युनाइटेड सिमेन्टद्धारा निर्माणकर्मीलाई भुकम्प प्रतिरोधात्मक निर्माण सम्वन्धी तालिम

काठमाडौं, २६ कात्तिक । यूनाइटेड सिमेन्ट्स उद्योगले निर्माणकर्मीलाई लक्षित गरी भूकम्प प्रतिरोधात्मक निर्माण तथा रेट्रो फिटिङ सम्बन्धी प्राविधिक तालिम दिएको छ । उद्योगका अनुसार भूकम्पपछिको निर्माणलाई मजबुत बनाउने तथा गुणस्तरीय सामाग्री मात्रै प्रयोग गर्ने गराउने उद्देश्यले उक्त तालिम दिइएको हो । ललितपुरको लेलेमा अवस्थित आफ्नै चुनढुङ्गा खानीबाट गुणस्तरीय चुनढुङ्गा उत्खनन् गरी ओ.पि.सी. सिमेन्ट मात्र उत्पादन गर्दै आएको यस उद्योगको ‘यूनाइटेड सिमेन्ट’ ब्राण्डले नेपाल गुणस्तर चिन्ह प्राप्त गरी सकेको छ । “गुणस्तरिय निर्माण सामाग्री मात्र प्रयोग गरौ“ र मजबुत निर्माणमा जोड दिउ“” भन्ने नारा लिई अघि बढेको यस उद्योगले यस्तो किसिमको तालिम केही दिन अघि मात्रै भक्त्तपुरमा संचालन गरिसकेको छ । साथै, यस्ता किसिमका प्राविधिक तालिम अझै व्यापक रुपमा अन्य स्थानका निर्माणकर्मीलाई पनि प्रदान गर्दै जाने उद्योगको लक्ष्य रहेको छ ।

शिवम् सिमेन्टको “चाँदी नै चाँदी” योजना समाप्त

काठमाडौं, २६ कात्तिक, । शिवम् सिमेन्ट लिमिटेडले यस वर्षको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ल्याएको “चाँदी नै चाँदी उपहार योजना” समाप्त भएको छ । चाडपर्वको अवसरमा थप उत्साह प्रदान गर्न ल्याइएको योजना अन्तर्गत, शिवमले आफ्नो उत्पादनका प्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम “लक्ष्मी(गणेश” अकिंत चाँदीको सिक्का उपहार प्रदान गरेको थियो । भदौ १५ देखि कार्तिक २६ सम्म लागू गरिएको योजनामा ग्राहक तथा विक्रेताहरुले उत्साहवर्द्धक सहभागिता जनाएका थिए । आगामी दिनहरुमा पनि उपभोक्ताहरुका लागि यस्ता विशेष योजनाहरु ल्याउने प्रतिबद्धता कम्पनीले गरेको छ । शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको ओपीसी सिमेन्टमध्ये एक हो । सन् २००९ मा हेटौँडामा स्थापित सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

जगदम्बा सिमेन्टलाई २ वर्षसम्म लगातार एनएस क्वालिटी अवार्ड

काठमाडौं, २५ कार्तिक । जगदम्बा सिमेन्टले लगातार दोस्रो वर्ष एनएस क्वालिटी अवार्ड पाएको छ । सन् २०१४ मा एनएस क्वालिटी लेटर अफ एप्रिसिएशन अवार्ड पाएको यस कम्पनीले सन् २०१५ मा पनि एनएस क्वालिटी लेटर अफ एप्रिसिएशन पाएको छ । राजधानीमा विहीबार आयोजित कार्यक्रमा उद्योगमन्त्री नविन्द्रराज जोशीले उक्त अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । जगदम्बा सिमेन्टमा विश्वस्तरीय सिमेन्ट उद्योगबाट आयातीत क्लिङकर प्रयोग हुँदै आएको छ भने यसका उत्पादनहरु दक्ष प्राविधिकहरुबाट निरीक्षण र प्रमाणित गरे पश्चात मात्र बजारमा लगिने हुँदा गुणस्तरमा एक रुपता भएको र उपभोक्ताहरुले रुचाएको कम्पनीको भनाई छ । बजारमा आफ्नो उत्पादनको बढ्दो माग तथा ग्राहकहरुको विश्वासलाई आत्मसात गर्दै कम्पनीले उत्पादनलाई समेत समयानुकुल परिस्कृत एवम् परिमार्जित गर्दै लगेको जनाएको छ । कम्पनीले आफ्ना उत्पादनहरुमा हालसम्म नेपाल गुणस्तरका चिन्हहरु ओपीसीमा नेपाल गुणस्तर ४९, पिपिसीमा नेपाल गुणस्तर ३८५ र पिएससीमा नेपाल गुणस्तर ३८४ सम्मान प्राप्त गरिसकेको कम्पनीले जनाएको छ । कम्पनी क्वालिटी म्यानेजमेन्ट सिस्टम आईएसओ ९००१ः२००८, इन्भाइरोमेन्ट म्यानेजमेन्ट सिस्टम अवार्ड आइएबओ १४००१ः२००४ लगायतबाट समेत सम्मानित भइसकेको छ । त्यसैगरी कम्पनीले व्यूरो अफ इन्डिया स्ट्याण्डर्डबाट आईएस ८११२ र पीएससीमा आईएस ४५५समेत प्राप्त गरिसकेको कम्पनीले विहीबार जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।