० रुपैयाँमा झरेको छ । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको सेयर मूल्य घटेको छ । बैंकको सेयर मूल्य ८.७६ प्रतिशतले घटेर प्रतिकित्ता ५७६ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ५५.३० रुपैयाँले घटी हो । सोमबार सबैभन्दा बढी ग्लोबल आईएमई समुन्नत स्किम १ को इकाई मूल्य बढेको छ । स्किमले लाभांश घोषणा गरेसँगै इकाई मूल्य ९.९० प्रतिशतले बढेर प्रतिइकाई २१.६५ रुपैयाँ पुगेको छ । ग्लोबल आइएमई समुन्नत योजना १ ले १०० प्रतिशत प्रतिफल बाढ्ने त्यस्तै, सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य ७.८८ प्रतिशतले बढेर प्रतिकित्ता ५५३.४० रुपैयाँ पुगेको छ । बजारमा इन्भेष्टमेन्ट र म्युचुअल फण्ड समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । इन्भेष्टमेन्ट र म्युचुअल फण्ड समूह भने क्रमशः १.०७ र ०.३८ प्रतिशतले उकालो लागेका छन् । यससँगै सेयर बजार अब आगामी आइतबार मात्रै खुल्ने छ । असोज २६ गतेदेखि फुलपाती लागेसँगै सेयर बजार पनि बन्द हुनेछ । र, एकैपटक दशैंको टिकाको तेश्रो दिन अर्थात असोज ३१ गते आइतबारदेखि मात्रै खुल्ने छ ।

सेयर बजारः नेप्से १८ अंकले घट्यो, साढे ४ अर्बको कारोबार

काठमाडौं । आज पुँजी बजार मापक नेप्से परिसुचक १८.५३ अंकले घटेर २६६२.५८ विन्दुमा कायम भएको छ । कुल ४ अर्ब ४९ करोड ८० लाख रुपैयाँको कारोबार भएको बजारमा ४८ कम्पनीको सेयर मूल्य भने बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मैलुङ खोला जलविद्युत, जिवन विकास लघुवित्त र महिला लघुवित्तको सेयर मूल्य बढेर करिब सर्किट लेबलमा पुगेको छ । आज कुल ७२ लाख ५१ हजार कित्ता सेयर खरिद विक्री भएका छन् । परिसुचक घटेको भएपनि ३ उपसमुहका सुचक भने बढेका छन् । यसरी बढ्नेहरुमा फाइनान्स समुह ६.७६ अंकले, जीवन बीमा समुह ७३.८६ अंकले र म्युचुअल फण्ड समुहको सुचक ०.११ अंकले बढेका हुन् । अन्य समुहका सुचक भने घटेका छन् । नेप्सेका अनुसार बैंकिङ समुह ६.३३ अंकले, ट्रेडिङ समुह १४.३७ अंकले, होटल तथा टुरिजम समुह ५८.४ अंकले, विकास बैंक समुह ५८.०२ अंकले, जलविद्युत समुह ३३.०५ अंकले, निर्जीवन बीमा समुह ५३.३१ अंकले र उत्पादनमुलक समुह २०५.९५ अंकले घटेका छन् । यस्तै, अन्य समुह २७.६५ अंकले र इन्भेष्टमेन्ट समुह ०.६१ अंकले घेटका नेप्सेले जानकारी दिएको छ ।

सेयर बजारको समाचार लेख्न पत्रकारलाई कडाई गर्न चेम्बरको माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सेयर बजारको समाचार लेख्न पत्रकारलाई कडाई गर्न माग गरेकाे छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै चेम्बरले पुँजी बजारसँग सम्बन्धित समाचार सम्प्रेषण गर्ने मिडियाहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्ने वा बोर्डले यस सम्बन्धमा कोड अफ कन्डक्ट बनाई लागु गरिनु पर्ने बताएकाे हाे । नेपालको पुँजी बजारमा हालै देखिएको अस्वाभाविक गिरावट प्रति ध्यानाकर्षण गराउँदै चेम्बरले मिडियालाई कडाई गर्ने लगायतका विभिन्न १६ बुँदे सुझाव दिएकाे छ । दैनिक २०।२१ अर्बको कारोबार भई ४२ खर्ब बढीको पुँजीकरण भई नेप्से परिसुचक इन्डेक्स ३२१७ को हाराहारी पुगिसकेको बजार हाल आएर करिब ४ अर्बको कारोबार र लगभग ६५० इण्डेक्स तथा पुँजीकरणमा गिरावट आएसँगै चेम्बरले सम्बन्धित निकायहरूलाई ध्यानाकर्षण गराउँदै विभिन्न सुझावहरु दिएको हो । बजारमा हुने सामान्य उचारचढावलाई बजारको विशेषताकै रुपमा लिने गरिन्छ तर कुनै नीतिका कारण बजारमा अस्वाभाविक गिरावट आउने वा आउन सक्ने अवस्था देखिएमा त्यसमा विश्लेषण गरेर मात्र नीति नियम ल्याउनु पर्ने चेम्बरको धारणा रहेको छ । अन्य उद्योग व्यवसायको तुलनामा पुँजी बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या र स-सानो पुँजी लगानी भएका लगानीकर्ताहरु सँख्या धेरै हुनाले स-साना समाचार, नीति र अभिव्यक्तिकै कारण प्रभावित भई सहि निर्णय गर्न नसक्दा ठूलो आर्थिक क्षति व्यहोर्न बाध्य हुने अवस्था रहेकाे चेम्बरले बताएकाे छ । यस्ता छन् चेम्बरको १६ बुँदे सुझाव १. नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा निर्धारण गरेको ४ करोड र १२ करोडको कर्जा सिमा नै मुख्य कारण रहेकोले उक्त सिमा पूर्ववत नै कायम गर्नु पर्ने र विद्यमान सीसीडी रेसियो हटाई सीडी रेसियो लागु गर्दा ३०० अर्ब हाराहारी लगानी योग्य पुँजी उपयोग विहिन भएकाले माथिका दुबै व्यवस्था पूर्ववत कायम गरिनुपर्ने । २. नेपाल स्टक एक्सचेञ्ज, तथा नेपाल धितोपत्र बोर्ड नेतृत्व विहिन हुँदा बजारमा अनेक किसिमका विकृतिहरु देखा परेको र नीतिगत रुपमा सम्बोधन हुनु पर्ने एजेन्डाहरु सम्बोधन नहुँदा बजार अनिर्णयको अवस्थामा पुगेकोले यथासम्भब उल्लेखित निकायहरुको विवाद समाधान गरि नया नेतृत्व ल्याइनु पर्ने । ३. नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड जस्ता नियामक निकायहरुले नीति नियम तर्जुमा गर्दा निजी क्षेत्रसंग पनि समन्वय गरि गरिनु पर्ने । ४. हाल संस्थागत लगानीकर्ता भन्दा व्यक्तिगत लगानीकर्ताको संख्या बढी रहेको र व्यक्तिगत लगानीकर्तालाई ७.५ प्रतिशत, संस्थागत लगानीकर्तालाई २५ प्रतिशत करको दर रहेकोले संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्दै यस अगाडि बैंक तथा वित्तिय संस्थाहरुलाई शेयर बजारमा लगानी गर्न छुट भएकोमा हाल आएर रोक लगाईएकोले माग र आपूर्तिमा सामन्जस्यता ल्याउन बैंक तथा वित्तिय संस्थाहरुलाई पूर्ववत रुपमा पुँजी बजारमा लगानी गर्न खुल्ला गरिनु पर्ने । ५. अन्तर्राष्ट्रिय रुपमा अभ्यासमा रहेको स्टक ब्रोकर मार्फत सेयर खरिदका लागि ब्रोकर कम्पनी मार्फत मार्जिन कर्जाको व्यवस्था गर्ने विषयलाई अनिवार्य रुपमा लागु गरिनु पर्ने जसले गर्दा बजारमा देखिने माग र आपूर्तिको अवस्थालाई सन्तुलित राख्न सहयोग पुग्ने र लगानीकर्ताहरुले सहज सेयर खरिद कर्जा प्राप्त गर्न सक्ने । ७. संस्थागत स्टक डिलर, मार्केट मेकर जस्ता संस्थाहरुलाई बजारमा ल्याईनु पर्ने । ८. हाल बजारमा जो कोहीले पनि बजारको बारेमा अध्ययन अनुसन्धानका नाममा बजारलाई प्रभावित पार्ने गरि टेक्निकल एनालाइसिस गर्ने गरेकोमा त्यसलाई नियमन गर्न एडभाइजर वा टेक्निकल एनालाइटिस्टको अनुमति दिएर त्यस्ता व्यक्ति वा संस्थाहरुलाई मात्र बजारको बारेमा फोरकास्टिङ्ग गर्न दिने व्यवस्था गर्ने । ९. हाल धेरैभन्दा धेरै अनलाइन मिडियाहरु सञ्चालनमा आएको र सेयर बजारका बारेमा आफु अनुकुल वा विभिन्न व्यक्ति वा समुहको हितमा सेयर बजार सम्बन्धि समाचारहरु सम्प्रेषण तथा प्रकाशन गर्ने गरेको र जसले गर्दा बजारमा साना तथा नयाँ लगानीकर्ताहरुमा थप अन्यौलता पर्ने हुँदा पुँजी बजारसँग सम्बन्धित समाचार सम्प्रेषण गर्ने मिडियाहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्ने वा नेपाल धितोपत्र बोर्डले यस सम्बन्धमा कोड अफ कन्डक्ट बनाई लागु गरिनु पर्ने । १०. सेयर कारोबार गर्दा हुने रकम भुक्तानी तथा प्राप्ती गर्दा कायम रहेको विधुतिय माध्यमबाट हुने भुक्तानीको सिमा खुल्ला गरिनु पर्ने । ११. अनलाईन कारोबार प्रणालीको वर्तमान संरचनालाई चुस्त दुरुस्त बनाई बैंक इन्टीग्रेसन सहितको प्रभावकारी प्रणाली बनाईनु पर्ने तथा प्रविधिको विकास विस्तार र प्रयोगलाई जोड दिईनु पर्ने । १२. बजेट मार्फत धितोपत्र कारोबारमा लाग्ने लाभकरमा भएको बृद्धि हालको संक्रमणकालिन अवस्थालाई मध्यनजर गरि स्थगन गरिनु पर्ने । १३. निश्चित सिमा भन्दा बढी पूँजी भएका वास्तविक क्षेत्रका कम्पनीहरुलाई अनिवार्य रुपमा नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत गरिनु पर्ने । १४. फ्युचर अप्सन, जस्ता डेरिभेटिभ प्रोडक्टहरु ल्याउने तथा इन्ट्रा डे कारोबारको सुरुवात गरिनु पर्ने । १५. ब्रोकर कम्पनीहरुलाई सब ब्रोकर, एजेन्ट नियुक्त गर्न दिने तथा शाखा विस्तार गरि देशका सबै तहबाट दोस्रो बजारमा लगानीकर्ताहरुको सहज सहभागिता हुने व्यवस्था गरिनु पर्ने । १६. नेपाल स्टक एक्सचेञ्जको स्तरोन्नती तथा नयाँ स्टक एक्सचेञ्जको व्यवस्था गरिनु पर्ने ।

नीतिगत अस्थिरताले सेयर बजार ओरालो लागेको एफएनसीसीआइको निष्कर्ष

काठमाडौं । विभिन्न नीतिगत परिवर्तनको कारण सेयर बजारमा असर परेको उद्योग वाणिज्य महासंघले जनाएको छ । महासंघले सोमबार विज्ञप्ति जारी गर्दै भदौ पहिलो साता यता क्रमश रुपमा सेयर बजार ओरालो लागेको कारण नै नीतिगत परिवर्तन भएको जनाएको छ । ‘मूल्य जस्तो संवेदनशील विषयमा  अन्य निकायको हस्तक्षेप, वित्तिय संस्थाहरुको लागानिलाई संकुचन गरिनु, सेयर धितो कर्जामा एकल धितो कर्जा सीमा तोक्नु, सूचिकृत कम्पनीले आफ्नो आवश्यकता अनुसार हकप्रद तथा अन्य विधिबाट पुँजी संकलनमा रोक लगाउनु र विदुयुत नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरिद बिक्री गर्दा १५ दिन अघि नै स्वोघोषणा गर्नुपर्ने व्यवस्थाले जस्ता विभिन्न नीतिगत परिवर्तनले सेयर बजारमा असर परेको देखिन्छ,’ महासंघले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । महासंघले लगातार बजार ओरालो लाग्दा आम नागरिक सशंकित भएकाे देखिएकाे र यसलाई तत्काल संशोधन गर्न र नीति नियम बनाउँदा सरोकारवालाहरुसँग छलफल गर्न आग्रह गरेको छ ।  

सेयर बजारमा छायो हरियाली, ५० अंकले बढ्यो परिसूचक, अपिमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजारमा धेरै पछि हरियाली छाएको छ । गत एक साताअघिदेखि निरन्तर राताम्मे देखिएको सेयर बजार आज भने हरियो देखिएको छ । बुधबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । घटेर २५८०.४ बिन्दुसम्म पुगेको नेप्से परिसूचक अन्ततः बढेर २६६५.९४ बिन्दुसम्म पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.९३ प्रतिशत अर्थात ५०.५८ अंकले बढी हो । परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन (मंगलबार) पौने ६ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बुधबार भने ५ अर्ब रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ । सो दिन २२९ स्क्रिप्टको ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी अपि पावरको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन २२ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरको बजारमा कम्पनी विभिन्न तीन शीर्षकमा अग्रस्थानमा रहेको छ । कारोबार रकमको आधारमा अग्रस्थानमा रहेको कम्पनी कारोबार संख्या र टप गेनरमा पनि अग्रस्थानमा नै रहेको छ । त्यस्तै, धेरै पटक कारोबार हुनेमा कम्पनी दोश्रो स्थानमा रहेको छ । दिनभरको कारोबारमा कम्पनीको ५ लाख १४ हजार ४३९ कित्ता सेयर २ हजार ३६५ पटकमा किनबेच भएको थियो । त्यसैगरी, अपिको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४५९.८० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ४१.८० रुपैयाँले बढी हो । अपिसँगै अन्य ४ वटा कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । ग्रीन डेभलपमेन्ट बैंकको १० प्रतिशत, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको ९.९३, यूनाईटेड ईदी मार्दी आरबी हाइड्रोपावरको ९.६४ र कालिका पावर कम्पनीको सेयर मूल्य ९.५० प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा बढीले सेयर मूल्य घट्नेमा मेगा बैंक अग्रस्थानमा रहेको छ । बैंकको सेयर मूल्य ३.९२ प्रतिशतले घटेर प्रतिकित्ता ३४२.८० रुपैयाँमा रहेको छ । बुधबार कारोबारमा आएका सबै समूहहरु हरिया देखिएका छन् । जसमध्ये निर्जीवन बीमा समूह सबैभन्दा बढी अर्थात २५५.६६ अंकले बढेको छ ।

सेयर बजार राताम्मे, साढे १ घण्टामै ५२ अंकले घट्यो परिसुचक

काठमाडौं । सेयर बजारमा आज पनि निरासा देखिएको छ । बजार घटेको साढे १ घण्टामै पुँजी बजार मापक नेप्से परिसुचक ५२ अंकभन्दा बढीले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार कारोबार सुरु भएको साढे १ घण्टा (११ बजे खुलेको बजार साढे १२ बजेसम्म) मा परिसुचक ५२.३० अंकले घटेको छ । घटेको बजारमा पनि मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य भने ९.९९ प्रतिशतले बढेको छ । यस्तै मैलुङखोला जलविद्युत कम्पनी, माउन्टेन इनर्जी लगायत ८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । सो समयसम्ममा ३८ लाख ३९ हजार कित्ता सेयर १ अर्ब ८४ करोड रुपैयाँमा खरिद विक्री भएका छन् । हिजो पनि बजार ऋणत्मक नै बनेको थियो । हिजो परिसुचक ६१.२७ अंकले घटेको थियो । सुचिकृत कम्पनीहरुले वार्षिक साधारणसभा गरेर लाभांश दिने मौसम सुरु भएपनि बजार भने घटिरहेको छ ।

सेयर बजारमा १०४ अंकको वृद्धि, सबैको मूल्य बढ्दा २० कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । बुधबारको सेयर बजार १०४ अंकले उकालो लागेको छ । कारोबार शुरु भएदेखि उकालोको बाटो तय गरेको नेप्से परिसूचक अन्ततः १०४।८८ अंकले बढेर २८१६।९५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३।८७ प्रतिशतले बढी हो । परिसूचकमा उच्च वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । मंगलबार ७ अर्ब ३६ करोडको सेयर कारोबार भएको बजारमा बुधबार ६ अर्ब १७ करोड रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ । बजारमा १८५ कम्पनीसहित २१७ वटा स्क्रिप्टको कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कारोबार भएको छ । कम्पनीको एकैदिन २३ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने प्रतिकित्ता ६४२ रुपैयाँ रहेको छ । बुधबार कारोबारमा आएका १८५ कम्पनीमध्ये १८४ कम्पनीको सेयर मूल्य बढेको छ भने एउटाको सेयर मूल्य स्थिर रहेको छ । मूल्य स्थिर रहनेमा ङादी ग्रुप पावर रहेको छ । मंगलबार प्रतिकित्ता ७२६ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य बुधबार पनि सोही रहेको छ । त्यसैगरी सेयर मूल्य बढ्ने कम्पनीमध्ये पनि २० वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा पनि अधिकांश फाइनान्स कम्पनीहरु रहेका छन् । तर सेयर मूल्य गुमाउने भने कोही पनि छैनन् । बुधबार कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । जसमध्ये जीवन बीमा समूह ५५१ अंकले उकालो लागेको छ ।

अपडेटः निरन्तर बढ्दै सेयर बजार, सबै कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । बुधबारको सेयर बजार निरन्तर रुपमा बढिरहेको छ । प्रि ओपनिङ सेसनदेखि उकालो लागेको बजार कारोबार शुरु भएको दुई घण्टासम्म निरन्तर रुपमा उकालो लागिरहेको छ । दिउँसो १ बजेर १८ मिनेट जाँदासम्म परिसूचक १०५.२६ अंकले उकालो लागेर २८१७.३३ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.८८ प्रतिशतले बढी हो । यो समाचार तयार पार्दासम्म २१४ स्क्रिप्टको साढे ३ अर्ब रुपैयाँसम्मको सेयर कारोबार भईसकेको छ । त्यस्तै, यो अवधिसम्म १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने घट्नेमा कुनै पनि छैनन् ।