सिभिल लघुवित्तमा काम गर्ने अवसर, यी ७ पदका लागि माग्यो कर्मचारी
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । सिभिल लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले एक सुचना जारी गर्दै विभिन्न विभागमा कर्मचारी, सूचना प्रविधि वित्त आन्तरिक लेखा परीक्षण, अनुगमन अधिकृत, अनुगमन अधिकृत कलस्टर प्रमुख/शाखा कार्यालय प्रमुख, शाखा कार्यालय प्रमुख फिल्ड सहायक कनिष्ठ सहायक केही संख्यामा कर्मचारीको माग गरेको छ । त्यसैगरी संस्थाले कार्यालय सहायकका लागि एक जना माग गरेको हो । उक्त पदका लागि संस्थाले सामान्य लेखपढदेखि स्नाकोत्तर तहसम्म उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले फागुन १७ गतेभित्र संस्थाको वेबसाइटमार्फत दरखास्त दिन सक्नेछन् ।
एनआइसी एशिया लघुवित्तले माग्यो ३० जना कर्मचारी
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै ३० जनाका लागि कर्मचारी मागेको हो । कम्पनीले सुपरभाइजर बरिष्ठ सहायक/ शाखा प्रमुखका लागि ५ जना, सहायक पदका लागि १० जना र कनिष्ठ सहायकका लागि १५ जना कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारकाे माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले फागुन १० गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।
इको प्यानलको तालिमपछि पाए ३५ जनाले रोजगारी
काठमाडौं । नेपाल इको प्यानलको आयोजनामा दुईदिने इको प्यानल जडान तालिम सम्पन्न भएको छ । दुईदिनको तालिमपछि तालिममा सहभागीहरुले इको प्यानल जडान गर्न सिकेका छन् । इको प्यानल जडान गर्न सिकेसँंगै उनीहरुले रोजगारी पाएका छन् । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले देशभरि नै इको प्यानलको प्रयोगबाट भौतिक संरचना निर्माण गर्नेहरुको संख्या बढिरहेकोले आवश्यक जनशक्तिका लागि तालिम दिएको स्पष्ट पारे । तालिम प्राप्त व्यक्तिहरुले अव ती ठाउँंहरुमा पुगेर इको प्यानल जडान गर्ने काम पाउने उनले जानकारी गराए । देशमा रोजगारीको समस्या भइरहेको बेला स्वरोजगार बनाउने उद्देश्य तालिमको रहेको इन्जिनियर दुवालले बताए । आज स्वरोजगार भएका व्यक्तिहरु भोलिका दिनमा उद्यमशिल हुनसक्ने पनि उनले जनाए । भोलिका दिनमा इको प्यानलको विक्रीवितरणसमेतमा सहभागी भई जडान गर्ने काममा उनीहरु लाग्नसक्ने उनले जनाए । सहभागीहरुलाई एक कार्यक्रमवीच प्रमाणपत्रसमेत वितरण गरिएको छ । तालिममा काठमाडौ उपत्यकासहित देशका विभिन्न जिल्लाहरुबाट सहभागी भएका थिए । महिला पाँंच जनासहित कुल ३५ जना तालिममा सहभागी भएको जनाइएको छ । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । हलुका, भूकम्प प्रतिरोधी, तीव्र निर्माण सम्भब हुनुलगायतका कारण पछिल्ला वर्ष यसको माग देशभरि उच्च रहेको बताइएको छ ।