२२ अर्ब लगानी थप्दै नेपाल टेलिकम, आक्रामक बजार विस्तारसँगै एसएमएस सेवा निःशुल्क
काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले टेलिफोन सेवा र विस्तार र नयाँ सञ्चार प्रविधि जडान गर्न २२ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । चालु आर्थिक वर्ष ०७४/०७५ मा यो रकम लगानी गरेर ग्राहक संख्या १७ प्रतिशत बढाउने लक्ष्य टेलिकमले लिएको छ । टेलिकमका हाल १ करोड ७४ लाख ४२ हजार ग्राहक छन् । चालु आवमा टेलिकमका ग्राहक २ करोड नाघने भएका छन् । फोरजी सेवा,वाइम्याक्स र तारसहितको टेलिफोन सेवा विस्तारमा टेलिकमले लगानी बढाउने प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उनले यो वर्षदेखि डिजिटल अर्थतन्त्र निर्माणमा टेलिकमले ध्यान केन्द्रीत गर्ने जानकारी दिइन् । यस्तै इन्टरनेट सेवालाई अझ प्रभावकारी बनाउने उनले बताइन् । पुर्वाधार निर्माणतर्फ चालु आवमा टेलिकमले पाँचथरको चियोभन्ज्याङदेखि गोरखाको आरुघाट बजारसम्म ८ सय किलोमिटर लामो सुचना मार्गको निर्माण गर्ने भएको छ । गत आवमा टेलिकमले १५ अर्ब रुपैयाँ खुदनाफा गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत मध्ये सबैभन्दा बढी नाफा टेलिकमको छ । गत आवमा टेलिकमले ४४ अर्ब रुपैयाँ आम्दानी गरेको थियो । टेलिकममा ९२ प्रतिशत सरकार र ८ प्रतिशत सर्वसाधारणको सेयर लगानी रहेको छ । अविरल बर्षाका ठुलो धनजनको क्षति भएको भन्दै टेलिकमले आफनो सञ्जालाभित्र मुलुकभर एसएमएस सेवा निशुल्क गर्ने जानकारी दिएको छ । याे सेवा साउन ३१ गते मंगलबारसम्म निशुल्क गर्ने टेलिकमले जनाएकाे छ ।
नेपाल टेलिकमको सहुलियत थप तीन महिना
काठमाडौं । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइल प्रयोगकर्तालाई नयाँ वर्ष तथा अन्य अवसरमा उपलब्ध गराएका विभिन्न सुविधालाई तीन महिना थप गरेको छ । उपभोक्ताले अत्याधिक रुचाएकोले यसलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ । यो सहुलियत आउदो कात्तिक २३ गतेसम्म कायम रहने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । अफर अन्तर्गत अल टाइम डाटा प्याकेज, नाइट डाटा प्याकेज, फेसबुक÷इन्स्टाग्राम डाटा प्याक, फोरजी डाटा प्याक र नाइट भ्वाइस प्याकेज रहेको जानकारी दिइएको छ । जीएसएम प्रिपेड÷पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज प्रयोग गर्न सकिने छ । नाइट भ्वाइस प्याकेज अन्तर्गत २५ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म २५० मिनेट कल सुविधा सात दिनसम्म उपभोग गर्न पाइने गरी उपलब्ध गराएको टेलिकमले जनाएको छ । अल टाइम डाटा प्याकेज अन्तर्गत २५ रुपैयाँमा सात दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६० एमबी डाटा उपलब्ध गराइएको छ । त्यसैगरी, ५० रुपैयाँमा १५ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १२५ एमबी डाटा, १ सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ४ सय एमबी डाटा, २ सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ८५० एमबी डाटा र ३ सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १५ सय एमबी डाटा उपलब्ध गराइएको जाकारी दिइएको छ । त्यसैगरी, नाइट डाटा प्याकेज अन्तर्गत ४५ रुपैयाँमा ५ सय एमबी डाटा ७ दिनसम्म र ९० रुपैयाँमा १२ सय एमबी डाटा १५ दिनसम्म चलाउन पाइने कुरा उल्लेख छ । सो वाहेक २ सय रुपैयाँमा ३ जीबी डाटा र ३ सय रुपैयाँमा ६.५ जीबी डाटा तीस दिनसम्म चलाउन पाउनुको साथै नाइट डाटा प्याकेज राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने कम्पनीले जनाएको छ । फेसबुक÷इन्स्टाग्राम डाटा प्याक अन्तर्गत २५ रुपैयाँमा ११० एमबी डाटा ७ दिन र ५० रुपैयाँमा २३० एमबी डाटा १४ दिन तथा एक सय रुपैयाँमा ५ सय एमबी डाटा र २ सय रुपैयाँमा ११ सय एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।
नेपाल टेलिकमको सेयर मूल्य ९ वर्षयताको उच्चतम, बजार मूल्य १ खर्ब ६ अर्ब
काठमाडौं । नेपाल टेलिकमको सेयर मूल्य ९ वर्षयताको उच्चतम विन्दुमा पुगेको छ । सोमबार यस कम्पनीको सेयर प्रतिकित्ता ७१२ रुपैयाँमा कारोबार भयो । यो मूल्य २०६५ सालयताको अधिकतम मूल्य हो । सोमबार कम्पनीको पूँजीकरण १ खर्ब ६ अर्ब रुपैयाँ नाघेको छ । २०६५ भदौमा टेलिकमको सेयर प्रतिकित्ता करिव १४०० रुपैयाँमा कारोबार भएको थियो । २०६७ सालमा यस कम्पनीको सेयर मूल्य घटेर ३५० रुपैयाँसम्म झरेको थियो । गत वर्ष नेप्से परिसूचक १८८१ रुपैयाँ पुग्दा पनि नेपाल टेलिकमको सेयर मूल्य ७०६ रुपैयाँ भन्दा माथि जान सकेको थिएन । गत चैत १ गते यस कम्पनीको सेयर मूल्य ६२० रुपैयाँमा झरेको थियो । किन बढ्यो मूल्य कम्पनीको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले गत साता संसदीय समिति बोल्दै टेलिकमले गत आर्थिक वर्षमा खुद नाफा १५ अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको बताएकी थिइन् । उनको भनाई सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२ रुपैयाँले बढेको छ । कम्पनीले गत वर्ष गरेको नाफा चुक्ता पुँजीभन्दा ४२ करोड रुपैयाँ बढी हो । यस कम्पनीले पहिलो पटक चुक्ता पुँजी भन्दा बढी खुद नाफा आर्जन गरेको हो । नेप्सेमा सूचिकृत कम्पनीमध्ये सेयर पुँजी, वार्षिक नाफा र संचित कोषमा बचत भएको रकमका आधारमा नेपाल टेलिकम सबैभन्दा ठूलो कम्पनी हो । टेलिकमको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ । गत चैत मसान्तसम्ममा कम्पनीको संचित कोषमा ७४ अर्ब ८६ करोड रुपैयाँ रहेको छ र कम्पनीको इक्विटी करिब ९० अर्ब रुपैयाँ पुगेको छ । बजारमा अरु कम्पनीको तुलनामा नेपाल टेलिकमको सेयर सस्तो छ । कम्पनीका प्रतिसेयर आम्दानी १०३ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ ५९९ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थको ५ गुणा बढी मूल्यको सेयरलाई जोखिम मुक्त सेयर मानिने गरेको नेपाल स्टक एक्स्चेञ्जका सहायक प्रवक्ता मुराहरि पराजुली बताउँछन् । यस आधारमा टेलिकमको सेयर मूल्य सस्तो र कम जोखिमयुक्त मान्न सकिने उनको भनाई छ । नेपाल टेलिकमको सेयरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्न थालेको कालिका सेक्यूरिटीजका प्रबन्ध निर्देशक नरेन्द्रराज सिजापतिले बताए । बैंकिङ क्षेत्रमा तरलता वृद्धिसँगै सेयरमा लगानी वृद्धि हुन थालेको छ । ‘बैंकहरुले बैंक तथा फाइनान्सको सेयर किन्न पाउँदैनन्, बीमा क्षेत्रको सेयर मूल्य माथि हुनुको साथै धेरै परिमाणमा किन्नको लागि सेयर नै पाइदैन’ सिजापति भन्छन्–‘टेलिकम कम्पनी पनि राम्रो छ, धेरै सेयर किन्न पनि पाइन्छ ।’ कम्पनीले प्रत्येक वर्ष ४० देखि ५० प्रतिशत नगद लाभांश वितरण गर्दै आएको छ । गत गर्षको नाफाबाट कम्पनीले २० प्रतिशत संचित कोषमा जम्मा गरेर पनि सेयर धनीलाई ८० प्रतिशत लाभांश दिन सक्छ । तर कम्पनीले लाभांश दरमा क्रमिक वृद्धि गर्ने नीति लिएमा ६० देखि ७० प्रतिशत नगद लाभांश वितरण गर्न सक्छ ।
माथिल्लो त्रिशुली ३ बी आयोजना निर्माण मंसिरदेखि, नेपाल टेलिकमले ३० प्रतिशत लगानी गर्ने
काठमाडौं । माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजना निर्माण आउदो मंसिरदेखि सुरु हुने भएका छ ।प्रवद्र्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले ३७ मेगावाट क्षमताको आयोजना निर्माणका लागि ठेकेदार छनौट अन्तिम चरणमा पुगेको छ । ठेकेदारसंग सम्झौतापछि आयोजनाको काम सुरु हुने छ । वितृत डिजाइन, निर्माण (इपीसी) प्रारुपमा निर्माण हुन लागेको हो । आयोजनामा चीनको सिनो हाइड्रो कर्पोरेशन र सिचुवान आन हे कर्पोरेशनले बोलपत्र पेश गरेका छन् । सिचुवानले सिनोको भन्दा कम दर प्रस्ताव गरेको छ । संभवत सिचुवानसंग ठेक्का सम्झौता हुनेछ । हाल बोलपत्रको मूल्याँकनको काम भइरहेको त्रिशुलीका प्रवन्ध सञ्चालक मोहन गौतमले बताए । मूल्याँकन सकिएपछि ठेक्का सम्झौता हुने उनले जानकारी दिए । आयोजनामा विद्युत प्राधिकरणको ३०, नेपाल टेलिकमको ३०, आयोजना प्रभावित रसुवा र नुवाकोट जिल्ला विकास समिति र गाउँ विकास समितिले ५, रसुवा र नुवाकोटका संस्थाले ५, आयोजना प्रभावितले १०, सर्वसाधारणलाई १५ र प्राधिकरण र टेलिकमका कर्मचारीलाई ५ प्रतिशत सेयर दिने गरी लगानी संरचना तयार गरिएको छ । नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको संयुक्त लगानीमा आयोजना निर्माण हुन लागेको हो । पुर्वयोग्यतामा ७ अन्तराष्ट्रिय कम्पनी छनौट भएपनि अन्तिममा आएर २ वटा चिनियाँले मात्र भाग लिएका छन् । काम सुरु गरेर ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । आउदो सन् २०२० को अन्त्यसम्म आयोजना सम्पन्न गर्ने गौतमले बताए । आयोजनामा विद्युत प्राधिकरणको ३०, नेपाल टेलिकमको ३०, आयोजना प्रभावित रसुवा र नुवाकोट जिल्ला विकास समिति र गाउँ विकास समितिले ५, रसुवा र नुवाकोटका संस्थाले ५, आयोजना प्रभावितले १०, सर्वसाधारणलाई १५ र प्राधिकरण र टेलिकमका कर्मचारीलाई ५ प्रतिशत सेयर दिने गरी लगानी संरचना तयार गरिएको छ । विद्युत प्राधिकरणसंग पनि विद्युत खरिदविक्रि सम्झौता (पीपीए) अन्तिम चरणमा पुगेको छ । हाल पीपीएको ड्राफट तयार भइसकेको छ । आयोजनाको प्रतिफल २२ प्रतिशत छ । आयोजनाबाट वार्षिक ३० करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको संभाव्यता अध्ययनले देखाएको छ । यस्तै सुख्खायाममा पनि ८ करोड २० लाख युनिट बिजुली उत्पादन हुने छ । आयोजना एक्सिडेन्टल फलो (क्यु) ७० मा डिजाइन गरिएकाले वर्षको ७ महिना आयोजना पुर्ण क्षमतामा सञ्चालन हुनेछ । विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए आयोजनाबाट प्रवाह हुने पानी सिधै सुरुङमा हालेर ३.७ किलोमिटर लामो सुरुङबाट नुवाकोटको वेत्रावती नजिक सिरुवापानीस्थित विद्युतगृहमा खसालिने छ । आयोजनामा सानो मुहान बाहेक अन्य बाँधको संरचना आवश्यक पर्देन । यस्तै आयोजनाका लागि सडक निर्माण भइसकेको छ ।
नेपाल टेलिकमको खुद नाफा १५ अर्ब ४२ करोड, पहिलो पटक चुक्ता पुँजी भन्दा बढी नाफा गर्न सफल
काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षमा खुद नाफा १५ अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको छ । उक्त नाफा कम्पनीको चुक्ता पुँजीभन्दा ४२ करोड रुपैयाँ बढी हो । यस कम्पनीले पहिलो पटक चुक्ता पुँजी भन्दा बढी खुद नाफा आर्जन गरेको हो । कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । नेप्सेमा सूचिकृत कम्पनीमा सेयर पुँजीको आधारमा टेलिकम सबैभन्दा ठूलो कम्पनी हो । वार्षिक नाफा र संचित कोषमा बचत भएको रकमका आधारमा पनि यो सबैभन्दा ठूलो कम्पनी हो । नाफा राम्रो भए पनि यो कम्पनीको सेयर मूल्य कम छ । हाल प्रतिकित्ता ६७० रुपैयाँमा यस कम्पनीको सेयर किनबेच भईराखेको छ । कम्पनीले गत वर्षमा ४४ अर्ब ६८ करोडको सेवा बिक्री गरेको कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् । त्यस्तै, कम्पनीले चालु आर्थिक वर्षमा ४९ अर्ब ५० करोडको सेवा बिक्री गर्ने लक्ष्य राखेको उनले बताईन् । यस आर्थिक वर्षमा कम्पनीले १६ अर्ब २९ करोड नाफा गर्ने लक्ष्य रहेको उनले बताइन ।
नेपाल टेलिकमद्धारा ६ जिल्लाका सामुदायिक विद्यालयहरुमा आईसीटी सेन्टर स्थापना
काठमाडौं । भूकम्पबाट अति प्रभावित ६ जिल्लाका सामुदायिक विद्यालयहरुमा नेपाल टेलिकमको सहयोगमा आ.व. २०७३/७४ मा सूचना प्रविधि केन्द्र (आईसीटी सेन्टर) स्थापना गरिएको छ । नेपाल टेलिकमले यी विद्यालयमा आईसीटी सेन्टर स्थापनाका लागि कम्प्युटर, प्रिन्टर लगायतका अन्य आवश्यक उपकरण उपलब्ध गराई मासिक रुपमा ३० जीबी डाटा भोल्युमको इन्टरनेट सुविधा २ वर्षसम्म निःशुल्क उपलब्ध गराउने व्यवस्था समेत गरेको छ । कम्पनीले शारदा मा.वि. प्याउली भोजपुर, रत्नचुण्डेश्वर मा.वि. पानीमुण्डे बनेपा, सगरमाथा मा.वि. ओखलढुङ्गा, कन्यादेवी आधारभूत विद्यालय कल्याणपुर नुवाकोट र सेतिदेवी मा.वि. सालु रामेछापमा आईसीटी सेन्टर स्थापना गर्न सहयोग गरेको हो । सोलुखुम्बुको जीवन ज्योति मा.वि. नेलमा पनि केही समयमै आवश्यक उपकरण जडान गरी सेवा सञ्चालन गर्ने तयारी छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०७२ बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पबाट अति प्रभावित १४ जिल्ला मध्ये काठमाडौँ, ललितपुर र भक्तपुरबाहेक अन्य ११ जिल्लामा आईसीटी सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो । सो अनुरुप नुवाकोट, काभ्रेपलाञ्चोक, ओखलढुंगा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, धादिङ, रसुवा, गोरखा र भोजपुर जिल्लाका एक/एक वटा सामुदायिक विद्यालयमा आईसीटी सेन्टर स्थापना गरिएको छ । यी आईसीटी सेन्टरमा विद्यार्थी तथा शिक्षकले इन्टरनेट मार्फत विभिन्न सुविधा उपभोग गर्न सक्ने छन् ।
नेपाल टेलिकम र म्युजिक नेपालबीच सहकार्य, मोबाइल एप्पमार्फत म्युजिक स्ट्रिमिङ सेवा सञ्चालन
काठमाडौं । नेपाल टेलिकम र म्युजिक नेपाल प्रा.लि.को सहकार्यमा मोबाइल एप्प मार्फत म्युजिक स्ट्रिमिङ सेवाको औपचारिक रुपमा आइतबार शुभारम्भ गरिएको छ । नेपाली संगीत क्षेत्रका गायक, संगीतकार, रचनाकार तथा उत्पादकहरुको उपस्थितिमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत प्रदिपराज उपाध्यायले सो सेवाको शुरु गरेका हुन् । उपाध्यायले मोबाइल एप्पमार्फत स्ट्रिमिङ सेवाको शुरु गर्दै मोबाइल प्रयोगकर्ताका बीचमा यो एप्प लोकप्रिय हुने विश्वास ब्यक्त गर्दै आगामी दिनमा यसलाई थप सुविधासहित परिमार्जित गरिने बताए । म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्माले टेलिकमका करिब १ करोड ५० लाख उपभोक्तामार्फत देशभर नेपाली संगीत उपलब्ध गराउन पाएकोमा खुशी व्यक्त गरेका छन् । साथै, उनले यो सहकार्यबाट संगीत क्षेत्रको आधिकारिक एप्पको रुपमा म्युजिक नेपाल एप्पले विश्वास जित्ने आशा उनले व्यक्त गरेका छन् । नेपाल टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले म्युजिक नेपाल एप्पमार्फत संगीत प्रेमी र कलाकारलाई नेपाली संगीत प्रवद्र्धनका लागि थप प्रोत्साहित गर्न भूमिका खेल्नुका साथै नेपाल टेलिकमको व्यवसाय विस्तारमा समेत सघाउ पुग्ने बताएकी छन् । म्युजिक स्ट्रिमिङ सेवाबाट ग्राहकले एउटै प्लेटफर्ममार्फत असीमित संगीतको आनन्द लिन सक्नेछन् । ‘म्युजिक नेपाल’ मोबाइल एप्प डाउनलोड गरी सो मार्फत कुनै पनि विधामा अहिलेका लोकप्रिय गीतहरु मात्र नभई पुराना सदावहार नेपाली गीतहरु पनि चौविसै घण्टा सुन्न सकिने छ । त्यति मात्र नभई आफ्नो रुची अनुसारका गीतहरु छान्न, सूची बनाउन र संग्रहित गर्न पनि सकिने छ । आफूले रुचाएका गीतहरु फेसबुकमार्फत साथीभाईहरुसँग सेयर गर्न पनि सकिने छ । यो सेवा नेपाल टेलिकमका ग्राहकलाई मात्र उपलब्ध हुनेछ भने हाललाई पहिलो एक महिनाको लागि उपभोक्ता शुल्क नलिई उपलब्ध गराइने छ । एक महिना पछि भने ग्राहकले शुल्क तिरेर साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । डाउनलोड गरेको एप्प खोलेर आफ्नो मोबाइल नम्बर हाल्ना साथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी यसको प्रयोग गर्न सकिने छ । कम्पनीका अनुसार मोबाइल डाटा प्रयोग गरी गीत डाउनलोड गर्दा डाटा शुल्क भने लाग्नेछ । साथै वाइफाई प्रयोग गरेर पनि कम्पनीका ग्राहकले संगीतको आनन्द लिन सक्नेछन् । हाललाई यो सेवा एन्ड्रोइड मोबाइलमा उपलब्ध हुनेछ भने छिट्टै आइओएसमा समेत उपलब्ध गराइने छ । यो सेवा मार्फत हाललाई नेपाली आधुनिक तथा सदावहार गीत संगीतहरु मात्र उपलब्ध भए पनि निकट भविष्यमा विदेशी गीत संगीतहरु समेत उपलब्ध हुनेछन् । आगामी मंगलबार (२०७४ साउन ३ गते) देखि यो ‘म्युजिक नेपाल एप्प’ आम उपभोक्ताले प्रयोग गर्न सक्ने टेलिकमले बताएको छ ।
३ अर्ब ६७ करोडको धरहराबारे अध्ययन गर्दै नेपाल टेलिकम
काठमाडौं । नेपाल टेलिकमले धरहराको डिजाइन र प्रस्तावित लागतमाथी छलफल थालेको छ । पुरातत्व विभागले तयार पारेको धरहराको अनुमानित लागत र डिजाइनबारे टेलिकमले विगत ३ हप्तादेखि व्यापक अध्ययन अघि बढाएको हो । ‘हामीले ३ अर्ब ६७ करोडको लागत अनुमान प्रस्तावित धरहराकाे स्केज सहित पुरातात्विक ढंगले धरहराको डिजाइन तयार पारेर नेपाल टेलिकमलाई बुझाएका छौं, उनीहरुले आफ्नो व्यवसायीक अध्ययन गरेपछि थोरै परिमार्जन गरेर निर्माण प्रक्रिया अघि बढ्छ’, पुरातत्व विभागका सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरेले विकासन्युजसँग भने । उता, नेपाल टेलिकमका सहायक प्रवक्ता शोभन अधिकारीले पनि धरहराको अनुमानित लागतसहितको डिजाइन आईपुगेको र त्यसबारे टेलिकमको उच्च तहले अध्ययन गरिरहेको बताए । ‘धरहराको डिजाइन र लागत अनुमानसहितको प्रतिवेदन टेलिकममा आइपुगेको छ, केहि चरण आन्तरिक छलफल समेत भैसकेको छ, बोर्ड बैठकले पारित गरेपछि मात्रै बाँकी प्रक्रिया अघि बढ्छ’, टेलिकमका सहायक प्रवक्ता अधिकारीले विकासन्युजसँग भने । टेलिकमले केहि हेरफेर गरेपछि मात्रै धरहराको डिजाइनले अन्तिम रुप लिनेछ । हाल अनुमान गरिएको ३ अर्र्ब ६७ करोडको लागत पनि केहि बढ्न सक्नेछ । टेलिकमले करिब ४२ रोपनी क्षेत्रफलमा ११ तल्ले धरहरा निर्माण गर्नेछ । टेलिकमले निर्माण सम्पन्न गरेको ३० बर्षमा सोही धरहरा सञ्चालन गरेर निर्माण लागत तथा मुनाफा समेत कमाउनु पर्नेछ । धरहरामा २ तल्ला अण्डर ग्राउण्ड पार्किङ तथा सुबिधा सम्पन्न पार्क, लिफ्ट, क्याफे, लाइब्रेरी लगायतका आधुनिक सुबिधा रहनेछन् ।
नेपाल टेलिकमले देशभरका दुई सय वटा कार्यालय भवनमध्ये अधिकांश भाडामा लगाउने
काठमाडौं । नेपाल टेलिकमका देशभर रहेका विभिन्न भव्य महल अब भाडामा लगाउने भएको छ । टेलिकमले आगामी आर्थिक वर्ष २०७४/७५ देखि भवन भाडामा लगाउने गरी आवश्यक तयारी गरिरहेको छ । टेलिकमका भवन भाडामा लगाउने विषयमा गत फागुन दोस्रो साता बसेको टेलिकम सञ्चालक समितिले निर्णय पनि गरिसकेको छ । अब भवन कति वटा भाडामा लगाउने, कुन भवन टेलिकमले कति उपभोग गर्ने र कतिसम्म भाडामा लगाउने भन्ने विषयमा आवश्यक मापदण्ड बनाउने टेलिकमले जानकारी दिएको छ । टेलिकमले निर्णय गरेर सञ्चार मन्त्रालय पठाएको उक्त प्रस्तावमा आगामी साउन १ गतेबाटै भवन भाडामा लगाउने गरी निर्णय गरेको उल्लेख छ । टेलिकम स्रोतले दिएको जानकारी अनुसार हाल टेलिकमको देशभर २ सय वटा आफ्नै कार्यालय रहेका छन । यीमध्ये कतिलाई भाडामा लगाउने भन्ने विषयमा आवश्यक गृहकार्य भइरहेको पनि टेलिकम स्रोतले जानकारी दिएको छ । टेलिकमका अनुसार काठमाडौंसहित बाहिरी जिल्लाका भवन भाडामा लगाउने विषयमा आवश्यक गृहकार्य भइरहेको छ । टेलिकमको धेरैवटा जिल्लामा भव्य र अकर्षक भवन रहेका छन् । यी भवन सबै टेलिकमलाई नै प्रयोग नहुने र भाडामा लगाउँदा अतिरिक्त आम्दानी बढ्ने भएकोले पनि भवनको सहि सदूपयोग हुने निष्कर्ष टेलिकमले निकालेको छ । टेलिकम अनुसार काठमाडौंका रहेका भव्य र आकर्षक भवन भाडामा दिँनुको एउटै उद्देश्य आम्दानीको स्रोत बढाउनु नै हो । टेलिकमले आफ्नै भवनलाई पनि भाडामा लगाउँदा बार्षिक करोडौ आम्दानी बढ्ने भएको छ । आफ्नै भवन पूरै नचाहिने हुँदा यसलाई भाडामा प्रयोग गर्दा भएकै भवनले थप आम्दानी पनि दिने बुझाई टेलिकम अधिकारीको छ । साथै, टेलिकमले पूवधार निर्माणलाई भने निकै आक्रामक रूपमा अगाडि बढाएको छ । यो कम्पनीले धरहरा पनि बनाउने भएको छ । टेलिकमले बनाउने धरहराको लागि पुरात्व विभागले तयार पारेको डिजाइनलाई टेलिकमले अगाडि बढाउने भएको छ । टेलिकमले करीब तीन अर्ब रुपैयाँ खर्च गरेर दुई वर्ष अगाडि भत्किएको धरहरालाई आकर्षक ढंगबाट पुनःनिर्माण गर्ने भएको छ । टेलिकमले बनाउँने धरहरा भूकम्प प्रतिरोधी हुनका साथै हालको तुलनमा ठूलो क्षेत्रमा आकर्षक पनि हुने उल्लेख छ ।
नेपाल टेलिकमद्धारा दोलखा च्छोरोल्पामा जिएसएम सेवा सञ्चालनमा
काठमाडौं । नेपाल टेलिकमले दोलखा जिल्लाको बेदिङ्गमा विटिएस स्थापना गरी हालै जिएसएम मोबाइल सेवा संचालनमा ल्याएको छ । यो सेवाबाट गौरीशंकर, नागुन तथा खेल्चाका करिव ८४ घरधुरीका करिव पाँच सय बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुनेछन् । अव यस क्षेत्रका उपभोक्ताहरुले पनि जिएसएम मोवाइल मार्फत सहजै अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सक्नेछन् । बेदिङ्गको च्छोरोल्पा हिमताल सदरमुकाम चरिकोटबाट लगभग ६५ किलोमिटर सडक मार्ग र दुई दिनको पैदल मार्गको दुरीमा रहेको छ । सेवा सुचारु भएपछि यस क्षेत्रका जनता निकै उत्साहित भएको पाइएको छ । स्थानीय वासिन्दाहरुले अव त्यस क्षेत्रमा पनि पर्यटन विकासका लागि सहयोग पुग्ने बताएका छन् । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।
नेपाल टेलिकमद्धारा फेसबुक र युट्युबमा प्रतिबन्ध
काठमाडौं । कर्मचारीले काम गर्न छाडेपछि नेपाल टेलिकमले कार्यालयमा फेसबुक र युट्युबमा प्रतिबन्ध लगाएको छ । कर्मचारीले कार्यालयको काम गर्नै छाडेर फेसबुक र युट्युबमा भुल्न थालेपछि टेलिकमले बैशाख १ गतेदेखि आंशिक रुपमा फेसबुक र युट्युबमा प्रतिबन्ध लगाउँदै आएको थियो । यी दुबै सञ्जालमाथी प्रतिबन्ध लगाएपछि कर्मचारीको कार्य क्षमतामा १० प्रतिशत वृद्धि भएपछि पुर्णरुपमा प्रतिबन्ध लगाउन सुरु गरिएको टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीले बताईन् ।‘बैशाख १ गतेदेखि आंशिक रुपमा प्रतिबन्ध लगाएका थियौं, त्यसले कर्मचारीको कार्य क्षमतामा १० प्रतिशतले वृद्धि भएपछि ११ गतेबाट पुर्णरुपमा प्रतिबन्ध लगाएका छौं’, महाप्रबन्धक राजभण्डारीले भनिन् । उनका अनुसार फेसबुक र युट्युबमा प्रतिबन्ध लगाएपछि ठुलो मात्रामा ब्याण्डविथको समेत बचत भएको छ ।‘कर्मचारीले कार्यालय समयमा ठुलो ब्याण्डविथ प्रयोग गरिरहेका रहेछन्, फेसबुक र युट्युबमा प्रतिबन्ध लगाएपछि त्यसको बचत भएको छ’, राजभण्डारीले भनिन् । कस्टुमर सर्भिस र अपरेशनमा कार्यरत कर्मचारीलाई भने फेसबुक चलाउने सुबिधा दिइएको छ । उनीहरुले पनि युट्युब भने चलाउन पाउँदैनन् । टेलिकमले देशैभरका कार्यालयहरुमा यस्तो प्रतिबन्ध लगाएको हो । टेलिकममा ४ हजार १ सय २७ जना स्थायी कर्मचारी रहेका छन् । सरकारले पनि सिंहदरबा भित्र फेसबुक र ट्वीटर प्रयोगमा रोक लगाउँदै आएको छ ।
नेपाल टेलिकमको प्रति शेयर आम्दानी १०५ रुपैंयाँ बढि, बजार मूल्य ६३५ मात्रै
काठमाडौं । नेपाल टेलिकमको प्रति शेयर आम्दानी १०५ रुपैंयाँ ५८ पैसा पुगेको छ । टेलिकमले चालु आर्थिक बर्षको दोश्रो त्रैमासिकमा आफ्नो प्रति सेयर आम्दानी १०५ रुपैंयाँ ५८ पैसा पुर्याएको हो । जबकी गत आवको सोही अवधीमा कम्पनीको यस्तो आम्दानी जम्मा ९६ रुपैंयाँ ७५ पैसा थियो । कम्पनीले पुस मसान्तसम्ममा २२ अर्ब ४७ करोड रुपैंयाँ बराबरको कारोबार गरेर ७ अर्ब ९१ करोड रुपैंयाँ नाफा आर्जन गरेको छ । १५ अर्ब चुक्ता पुँजी रहेको टेलिकमले गत आर्थिक बर्षमा १३ अर्ब २७ करोड नाफा कमाएको थियो । टेलिकमको प्रति सेयर आम्दानी आर्थिक बर्ष २०७२/७३ मा बाहेक निरन्तर वृद्धि हुँदै आएको छ । सो आवमा भने ८०६ जना कर्मचारीलाई भिआरएसमा पठाउँदा तीन अर्ब भन्दा बढि रकम खर्च भएकाले कुल नाफा र प्रति सेयर आम्दानी दुबै घटेको टेलिकमका प्रबन्ध निर्देशक कामिनीराज भण्डारीले बताइन् । तैपनि ९१ रुपैंयाँ २१ पैसा प्रति सेयर आम्दानी कायम हुनु राम्रो भएको उनको भनाई छ । आर्थिक बर्ष २०६८/६९ मा टेलिकमको प्रति सेयर आम्दानी ७७.७३ रुपैंयाँ थियो । त्यसको एक बर्षपछि त्यो घटेर ७५.३३ रुपैंयाँमा झरेको थियो । तर २०७०/७१ मा पुग्यो कम्पनीको त्यस्तो आम्दानी ७७.१२ पुग्यो । आव २०७१/७२ मा पुग्दा टेलिकमको प्रति सेयर आम्दानी ९७.०४ पुग्यो तर त्यसको एक बर्ष पछि अर्थात गत आवमा भने ९१.२१ रुपैंयाँमा खुम्चियो । चालु आवमा भने टेलिकमको प्रति सेयर आम्दानी अझै बढ्ने देखिएको छ । ‘यसपाली कुल नाफा पनि वृद्धि हुन्छ र प्रति सेयर आम्दानी पनि बढ्छ’, कम्पनीका प्रमुख वित्तिय अधिकृत सुर्यभक्त पोखरेलले भने । प्रति सेयर आम्दानी एक सय रुपैयाँ नाघेको कम्पनीको सेयर मूल्य भने ६३५ रुपैंयाँ मात्रै रहेको छ ।
नेपाल टेलिकमको ७ अर्ब ६५ करोड रुपैयाँ बोनस रकम पास, सेयरधनीले चैत १ गतेदेखि पाउने
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नवौं वार्षिक साधारणसभा फागुन ३० गते काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७२/७३ को मुनाफाबाट सेयरधनीलाई ७ अर्ब ६५ करोड बोनस (नगद लाभांश) वितरण गर्ने कम्पनीको प्रस्ताव पारित गरेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीहरु मध्ये सेयरपुँजीको आधारमा सबैभन्दा ठूलो कम्पनी नेपाल टेलिकमले रकमको आधारमा सबैभन्दा बढी बोनस वितरण गर्दै आएको छ । चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको यस कम्पनीले सेयरधनीलाई चुक्ता पूँजीको ५१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले लाभांश रकम चैत्र १ गतेदेखि शेयरधनीहरुलाई वितरण गर्ने जनाएको छ । कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले साधारणसभामा बोल्दै आर्थिक वर्ष २०७२÷७३ मा सेवा विस्तार, सञ्चालन र वित्तीय दृष्टिकोणले उत्साहजनक रहेको बताए । सो अवधिमा कुल राजस्व ३.६८ प्रतिशतले वृद्धि गरी खुद मुनाफा रु. १३ अर्ब ६८ करोड कायम राख्न कम्पनी सफल भएको बताए । गत आर्थिक वर्षको तुलनामा १५.६५ प्रतिशतले ग्राहक संख्या वृद्धि भएको उनले बताए । गत पुस मसान्तसम्ममा यस कम्पनीको संचित मुनाफा ७८ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । उनले सेवा विस्तारको कार्यलाई नाफामूलक क्षेत्रहरूमा मात्र सीमित नराखी तुलनात्मकरुपमा लगानी बढी हुने अति विकट तथा दुर्गम क्षेत्रहरूमा समेत निरन्तरता दिइराखेको र सावर्जनिक खरिद ऐन, २०६३ को पहिलो संशोधन २०७३ बाट वोलपत्र, खरिद सम्झौता लगायतका प्रावधानमा भएका संशोधनलाई समावेश गर्न कम्पनीको खरिद कार्यविधि मस्यादौ तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । कम्पनीको सेवा विस्तारमा र सेवाको गुणस्तर कायम गर्न अहं भूमिका निर्वाह गर्ने आपूर्तिकर्ता, परामर्शदाता र निर्माण व्यवसायीलाई थप जिम्मेवार भई कम्पनीसँग सहकार्य गर्न अभिपे्ररित गर्न खरिद सम्झौतामा नै यथोचित व्यवस्था मिलाउने गरी प्रकृया शुरु भएको जानकारी दिए । उक्त सभाले आर्थिक वर्ष २०७२।७३ को लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७३ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७२/७३ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको छ । यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिसबमोजिम आ. व. २०७३÷७४ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टड एकाउण्टेण्ट सुबोध कुमार कर्णलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिक समेत पारित गरेको छ ।
अत्यधिक नाफा असुल्छ नेपाल टेलिकम, ६० देखि एक सय पाँच प्रतिशतसम्म नाफा
काठमाडौं । नेपाल टेलिकमले उपभोक्ताबाट ‘अवैध’ रूपमा शतप्रतिशतभन्दा बढी रकम नाफाका नाममा असुल गर्दै आएको छ। सामान्यतया लागत मूल्यमा २० प्रतिशत जोडेर मुनाफा लिन पाउने व्यवस्था छ। सरकारी स्वामित्वको नेपाल टेलिकमले भने लागत मूल्यमा एक सय पाँच प्रतिशत नाफा जोडेर उपभोक्ताबाट असुल गर्र्दै आएको तथ्य भेटिएको छ। लागत मूल्यमा २० प्रतिशतभन्दा बढी रकम जोडेर नाफा लिन नपाउने व्यवस्था कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनमा छ। सरकारी स्वामित्वको टेलिकमले वर्षौदेखि उपभोक्ताको अधिकारमाथि खेलवाड गर्दै ६० प्रतिशतदेखि एक सय पाँच प्रतिशतसम्म नाफा असुलेको पाइएको छ। नेपाल टेलिकमले वार्षिकोत्सवका बेला सार्वजनिक गरेको ६ आर्थिक वर्षको बासलात केलाउने हो भने उक्त कम्पनीले उपभोक्तासँग ठगी गरी अत्यधिक मुनाफा आर्जन गरेको प्रस्ट हुन्छ। टेलिकमले आर्थिक वर्ष ०६७/६८ मा एक सय पाँच प्रतिशत, ०६८/६९ मा ७३ प्रतिशत, ०६९/७० र ०७०/७१ मा ६४—६४ प्रतिशत, ०७१/७२ मा ८८ प्रतिशत र ०७२/७३ मा ६५ प्रतिशत नाफा उपभोक्ताबाट असुल गरेको छ। उपभोक्ताले टेलिकमको पीएसटीएन (ल्यान्डलाइन फोन), जिएसएम (मोबाइल), सीडीएमए (तारविहीनको ल्यान्डलाइन फोन), सीडीएमए मोबाइल सुविधा प्रयोग गरेबापत उक्त कम्पनीले अवैध रूपमा अत्यधिक नाफा असुल गरेको हो। टेलिकमले ६ लाख ७७ हजार चार सय ४१ ल्यान्डलाइन फोन, एक करोड ३७ लाख ७० हजार आठ सय १८ थान प्रिपेड र पोस्टपेड मोबाइलको सीम र १४ लाख ६७ हजार पाँच सय ७२ थान सीडीएमए फोन वितरण गरेको छ। नेपाल बार एसोसिएसन काठमाडौंका पूर्वसचिव पुष्पराम पौडेलका अनुसार नाफा कमाउने उद्देश्यले सञ्चालित कुनै पनि संगठित संस्था र कम्पनीलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुन सक्छ। ‘नेपाल टेलिकममा झन् राज्यको लगानी छ’, पौडेलले भने, ‘राज्यले नै बनाएको ऐनविरुद्ध राज्यकै संस्थान जान मिल्दैन। उपभोक्तासँग शतप्रतिशतभन्दा बढी नाफा असुल्ने टेलिकमलाई कारबाहीको दायरामा ल्याउन नियमनकारी निकाय आँटिलो हुनुपर्छ।’ २० प्रतिशतभन्दा बढी मुनाफा आर्जन गर्ने नेपाल टेलिकममाथि कालोबजारी ऐनसँग उपभोक्ता संरक्षण ऐन पनि कारबाहीका लागि आकर्षित हुन्छ। उनका अनुसार कालोबजारी ऐन दफा ३ को नाफाखोरीअन्तर्गत २० प्रतिशतभन्दा बढी नाफा असुल्नेमाथि पाँच वर्षको कैद वा जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ। कालोबजारी ऐनकै दफा नौले संगठित संस्था र कम्पनीले जानाजान अत्यधिक नाफा लिएको अवस्थामा संगठित संस्था र कम्पनी सञ्चालक, महाप्रबन्धकसहित अन्य अधिकारीमाथि कारबाही गर्ने व्यवस्था गरेको छ। टेलिकमको कुल खर्चलाई लागत खर्च मान्ने हो भने ०६७/६८ मा उसको १५ अर्ब ५४ करोड रुपैयाँ खर्च भएको थियो। त्यो वर्ष टेलिकमको करअघिको नाफा १६ अर्ब ३९ करोड रुपैयाँ थियो। कालोबजारी ऐनअनुसार हिसाब गर्दा २० प्रतिशतका दरले टेलिकमले तीन अर्ब ११ करोड रुपैयाँ मात्रै नाफा लिन पाउँथ्यो। टेलिकमले उक्त वर्षमा एक सय पाँच प्रतिशतका दरले १३ अर्ब २८ करोड बढी मुनाफा आर्जन गरेको प्रस्ट हुन्छ। यस्तै, ०६८/६९ मा टेलिकमको २१ अर्ब ६१ करोड खर्च भएको थियो। त्यो वर्ष टेलिकमको करअघिको नाफा १५ अर्ब ६७ करोड रुपैयाँ थियो। २० प्रतिशतको हिसाबले टेलिकमले चार अर्ब ३२ करोड रुपैयाँ मात्रै नाफा लिन पाउँथ्यो। तर, उक्त वर्षमा ७३ प्रतिशतका दरले टेलिकमले ११ अर्ब ३४ करोड रुपैयाँ बढी नाफा असुल गरेको छ। त्यस्तै, ०६९र७० मा टेलिकमले २३ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेको थियो। त्यो वर्ष टेलिकमको कर अघिको नाफा १५ अर्ब १३ करोड थियो। २० प्रतिशतको हिसाबले उक्त वर्षमा टेलिकमले चार अर्ब ७५ करोड रुपैयाँ लिन पाउँथ्यो तर ६४ प्रतिशतका दरले १० अर्ब ३८ करोड रुपैयाँ बढी नाफाअन्तर्गत असुल गरेको छ। यसैगरी, ०७०/७१ मा २४ अर्ब २४ करोड टेलिकमले खर्च गरेको थियो। त्यो वर्षमा कर अघिको मुनाफा १५ अर्ब ४३ करोड थियो। २० प्रतिशतका दरले चार अर्ब ८५ करोड नाफा लिन पाउने भए पनि ऐनविपरीत ६४ प्रतिशतका दरले १० अर्ब ५८ करोडभन्दा बढी रकम असुल गरेको भेटिएको छ। ०७१/७२ मा कुल खर्च २२ अर्ब ६३ करोड रहेको टेलिकमले २० अर्ब एक करोड नाफा असुल गरेको थियो। तर, ऐनअनुसार चार अर्ब ५३ करोड मात्रै नाफा लिन पाउँथ्यो। तर, यो वर्षमा पनि टेलिकमले ८५ प्रतिशतका दरले १५ अर्ब ४८ करोड बढी नाफा उपभोक्ताबाट असुल गरेको छ। अघिल्लो आर्थिक वर्ष ०७२र७३ मा टेलिकमको खर्च २६ अर्ब ३२ करोड थियो। त्यो वर्षमा १७ अर्ब १२ करोड नाफा लिएको थियो। कालोबजारी ऐनअनुसार टेलिकमले पाँच अर्ब २६ करोड रुपैयाँ मात्रै नाफा लिन पाउँथ्यो। तर, टेलिकमले ६५ प्रतिशतका दरले ११ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी उपभोक्ताबाट नाफाअन्तर्गत असुल गरेको छ। अन्नपूर्ण पोस्टबाट ।
नेपाल टेलिकमले धरहरा पुनःनिर्माण योजना ल्याउने, चार अर्बको लगानीमा निर्माण गर्ने
प्रस्तावित धरहराकाे स्केज काठमाडौं । गत वर्षको भूकम्पले भत्किएका धरहराको पुनःनिर्माण नेपाल सरकार र नेपाल टेलिकमले संयुक्तरुपमा गर्ने भएका छन् । नेपाल टेलिकमका सहप्रवक्ता रोमन अधिकारीले धरहरा पुनःनिर्माणको प्रस्ताव पुरातत्व विभागमा लैजाने गृहकार्य भइरहेको बताउँदै करिब ४२ रोपनी क्षेत्रफलमा पुनःनिर्माण हुने धरहरा परिसरमा पार्किङ सुविधासहितको पार्क, सङ्ग्रहालय, बच्चाका लागि खेल्ने पार्कलगायत निर्माण गरिने गरी प्रस्ताव गर्ने योजना टेलिकमले लिएको जानकारी दिए । करिब रु चार अर्बको लगानीमा धरहरा पुनःनिर्माण हुनेछ । जसमध्ये जनताबाट ११ करोड रुपैयाँ संक्कलन गर्ने र बाँकी रकम टेलिकम आफैँले थप गर्ने सहप्रवक्ता अधिकारीले बताए । यसरी धरहरा पुनःनिर्माण भइसकेपछि कम्तीमा ३० वर्ष आफ्नै स्वामित्वमा हुनुपर्ने र निर्माण गर्दा लागेको लगानी उठेपछि मात्र सरकारलाई धरहरा हस्तान्तरण गर्ने प्रस्ताव पनि टेलिकमले गरेको छ । यदि सरकारले सो प्रस्ताव स्वीकार नगरे पुनःनिर्माणको जिम्मा नलिने पनि टेलिकमले स्पष्ट पारेको छ । रासस
नेपाल टेलिकमको १३ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न अस्पताललाई सहयोग
काठमाडौं । नेपाल टेलिकमले आफ्नो १३औँ वार्षिकोत्सवको अवसरमा विभिन्न अस्पतालहरुमा विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले काभ्रेको साँगास्थित स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रलाई १५ वटा विशेष सुविधायुक्त ह्विलचियर उपलब्ध गराएको छ । त्यसैगरी काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरुमा कम्बल हस्तान्तरण गरिएको छ । प्रसूति गृहमा १५० थान र पाटन अस्पतालमा १०० थान नवजात शिशुका लागि कम्बल हस्तान्तरण गरिएको छ । वीर अस्पताल र गंगालाल हृदय केन्द्रमा विरामीहरुका लागि सय/सय थान कम्बल हस्तान्तरण गरिएको छ । वीर अस्पताल र गंगालाल हृदय केन्द्रमा सेवाग्राहीहरुका लागि एक/एक थान मोबाइल चार्जिङ स्टेसन समेत उपलब्ध गराइएको छ । उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी, नायब प्रबन्ध निर्देशकहरु, निर्देशकहरु र अन्य अधिकृतहरुका साथै कम्पनीमा क्रियाशील ट्रेड युनियनका अध्यक्षहरु समेतको उपस्थिति रहेको थियो । प्रबन्ध निर्देशक राजभण्डारीले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिकोत्सवको अवसरमा यस प्रकारको सहयोग गरेको र यसबाट अस्पतालका सेवाग्राहीलाई केही मात्रामा भए पनि सहयोग पुग्ने अपेक्षा गरेको बताइन् । सो सहयोगका लागि सम्बद्ध अस्पताल व्यवस्थापनले नेपाल टेलिकमलाई धन्यवाद प्रदान गर्नुका साथै आगामी दिनमा समेत यस्तो सहयोगको निरन्तरताको अपेक्षा गरेको छ । साथै, नेपाल टेलिकमले आगामी शनिबार (२०७३ माघ २२ गते) १३औँ वार्षिकोत्सव मनाउँदै छ ।
नेपाल टेलिकम कप माघ १८ देखि शुरु
काठमाडौं, १६ माघ । सार्वजनिक संस्थान खेलकुद विकास सङ्घ नेपालको आयोजनामा दशौँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता नेपाल टेलिकम कप- २०७३ यसै साता हुने भएको छ । सङ्घद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही माघ १८ देखि २० गतेसम्म हुने आयोजक सङ्घका अध्यक्ष कुलबहादुर आचार्यले जानकारी दिए । प्रतियोगितामा पुरुष भलिबल, टेबल टेनिस र बुद्विचाल गरी तीन विधामा प्रतिस्पर्धा हुनेछन् । भलिबलमा नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम, विद्युत् प्राधिकरण, जनक शिक्षा सामग्री केन्द्र, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा राष्ट्रिय वाणिज्य बैंकबाट सहभागिता जनाइएको छ । त्यसैगरी नेपाल टेलिभिजन, नेपाल एसबिआई बैंक, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र उदयपुर सिमेन्ट लिमिटेडले टेबल टेनिस र बुद्विचालमा भाग लिने आयोजकका अध्यक्ष आचार्यले बताए । टेबल टेनिस र बुद्विचालमा सहभागी अन्य संस्थामा ललितपुर उप-महानगरपालिका, नेसनल ट्रेडिङ सेन्टर, सांस्कृतिक संस्थान, नेपाल आयल निगम, सिदार्थ बैंक र कृषि विकास बैंक छन् । प्रतियोगितामा महिला पुरुष गरी कुल २४५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा आठ स्वर्ण, आठ रजत तथा १४ कास्य गरी ३० पदकका लागि प्रतिस्पर्धा हुनेछ । भलिबल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहलमा हुनेछ भने टेबल टेनिस र बुद्विचाल लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिता सञ्चालनमा रु सात लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । रासस काठमाडौं, १६ माघ । सार्वजनिक संस्थान खेलकुद विकास सङ्घ नेपालको आयोजनामा दशौँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता नेपाल टेलिकम कप–२०७३ यसै साता हुने भएको छ । सङ्घद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही माघ १८ देखि २० गतेसम्म हुने आयोजक सङ्घका अध्यक्ष कुलबहादुर आचार्यले जानकारी दिए । प्रतियोगितामा पुरुष भलिबल, टेबल टेनिस र बुद्विचाल गरी तीन विधामा प्रतिस्पर्धा हुनेछन् । भलिबलमा नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम, विद्युत् प्राधिकरण, जनक शिक्षा सामग्री केन्द्र, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा राष्ट्रिय वाणिज्य बैंकबाट सहभागिता जनाइएको छ । त्यसैगरी नेपाल टेलिभिजन, नेपाल एसबिआई बैंक, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र उदयपुर सिमेन्ट लिमिटेडले टेबल टेनिस र बुद्विचालमा भाग लिने आयोजकका अध्यक्ष आचार्यले बताए । टेबल टेनिस र बुद्विचालमा सहभागी अन्य संस्थामा ललितपुर उप–महानगरपालिका, नेसनल ट्रेडिङ सेन्टर, सांस्कृतिक संस्थान, नेपाल आयल निगम, सिदार्थ बैंक र कृषि विकास बैंक छन् । प्रतियोगितामा महिला पुरुष गरी कुल २४५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा आठ स्वर्ण, आठ रजत तथा १४ कास्य गरी ३० पदकका लागि प्रतिस्पर्धा हुनेछ । भलिबल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहलमा हुनेछ भने टेबल टेनिस र बुद्विचाल लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिता सञ्चालनमा रु सात लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । रासस
धरहराको ‘बिजनेश मोडल’ बनाउँदै नेपाल टेलिकम
काठमाडौं, ५ माघ । नेपाल टेलिकमले धरहराको बिजनेश मोडालिटी निर्माण अघि बढाएको छ । धरहराको निर्माण गर्ने जिम्मेवारी दिने सरकारी निर्णयसँगै टेलिकमले त्यसको बिजनेश मोडालिटी बनाउन थालेको हो । धरहराको निर्माण, प्राबिधीक पक्ष, लगानी र आम्दानी समेटेर बिजनेश मोडल तयार गर्न टेलिकमले ७ सदस्यिय समिति नै गठन गरिसकेको छ । ‘धरहराको बिजनेश मोडल कस्तो हुने भन्नेबारे अध्ययन गर्न डेप्युटी म्यानेजिङ डाइरेक्टरको नेतृत्वमा सात सदस्यीय समिति सोमबार मात्रै समिति गठन भएको छ’,नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले विकासन्युजसँग भनिन् । उनका अनुसार सक्दो चाडो बिजेनश मोडालीटी तयार पारेर सूचना तथा सञ्चार मन्त्रालयलाई पठाइनेछ । टेलिकमले तयार पारेको मोडालिटीलाई मन्त्रालयले मन्त्रिपरिषदमा पेश गर्नेछ । मन्त्रिपरिषदले पास गरेपछि राष्ट्रिय पुननिर्माण प्राधिकरण, पर्यटन मन्त्रालय र नेपाल टेलिकमबिच सम्झौतामा हस्ताक्षर गरिनेछ र त्यससँगै नेपाल टेलिकमले धरहराको निर्माण अघि बढाउनेछ । ‘टेलिकमको प्रस्तावलाई मन्त्रिपरिषदले स्विकृत गरेपछि सम्झौता हुन्छ र निर्माण आरम्भ गरिन्छ’, सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले भने । के के समेटिने छ मोडालिटीमा नेपाल टेलिकमले धरहराको बिजनेश मोडालिटीमा कति बर्षसम्म धरहराको सञ्चालन नेपाल टेलिकमले गर्र्ने ?, धरहरा चढ्दाको शुल्क कति हुने ?, सो शुल्कबाट टेलिकमले कति प्राप्त गर्ने र कति अन्य निकायलाई दिने ? धरहरामा टेलिकमले के के प्रचार सामग्री राख्न पाउने, लगायतका पक्ष समेटिनेछ । यसैबिच, करिब एक करोड लागतमा धरहराको नयाँ डिजाइन माघ २८ गते तयार हुँदैछ । पुरातत्व विभागले ९४ लाख ७९ हजार ४ सय ३६ रुपैंयाँ लागतमा केस कन्सल्टेन्टलाई धरहराको नयाँ डिजाइन तयार पार्ने जिम्मेवारी दिएको थियो । सो कम्पनीले माघ २८ गते नयाँ २९ रोपनी ४ आना २ पैसा २ दाम क्षेत्रफलमा बनाईने नयाँ धरहराको डिजाइन विभागलाई बुझाउनेछ । धरहरा निर्माणका लागि करिब ३ अर्ब लागत अनुमान गरिएको छ ।
एक करोडमा तयार हुँदैछ धरहराको नयाँ डिजाइन, नेपाल टेलिकमले बनाउने पक्का
काठमाडौं, २ माघ । करिब एक करोड लागतमा धरहराको नयाँ डिजाइन तयार भैरहेको छ । गत बैशाख १२ गतेको भूकम्पले भत्काएको धरहराको नयाँ डिजाइन तयार पार्न पुरातत्व विभागले ९४ लाख ७९ हजार ४ सय ३६ रुपैंयाँ लागतमा केस कन्सल्टेन्टलाई जिम्मेवारी दिएको हो । केस कन्सल्टेन्टले यहि माघ २८ गते धरहराको फाइनल डिजाइन विभागलाई बुझाउने छ । ‘थपिएको जमिनलाई समेटेर माघ २८ गते नयाँ डिजाइन प्राप्त हुँदैछ’, पुरातत्व विभागका सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरेले विकासन्युजसँग भने । उनका अनुसार केस कन्सल्टेन्टले नै १६ लाख ९५ हजारमा ६ रोपनी क्षेत्रमा निर्माण गर्ने भनिएको धरहराको डिजाइन तयार पारेको थियो । अहिले त्यसमा २३ रोपनी ४ आना २ पैसा २ दाम जमिन थपिएको छ । २९ रोपनी ४ आना २ पैसा २ दाम क्षेत्रफलमा बनाईने नयाँ धरहराको डिजाइन पनि केस कन्सल्टेन्टले नै तयार पारिरहेको छ । नेपाल टेलिकमले बनाउने पक्का नयाँ धरहरा नेपाल टेलिकमले बनाउने पक्का भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले केहि दिन अघि मात्रै सञ्चार सचिव र नेपाल टेलिकमको उच्च नेतृत्वसँग धरहरा बनाउनेबारे छलफल गरेका थिए । ‘प्रधानमन्त्रीले केहि दिन अघि मात्रै सचिवज्यु र टेलिकम नेतृत्वसँग छलफल गर्नुु भएको छ, अब धरहरा नेपाल टेलिकमले नै बनाउने पक्का भएको छ’, सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले विकासन्युजसँग भने । उनका अनुसार धरहरा नेपाल टेलिकमले बनाउने भन्ने सैद्धान्तिक सहमति भएको छ र निर्माण तथा सञ्चालन मोडालीटी तयार गर्न समिति समेत गठन भएको छ । ‘धरहरा बनाउने तथा सञ्चालन गर्ने मोडालीटी तयार गर्न सञ्चार मन्त्रालय, पर्यटन मन्त्रालय र नेपाल टेलिकमको सहभागीतामा समित गठन भएको छ’, ढकालले भने । उता, नेपाल टेलिकमका सह प्रवक्ता सोभन अधिकारीले पनि धरहराको निर्माण नेपाल टेलिकमले गर्ने सैद्धान्तिक सहमति भएको र मोडालीटीबारे अध्ययन जारी रहेको बताए । धरहरा निर्माणका लागि करिब ३ अर्ब लागत अनुमान गरिएको छ । निर्माण, सञ्चालन तथा हस्तान्तरणको मोडालिटी के हुने भन्नेबारे हाल सुक्ष्म अध्ययन भैरहेको छ ।
३६ करोड खर्चेर नेपाल टेलिकमले शुरु गर्यो काठमाडौं र पोखरामा फोरजी
काठमाडौं, १७ पुस । नेपाल टेलिकमले ३६ करोड खर्चेर काठमाडौं र पोखरामा फोरजी सेवा सुरु गरेको छ । टेलिकमले काठमाडौंको रिङरोड, इन्द्रायणी नगरपालिका, गोकर्ण रिसोर्ट र भक्तपुरलाई कभर हुने गरि आइतबारबाट सेवा आरम्भ गरेको हो । त्यस्तै पोखराको महेन्द्रपुल, न्युरोड र लेकसाइड लगायतका क्षेत्रमा फोरजी सेवा उपलब्ध हुनेछ । काठमाडौंमा ३०८ र पोखारामा २५ वटा टावरबाट फोरजीको सिग्नल प्रसारण गरिएको टेलिकमले जनाएको छ । कम्पनीले तत्कालै काठमाडौंमा थप ७९ वटा बिटिएस टावरबाट फोरजी सिग्नल प्रसारण गर्ने जनाएको छ । टेलिकमले हुवावे टेक्नोलोजीसँगको सहकार्यमा फोरजी सेव आरम्भ गरेको हो । टेक्नोलोजी न्युट्रालीटी गरेर १८०० ब्रोडब्याण्डको ५ मेगाहर्जमा फोरजी सञ्चालन गरिएको हो । पहिलो चरणमा पोष्टपेड मोबाइल प्रयोग कर्ताहरुले मात्रै फोरजी सेवा प्राप्त गर्न सक्नेछन् । उनीहरुले पनि युनिर्भसल सिम(युसिम)बाट मात्रै यस्तो सेवा पाउने टेलिकमकी महाप्रबन्धक कामीनी राज भण्डारीले बताइन् । टेलिकमले आगामी माघ २२ गतेदेखि प्रिपेड सेवामा पनि फोरजी सञ्चालन गर्नेछ । त्यस्तै, सोही मितिदेखि काठमाडौं र पोखरा बाहेक १५ वटा महानगर तटा उप महानगरपालिकामा पनि फोरजी आरम्भ गर्नेछ । फोरजी सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले नेपालले नेपाल टेलिकम पनि जनकपुर चुरोट कारखानीको अवस्थामा नपुगोस भन्दै खबरदारी गरेका थिए । मन्त्री कार्कीले नेपालमा सरकारी स्वामित्वका उद्योग तथा कलकारखाना र संस्थाहरु आवश्यक रहेको बताउँदै सरकारी कम्पनीसँग निजी क्षेत्रका कम्पनीले प्रतिष्पर्धा गर्नै नसक्ने दावी पनि गरेका थिए । उनले आइसीटी र विकासलाई सँगै लैजान नसकिएको टिप्पणी गर्दै हुलाक सेवालाई सामुदायीक सूचना केन्द्रका रुपमा अघि बढाउने तयारीमा सरकार लागेको जानकारी पनि दिएका थिए । त्यस्तै, नेपालले आफ्नै स्याटेलाइट सञ्चालनको प्रक्रिया अघि बढाएको जानकारी दिँदै उनले २० वटा कम्पनीले आसय पत्र बुझाएको बताए ।