नेपाल औषधी लिमिटेडमा रिक्त महाप्रबन्धकका लागि दरखास्त आह्वान

काठमाडौँ । नेपाल औषधी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्ने भएको छ । महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आव्हान गरेको हो । कम्पनीले २१ दिनभित्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयको सिंहदरबारस्थित सरकारी उद्योग तथा संस्थान शाखामा आवेदन पेश गर्न भनेको छ । यस पदका लागि सम्बन्धित सार्वजनिक निकायको कार्य प्रकृतिसँग सम्बन्धित जनस्वास्थ्य, फार्मेसी विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को दफा ४ बमोजिम अयोग्य नरहेको र दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष उमेर पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्ने बताइएको छ ।

सिटिजन्स बैंकमा आर्कषक रोजगारीको अवसर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले विभिन्न पदको लागि कर्मचारीको माग गरेको छ । बैंकले विभिन्न तीन पदका लागि कर्मचारी माग गरेको हो । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही र ट्रेनि असिस्टेन्टका लागि केहि र ट्रेनी असिस्टेन्ट, लेगल एण्ड सेयर डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि इच्छुक उम्मेदवारले स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ । बैंकले हेड अफिस, शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले जेठ ३० गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

नबिल सेक्युरिटिजले माग्यो कर्मचारी

काठमाडौं । नबिल सेक्युरिटिजले विभिन्न पदको लागि कर्मचारीको माग गरेको छ । सेक्युरिटिजले ६ पदका लागि कर्मचारीको माग गरेको हो । सेक्युरिटिजले चिफ एक्ज्युक्टिभ अफिसर, इन्भेष्टमेन्ट अफिसर, फाइनान्स एक्ज्युक्टिभ, आइटी एशोसिएट पदहरुमा १ जना र एशिस्टेन्ट पदमा केहि संख्याका लागि कर्मचारी माग गरेको हो । सेक्युरिटिजका अनुसार सो पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले जेठ २१ गतेभित्र आवेदन दिन सक्नेछन् ।