फागुन २० देखि नेपाल फर्मा एक्स्पो, २ बर्षभित्रै औषधीमा आत्म निर्भर हुने घोषणा
काठमाडौं । आगामी फागुन २० गतेदेखि राजधानीको भृकुटीमण्डपमा नेपाल फर्मा एक्स्पो २०१७ को आयोजना हुने भएको छ । नेपाल औषधी उत्पादक संघले आयोजना गर्ने एक्स्पो फागुन २२ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा नेपाल, भारत, चीन, अमेरिका, जर्मनी र जापानका १०८वटा स्टल रहने नेपाल औषधी उत्पादक संघका अध्यक्ष शंकर घिमिरेले बताए । गुणस्तरियताबाट आत्मनिर्भरता तर्फ भन्ने नारासहित आयोजना गरिने एक्स्पोमा नेपालमा उत्पादित औषधी र त्यसको प्रबिधी प्रदर्शन गरिने अध्यक्ष घिमिरले बताए । मंगलबार राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा औषधी उत्पादक संघका बरिष्ठ उपाध्यक्ष दिपक दाहालले नेपाल ७७ प्रकारका औषधीमा आत्मनिर्भर रहेको बताउँदै आगामी २ बर्षभित्रै औषधीमा आत्मनिर्भर हुन सक्ने घोषणा गरे । सरकारले नेपालमै उत्पादन भएका औषधीहरुको आयातमा रोक लगाए आगामी २ बर्षभित्रै औषधीमा आत्मनिर्भर बनाउन सकिने बताएका हुन् । गत आर्थिक बर्षमा नेपालमा ३६ अर्ब २० करोडको औषधी कारोबार भएको उनले जानकारी दिएका थिए । सो मध्ये १६ अर्ब २० करोडको बजार नेपाली उत्पादनको रहेको र बाँकी २० अर्बको औषधी आयात भएको उनले बताएका थिए ।
विश्वका ठूला अर्थतन्त्रमा पहुँच बढाउँदै नेपाली उत्पादन, सात देशका १६ शहरमा नेपाली उत्पादनका छुट्टै बिक्री स्थल राखिदैँ
काठमाडौं । अमेरिका, चीन, भारत र जापान जस्ता ठुला अर्थतन्त्र भएका मुलुकका बिभिन्न शहरहरुमा नेपाली उत्पादनहरुको छुट्टै बिक्रि कक्ष स्थापना हुने भएको छ । यसले विश्वका ठुला अर्थतन्त्र भएका मुलुकहरुमा नेपाली उत्पादनको पहुँच विस्तारमा सघाउ पुर्याउने छ । उद्योग मन्त्रालयको पहलमा अमेरिका, चीन, जापान, भारत, याङगुन, म्यान्मार र कोरियाका १६ शहरमा नेपाली उत्पादनका छुट्टै बिक्रि कक्ष सञ्चालनमा आउन लागेका हुन् । काठमाडौं महानगरपालिकाको भगिनी सम्बन्ध स्थापित शहरहरुमा त्यस्ता बिक्रि कक्ष स्थापना गर्ने सम्बन्धी सम्झौतामा उद्योग मन्त्रालय र महानगरपालिकाबिच सम्झौता भएको हो । सो सम्बन्धी सम्झौता पत्रमा उद्योग मन्त्रालयका तर्पmबाट सह सचिव दिनेश घिमिरे र काठमाडौं महानगरपालिकाका महानगरपालिकाका कार्यकारी प्रमुख रुद्र सिं तामाङ्गले हस्ताक्षर गरेका हुन् । सहमती अनुसार काठमाडौं महानगरपालिकाको भगिनी सम्वन्ध स्थापना भएका शहरहरुमा महानगरपालिकाले नेपाली वस्तुहरुको विक्री प्रवद्र्धन गर्ने उद्धेश्यले प्रदर्शनी तथा विक्री प्रवद्र्धन कक्ष संचालनमा ल्याउने छ । यसबाट नेपाली वस्तुहरुका लागि ग्राहक बढ्नुका साथै नेपाली उद्योगहरुको विकास र विस्तारमा टेवा पुग्ने उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए । मन्त्री जोशीले राष्ट्रिय स्वार्थमा एक अर्का संस्थाहरुको सहयोगलाई समन्वयात्मक रुपमा अगाडि बढाउने उद्धेश्यका साथ उद्योग मन्त्रालयले यस प्रकारको कार्यलाई अगाडी बढाएको पनि बताए । सम्झौतासँगै विश्वका ठुला अर्थतन्त्रका रुपमा स्थापित अमेरिका, चीन, जापान र भारतका बिभिन्न शहरमा नेपाली उत्पादनको स्थायी बिक्रि कक्ष रहनेछ । कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्र सिं तामाङ्गले अहिले काठमाडौं महानगरपालिकाको विश्वका १६ वटा शहरहरुसंग भगिनी सम्वन्ध कायम रहेको र निकट भविष्यमा नै थप २० वटा शहरहरुसँग भगिनी सम्वन्ध कायम हुने क्रममा रहेको जानकारी दिएका थिए । उनले नेपाली उत्पादनलाई विश्वभर फैलाउन सम्झौताले महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा पनि उनले व्यक्त गरेका थिए ।
एक अर्बको खनिज कोष बन्ने, एक खर्ब विदेशी लगानी भित्र्याउने योजना
काठमाडौं । सरकारले एक अर्ब रुपैंयाँको खनिज कोष स्थापना गर्ने भएको छ । उद्योग मन्त्रालयले राष्ट्रिय खनिज नीति मार्फत एक अर्बको खनिज कोष स्थापना गर्ने प्रस्ताव अघि सारेको हो । ‘भौगर्भिक तथा खनिज अध्ययन, अनुसन्धान तथा वातावरण संरक्षण तथा विकासको लागि रुपैयाँ एक अर्बको राष्ट्रिय खनिज कोषको स्थापना गरिनेछ ।’ खानी विभागले तयार पारेको खानी नीतिको मस्यौदामा भनिएको छ । । मस्यौदामा आगामी आर्थिक बर्षको बजेटमा सो रकमको व्यवस्थापन गर्ने उल्लेख गरिएको छ । खानी नीतिले आगामी १० बर्षभित्र नेपालको खानी क्षेत्रमा एक खर्बको वैदेशिक लगानी भित्र्याउने लक्ष्य पनि निर्धारण गरेको छ । त्यस्तै आगामी १० बर्षाभित्रै ५० हजार नेपाली युवालाई खानी क्षेत्रमा रोजगारी दिने योजना पनि खानी नीतिले अघि सारेको छ । खनिज कार्यमा प्रयोग हुने यन्त्र तथा उपकरणहरुको आयातमा लाग्ने भन्सार महसुलमा विशेष छुट सुबिधा दिने, खनिज कार्यबाट प्राप्त भएको राजश्वको निश्चित अंश प्रभावित क्षेत्रको विकासमा खर्च गर्र्नेे पनि नीतिमा उल्लेख गरिएको छ । त्यस्तै, नेपालमा उत्पादित खनिजको प्रवद्र्धन, गुणात्मक पहिचान र मान्यताका लागि प्रत्येक खनिज सम्पदाको प्रोफाइल तयार पार्जे, खनिज क्षेत्रमा गरिएको लगानी राष्ट्रियकरण नगर्ने पनि उल्लेख गरिएको छ । ‘खनिजको उत्खननका लागि नयाँ प्रबिधी र लगानी बढाउन खोजिएको हो । उपकरणमा भन्सार छुट, एक अर्बको लगानी कोष पनि स्थापना, विदेशी लगानीका लागि सहजीकरण गरेर खानीहरुबाट अधिकतम लाभ लिने योजना सहित खनिज नीति अघि सारेका हौं’, खानी विभागका एक अधिकारीले विकासन्युजसँग भने । आइतबार मात्रै उद्योग मन्त्री नविन्द्रराज जोशीले सरोकारवाला निकायहरुसँग खानी नीतिबारे छलफल गरेका थिए ।फागुन महिना भित्रै खानी नीति ल्याउने तयारी अनुसार काम भैरहेको विभागका ती अधिकारीले जानकारी दिए ।