पाल्पामा घरेलु उद्योग बढे
पाल्पा । जिल्लामा पछिल्लो समय घरेलु तथा साना उद्योग दर्ता हुने क्रम बढेको छ । घरेलु तथा साना उद्योग कार्यालयमा आव २०७३/७४ को हालसम्ममा सात प्रकारका उद्योग दर्ता भएका हुन् । उत्पादनमूलक २८, घरेलु एक, कृषि तथा वनजन्य ५०, पर्यटन ४५, सेवा उद्योग ३२ गरी जम्मा एक सय ५६ वटा उद्योग दर्ता भएका छन् भने साझेदारीतर्फ तीन र प्राइभेट लिमिटेडतर्फ दुईवटा उद्योग दर्ता भएको कार्यालय प्रमुख बालकृष्ण गैरेले बताए । जिल्लामा यस आवमा साझेदारी र प्राइभेट लिमिटेडतर्फ गरी एक सय ४९ पुरुष र २३ महिलाको नाममा उद्योग दर्ता भएका छन् । गत वर्ष उत्पादनमूलक ४३, कृषि तथा वनजन्यमूलक ८६, पर्यटन ६२, सेवामूलक ६७ गरी जम्मा दुई सय ५८ उद्योग थिए । वाणिज्यतर्फ यस आवको माघ मसान्तसम्ममा दुई सय ७० वटा उद्योग दर्ता भएका छन् । यी उद्योगमा रु ११ करोड ९६ लाख पुँजी लगानी भएकामा १२ लाख २९ हजार आठ सय राजस्व आम्दानी भएको छ । खारेजी भएका २७ वटा उद्योगबाट दुई हजार सात सय राजस्व आम्दानी भएको कार्यालयका कर्मचारी दिनेश बस्यालले जानकारी दिए । उनका अनुसार चौराननब्बे वटा संशोधन उद्योगबाट तीन लाख ७९ हजार सात सय पाँच, तीन सय १० नवीकरण उद्योगबाट नौ लाख ९७ हजार एक सय राजस्व आम्दानी भएको छ । यस आवको हालसम्ममा वाणिज्यतर्फ २६ लाख नौ हजार तीन सय पाँच र उद्योगबाट रु १७ लाख ५० हजार बराबरको आम्दानी भएको छ । रामपुरमा सेवा विकास बैंक स्थापना जिल्लाको दोस्रो व्यापारिक केन्द्र रामपुरमा सेवा विकास बैंक लिमिटेडले आफ्नो सोह्रौँ शाखा कार्यालय स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकका कामु कार्यकारी निर्देशक वासुदेव अधिकारीले सो बैंक उद्घाटन गरेका हुन । बैंक उद्घाटनका अवसरमा तीन सय ५० वटा नयाँ खाता खोली एक करोड ३६ लाख निक्षेप सङ्कलन भएको बैंकका महाप्रबन्धक हरिप्रसाद लम्सालले बताए । रासस
मेघा लुब्रिकेन्टसका उत्कृष्ट ७ डिलर इन्डोनेशियाको बालीमा
काठमाडौं । पूर्वाञ्चल ल्युब आयल (पीएलओ) बाट उत्पादित मेघा लुब्रिकेन्टसले आफ्ना उत्कृष्ट ७ डिलरलाई इन्डोनेशियाको बाली भ्रमणमा लगेको छ । मेगा लुब्रिकेन्टसका प्रबन्ध निर्देशक तथा नाडाका महासचिव कृष्णप्रसाद दुलाल नेतृत्वको टोलीले इन्डोनेशियाका विभिन्न उद्योगको अवलोकन गर्नेछ । पूर्व घोषणाअनुसार मेगाले देशभर उत्कृष्ट कारोबार गर्ने आफ्ना डिलरलाई यो भ्रमणमा सहभागी गराएको हो । उच्च बजार हिस्सा ओगट्नेगरि प्रवद्र्धनमा जुटिरहेको मेगाले केही समयभित्रै स्वदेशी उत्पादनको ४० प्रतिशत हिस्सा आफुमातहत रहने दाबी गरेको छ । यसअघि पनि पीएलओले मलेसिया, थाईल्याण्ड, इन्डोनेशिया र सिंगापूरलगायत मुलुकमा डिलरमिट र भ्रमण गरिसकेको दुलालले जानकारी दिए ।
जगदम्बा अल्ट्रा प्रिमियम ओ.पि.सि. सिमेन्ट नयाँ अवतार र आवरणमा नेपाली बजारमा
काठमाडौं । जगदम्बा सिमेन्टको जगदम्बा अल्ट्रा प्रिमियम ओ.पि.सि. सिमेन्ट नयाँ अवतार र आवरणमा नेपाली बजारमा आएको छ । नेपालको अनुभवी ओ.पी.सी. सिमेन्टको रुपमा आफूलाई स्थापीत गर्दै जगदम्बा अल्ट्रा प्रिमियम ओ.पि.सि. , अझ बढी आकर्षक, अझ बढी आधुनिक र बहु आयामिक हुँदै लोगो प्याकेजिङ ट्रेडमार्क, विज्ञापनलाई नै परिवर्तन गरेर नेपाली सिमेन्ट बजारमा प्रस्तुत भएको छ । उपभोक्ताहरुले वर्षाै देखि मनपराई रहेको जगदम्बा अल्ट्रा प्रिमियम ओ.पि.सि.को लोगो प्याकेजिङ ट्रेडमार्क विज्ञापन आदिमा नविनपन पाइने कम्पनीले जनाएको छ । साथै कम्पनीले सिमेन्टको प्रवर्धनात्मक कृयाकलापका लागि नेपालका चर्चित व्यक्तित्व भुसन दाहाललाई ब्राण्ड एम्बेस्डरको रुपमा सम्मिलित गरेको छ ।